Friday, October 24, 2025
९९औं पदयात्रा नुवाकोट - शीतल गिरी - (मंसिर महिनाको पहिलो शनिबार ६ गते १०० औं यात्रा हो । यो यात्रा पलासे )
२०८२ कार्तिक १ गते विहान बालाजु माछापोखरी चोकमा जम्माभएर बासुदेव पौडेल, माधवलाल श्रेष्ठ, शीतल गिरी, ध्रुवराज थापा पुरुष, मन्दिरा मधुश्री, डा।शशी थापा पण्डित, डा।बालचन्द्र मिश्र, दुर्गा भवानी भट्ट, घनश्याम प्रसाई, डा।सावित्री श्रेष्ठ, निशा केशी, रामकुमार पण्डित, जुमन किरण, नानीबाबा अधिकारी, परिच्छेद सेन, खोलाघरे साहिलो र शुभारम्भ पाण्डे ७ जना ८ बजेको समयमा व्यवस्था गरिएको बसमा चढेर झोरको बाटो भएर नुवाकोटको बेलकोट प्रस्थान गरेका थियौं । गङ्गटे हुँदै अनवरत चार घण्टाको यात्रापछि बेलकोट गुग्यौं । बेलकोटगढि नेपाल एकिकरणको समयमा काठमाण्डौंका राजा जयप्रकाश मल्लको राज्यको सामरिक महत्त्वको एक गढी थियो । यताका नौ वटा कोटको अधिपति थिए जयन्त राना । यस गढीमा भएको युद्धमा जयन्त राना समातिए । उनै जयन्त रानाको बहिनप् निरञ्जना साक्षात भगवती रहेको थाहा पाएपछि बडा महाराजाधिराज पृथ्वीनारायण साहले ३ दिनमा नै गढी मर्मत गराउँनुको साथै निरञ्जना भगवती स्थापनागरी आकर्षक मन्दिर बनाएको जानकारी जयन्त रानाको खलकका मानबहादुर रानाले जानकारी गराए । गढी, कोट र मन्दिर अवलोकन गरेपश्चात मन्दिर परिसरमा गरिएको कार्यक्रमको सञ्चालन स्थानीय दिक्षा लामाबाट भएको थियो । स्रष्टा पदयात्राको बारेमा डा।बालचन्द्र मिश्रले जानकारी गराउँनु भयो भने स्थानिय स्रष्टा पदयात्री मन्दिरा मधुश्री, माधवलाल श्रेष्ठ, ध्रुवराज थापा पुरुष, रामकुमार पण्डित अनी स्थानिय स्रष्टाबाट पनि रचना वाचन भएको थियो । स्थानियले प्रस्तुत गरेका ख्याली भजन र नृत्य आकर्षक बन्न पुगेको थियो ।
बेलकोटगढीको कार्यक्रम पश्चात चिया बिसकुट खाएर बाघखोरमा पुग्दा दिनको २ बज्यो । खाना खाएपछि स्रष्टा पदयात्रीलाई त्यहाँ रहेको दुप्चेश्वर महादेव मन्दिरमा भव्य स्वागत गरियो । अनि पदयात्री स्थानीयहरूका साथमा महादेव माध्यमिक विद्यालय भवनमा पुग्यौं र कार्यक्रममा सहभागी बन्यौ । यस स्थानमा भएको कार्यक्रमको सञ्चालन पनि दिक्षा लामाबाट भएको थियो । यहाँ ९९ स्रष्टा पदयात्राको संयोजक दुर्गा भवानी भट्टले यात्राबारे आफ्नो धारणा राखेको यस कार्यक्रमा स्रष्टा पदयात्राको तर्फबाट डा।शशी थापा पण्डित, डा।बालचन्द्र मिश्र, निशा केशी, डा।साबित्री श्रेष्ठ, जुमन किरणको रचना वाचन थियो । स्थानिय स्रष्टाले कविता, गित, नृत्य र भजन प्रस्तुत गरेर स्रष्टा पदयात्रीको मन जित्न सकेका थिए ।
बाघखोरमा कार्यक्रम सकेर झमक्क साँझ पर्नु अघि हामी झिल्टुङ पुग्यौं । त्यहाँ हाम्रो प्रतिक्षा महाकवि देवकोटा प्रतिष्ठानका मित्रहरूले हेरिरहनु भएको थियो । आज नै कुञ्जिनी पार्कमा महाकवि देवकोटाको शालिक अनावरण गरिएको थियो । समय व्यवस्थापन हुन नसक्दा हामी सो समारोहमा सहभागी हुन सकेनौं । काठमाडौंबाट आएका पाहुना साहित्यकारहरू पनि फर्किसकेका थिए । साझपख स्थानीय र स्रष्टा पदयात्रीबीच परिचयात्मक कार्यक्रम सौहार्दपुर्ण वातावरणमा सम्पन्न गरियो । यहाँ मेरो पुर्व परिचित आफन्त सरस्वती गिरीसँग भेट हुनपुग्यो । खानपिन पश्चात आयोजनले व्यवस्था मिलाउनु भएका स्थानीयको घरघरमा बाँडिएर हामीले आराम गर्नुको साथै त्यहाँको बारेमा धेरै कुरा बुझ्न पायौ ।
भोली पल्ट विहान यानी २ गते कार्तिक ७।३० बजे राती भोजन गरेकै होटलमा भेला भएर चिया विस्कुट पछि झिल्केश्वर सहादेव सहकारी संस्थाको स्वागत ग्रहण गरी टीका थापेर स्थानीय जनसमुदाय, महाकवि देवकोटा प्रतिष्ठानका पदाधिकारी, वडाअध्यक्ष र प्रहरीहरुको साथमा गाउँघर अवलोकन गर्दै, गोसाइकुण्ड जाने पुरानोबाटो बारे जानकारी लिदै डाँडामा रहेको पोखरी रमणिय वनपाखा हेर्दै झिल्केश्वर महादेव झिल्केश्वर महादेव थानको दर्शन गर्दै झण्डा पार्क भनिने अग्लो डाँडामा पुग्यौं । यस डाँडाबाट ६ जिल्ला हेर्न सकिने रहेछ, तर हामीलाई प्रकृतिले छल्यौं । आजै बिहानदेखि कुहिरो लाग्नाले हेर्न पाएनौं । एकै क्षण मौसम खुलेको समय त्यहाँबाट देखिने हिमालभने हेर्न पायौं । अनी फर्किएर कुञ्जिनी पार्कतिर लाग्यौं र ९ बजेतिर पुग्यौं । यो कुञ्जिनी पार्कको नजिकै देवकोटाको मावली ससुराली घर, जो २०७२ को भुकम्पले भत्किएछ, सोहि घरमा बसेर एकै रातमा देवकोटाले कुञ्जिनी खण्डकाव्य लेखेका थिए । बेलकोटगढी न पा वडा नं ५, नगरपालिका र पर्यटन मन्त्रालयको समवेत प्रयास र लगानीमा सो घरमा सिमा जोडिएको कुञ्जिनीपार्क बनेको रहेछ । यो पार्कमा देवकोटा प्रति श्रद्धाञ्जलिको कार्यक्रम गरेर हिजो १ गते अनावरण गरिएको देवकोटाको शालिकलाई साक्षी राखेर रचनावाचन गरेका थियौं । मन्दिरा मधुश्रीले संचालन गरेको रचनावाचन कार्यक्रममा दुर्गा भवानी भट्ट, घनश्याम प्रसाई, वासुदेव पौडेल, नानीबाबा अधिकारी, खोलाघरे साहिलोबाट कविता वाचन गरियो । कार्यक्रम पश्चात आधा घण्टाजति पैदल ओरालो ओर्लिएर तल सडकसम्म आयौं । त्यहाँ स्रष्टा पदयात्रीले रोटेपिङ पनि खेले । झिल्केश्वर महादेव सहकारी संस्था र महाकवि देवकोटा प्रतिष्ठान,बालकोटगढी न पा वडा नं ५ का सदस्यहरू र वडावासी लगायतबाट हामीलाई अगुवाइ गरिएको छ । ठाउँठाउँका बारेमा उहाँहरूले हामीलाई जानकारी दिइरहनुभएको थियो । तीनजना प्रहरी पनि हाम्रो टीमका साथमा पदयात्रामा साथै हुनुहुन्थ्यो । रोटेपिङ खेलेर भैंसीको दूध, बेस्सरी तताएको स्रष्टा पदयात्रीलाई थपीथपी खान दिइन्छ । त्यसपछि बिहानको ३ घण्टाजतिको पदयात्रा सकिन्छ, हामी त्यहाँका स्थानीयबाट विदा भएर बसमा चढ्छौं ।
नारायण नेपाल महाकवि देवकोटा प्रतिष्ठानका सचिवको साथमा स्रष्टा पदयात्री देवीघाट पुग्छौं । त्यहाँ ज्येष्ठ नागरिक सेवा भवनमा भोजनको व्यवस्था गरिएको हुन्छ । सुस्वादु भोजनबाट सन्तुष्ट हुन्छौं । त्यसपछि आश्रमको हलमा जम्मा भएर परिचय आदानप्रदान पश्चात गरिएको कार्यक्रमको सञ्चालक नारायण नेपालजीबाट हुन्छ । आश्रमका अध्यक्ष विष्णुप्रसाद नेपालबाट आश्रमको स्थापना, इतिहास, गतिविधि र सेवामूलक भावी कार्ययोजनाबारे जानकारी प्राप्तहुन्छ । ज्येष्ठ नागरिक आश्रमलाई हामी स्रष्टा पदयात्रासमूहबाट बाट रू ३ हजार समेत रु। ८०००। रकम समर्पण गर्छौं । अध्यक्ष शीतल गिरिको मन्तव्य पश्चात रचना वाचन कार्यक्रम हुन्छ । साहित्यकार आत्माराम खरेल अहिले त्यही आश्रममा बस्नु हुदो रहेछ, उहाँको पनि रचना सुन्छौं । कार्यक्रम समापन भएपछि आश्रमको अगाडि सामुहिक फोटो खिचिन्छ,अनि विष्णुप्रसाद नेपालजी, नारायण नेपालजीको अगुवाइमा हामी देवीघाटको भ्रमणमा जान्छौं । तादी र त्रिशूलीको सङ्गममा केही बेर स्रष्टाहरू रमाउँछन्, अध्ययन गर्छन् । पृथ्वीनारायण शाहको चिताशिलाको पनि अवलोकन गयरियो । जल्पादेवीको दर्शन पश्चात देवीघाट लगायत बेलकोटगढी नपालाई विदाइको हात हल्लाउँछौं र बसमा चढ्छौं । यस यात्रामा स्थानीय स्रष्टा रामराजा तिमिल्सिना, कार्यक्रम सञ्चालिका दीक्षा लामा, बेलकोटगढी न पा वडा नं ५ का अध्यक्ष लगायत हामीलाई सहयोग गर्ने सबैमा, महादेव मावि का प्रअ रामशरण पुडासैनी, झिल्केश्वर सहकारी संस्थाका सम्पूर्ण पदाधिकारीहरू, महाकवि देवकोटा प्रतिष्ठानका नारायण नेपाल, ज्येष्ठ नागरिक सेवा आश्रमका विष्णुप्रसाद नेपालजी, प्रहरी भाइहरू लगायत सबैको साथ र माया स्रष्टा पदयात्रीको मनमा बसेको छ ।
Subscribe to:
Post Comments (Atom)
९९औं पदयात्रा नुवाकोट - शीतल गिरी - (मंसिर महिनाको पहिलो शनिबार ६ गते १०० औं यात्रा हो । यो यात्रा पलासे )
२०८२ कार्तिक १ गते विहान बालाजु माछापोखरी चोकमा जम्माभएर बासुदेव पौडेल, माधवलाल श्रेष्ठ, शीतल गिरी, ध्रुवराज थापा पुरुष, मन्दिरा मधुश्री, डा...
-
मेरो पदयात्रा एन्जल निलू म मिथिला (सप्तरी) मा जन्मेकी मिथिलाकी छोरी स्रष्टा पदयात्रा नेपालको कार्यक्रममार्फत धेरै पटक ...
-
नेपाली साहित्यका कीर्तिशेष व्यक्तित्व साहित्यकार विजय चालिसेले यस धरातलबाट विदा लिएको द्वैमासिक तिथिको पुण्य अवसरमा स्मृति तथा सम्मानसहितक...
-
अभिनव साहित्य समाजको जेष्ठ महिनाको कार्यक्रम सम्पन्न, पौडेल सम्मानित । नेपाल राज्यभरि धेरै साहित्यिक संघसंस्थाहरू खुलेका छन् । कति साहित्य...

No comments:
Post a Comment