Sunday, February 15, 2026

नेपाली भाषाका पक्षमा फैसला- अदालतबाट नेपाली भाषाका पक्षमा फैसला, प्रा. डा. लुइटेलले पाए सफाइ

मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष प्रा।डा।खगेन्द्रप्रसाद लुइटेलले एउटा विज्ञप्ति प्रकाशित गरी नेपालका सवारीसाधनमा अङ्ग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट राख्ने फैसलाका विरुद्ध आफू अध्यक्ष रहेको मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल नामक संस्थाका नामबाट विज्ञप्ति निकालेर फैसलाको विरोध गरेको, फैसलाका विरुद्ध अन्तर्वार्ता दिएको, विभिन्न व्यक्तिलाई फैसला विरुद्ध लेख्न, बोल्न र सामाजिक सञ्जामार्फत सार्वजनिक गर्न उक्साएको, विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय साहित्यिक सङ्घसंस्थाहरू, शिक्षण संस्था र त्रिविअन्तर्गतका विभिन्न क्याम्पसका नेपाली विभागहरूलाई न्यायालयका विरुद्ध उकास्दै भ्रमपूर्ण विज्ञप्तिहरू प्रकाशित गर्न दबाब दिएको र ती विज्ञप्तिहरूसमेत आफ्नो फेसबुक वालमा पोस्ट गरी फैसलाको विरोध गरेको आदि भनी उनको विरुद्ध अदालतको अवहेलना मुद्दा हालेकोमा अहिले सवारीसाधनको इम्बोस्ड नम्बर प्लेटमा भाषा प्रयोगको कुराको अदालतबाट आदेश भइसकेपछि पनि नेपाल सरकार मन्त्रीपरिषद्ले एक किसिमले सम्बोधन गरेको परिवर्तित अवस्थामा विपक्षीको अभिव्यक्तिलाई अदालतको अवहेलनाजन्य विषय ठानी सजायको विषय बनाउनु मनासिब हुने देखिन आएन । विपक्षीलाई अदालतको अवहेलनामा सजाय गरी पाऊँ भन्ने निवेदक अधिवक्ता मुकुन्दप्रसाद भट्टराईको निवेदन मागदाबी पुग्न सक्दैन । प्रस्तुत निवेदन खारेज हुन्छ ।’ भन्ने फैसला भएको कुरा स्पष्ट पारिएको छ। विज्ञप्तिमा अध्यक्ष लुइटेलले प्रत्यक्ष–परोक्ष रूपमा सहयोग गर्ने सम्बद्ध सबैलाई धन्यवाद दिएका छन्। खास कुरो यत्ति हो पूर्ण विज्ञप्ति यस्तो छ ➽ 🔻 विगतमा विभिन्न सरकारी निकायबाट षड्यन्त्रपूर्ण ढङ्गले नेपाली भाषामाथि पटकपटक आक्रमण भएकामा मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालको सशक्त नेतृत्व र तीव्र दबाबबाट नेपाली बृहत् शब्दकोश ((२०७२), अनिवार्य नेपाली शिक्षण निर्देशिका (२०६६) र सबैको नेपाली (२०६७) खारेज गराइएको, नेपाल सरकार शिक्षा मन्त्रालय पाठ्यक्रम विकास केन्द्रबाट अमानक वर्णविन्यासमा प्रकाशित विद्यालय तहका देवनागरी लिपिमा लेखिएका सबै पुस्तक मानक वर्णविन्यासमा प्रकाशन गराइएको, कक्षा ११ र १२ मा अनिवार्य नेपाली हटाइएकामा पुनः राख्न बाध्य पारिएको, नेपाल राष्ट्र बैंकमार्फत सबै बैंकका एटिएमहरूमा नेपाली भाषा अनिवार्य रूपमा राख्न लगाइएको तथा निजी प्रकाशन संस्थाबाट मानक वर्णविन्यासमा पुस्तक प्रकाशन गराई नेपाली भाषाको जगेर्ना गरिएको सर्वविदितै छ । नेपालका सवारीसाधनमा अङ्ग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट राख्ने निर्णयका विरुद्ध यस सञ्जालले सुरुदेखि नै अभियानकै रूपमा सवारीसाधनमा नेपाली भाषामा इम्बोस्ड नम्बर प्लेट राख्नका लागि सम्माननीय राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, माननीय न्यायाधीशहरू, भौतिक पूर्वाधार तथा यातायात मन्त्री र यातायात विभागका महानिर्देशकलाई व्यक्ति फेरियैपिच्छे बारम्बार ज्ञापनपत्र बुझाएर सशक्त दबाब दिएको कुरा पनि सर्वविदितै छ । यसै क्रममा नेपाली भाषा ध्वस्त पार्न लागिपरेका भाषाद्रोहीहरूले एकजना अधिवक्तामार्फत तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहितको संवैधानिक इजलासबाट नेपालका सवारीसाधनमा अङ्ग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट राख्ने फैसलाका विरुद्ध आफू अध्यक्ष रहेको मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल नामक संस्थाका नामबाट विज्ञप्ति निकालेर फैसलाको विरोध गरेको, फैसलाका विरुद्ध अन्तर्वार्ता दिएको, विभिन्न व्यक्तिलाई फैसला विरुद्ध लेख्न, बोल्न र सामाजिक सञ्जामार्फत सार्वजनिक गर्न उक्साएको, विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय साहित्यिक सङ्घसंस्थाहरू, शिक्षण संस्था र त्रिविअन्तर्गतका विभिन्न क्याम्पसका नेपाली विभागहरूलाई न्यायालयका विरुद्ध उकास्दै भ्रमपूर्ण विज्ञप्तिहरू प्रकाशित गर्न दबाब दिएको र ती विज्ञप्तिहरूसमेत आफ्नो फेसबुक वालमा पोस्ट गरी फैसलाको विरोध गरेको आदि भनी मेरा विरुद्ध अदालतको अवहेलना मुद्दा हालेका थिए । सो मुद्दाको २०८२ मङ्सिर २८ गते मा।न्यायाधीश डा।मनोजकुमार शर्मा र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासबाट ‘।।।निजले उठान गरेको सवारीसाधनको इम्बोस्ड नम्बर प्लेटमा भाषा प्रयोगको कुराको यस अदालतबाट आदेश भइसकेपछि पनि नेपाल सरकार मन्त्रीपरिषद्ले एक किसिमले सम्बोधन गरेको परिवर्तित अवस्थामा विपक्षीको अभिव्यक्तिलाई अदालतको अवहेलनाजन्य विषय ठानी सजायको विषय बनाउनु मनासिब हुने देखिन आएन । त्यसैले न्यायिक मर्यादा अनुकूलको अभिव्यक्ति नरहेको भन्ने आधारमा मात्र विपक्षीको अभिव्यक्तिलाई अवहेलनाजन्य कसूर ठहर गरी सजाय गर्नुपर्ने सम्मको अवस्था देखिएन । अतः निवेदकले निवेदनमा उल्लेख गरेको विपक्षी खगेन्द्रप्रसाद लुइटेलको अभिव्यक्तिले अदालतको अवहेलना गरेको ठहर गर्न मिल्ने सम्मको अवस्था देखिन आएन । त्यसैले विपक्षीलाई अदालतको अवहेलनामा सजाय गरी पाऊँ भन्ने निवेदक अधिवक्ता मुकुन्दप्रसाद भट्टराईको निवेदन मागदाबी पुग्न सक्दैन । प्रस्तुत निवेदन खारेज हुन्छ ।’ भन्ने फैसला भएको छ । यस फैसलाबाट मेरो मात्र विजय नभएर नेपाली भाषाको विजय भएको छ र अब नेपालका सवारीसाधनमा नेपाली भाषामा इम्बोस्ड नम्बर प्लेट राख्ने विषयले वैधता प्राप्त गरेको छ । नेपाली भाषाप्रति सद्भावपूर्ण फैसला गरी न्यायसम्पादनमा विश्वसनीयता पैदा गराउने मा।न्यायाधीश डा।मनोजकुमार शर्मा र टेकप्रसाद ढुङ्गानाप्रति म हार्दिक धन्यवादज्ञापन गर्दछु । यस मुद्दामा मेरातर्फबाट बहस गर्नुहुने वरिष्ठ अधिवक्ताहरू श्री हरिप्रसाद उप्रेती, डा।विश्वदीप अधिकारी, डा।सुष्मा बाँस्कोटा बराल, पूर्वन्यायाधीश तथा अधिवक्ता श्री ईश्वरीप्रसाद घिमिरे, अधिवक्ताहरू श्री रामबहादुर राउत मातृदास, श्री नारायणप्रसाद पराजुली र श्री खडानन्द ढकाल ९प्रतीक ढकाल० ले म र नेपाली भाषाको बचाउका लागि गर्नुभएको विशेष सहयोगप्रति हार्दिक आभार प्रकट गर्दछु । यस मुद्दामा विभिन्न ढङ्गबाट सद्भावपूर्ण सहयोग गर्नुहुने वरिष्ठ अधिवक्ताहरू गुणनिधि न्यौपाने, भीमार्जुन आचार्य, धु्वलाल श्रेष्ठ, नेपाल बार र सर्वोच्च बारसँग सम्बद्ध सबै व्यक्तिहरू, मेरा प्रिय विद्यार्थी मधुसूदन पन्थी र मेनुका निरौलाका साथै प्रत्यक्ष–परोक्ष रूपमा सहयोग गर्ने सम्बद्ध सबैलाई हार्दिक धन्यवाद छ । आगामी दिनमा पनि नेपाली भाषाको जगेर्ना, उन्नयन र विकासका लागि मेरा नेतृत्वमा रहेको मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालद्वारा चालिएका कदममा सबैको अझ सशक्त सहयोग रहने कुरामा विश्वस्त रहेको ब्यहोरा सादर अनुरोध गर्दछु । 🔺 ⏩विज्ञप्तिमा लेखिएको भाषा जस्ताको तस्तै कपीपेस्ट गरिएको छ। प्रा।डा।खगेन्द्रप्रसाद लुइटेलद्वारा प्रेषित विज्ञप्तिकै भाषा हो⏪ नेपाली केन्द्रीय विभागले आयोजना गरेको एक दिने अभिमुखीकरण कार्यक्रममा बोल्दै Dr. Khagendra Luitel . भाषा दिवसको अवसरमा बोल्दै Prof. Dr. khagendra Prasad Luitel #gangabhetwal को हुन् प्रा. डा. खगेन्द्रप्रसाद लुइटेल ? Dr. Khagendra Prasad Luitel Yubaraj Mainali #gangabhetw

Tuesday, January 20, 2026

तादीको सुसाइ र दुप्चेश्वरको मौन सानिध्य - एक आध्यात्मिक पदयात्रा - रुवि सत्याल 2082.10.07

तादीको सुसाइ र दुप्चेश्वरको मौन सानिध्य एक आध्यात्मिक पदयात्रा पुसको ठिही, बिहानीको कुहिरो र निद्राको तन्द्राबीच एउटा नाम मनमा गुन्जिरहेछ— दुप्चेश्वर । यो केवल एउटा स्थानको नाम होइन, यो त एउटा विश्वास हो, एउटा समर्पण हो । पुसको जाडोमा जब सिरकको न्यानोपनभन्दा महादेवको दर्शनको तिर्सना गाढा हुन्छ, तब बुझ्नुपर्छ— यात्राको साइत ईश्वरीय सत्ताले नै जुराएको छ । पुसको जाडो निद्रा त्यही पुग्नु छ दुप्चेश्वर, प्राण प्रिय सबैका स्वामी हे प्यारा महेश्वर। पूर्णमा पूर्ण सम्पूर्ण तिमी बस यो मनमा, अधम छु अञ्जान छु कल्याण गर हे परमेश्वर ।। यो यात्राको संकल्प गर्दै गर्दा मलाई सय वर्ष पुगेकी मेरी दिवंगत हजुरआमाको याद आयो । उहाँ भन्नुहुन्थ्यो— ूमहादेव त भोला हुन् बाबै, भक्तको पुकार छिटो सुन्छन् । उनी अर्धनारीश्वर हुन्, त्यसैले नारीको हृदयको व्यथा उनले झन् छिटो बुझ्छन् । मैले बालसुलभ जिज्ञासा राखेकी थिएँ— ूहजुरआमा, के मेरो पुकार पनि सुन्नुहुन्छ त ? म त न सती हुँ, न गंगा न त पार्वती π उहाँले मलाई ममतामयी छातीमा टाँसेर भन्नुभएको थियो— मन चंगा भए लोटामा गंगा नानी π ईश्वर बाहिर होइन, तिम्रो पवित्र कर्म र असल कृतिमा बाँच्छन् । आज त्यही आशिषको प्रसाद बोकेर म दुप्चेश्वरतर्फ पाइला चाल्दै छु । जीवन कति अनौठो छ π केही वर्षअगाडि मैले पुरु लम्सालको नाटक ुनौगेडीमा एक महिनासम्म सर्वनाम थिएटरको मञ्चमा अभिनय गरेकी थिएँ । एउटी प्रौढ महिलाको भूमिकामा मैले संवाद बोल्नुपथ्र्यो— दुप्चेश्वर महादेवको दर्शन गरे मनोकांक्षा पूरा हुन्छ, सन्तान नहुनेलाई सन्तान सुख मिल्छ । त्यतिबेला मलाई दुप्चेश्वरको भूगोल थाहा थिएन, न त ती महादेवको साक्षात् स्वरूपको ज्ञान नै थियो तर, हरेक दिन मञ्चमा ती महादेवको नाम लिँदा–लिँदै मेरो अवचेतन मनमा एउटा सम्बन्ध स्थापना भइसकेको रहेछ । आज ुस्रष्टा पदयात्राको १०१औँ शृङ्खलाले मलाई त्यही नाटकको पात्रबाट वास्तविक भक्त र नियात्राकारको भूमिकामा उभ्याइदिएको छ । वि.सं. २०८२ पुस ५ गतेको त्यो बिहानी, मेरो लागि एउटा आध्यात्मिक जागरणको बिहानी थियो । बिहानको ६ः३० बजे, टोखाको मोडमा ४९ जना स्रष्टाहरूको एउटा टोली जम्मा भयौँ । झोरको बाटो हुँदै गाडी अगाडि बढ्दै गर्दा शिवपुरीको काखले हामीलाई स्वागत ग¥यो । बाटोमा थानाभञ्ज्याङ, गुरुङ गाउँ, काफलडाँडा र छहरेका बस्तीहरू बिस्तारै पछाडि छुट्दै गए । लिखु र तादी नदीको तिरैतिर अगाडि बढ्दै गर्दा पहाडका तरेलीहरूले मानौँ प्रकृतिको एउटा महाकाव्य लेखिरहेका थिए । यद्यपि यो ुपदयात्रा थियो, तर दूरी र समयका कारण हामी बसयात्रामा थियौँ तर, त्यो बस कुनै मेसिन मात्र थिएन, त्यो त एउटा गुड्ने पाठशाला जस्तो भएको थियो । स्रष्टा पदयात्राका अध्यक्ष शीतल गिरीको ुवसन्त र म शीर्षकको कविताबाट सुरु भएको रचना वाचनको शृङ्खलाले बसभित्रको वातावरणलाई नै काव्यमय बनाइदियो । मन्दिरा मधुश्रीका गजल, वसन्त रिजालका कविता, विजया बस्नेतको चाहन्छु मुक्ति आमाु जस्ता सिर्जनाहरूले बाहिरको चिसो हावालाई पनि न्यानो बनाइदिए । यसपछि पालै पालो गरी २. मन्दिरा मधुश्री–गजल, ३ वसन्त रिजाल–कविता ४.विजया बस्नेत–चाहन्छु मुक्ति आामा दिक्पाल ५.परशुराम पराशर–आमा सुत्नुभयो–शार्दूल ६. एञ्जल निलू एउटा मुक्तक र एउटा गीत मैथिलीमा ,७. संजय सोती आजको कविता गद्यकविता, ८. डा. सावित्री अनुहारपछाडिको अनुहारू–गद्यकविता ९. वासुदेव पौड्याल–दुप्चेश्वर महिमाू–शार्दूल १०. हरिबोल काफ्ले–टुप्पोमा फल्नेहरूलाईू । बसका चालक र सहचालकले पनि ठूलो ध्यान दिएर हाम्रा कविता सुनिरहनुभएको थियो । साहित्यको शक्ति यही त हो— यसले दरबार र झुपडी, विद्वान् र श्रमजिवी सबैलाई एउटै भावधारामा ल्याएर मिसाइदिन्छ । तादी ९ सूर्यमती०स् कञ्चन प्रवाह र मनको शुद्धता भित्र हामी लहरिँदै थियौ । जब हामी दुप्चेश्वरको आधार शिविर अर्थात् तादी नदीको किनारमा पुग्यौँ, तब एउटा अलौकिक शान्ति महसुस भयो । काठमाडौँको पशुपति क्षेत्रमा बग्ने बागमतीको प्रदूषित स्वरूप देखेकी मलाई तादीको त्यो कञ्चन र निर्मल प्रवाह देख्दा आँखा नै शितल भए । सूर्यकुण्डबाट बहँदै आएकी यी सूर्यमती ९ तादी आफैँमा एउटा तीर्थ हुन् । महादेवको शिरमा जलधारा बनेर बग्ने यी नदीको आवाजमा एउटा संगीत छ । मैले तादीको जलले हातमुख धोएँ, मानौँ मेरो काठमाडौँको कोलाहल र मानसिक क्लेश त्यही जलले पखालिदियो । त्यहाँ उभिएर हेर्दा देखिने अग्लो चट्टान, जुन एउटा घोप्टिएको डालो जस्तो देखिन्छ, त्यहीँभित्र लुकेका छन्— दुप्चेश्वर महादेव । ३५० खुड्किला र प्राकृतिक ुथेरापीु झै लाग्यो मलाई दुप्चेश्वरको भूगोल । नदी किनारबाट मन्दिर पुग्न करिब ३५० खुड्किला उक्लनुपर्ने रहेछ । ३०० मिटरको त्यो ठाडो उचाइमा रेलिङ समाउँदै हामी सुस्त–सुस्त उक्लियौँ । बाटोमा नाग देवता र गणेशजीको दर्शन गर्दै अगाडि बढ्दा एउटा अनौठो ठाउँ आइपुग्यो । एउटा विशाल ढुङ्गाको साँगुरो काप, जहाँबाट निहुरिएर छिर्नुपर्ने रहेछ । स्थानीय मान्यता छ कि त्यहाँबाट छिर्दा ढाड र कम्मरको दुखाइ निको हुन्छ । वैज्ञानिक रूपमा हेर्दा पनि, त्यो साँगुरो ठाउँबाट विशेष मुद्रामा छिर्दा शरीरका नसाहरू तन्किने र ुअकुप्रेसरु हुने देखिन्छ । हाम्रो धर्म र संस्कृतिले स्वास्थ्यलाई कसरी प्रकृतिको काखमा जोडेको छ भन्ने यो एउटा उत्कृष्ट उदाहरण थियो । त्यही ढुङ्गाको कापबाट तप्प–तप्प पानी चुहिरहेको थियो— मानौँ पहाडले भक्तहरूका लागि अमृतको थोपा अर्पण गरिरहेको छ । दुप्चेश्वरको प्राकट्यस् किंवदन्ती र विश्वास अनौठो थियो । मन्दिरभित्र प्रवेश गर्दा मन चकित भयो । एउटा प्राकृतिक गुफा जस्तो संरचना, जहाँ कुनै सिमेन्ट वा डण्डीको प्रयोग नगरी प्रकृतिले आफैँलाई एउटा भव्य मन्दिरको रूपमा ढालेकी छिन् । चिल्लो प्राकृतिक शिलामा विराजमान महादेवको दर्शन गर्दा हृदयमा भक्तिको एउटा नयाँ लहर उत्पन्न भयो । पुजारीका अनुसार, यहाँको कथा निकै रोचक छ । धेरै वर्ष पहिले एक गोठालाको गाई हराएछ । सपनामा महादेवले दर्शन दिएर ुम यहीँ छुु भनेपछि खोज्दै जाँदा एउटा अनकन्टार पहरोभित्र गाईले आफ्नो कल्चौँडाबाट महादेवको शिलामा दूधको धारा बगाइरहेको भेटिइन् रे । मानिस छिर्नै नसक्ने त्यो पहरोभित्र गाई कसरी पुगिन् र फेरि क्षणभरमै कसरी गोठमा आइपुगिन् भन्ने कुरा अझै पनि एउटा ईश्वरीय चमत्कार मानिन्छ । यसैले सन्तान नभएकाहरू यहाँ आएर ुदुप्चेश्वरलाई दूध चढाउने र ईश्वरलाई पुकारेपछि सन्तान प्राप्ति हुने जनविश्वास छ । अर्को किम्बदन्ती अनुसार श्री कृष्ण भगवानले स्थापना गर्नु भएकोले गोपालेश्वर महादेव भनेर पनि चिनिन्छ भने अर्को किंवदन्ती अनुसार अश्विनी कुमारहरुले स्थापना गरिएको मानिन्छ । । जे भए पनि आजको प्राकट स्वरूप दुप्चेश्वर महादेवको नामले प्रसिद्ध रहेको छ । स्रष्टाहरूको सहभोजन र दम्पती परिचयमा लाग्यौं । हामी सष्ट्रा पदयात्रीको सह भोजनपछि पुन मन्दिरकै सत्सङ्ग हलमा कार्यक्रम गरियो । ‎दोस्रो रचनावाचन कार्यक्रम अन्तर्गत ‎संयोजक ध्रुवराज थापा पुरुष – सत्सङ्ग हलमा ‎सहभागी— १. खोलाघरे साहिलो, दाह्री कविता २. जयराम विडारी र रुवि सत्याल–युगलवाचन ३. प्रतीक घिमिरे,मुक्तकहरू,३ वासुदेव गुरागाई–ूदुप्चेश्वरको कविता–गद्यकविता ४ शारदा पराजुली ूदुप्चेश्वर दर्शन–लोकलय ५ शुकदेव उपाध्याय–हिन्दीमा शेरहरू ६. रता खत्री ूमेरा बाू गद्यकविता ७.राजन पुडासैनी–जीवन–गद्यकविता ८ अनिता कोइरालाू–भ्रमको पुलिन्दा–गद्यकविता पछिको समयमा ‎युग्म परिचय र धारणा पनि मन्दिरा मधु श्रीको संयोजकत्वमा सम्पन्न भएको थियो । जसमा– शीतल कमला गिरी, वसन्त–मीना रिजाल, परशुराम–शारदा पराजुली, राजन–सविना पुडासैनी,–सुवासचन्द्र ढुङ्गेल– अनिता कोइराला, ध्रुवराज थापा–शशी गौतम, शुकदेव उपाध्याय–इन्दिरा, विष्णुप्रसाद रुपाखेती–यशोदा पौडेल ,मन्दिरा मधुश्री–केशव पाण्डे, जयराम बिडारी–रुबी सत्याल, प्रतीक घिमिरे–सम्झना भट्टराई दम्पती हुनुहुन्थ्यो । यसपटकको यात्राको एउटा सुन्दर पक्ष भनेको धेरैजसो स्रष्टाहरू आफ्ना जीवनसाथीसहित सहभागी हुनुभएको थियो । जोडीहरूको उपस्थितिले यात्रालाई ुशिव र शक्तिुको मिलनझैँ अर्थपूर्ण बनाएको थियो । ध्रुवराज थापा ुपुरुषुको संयोजनमा भएको कार्यक्रममा हामीले आफ्ना जीवनसाथीको बारेमा पनि अनुभव साट्यौँ । साहित्यको यात्रामा जीवनसाथीको साथ हुनु भनेको एउटा पंक्षीलाई दुवै पखेटा मिलेजस्तै रहेछ । रित्तो हृदयलाई पूर्णता मिले झैँ भएको थियो । दुप्चेश्वर महादेवको दर्शनले दिव्यनन्दा मिलेको थियो । सूर्य बिस्तारै पश्चिमको पहाडतिर ओर्लिँदै थियो । दुप्चेश्वरको त्यो अग्लो टाकुराबाट तल हेर्दा तादी नदी एउटा चाँदीको घेरा जस्तो देखिन्थ्यो । शिखरबेसीको फाँटमा झुलेका समुद्रफिनि धानका बालाहरू र सुन्तलाका रुखहरूले नेपालको ग्रामीण समृद्धिको कथा भनिरहेका थिए । यात्राको आनन्द सबैले लिएकै थियौ । परिस्थिति अनुकूल नहुनुले बाँकी सष्ट्रा पदयात्रीको रचना वाचन भने पा्रविधिक गडबडी रह्यो । जसमा १. ध्रुवराज थापा पुरुष, २. सञ्जय सोती ३. सुभाष ढुङ्गेल, ४. शोभा पोख्रेल, ५बिष्णु प्रसाद रुपाखेती, ९ साउण्ड सिष्टम नभएर तेस्रो चनावाचन हुन सकेन । मैले दुप्चेश्वरसँग केही मागिनँ । किनकि भरिएको भाँडोमा थप जल अट्दैन । ईश्वरको सानिध्यमा त केवल रित्तो भएर पुग्नुपर्छ, ताकि उनको सकारात्मक ऊर्जाले आफूलाई भर्न सकियोस् । मन्दिरको त्यो आध्यात्मिक ुभाइब्रेसनु र तादीको संगीत लिएर म फर्किँदै गर्दा मेरो मनमा एउटै विचार थियो— ूदुप्चेश्वर केवल एउटा ढुङ्गाको शिला होइन, यो त मानिसको अटुट विश्वास र प्रकृतिको अपार शक्तिको संगम हो । काठमाडौँको धूलो र धुवाँमा फर्किँदै गर्दा पनि मेरो मनमा दुप्चेश्वरको त्यो शीतल स्पर्श र हजुरआमाको त्यो वाणी गुन्जिरहेको थियो— ूअसल काम गर्नु है नानी, कृति कहिल्यै मर्दैन । दुप्चेश्वरको यो यात्रा मेरो साहित्यिक जीवनको एउटा यस्तो कृति बन्यो, जसले मलाई सधैँ मानवता र प्रकृतिको सेवा गर्न प्रेरित गरिरहनेछ । रुवि सत्याल थानकोट ६

Sunday, January 11, 2026

साहित्यकार बद्रीप्रसाद ढकालद्वारा लिखित अनुसन्धानमूलक दुई कृति विमोचित

साहित्यकार बद्रीप्रसाद ढकालद्वारा लिखित अनुसन्धानमूलक दुई कृति आज मिति २०८२ साल पौष महिनाको २७ गते राष्ट्रिय एकता दिवस पृथ्वी जयन्तीका अवसरमा विमोचित भए । ढकालद्वारा लिखित अनुसन्धानमूलक कृतिहरूमा आधुनिक नेपाली कथामा मिथक र साहित्यमा संस्कृति शीर्षकका रहेका छन् । यी कुतिको प्रकाशक अनुसन्धान विमर्श नेपाल रहेको र र वितरणमा भुँडी पुराण प्रकाशनले साथ दिएको छ । आजको विमोचन कार्यक्रम सार्वजनिक रूपमा अनुसन्धान विमर्शले आफ्नै स्टल अगाडि गरेको र प्रमुख अतिथिमा प्रा. डा. सुरेन्द्र केसी रहनुभएको थियो । करिब दुई दर्जनभन्दा बढी साहित्यकारहरूको उपस्थितिमा सडकमै कृतिहरू सार्वजनिक रूपमा विमोचित गर्ने परम्परा अनुसन्धान विमर्श नेपालले अगाडि सारेको र यसबाट विमोचनमा हुने खर्चमा समेत बचत हुने गरेको पाइयो । आजको विमोचनको कार्यक्रममो प्रमुख अतिथि केसीले बद्रीप्रसाद ढकालको अनुसन्धानमूलक कामको खुलेर प्रशंसा गर्दै उहाँ जस्तो व्यक्ति विश्वविद्यालयमा पढाउने काममा संलग्न हुनुपर्ने तर त्यो हुन नसकेकोमा आफूलाई पीडाबोध हुने गरेको समेत बताउनुभयो । कार्यक्रममा डा.शैलेन्दुप्रकाश नेपाल लगायतका साहित्यकारहरूले ढकालको अनुसन्धानमूलक कार्यको प्रशंसा गर्दै यी कृतिहरू नेपाली साहित्यमा महत्वपूर्ण भएको बताउनुभएको थियो । विमोचन कार्यक्रममा उपस्थित हुनुभएका सबै श्रष्टाहरूले यस किसिमबाट कृतिहरू विमोचन गर्न सके स्रष्टाहरूलाई राहत पुग्ने र कार्यक्रम पनि सजिलो हुने कुरा व्यक्त गर्नुभएको थियो । साहित्यकार ढकालका सिर्जनात्मक र समालोचनात्मक प्रकारका कृतिहरू डेढ दर्जनभन्दा माथि रहेका छन् । समग्रमा ढकालको योगदान नेपाली साहित्यमा उल्लेखनीय रहेको देखिन्छ ।
watch more

Wednesday, December 31, 2025

नेपाली उपन्यासको इतिहास सर्वेक्षण गर्ने मानक कृति - नेपाली उपन्यासको इतिहास - सर्जक प्रा. डा. खगेन्द्रप्रसाद लुइटेल

नेपाली उपन्यासको इतिहास सर्वेक्षण गर्ने सन्दर्भमा विभिन्न विद्वानहरूले विभिन्न समयमा खोजमूलक कृतिहरू प्रकाशन गरेता पनि नेपाली उपन्यासको इतिहासको निर्धारण गर्न सफल एवम् उपन्यासको इतिहासका सम्बन्धमा मानक कृति र उपन्यासको सर्वेक्षण गर्न सफल भएको कृति – नेपाली उपन्यासको इतिहास – रहेको छ । मैले यस कृतिलाई आधार मानेर नेपाली भाषामा लेखिएका ३०० भन्दा बढी उपन्यासहरूको अध्ययन गर्ने अवसर पाएँ । जसमध्ये ५० वटा भन्दा धेरै उपन्यासको अडियोसमेत निर्माण गरेको छु भावी पुस्ताका लागि सुन्न सजिलो होस् भनेर । यति हुँदाहुँदै प्रस्तुत कृति नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित भए पनि २०६९ सालमा प्रकाशनमा आएको र त्यसयता नेपाली उपन्यास साहित्यमा धेरै उपन्यासहरू लेखिएकोले अहिलेसम्मका उपन्यासहरूसमेतलाई अध्यावधिक गरी नेपाल प्रज्ञा–प्रतिष्ठानले यो शोधमूलक कृतिलाई नवीकरण गरी प्रकाशन गरोस् भन्ने चाहन्छु । नेपाली उपन्यास अध्ययन गर्ने क्रममा विभिन्न कोणहरूबाट नेपाली उपन्यासको अध्ययन गर्दा, मेरो दृष्टिकोणमा लीलाध्वज थापाको – मन – उपन्यास निकै नै उत्कृष्ट रहेको देखिन्छ । यस शोधमूलक ग्रन्थ –नेपाली उपन्यासको इतिहास – का सर्जक प्रा. डा. खगेन्द्रप्रसाद लुइटेलको कृतिगत योगदान नेपाली उपन्यास साहित्यमा सदैव महत्वपूर्ण रहनेछ ।
उपन्यास विक्रम र नौलो ग्रह रमेश विकल
बखतबहादुर थापाको इलेक्ट्रोनिक्स विषय भएको उपन्यास - जङ्गेको डायरी Bakhat Bahadur Thapa #gangabhetwal

Sunday, December 14, 2025

कवि खोलाघरे साहिंलोलाई छन्दकवि पुरस्कार अर्पण र कृति विमोचन

छन्दकवि पुरस्कार अर्पण तथा कृति विमोचन
‎ ‎अभिनव साहित्य समाजको २८६ अ‍ौं शृङ्खला आज शिव पाञ्चायन मन्दिर ग्रीन हिलसिटी गेट कागेश्वरी मनोहरा(६ मा सम्पन्न भएको छ । कार्यक्रमका सहजकर्ता अभिनवका सहकोषाध्यक्ष शारदा पराजुली ,अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणि सभानायक,वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल प्रमुख आमन्त्रित ,स्रष्टा पदयात्रा नेपालका अध्यक्ष शीतल गिरि,पुरुषोत्तम श्रेष्ठ ,रघुनाथ आचार्य ,शर्मिला तिमिल्सिना,खोलाघरे साहिंलो ,गुणराज आचार्य लगायत विशेष आमन्त्रित रहनुभएको कार्यक्रममा छन्द कवि खोलाघरे साहिंलोलाई नगद रु। १० हजारसहित सम्मानित गरिनुका साथै शर्मिला तिमल्सिनाको गजलसङ्ग्रह ूरहर जिन्दगीकोू को सामुहिक लोकार्पण गरिएको थियो । लोकार्पित कृतिमाथि परशुराम पराशरले छोटो टिप्पणी र केही गजल वाचन गर्नुभयो । शर्मिला तिम्सिनाले धन्यवाद मन्तव्यका साथ सङ्ग्रहभित्रबाट केही गजल वाचन गरेर सुनाउनु भएको थियोे । ‎अभिनव साहित्य समाज तथा स्रष्टा पदयात्राका उपाध्यक्ष विमल अर्यालले खोलाघरे साहिंलाको संक्षिप्त परिचय प्रस्तुत गर्नुभयो । पुरस्कृत कवि खोलाघरेले आफ्नो मन्तव्यमा यो पुरस्कारको कदर गर्न प्रयासरत रहिरहने बताउँदै एउटा छन्दोबद्ध कविता सुनाउनुभयो । पुरस्कार कोषका संस्थापक रघुनाथले बधाइ तथा धन्यवाद मन्तव्य दिनुभएको थियो । स्रष्टा पदयात्राका अध्यक्ष शीतल गिरि र गुणराज आचार्यले छोटो शुभकामना मन्तव्य दिनुभयो ।प्रमुख आमन्त्रित पुरुषोत्तम दाहालले धेरै सारगर्भित कुरा गर्दै कवि लेखक साहित्यकारहरूले अब देश खोज्ने,देश लेख्ने बेला आएको छ भन्नुभयो । ‎ सभानायक गोविन्द घिमिरे वेदमणिले पुरस्कार कोष सार्वजनिक श्राद्ध हो यो कोषबाट बद्रीनाथ आचार्यलाई धेरैले चिन्न पाएको र रघुनाथ आचार्य ,विमल अर्यालजस्ता कोष व्यवस्थापकहरूको साहित्य प्रवर्द्धनमा ठूलो योगदान रहेको बताउनुभयो ।
‎कार्यक्रममा कृष्णप्रसाद जस्ताघरे, ध्रुव गजुरेल ,सुरेशचन्द्र घिमिरे ,सरिता दुलाल घिमिरे ,प्रनिशा तामाङ ,विजया बस्नेत ,मेनका पोख्रेल आचार्य ,दिवाकर नेउपाने ( ९बद्रीनाथ आचार्यको रचना० ,रत्ननिधि रेग्मी ,पुरुषोत्तम श्रेष्ठ ९ गीतिकविता ०,शान्ति रिसाल ,भानुभक्त नेउपाने,घनश्याम प्रसाईं ,श्रीकृष्ण सिम्खडा,उत्तम विचार,पूनम घिमिरे आदि स्रष्टाले कविता,गजल,मुक्तक,भजन वाचन गर्नुभएको थियो । कवि वासुदेव पौडेलले खोलाघरेलाई दिएको कवितात्मक शुभकामना वाचन गर्नुभएको थियो । जय साहित्य १ २०८२/०८/२७
खोलाघरे साहिलोका कविता ---

Friday, December 5, 2025

सुभाषचन्द्र पौडेल भीमफेदीयाको प्यारो गाउँ भीमफेदी गीत सार्वजनिक ।

सुभाषचन्द्र पौडेल भीमफेदीयाको प्यारो गाउँ भीमफेदी गीत सार्वजनिक ।
भीमफेदीयाको गीत सार्वजनिक कार्यक्रम साहित्यिक पत्रकार सङ्घको आयोजनामा राधृश्याम लेकालीको अध्यक्षतामा सम्पन्न गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि परराष्ट्रविद एवं राजनीतिज्ञ हिरण्यलाल श्रेष्ठ विशेष अतिथि साझा प्रकाशनका अध्यक्ष शेखर गिरी अतिथिहरूमा अन्य युवराज मैनाली लगायतका साहित्यकार, संगीतकार सर्जकहरू रहनुभएको थियो । कार्यक्रममा गीतकार सुभाषचन्द्र पौडेल भीमफेदिया गायक संगीतकारको टोलीहरूमध्ये गायिका तृप्ति खड्का गुरुङ गायक संगीतकार विजय गुरुङ गीतको एरेन्जर नरेश पाण्डे संयोजनकर्ता प्र्रमोद नेपालसमेत उपस्थित हुनुहुन्थ्यो । प्रमुख अतिथि, विशेष अतिथि, सर्जकहरूलाई रुद्राक्षको माला लगाएर उषा केसी र अन्य साथीहरूले आसनग्रहण गराउन सहजीकरण गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन दिप प्रज्वलन गरेर प्रमुख अतिथिको हातबाट गरियो । तत्पश्चात सुभाषचन्द्र पौडेल भीमफेदीयाको गीत प्रसारण गरियो । कार्यक्रममा आज प्रसारित गीतकी गायिका तृप्ती खड्का गुरुङ र संगीतकार विजय गुरुङले गायन, संगीतका विभिन्न पक्षहरूको बारेमा चर्चा गर्नुभएको थियो । उहाँहरूले स्रष्टासँगका अन्तरंग संवादहरूलाई पनि राख्नुभएको थियो । तत्पश्चात गीतकार र गीतको बारेमा समीक्षा युवराज मैनालीले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो भने अर्का वक्ता उपन्यासकार किशोर पहाडीले तीसको दशकबाट लेख्न थालेका पौडेलको लेखनका विभिन्न पाटाहरूको उजागर गर्नुभएको थियो । कार्यक्रममा साझा प्रकाशनका अध्यक्ष शेखर गिरीले समग्रमा नेपाली साहित्यलाई व्यवस्थित गर्न सबै पक्ष सक्रिय हुनुपर्ने कुरा राख्नुभयो । कार्यक्रमका आकर्षक व्यक्तित्व प्रमुख अतिथि हिरण्यलाल श्रेष्ठले यहाँ बसिरहँदा र गीत सुनिरहँदा आफू मकवानपुरको भीमफेदी पुगेको प्रसङ्गलाई उजागर गर्नुभएको थियो । आज बोल्नुहुने सबैले गीतको माध्यमबाट आफूहरू भीमफेदी पुगेको र यो कार्यक्रमलाई भीमफेदीमै सम्पन्न गर्न सकेको भए अझ राम्रो हुने विचार राख्नुभएको थियो । कार्यक्रमका सभापति लेकालीले सुभाषचन्द्र पौडेल भीमफेदीयालगायत पुराना सर्जकहरूका धेरै पक्षहरूलाई उद्धृत गर्नुभएको थियो । कार्यक्रम अनामनगरको डालो रेस्टुरेन्टमा सम्पन्न भएको र सञ्चालन श्रीराम बस्नेतले गर्नुभएको थियो । समीक्षकहरूले भीमफेदियाको गीति लेखन देशप्रेमले ओतप्रोत भएको र उनलाई सिद्धिचरण श्रेष्ठ जस्ता कविहरूसँग समेत तुलना गरिएको थियो । गीतले भीमफेदीका विभिन्न ऐतिहासिक सांस्कृतिक पर्यटकीय पक्षहरूलाई श्रोताको माझमा प्रस्तुत गर्न सफल भएको देखिन्थ्यो ।
लैनसिंह बाङदेलको उपन्यास मुलुक बाहिर muluk bahira #novel Lain Sing Bangdel
को हुन् प्रा. डा. खगेन्द्रप्रसाद लुइटेल ? Dr. Khagendra Prasad Luitel Yubaraj Mainali #gangabhetwal

Wednesday, December 3, 2025

नेपाली भाषाका केही महत्त्वपूर्ण उपन्यासहरू - गङ्गाप्रसाद भेटवाल

नेपाली भाषाका केही महत्त्वपूर्ण उपन्यासहरू के तपाईहरू नेपाली भाषाका महत्त्वपूर्ण उपन्यासहरू बारे जानकारी लिँदै हुनुहुन्छ ? मैले विद्यावारिधीको अध्ययनका क्रममा अध्ययन गरेका केही नेपाली उपन्यासहरूका अडियोलाई पछिल्लो पुस्तासम्म सुन्न सकिने गरी केही उत्कृष्ट उपन्यासहरू रेकर्ड समेत गरेको छु । जो धेरै टाढा रहनुभएको छ बर्मा, मणिपुर हुँदै संसारका विभिन्न मुलुकहरूमा पुग्नुभएको छ । हजुरहरू समक्ष पुस्तकका प्रतिहरू पुग्न नसकिरहेको अवस्थामा नेपाली समाज विभिन्न समयमा कस्तो थियो र त्यो समाजको प्रतिबिम्बलाई नेपाली उपन्यासकारहरूले कसरी चित्रित गर्नुभएको छ ? त्यो बुझ्न यी उपन्यासका अडियोहरू निश्चय नै सहयोगी हुनेछन् हजुरहरूले यी उपन्यास सुनिसकेपछि आफ्ना नयाँ पुस्ताहरूलाई र आफ्ना छरछिमेकी साथीभाइहरूलाई पनि सुन्न मिल्ने गरी सेयर गरिदिनुहोला । विभिन्न समयका नेपाली समाजको र गोरखा समाजको यथार्थ चित्रण यी उपन्यासहरूमा छन् ।
उपन्यास विक्रम र नौलो ग्रह रमेश विकल

नेपाली भाषाका पक्षमा फैसला- अदालतबाट नेपाली भाषाका पक्षमा फैसला, प्रा. डा. लुइटेलले पाए सफाइ

मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष प्रा।डा।खगेन्द्रप्रसाद लुइटेलले एउटा विज्ञप्ति प्रकाशित गरी नेपालका सवारीसाधनमा अङ्...