ganga bhetwal
Wednesday, October 7, 2026
कथाकार डा.नवराज रिजालद्वारा लिखित बेचैन मन लघुकथाको लोकार्पण कार्यक्रम - प्रा.डा.गोविन्दराज भट्टराईको प्रमुख आतिथ्य
गरियो । यताप्रा.डा.गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यमा सडक विमोचनको १८ औ. शृङ्खलामा विमोचित सो कृतिका बारेमा बोल्दै प्रमुख अतिथि भट्टराईले अत्यन्तै सकारात्मक सोचका लेखिएको कृति सडक क्रान्तिको खुलेर प्रशंसा गर्नुभयो।
बेचैन मन कथासङ्ग्रहले देशको परिस्थिति र परिवेशका बारेमा अभिव्यक्त गरेको चर्चा गर्दै भाषा आयोगका माननिय डा. पुष्करराज भट्ट कथाकार रिजालको सक्रियताको चर्चा गर्नु भयो।
रिजालको लघुकथाको बारेमा बोल्दै लघुकथाकार ध्रुव मधिकर्मीले रिजालको लेखनधर्मिता निकै सबल रहेकाले लघुकथाले समसामयिक विषयमा सशक्त भाव व्यक्त गरेको कुरा भन्नुभयो। त्यस्तै कथाकार डा. नवराज रिजालको लघुकथाहरूले ओजिलो सामाजिक यथार्थ बोकेको कुरा बताउनु भयो।
लघुकथा र रिजालको पुस्तकका बारेमा कथाकार रामकुमार पण्डित शेखर अर्यालले पुस्तकको चर्चा गरे ।
सडक विमोचन कार्यक्रमका संयोजक साहित्यकार बद्रीप्रसाद ढकालले कार्यक्रमको १८ औ शृङ्खलाको पुस्तक विमोचन कार्यक्रमका बारेमा बोल्दै यो अभियान सबैको साथ र सहयोगका लागि धन्यवाद ब्यक्त गर्नुभयो।
मैले भोगेको देखेका कुराहरू कथामा अभिव्यक्त गरेको छु पढ्ने र प्रतिक्रिया दिने काम पाठकलाई सुम्पेको छु भन्ने विचार व्यक्त गर्दै विमोचन कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिनुभयो।
दुई दर्जन भन्दा बढी साहित्यकारहरूको जमघट सम्पन्न पुस्तक विमोचन कार्यक्रममा वरिष्ठ साहित्यकार राजाराम बर्तौला, डा. छायादत्त न्यौपाने, डा. योगी दयानाथ, विदुर गौतम, माधव नेपाल, शरद प्रधान, विमल भौकाजी, डा. हरिदत्त पाण्डे लगायत व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
Saturday, August 15, 2026
स्रष्टा पदयात्रा नेपालको १०९औं पदयात्रा भक्तपुर ठिमी नगदेश क्षेत्रमा हुने लोभलाग्दो सहभागिता रहने
१०९ औं स्रष्टा पदयात्रामा सहभागि हुन नाम लेखिएका स्रष्टा २०८३ भाद्र ६ गते शनिवार विहान ७.३० बजेसम्म पुरानो थिमी नगदेसको प्रवेशद्वारमा अनिवार्य आइपुग्न हुन अनुरोध छ (दोस्रो पटक यात्रामा सहभागिले पनि अनिवार्य पोसाक लगाउनु होला, पोसाक लगाइएको नपाइएका आगामि यात्रामा सहभागि गराइने छैन) । यस यात्राको समन्वय डा.वालचन्द्र मिश्रको रहनेछ । यस पटक हामी सुनको झ्याल, टिगनी बजी चिउरा बनाउँने गाउँ र जिब्रो छेडाउँने पात्र भेटनेछौं । यात्रामा १. वासुदेव पौडेल, २. प्रा.डा.सावित्री श्रेष्ठ, ३. वसन्त रिजाल, ४. घनश्याम प्रसाई, ५. परशुराम पराशर, ६. वासुदेव ठकुरी, ७. शीतल गिरी, ८. डा.बाल चन्द्र मिश्र, ९. दुर्गा भवानी भट्ट, १०. प्रतीक घिमिरे, ११. शोभा शरभ, १२. जयराम बिडारी, १३. रुवी सत्याल, १४. डा.यादेवी ढकाल, १५. बिष्णु प्रसाद शर्मा पराजुली, १६. दुर्गा प्रसाद घिमिरे, १७. इन्दिरा प्रयास, १८. सन्तोष भुजेल, १९. गंगाप्रसाद भेटवाल, २०. विमल अर्याल, २१. नारायण भण्डारी जनकपुरी, २२. मन्दिरा मधुश्री, २३. शारदा पराजुली, २४. गंगा खतिवडा, २५. खुश्बू रिजाल, २६. शम्भु गजुरेल, २७. ध्रुवराज थापा पुरुष, २८. प्रविण जोशी, २९. सुभाष ढुंगेल, ३०. अनिता कोइराला, ३१. सरोजा चिमोरीया, ३२. चिरञ्जिबी नेपाल, ३३. ज्ञानुवाकर पौडेल, ३४. आयुष बडाल, ३५. मुरारीराज मिश्र, ३६. त्रिपुरा पौडेल, ३७. नानीबाबा अधिकारी, ३८. माधवलाल श्रेष्ठ, ३९. हिमा पौडेल, ४०. आलोक चालिसे, ४१. निर्मला विष्ट, ४२. सृजन बास्तोला, ४३. गणेशा कार्की, ४४. अप्सरा ढकाल, ४५. अच्युत घिमिरे, ४६. विष्णु कुमारी खनाल, ४७. डा.सदानन्द कडेल, ४८. शिबराम दुवाडी, ४९. अञ्जली अधिकारी, ५०. अनमोल विक्रम शर्मा, ५१. अनुज कुमार साह, ५२. शिशिर खड्का, ५३. आर्यन थापा, ५४. रेवत अधिकारी, ५५. सिम्रिका खड्का, ५६. सहयोग दाहाल, ५७. बिनिशा विष्ट, ५८. प्रसन्न अधिकारी, ५९. श्रुति सञ्जेल, ६०. श्रीयांशु अर्याल, ६१. सकिना तामाङ, ६२. अन्जेल कोइराला, ६३. आरसी घिमिरे, ६४. अनुच्चा बोहरा, ६५. एमके पराशर, ६६. पुष्कर बराल, ६७. इक्षा शिवाकोटीको सहभागिता रहनेछ । यस यात्राको यात्रा संस्मरण लेखनको जिम्मेवारी डा.बालचन्द्र मिश्र, शोभा शरभ र इन्दिरा प्रयासको रहनेछ । धन्यवाद ।
१०९ औं स्रष्टा पदयात्रामा सहभागि हुन नाम लेखिएका स्रष्टा २०८३ भाद्र ६ गते शनिवार विहान ७.३० बजेसम्म पुरानो थिमी नगदेसको प्रवेशद्वारमा अनिवार्य आइपुग्न हुन अनुरोध छ (दोस्रो पटक यात्रामा सहभागिले पनि अनिवार्य पोसाक लगाउनु होला, पोसाक लगाइएको नपाइएका आगामि यात्रामा सहभागि गराइने छैन) । यस पटक हामी सुनको झ्याल, टिगनी बजी चिउरा बनाउँने गाउँ र जिब्रो छेडाउँने पात्र भेटनेछौं । यस यात्रामा रचनावाचन यसप्रकार हुनेछ ।
पहिलो कार्यक्रम ः नगदेश
संयोजक— दुर्गा भवानी भट्ट
सहभागी— १. वासुदेव पौडेल, २. शोभा पोखरेल, ३. दुर्गा प्रसाद घिमिरे, ४. वीमल अर्याल, ५. अनिता कोइराला, ६. आलोक चालिसे, ७. अच्युत घिमिरे, ।
स्रष्टा पदयात्रावारे संक्षिप्त जानकारी— गंगाप्रसाद भेटवाल
दोस्रो रचनावाचन कार्यक्रम ः
संयोजक— प्रा.डा.सावित्री श्रेष्ठ
सहभागी— १. इन्दिरा प्रयास, २. शम्भु गजुरेल, ३. त्रिपुरा पौडेल, ५. विष्णु कुमारी खनाल,
स्रष्टा पदयात्रावारे संक्षिप्त जानकारी— डा.बालचन्द्र मिश्र
तेस्रो रचना वाचन ः
संयोजक— वासुदेव ठकुरी
सहभागी— १. रुवी सत्याल, २. मन्दिरा मधुश्री, ३. ध्रुवराज थापा पुरुष, ४. नानीबाबा अधिकारी,
स्रष्टा पदयात्रावारे संक्षिप्त जानकारी— वसन्त रिजाल
चौथो रचनावाचन कार्यक्रम ः
संयोजक जयराम विडारी
सहभागी— १. घनश्याम प्रसाई, २. डा.यादेवी ढकाल, ३. सन्तोष भुजेल, ४. शारदा पराजुली, ५. ज्ञानुवाकर पौडेल, ६. माधवलाल श्रेष्ठ,
स्रष्टा पदयात्रावारे संक्षिप्त जानकारी— प्रतीक घिमिरे
पाचौं रचनावाचन कार्यक्रम ः कुमारी परिसर बोडे
संयोजक— एन.वी.जनकपुरी
सहभागी— १. परशुराम पराशर, २. विष्णु प्रसाद शर्मा पराजुली, ३. शुभाष ढुंगेल, ४. हिमा पौडेल, ५. अप्सरा ढकाल,
स्रष्टा पदयात्रावारे संक्षिप्त जानकारी— शीतल गिरी
पुनश्चः— यस पटकको यात्रामा जानकारी लिनुपर्ने र हेर्नुपर्ने धेरै रहेकोले केहीलाई मात्र कविता वाचनमा राखिएको छ । नियमीत स्रष्टा पदयात्री वाहेककोलाई ल्याउन सिफारिस गर्ने स्रष्टाले अनिवार्य रुपमा ल्याउनु पर्नेछ, नाममात्र टिपाउनेको भने रेकड राखि आवश्यक कारवाही गरिनेछ । धन्यवाद । Notice is created by Chair Person - Shital Giri.
Tuesday, May 26, 2026
१०६ औं स्रष्टा पदयात्रा : सिन्धुली भिमान - शुभाष ढुङ्गेल
( १०६ औं स्रष्टा पदयात्रा : सिन्धुली भिमान)
मिति २०८३-जेष्ठ १ गते,बिहान कोटेश्वरबाट हामी करीब ३१ जना, रिजर्व गरिएको Best city नामक बसबाट यात्रा प्रारम्भ गर्न लाग्दै थियौँ । केही बेरसम्मकको पर्खाइपछि, तोकिएको समय भन्दा ढीलो गरेर केही यात्रुहरु आइपुगेपछि हामीलाई लिएर जान बस आइपुग्यो । आ-आफ्नो सरसामानको थान्कोमान्को लगाएर,बसभित्र तोकिएका सिटमा बस्छौं । बस सोझिन्छ भक्तपुर,बनेपा,धुलिखेल तर्फ । गन्तव्यसम्म पुग्न बिपी राजमार्गकै छनौट भयो सडकको दुरावस्था भएरपनि ।
रोशी खोलाको छेउ भएर गाडी गुड्दा सडकको बेहाल अवस्था, कहालीलाग्दो थियो । बस गुड्दै गर्दा विभिन्न व्यक्तिले ल्याएको तितौरा,भुटेको मकै,काँक्रो,गाजर,मुला,मिठाई, पुष्टकारीले हाम्रो भोक पहिले जगाएर पछि भगाएको थियो ।
अफ्ठ्यारो बाटो कटेपछि बस रोकियो खाजा खान । चिउरा,दही, आँपको खट्टमिठ्ठी सजिए प्लाष्टिकका प्लेटमा,सबै थिए आफैंले ल्याएका ।
होटलको चिया खायौं, सबैले ।
आधा बाटो पार भएपछि बाटोको अवस्था राम्रै, हेर्नलायक रहेछ । अब भने हामीलाई रोशी होइन कोशीले साथ दिइरहेको थियो ।
विभिन्न मनोरम उकालो घुम्ती पार गरेर खनिया खर्क, सिंधुली गडी हुँदै समयमै पुगियो सिन्धुली बजारमा अवस्थित लक्ष्मी प्रधान म्यामको स्कुल जहाँ हामीलाई दिनको खाना खुवाउने व्यवस्था मिलाइएको थियो ।
सोचेभन्दा धेरै स्वादिष्ट खाना खायौं । पनिर,च्याउ, खसीको मासु, दाल,तरकारी अचार,सलाद सहितको खानामा उदारता, श्रद्धा र माया मिसिएको थियो।
खानापछि छोटो परिचयात्मक कार्यक्रम गरेर, सामुहिक तस्बिर खिचाएर,म्याडम र सरलाई हार्दिक धन्यवाद अर्पण गरेर, बस चढेर हामी गयौं उमानाथ शास्त्री प्रतिष्ठान,त्यसपछि गयौं जराबुटा कलाकेन्द्र । मीठो मोही पिएर, त्यहाँबाट हामी लाग्यौँ भिमान तर्फ । दिउँसै पुगियो । तीन शहीद(दुर्गा सुवेदी,ऋषी देवकोटा आजाद,रजन मगर)को शालिक सँग मौन संवाद गरेपछि हामी पुग्यौं कमलामाई नगरपालिका वार्ड नं ९ कार्यालय । हाम्रो स्वागत भयो त्यहाँ टीका,खादा लगाएर, हातहातमा सिँगारिएको फूल गुच्छा दिएर, मोही पिलाएर । वार्ड अध्यक्ष,सदस्य, सुवास देवकोटा,उत्तम कोइराला लगायत विभिन्न महानुभावहरुले जानककारीमुलक बिचार राख्नु भयो, सिंधुलीलाई केन्द्र बनाएर ।
साँझपख भिमान बजार, शुक्रबारे हाट र शहीद रघुनाथ कोइरालाले स्थापना गर्नुभएको शिव मन्दिर अवलोकन पछि बस चढेर कमला पारी गौरन टोल पुग्न लाग्दा बाटो छेउमा अवस्थित मन्दिर परिसरमा वार्ड नं १० ले न्यानो स्वगत गर्यो । झमक्क साँझ परिसकेको थियो गौरन टोल पुग्दा ।
स्व.रघुनाथ कोइरालाको घर आँगनमा उभिएर दियो बालेर सम्पुर्ण स्रष्टाहरूले १ मिनेट मौनधारण गरी शहीद रघुनाथ कोइरालामा हार्दिक श्रद्धाञ्जली अर्पण गरे ।
सम्पूर्ण स्रष्टाहरूलाई बसोवासको राम्रो प्रबन्ध मिलाइएको रहेछ । झोला झाम्टा बिसाएर, नुहाएर रातिको खाना खान जम्मा भयौँ, सूर्य पौडेलको घर आँगनमा ।
खाना यहाँ पनि साह्रै मिठो थियो । खसीको मासु, सलाद,पापडले सिंगारिएको खानालाई मीठो मोहीले साथ दिएको थियो । दिल खोलेर स्वागत भयो यहाँ पनि ।
सेवामा सक्रिय संलग्न हुनुहुन्थ्यो: रमेश कोइराला,उत्तम कोइराला, सूर्य पौडेल,रमेश पौडेल हरू ।
केही स्रस्टाहरु गफिदै थिए आँगनमा निकै बेर ।
भोलिपल्ट २०८३-०२-२ गते बिहानै,५:३० बजे पैदल यात्रामा लाग्यौँ । गन्तव्य थियो रानीचुरी डाँडा । पानी पर्न ठिक्क परेको थियो । छाता थियो हातहातमा । हिंड्दै जाँदा बाटोमा निवर्तमान वडा अध्यक्ष कैलाश ढुंगेलले सबैलाई खान र बोक्न समेत पानीको व्यवस्थापन गरेका थिए ।
उकालो लाग्दै, घुम्ती पार गर्दै, मुसलधारे पानीको सामना गर्दै, चिप्लिंदै,लड्दै,चौतारीमा ओत लाग्दै करीब १ घण्टा समय लगाएर पुगिछाडयौं ।
रानीचुरीमा माधव शमसेरको पहिले रहेको दरवार क्षेत्र र त्यहाँ अवस्थित शिव मन्दिरको अवशेष अवलोकन भयो । माधव शमसेरले मौजा विस्तार र फैलावट कसरी गरे भन्नेबारे सुबास देवकोटाले जानकारी गराए ।
त्यहाँबाट फर्किने क्रममा पानी रोकिएको थियो तर बाटो धेरै परसम्म मटौले र चिप्लो थियो ।
बाटोमा रोकिएको बेला,नुनिलो/गुलियो कालो चिया पियौं । पैसा तिर्नु भएको थियो लिलाराज कोइराला दाइले ।
गौरन टोलमा फर्कनासाथ चिउरा,चना घुगनी, मोही खायौं खाजामा ।
लखतरान भएका थियौँ थाकेर । आराम गरेपछि करीब ११ बजे खाना खायौं । कटहरको तरकारी,बुङ्गोको अचार बिषेश थियो ।
दिउँसो १ बजे गौरन टोल चौतारीमा कमला वारी पारीका टोल बासि, विशिष्ट व्यक्तित्वहरू र जनमानसको ठूलो उपस्थिति थियो । शहीद रघुनाथ कोइराला ट्रष्टले आयोजना गरेको कार्यक्रमलाई गंगा प्रसाद भेटवालले कुसलता पूर्वक संचालन गर्नु भएको थियो । आमा कालिका देवीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सागरमणि पौडेल,पूर्व सांसद श्याम घिमिरे(प्रमुख अतिथि),शीतल गिरी, भवानी खतिवडा, प्रतिक ढकाल,डा. सावित्री श्रेष्ठ,मन्दिरा मधुश्री जयराम विडारी,दीपक अर्याल,शालिग्राम पौडेल,सुरेश पौडेल,सोम बहादुर हायु,सुबास देवकोटा, वार्ड नं ९ र १० का अध्यक्ष क्रमशः विनोद प्रधान र दीप बहादुर कार्की र अनिता कोइरालाले आफ्नो मन्तव्य राख्नु भएको थियो ।
खोलागरे साहिँला, स्थानीय देवी पाठकले कवितावाचन गर्नुभयो भने,घनश्याम प्रसाइंले भजन गाउनु भएको थियो ।
भारती न्यौपाने र डा.हेम भण्डारीले उज्यालो औंसीको समीक्षा गर्नुभएको थियो ।
स्वागत मन्तव्य उत्तम कोइरालाले राख्नु भएको थियो ।
कार्यक्रममा १ मिनेट मौनधारण गरेर स्व रघुनाथ कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
कार्यक्रम भव्य सफल भएको उपस्थित हरेकले महसुस गरेका थिए ।
कार्यक्रम पश्चात हामी लाग्यौँ दोभान (कमला र चँदा खोला )
जहाँ पुगेपछि अनपेक्षित आत्मिय स्वागत भयो समता नागरिक समाजको तर्फबाट:रामनामी, रुद्राक्ष र टीका लगाइदिएर, फूलको गुच्छा थमाएर, थपी थपी दही खुवाएर र फर्कदा बाटोमा बसाएर फलफूल ख्वाएर र एक डोज रचना सुनाए,उही देवी पाठकले।
गौरन टोल कोही पैदल फर्के त कोही अटो चढेर ।
साँझ परिसकेको थियो ।
बोका ढालेर भव्य खानपिन गराइयो । सबैको मन पुलकित भयो ।
२०८३-०२-०३ गते आइतबार बिहान ७बजे सोही बस आइपुग्यो । अब काठमाडौं फर्कनु थियो ।
बिदाइ खाजा खाइयो ।
बस चढ्नु पहिले बारीमा पसेर सबैले लिच्ची खायौं। फोटो खिचायौं ।
यस पटकको यात्रा हामीले सोचेभन्दा धेरै आत्मिय भएको हरेकले अनुभूत गर्न पुग्यौं ।
हार्दिक आभार व्यक्त गर्यो स्रष्टापरिवारले दाइ उत्तम कोइराला र संलग्न सम्पुर्ण सदस्यहरुलाई ।
फर्कने क्रममा हाम्रो योजनामा थियो कमलामाई दर्शन र सिंधुली गडी युद्ध सङ्ग्रहालय अवलोकन । सो कार्य पनि पुरा भयो ।
खनिया खर्कमा सामान्य किनमेल भयो ।
बाटोमा पर्ने कुशेश्वर महादेवको पनि दर्शन गरियो । बेल खरिद भएर बस बेलमय बन्यो ।
रोशी कटेपछि एउटा रेष्टुरेन्टमा कफीदै कार्यक्रमको अनौपचारिक छोटो समीक्षा भयो ।
२०८३-०२-०१ देखि २०८३-०२-०३
Monday, May 18, 2026
उपन्यासकार गङ्गाप्रसाद भेटवालको उपन्यास "विश्वकर्मा भोजनालय" मा भोजन गरेपछिको पाठक अनुभूति - शम्भु गजुरेल "कुनाघरे काइँलो"
नेपाली समाजमा व्याप्त जातीय उत्पीडन, पहिचान सङ्कट, विभेदभित्र छटपटाएका जीवन, त्यो विभेदको चपेटा सँगैको व्यावसायिक सफलता र राजनीतिक चेतनाको पूर्ण कथा बोकेको ग्रन्थ हो– उपन्यास "विश्वकर्मा भोजनालय"।
उपन्यासको मूल पात्र सुरज विश्वकर्मा पैतालीस वर्षको उमेर पूरा गरेर अस्ट्रेलियाबाट नेपाल फर्किन्छ। व्यक्तिगत सम्पन्नता हासिल गरेर पनि उसमा 'जिन्दगीको सार के हो? म केका लागि आएको हुँ?' भन्ने प्रश्नको भुमरी चल्छ। निरुत्तर प्रश्नको रन्कोमा उपन्यास कहिले ज्वार बनेको छ त कहिले भाटा।
बुलबुले तालको किनारमा भएको भेटमा सुकदेव बाजेले सुनाएको छोराको हत्याको पीडादायी कथाले जातीय विभेदको पराकाष्ठा उदाङ्गो पारेको छ। एउटा 'तल्लो जात' भनिएको केटाले 'माथिल्लो जात' की केटीसँग प्रेम गरी भागेपछि समाजले त्यसको नकारात्मक प्रचार गर्छ र हत्याको खेल कसरी खेलिन्छ भन्ने कुरा छर्लङ्ग छ पुस्तकमा। विश्वकर्मा भएर पनि लामो विदेश बसाइले जातीय विभेदको चोट बिर्सिएको सुरज यो घटनाबाट मर्माहत हुन्छ। लेखकले यहाँ प्रवासी नेपालीले बिर्सिएको 'जातीय प्रताडनाको कठोर यथार्थ' कलात्मक एवं यथार्थ रूपमा प्रस्तुत गरेका छन्।
लेखक 'विश्वकर्मा राजा' को लोककथालाई उपन्यासमा अत्यन्त चातुर्यका साथ घुलन गराउन सफल भएका छन्। अर्को राजाले आक्रमण गरेपछि भागेर जानेहरू 'पूजनीय विश्वकर्मा बाबा' बने, तर यतै बस्नेहरूलाई दबाएर दलित बनाइयो भन्ने प्रसङ्गले मान्छेलाई दलितकरण गरिनु विद्रोही हुनुको परिणति हो भन्ने सन्देश दिन लेखक सफल छन्। धार्मिक वा जन्मजात जातीय विभेद शक्ति र राजनीतिको उपज मात्र हो भन्ने गहन दार्शनिक तर्क उपन्यासकारले घुमाउरो पारामा पेस गरेका छन्।
उपन्यासको उत्तरार्धमा सुरजका छोरा राजु र छोरी प्रतिभाको विशेष उपस्थिति छ। सुर्खेत र नेपालगन्जमा 'विश्वकर्मा भोजनालय' का रूपमा उभिएको होटल अन्ततः नेपालगन्जमा पाँचतारे होटल बन्छ। होटल सङ्घको नेतृत्वबाट राजनीतिक यात्रा आरम्भ गर्दै संसद् सम्मको यात्राका उतारचढावले पाठकलाई पढिरहन उक्साइरहन्छ। "दलितको अवस्था जातिगत होइन, काम गराइ र आर्थिक अवस्थाको कुरा हो। अब नेपालमा कोही दलित छैन," यो कथनले पुस्तकको सार सन्देश दिएको छ। जातीयता पूर्वनिर्धारित चिनो होइन, यो ऐतिहासिक शोषणको उपज हो।
एलिसा र प्रतिभा जस्ता महिला पात्र पनि बलिया छन्। 'जन्मदिनको उपहार माया माग्नु' भन्ने क्षणले एलिसाको स्वाभिमान देखाउँछ। प्रतिभाको सशक्त चित्रण उल्लेखनीय छ। बुलबुले तालको सन्ध्या, सुकदेव बाजेको काँप्दो स्वर, विश्वकर्मा राजाको लोककथा जस्ता दृश्यात्मक चित्रणहरूले पाठकको मन छुन्छन्। व्यवसाय, बैंक ऋण र महासङ्घको बैठकको यथार्थपरक चित्रण उपन्यासको अर्को उपलब्धि हो।
निष्कर्षमा, यो उपन्यास नेपाली जातीय व्यवस्थाको साहसिक विश्लेषण हो। बुलबुले तालको मार्मिक प्रसङ्ग र विश्वकर्मा राजाको कथाले यो पुस्तकलाई सम्झनलायक बनाएका छन्। 'अर्को चुनावको प्रतीक्षा' भन्ने अन्त्यले जातीय मुक्तिको यात्रा अझै अधुरो रहेको सङ्केत गर्छ। शिल्पका केही कमजोरी भविष्यमा सुधार हुने नै छन्। समग्रमा, "विश्वकर्मा भोजनालय" विषयवस्तुको गहिराइमा पुगेर लेखिएको उपन्यास हो भन्ने यो पाठकलाई लाग्यो । लेखक गङ्गाप्रसाद भेटवालज्यूलाई हार्दिक शुभकामना ।
Tuesday, May 12, 2026
स्रष्टा पदयात्रा नेपालको १०६ औँ यात्रा सिन्धुली - ३० जना स्रष्टा - जेठ १ गते गएर ३ गते फर्कने - शीतल गिरी
स्रष्टा पदयात्रा नेपालको १०६ औँ यात्रा सिन्धुली, भीमानको यात्राको पुर्व सुचना अनुसार बसको क्षमता बिताच गरि निम्न ३० जना स्रष्टा काठमाडौंबाट प्रस्थान गर्नु हुनेछ । १. युवराज नयाघरे, २. डा.हेम भण्डारी, ३. भारती न्यौपाने, ४. विमल अर्याल, ५. अनिता कोइराला, ६. सुभाष ढुङ्गेल, ७. दुर्गा प्रसाद घिमिरे ८. दुर्गा भवानी भट्ट, ९. रुबी सत्याल, १०. जयराम बिडारी, ११. वासुदेव पौडेल, १२. ध्रुवराज थापा पुरुष, १३. माधवलाल श्रेष्ठ, १४. प्रतीक ढकाल, १५. प्रा.डा.सावित्री श्रेष्ठ, १६. शम्भु गजुरेल, १७. सुमन पुडासैनी, १८. रेखा ज्ञवाली, १९. गङ्गाप्रसाद भेटवाल, २०. मन्दिरा मधुश्री, २१. दिपक अर्याल, २२. गिता रेग्मी, २३. दिपक लोहनी २४. खोलाघरे साहिंलो, २५. भवानी खतीवडा, २६. रमा नेपाल, २७. दिपक श्रेष्ठ, २८. बसन्त रिजाल, २९. शीतल गिरी ३०. डा.वालचन्द्र मिश्र को रकम प्राप्त भएको छ ।
१. युवराज नयाँघरे (भिमानको प्रकृति)
२. डा.हेम भण्डारी (उज्यालो औसीमा सांस्कृतिक द्वन्द्व)
३. भारती न्यौपाने (उज्यालो औसीमा माझिसभ्यता र संस्कृति
४. विमल अर्याल (कमला किनारका माझीहरूको सामाजिक, आर्थिक र साँस्कृतिक पहिचान इतिहास)
५. शुभाष ढुङ्गेल (रघुनाथ कोइराला एक समाजिक व्यक्तित्व (राजेन्द्र पौडेल ९८४१४७३६८९)
६. दुर्गाभवानी भट्ट (रानीचुरी, माधव शमशेर र पृथ्वीविलास कोइराला) सम्पर्क व्यक्ति इच्छा बहादुर कार्की स्थानीय
७. दुर्गा प्रसाद घिमिरे (कमला नदि र मन्दिर कलियुगको गंगा भनिन्छ) खड्ग खत्री पुर्ब मेयर ९८५४०४१०२९
८. रुबी सत्याल (उज्यालो औँसीमा बालमनोविज्ञान)
९. जयराम बिडारी (रघुनाथ कोइरालाको हत्याको कारण ः भ्रम र यथार्थ)
१०. वासुदेव पौडेल (चुरे ः सौन्दर्य र दोहन) कृष्णहरी घिमिरे (शालीग्राम पौडेल ९८५४०४११३६
११. ध्ुवराज थापा पुरुष (आदीबासी माझी समुदायको सांस्कृतिक पक्ष) मान सिङ माझी ९८४४४६४९२५
१२. माधवलाल श्रेष्ठ (कमला किनारको प्रकृति, पर्यावरण र कृषिको अतीत र वर्तमान अवस्था) देवप्रसाद ९८४४२००२४, कैलाश ढुङ्गेल, ९८४४१२७२१७
१३. प्रतीक ढकाल (भिमान र प्रकृति)
१४. प्रा.डा. सावित्री श्रेष्ठ (कमला किनारका माझीहरूको जन्मदेखी मृत्युसम्मको संस्कार) जितेन्द्र माझी ९८४४००८८४०, बबिन्द्रलाल माझी ९८४४०८६५३०
१५. शम्भु गजुरेल (स्रष्टा पदयात्राको क्रममा देखिएको सिन्धुली)
१६. सुमन पुडासैनी (जातीय सौन्दर्यमा सजिएको कमला किनार— माझी, दनुवार, मगर, हायु) सोम बहादुर हायु, सोमनाथ माझी ९८४४१९८८२
१७. रेखा आचार्य ज्ञवाली (स्रष्टा पदयात्राको यात्रा एक अनुभव)
१८. गंगा प्रसाद भेटवाल (भीमान क्षेत्रमा प्रचलित लोककथा)
१९. मन्दिरा मधुश्री (जर्बुटा कला सिन्धुलीको गौरव) बिश्वम्बर लामिछाने ९८४४०४०७७३ कलाकार
२१. गिता रेग्मी (उज्यालो औँसीका पात्रसँग भिमानयात्रा)
२२. दिपक लोहनी (चुरे बिनास र यस्ले पारेको प्रभाब) कृष्णहरि घिमिरे ९८१३१३२३११ लगाएत स्थानिय
२३. दीपक अर्याल (स्रष्टा पदयात्रीसंग यात्राको अनुभव)
२४. खोलाद्धरे साहिंलो (कमला किनारका माझीहरूको लदिपूजा)
२५. भवानी खतीवडा (भिमान क्षेत्रको केृषि सभ्यता र संस्कृति)
२६. डा.वालचन्द्र मिश्र (ऋषि देवकोटा “आजाद”को हत्याको कारण र परिणाम)
२७. वसन्त रिजाल (आजाद स्मृति पार्क)
२८. दिपक श्रेष्ठ (भीमान क्षेत्रका साहित्यकार)
२९. अनिता कोइराला
३0. शीतल गिरी
Thursday, April 30, 2026
स्रष्टा पदयात्रा नेपाल - कार्यक्रम सम्पन्न - शीतल गिरी
स्रष्टा पदयात्रा नेपालले २०८३।०१।१३ गते भैरव स्मृति भवन,नयाँ वस्ती गोकर्णेश्वर नपा, जोरपाटीमा वार्षिकोत्सव २०८३ तथा पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न गरेको छ । स्रष्टा पदयात्रा नेपालका अध्यक्ष शीतल गिरिको अध्यक्षता, प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसाल, विशेषअतिथि अभीनव साहित्य समाजका अध्यक्ष स्रष्टा पदयात्रा नेपालका सल्लाहकार पौरस्त्य साहित्यका ज्ञाता तथा साहित्य र समाजिक कार्यका उत्प्रेरक गोविन्द घिमिरे वेदमणिज्यू हुनुहुन्थ्यो । महासचिव गङ्गाप्रसाद भेटवालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । उपाध्यक्ष विमल अर्यालको धन्यवाद ज्ञापन पछि समापन भएको कार्यक्रममा “धार्मिक पर्यटनको केन्द्र ः गोकर्णेश्वर” नामक पुस्तक लोकार्पण गर्नुको साथै सम्मान आदि कार्यक्रमगरी, आगामी वर्ष गर्ने कार्यको खाका तयारपारी वार्षिकोत्सव समारोह सम्पन्न गरियो ।
१। “धार्मिक पर्यटनको केन्द्र ः गोकर्णेश्वर” पुस्तकमा सर्वप्रथम रचना उपलब्ध गराउनु भएका तीन स्रष्टा महेन्द्र चालिसे, रुवि सत्याल र खोलाघरे साहिंलोलाई मायाको चिनो प्रदान गरिएको थियो ।
२। स्रष्टा पदयात्रा नेपालमा दोस्रो पदयात्रा यानी २०७३ पौषदेखि सहभागी हुनुभई निरन्तर यात्रामा सहभागी हुनु हुने स्रष्टा पदयात्री लीलाराज दाहाललाई दोसल्ला ओढाएर सम्मान गरियो ।
३। स्रष्टा पदयात्रामा तेस्रो पदयात्रा यानी २०७३ माघदेखि सहभागी हुनुभउका प्रथम महिला पदयात्री डा।शश िथापा पण्डितलाई पनि सम्मान रहेकोमा उहाँ बिरामी पर्नु भएको कारण सअभागी हुनसक्नु भएन ।
४। स्रष्टा पदयात्राको क्रममा नाला पुग्दा भव्य स्वागतको व्यवस्थापन गरेर जनमानसमा स्रष्टा पदयात्रा लैजान विशेष पहल गर्नुभउका स्रष्टा पदयात्री माधवलाल श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गरियो ।
५। गोकर्णेश्वर नगरपालीकामा रहेका मठ, मन्दिर, थान, गुम्बा, स्तुपको लगत संकलन गर्न र सम्पर्क व्यक्ति उपलब्ध गराउँन विशेष पहल गरेका स्रष्टा पदयात्री उद्धव रायमाझीलाई मायाको चिनो प्रदान गरियो ।
६। वार्षिकोत्सव मनाउने क्रममा गोकर्णेश्वर नगरपालिकाको साथले, आर्थिक सहयोगले “बाइस पाइला” र “धार्मिक पर्यटनको केन्द्र ः गोकर्णेश्वर” प्रकाशन गर्न सकिएकोमा नगरपालिका परिवारलाई विशेष धन्यवाद दिइयो ।
७। अहिलेसम्मको हाम्रो अनुभवले लेखनमा परिपक्वता ल्याउन सिक्ने र सिकाउने, अनुभव आदान प्रदान गर्ने कक्षाहरू सञ्चालन गर्न सकेमा नयाँ सिकारु र लेखिरहेका सर्जकहरूलाई थप सिक्न र सिर्जना शिल्पमा खारिन, एक अर्काको अनुभव आदानप्रदानबाट थप लाभ हासिल गर्नका लागि आ।ब। २०८३।०८४ देखि प्रशिक्षण कक्षा सञ्चालन गर्ने ।
८। आगामि आ।ब।मा वागमतीको मुहानदेखि कटुवालदहसम्म पदयात्रा गरिनेछ । यसक्रममा गोकर्णेश्वर नगरपालिका भित्रका वागमतीका प्राचीन घाट, मन्दिर, प्राचीन वस्तीको मूर्त अमूर्त सम्पदा र ती बस्तिको समाजशास्त्रीय अध्ययन गरिनेछ । प्राचीन सभ्यता बोकेको नेपाल मण्डलका नदी सफा र स्वच्छ कसरी बनाउँन सकिन्छ सो बारे पनि जागरण मूलक कार्यक्रम गरिनेछ ।
९। यात्रा गरिएको यात्रा बारे लेखाइर्एका पुस्तक प्रकाशन गराउँन प्रयास गर्दा पनि हुन नसकेको हकमा प्रकाशन गरिनेछ ।
१०। २०८२।०८३ सालमा गोकर्णेश्वर नगरपालिकाले गरेको सहयोगको लागि विशेष आभार व्यक्त गरियो र आगामी आर्थिक वर्ष २०८३।०८४मा पनि आर्थिक सहयोग र सहकार्यका लासिग अनुरोध गरिनेछ ।
११। आ।व। २०८३।०८४ को लागि निश्चित कार्य योजना बनाएर मनोहरा कागेश्वरी नगरपालिका, महालक्ष्मी नगरपालिका, सूर्यविनायक नगरपालिका, काठमाडौं महानगरपालिका वडा नं। ५ हाडीगाउँ, पशुपती क्षेत्र विकास कोष, नेपाल पर्यटन बोर्ड, नेपाल प्रज्ञाप्रतिष्ठान र जनकवीकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानसँग सहकार्यको लागि प्रयास गरिनेछ ।
कार्यक्रममा मन्तव्यको क्रममा गोविन्द घिमिरे वेदमणिले “पदयात्राको क्रममा छोटा रचना वाचन गर्नु उचित हुने, तत्काल लेखन र स्थलगत लेखनगर्न सके आशुकवित्त्वको विकास हुने सल्लाह दिनुभयो ।” प्रमुख अतिथि दीपककुमार रिसालले “प्रकाशित पुस्तक एउटा इतिहास बन्छ, अभिलेख बन्छ” भन्दै गोकर्णेश्वर मन्दिरको पुनर्निर्माण, अन्य मन्दिरहरूको समेत जीर्णोद्धारको प्रसङ्ग ल्याउनुभयो र “यो पुस्तकमा अनुसन्धानात्मक लेख लेखेर गोकर्णेश्वर न पालाई चिनाउनुहुने सबै स्रष्टालाई हार्दिक धन्यवाद” दिनुभयो । मन्तव्य दिनेमा उद्धव रायमाझी, बालचन्द्र मिश्रपनि हुनुहुन्थ्यो । स्रष्टा पदयात्राका उपाध्यक्ष विमल अर्यालले सधन्यवाद सहित सभा विसर्जन गरिएको थियो ।
Sunday, February 15, 2026
नेपाली भाषाका पक्षमा फैसला- अदालतबाट नेपाली भाषाका पक्षमा फैसला, प्रा. डा. लुइटेलले पाए सफाइ
मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष प्रा।डा।खगेन्द्रप्रसाद लुइटेलले एउटा विज्ञप्ति प्रकाशित गरी नेपालका सवारीसाधनमा अङ्ग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट राख्ने फैसलाका विरुद्ध आफू अध्यक्ष रहेको मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल नामक संस्थाका नामबाट विज्ञप्ति निकालेर फैसलाको विरोध गरेको, फैसलाका विरुद्ध अन्तर्वार्ता दिएको, विभिन्न व्यक्तिलाई फैसला विरुद्ध लेख्न, बोल्न र सामाजिक सञ्जामार्फत सार्वजनिक गर्न उक्साएको, विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय साहित्यिक सङ्घसंस्थाहरू, शिक्षण संस्था र त्रिविअन्तर्गतका विभिन्न क्याम्पसका नेपाली विभागहरूलाई न्यायालयका विरुद्ध उकास्दै भ्रमपूर्ण विज्ञप्तिहरू प्रकाशित गर्न दबाब दिएको र ती विज्ञप्तिहरूसमेत आफ्नो फेसबुक वालमा पोस्ट गरी फैसलाको विरोध गरेको आदि भनी उनको विरुद्ध अदालतको अवहेलना मुद्दा हालेकोमा अहिले सवारीसाधनको इम्बोस्ड नम्बर प्लेटमा भाषा प्रयोगको कुराको अदालतबाट आदेश भइसकेपछि पनि नेपाल सरकार मन्त्रीपरिषद्ले एक किसिमले सम्बोधन गरेको परिवर्तित अवस्थामा विपक्षीको अभिव्यक्तिलाई अदालतको अवहेलनाजन्य विषय ठानी सजायको विषय बनाउनु मनासिब हुने देखिन आएन । विपक्षीलाई अदालतको अवहेलनामा सजाय गरी पाऊँ भन्ने निवेदक अधिवक्ता मुकुन्दप्रसाद भट्टराईको निवेदन मागदाबी पुग्न सक्दैन । प्रस्तुत निवेदन खारेज हुन्छ ।’ भन्ने फैसला भएको कुरा स्पष्ट पारिएको छ। विज्ञप्तिमा अध्यक्ष लुइटेलले प्रत्यक्ष–परोक्ष रूपमा सहयोग गर्ने सम्बद्ध सबैलाई धन्यवाद दिएका छन्। खास कुरो यत्ति हो पूर्ण विज्ञप्ति यस्तो छ ➽
🔻
विगतमा विभिन्न सरकारी निकायबाट षड्यन्त्रपूर्ण ढङ्गले नेपाली भाषामाथि पटकपटक आक्रमण भएकामा मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालको सशक्त नेतृत्व र तीव्र दबाबबाट नेपाली बृहत् शब्दकोश ((२०७२), अनिवार्य नेपाली शिक्षण निर्देशिका (२०६६) र सबैको नेपाली (२०६७) खारेज गराइएको, नेपाल सरकार शिक्षा मन्त्रालय पाठ्यक्रम विकास केन्द्रबाट अमानक वर्णविन्यासमा प्रकाशित विद्यालय तहका देवनागरी लिपिमा लेखिएका सबै पुस्तक मानक वर्णविन्यासमा प्रकाशन गराइएको, कक्षा ११ र १२ मा अनिवार्य नेपाली हटाइएकामा पुनः राख्न बाध्य पारिएको, नेपाल राष्ट्र बैंकमार्फत सबै बैंकका एटिएमहरूमा नेपाली भाषा अनिवार्य रूपमा राख्न लगाइएको तथा निजी प्रकाशन संस्थाबाट मानक वर्णविन्यासमा पुस्तक प्रकाशन गराई नेपाली भाषाको जगेर्ना गरिएको सर्वविदितै छ । नेपालका सवारीसाधनमा अङ्ग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट राख्ने निर्णयका विरुद्ध यस सञ्जालले सुरुदेखि नै अभियानकै रूपमा सवारीसाधनमा नेपाली भाषामा इम्बोस्ड नम्बर प्लेट राख्नका लागि सम्माननीय राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, माननीय न्यायाधीशहरू, भौतिक पूर्वाधार तथा यातायात मन्त्री र यातायात विभागका महानिर्देशकलाई व्यक्ति फेरियैपिच्छे बारम्बार ज्ञापनपत्र बुझाएर सशक्त दबाब दिएको कुरा पनि सर्वविदितै छ ।
यसै क्रममा नेपाली भाषा ध्वस्त पार्न लागिपरेका भाषाद्रोहीहरूले एकजना अधिवक्तामार्फत तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहितको संवैधानिक इजलासबाट नेपालका सवारीसाधनमा अङ्ग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट राख्ने फैसलाका विरुद्ध आफू अध्यक्ष रहेको मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल नामक संस्थाका नामबाट विज्ञप्ति निकालेर फैसलाको विरोध गरेको, फैसलाका विरुद्ध अन्तर्वार्ता दिएको, विभिन्न व्यक्तिलाई फैसला विरुद्ध लेख्न, बोल्न र सामाजिक सञ्जामार्फत सार्वजनिक गर्न उक्साएको, विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय साहित्यिक सङ्घसंस्थाहरू, शिक्षण संस्था र त्रिविअन्तर्गतका विभिन्न क्याम्पसका नेपाली विभागहरूलाई न्यायालयका विरुद्ध उकास्दै भ्रमपूर्ण विज्ञप्तिहरू प्रकाशित गर्न दबाब दिएको र ती विज्ञप्तिहरूसमेत आफ्नो फेसबुक वालमा पोस्ट गरी फैसलाको विरोध गरेको आदि भनी मेरा विरुद्ध अदालतको अवहेलना मुद्दा हालेका थिए । सो मुद्दाको २०८२ मङ्सिर २८ गते मा।न्यायाधीश डा।मनोजकुमार शर्मा र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासबाट ‘।।।निजले उठान गरेको सवारीसाधनको इम्बोस्ड नम्बर प्लेटमा भाषा प्रयोगको कुराको यस अदालतबाट आदेश भइसकेपछि पनि नेपाल सरकार मन्त्रीपरिषद्ले एक किसिमले सम्बोधन गरेको परिवर्तित अवस्थामा विपक्षीको अभिव्यक्तिलाई अदालतको अवहेलनाजन्य विषय ठानी सजायको विषय बनाउनु मनासिब हुने देखिन आएन । त्यसैले न्यायिक मर्यादा अनुकूलको अभिव्यक्ति नरहेको भन्ने आधारमा मात्र विपक्षीको अभिव्यक्तिलाई अवहेलनाजन्य कसूर ठहर गरी सजाय गर्नुपर्ने सम्मको अवस्था देखिएन । अतः निवेदकले निवेदनमा उल्लेख गरेको विपक्षी खगेन्द्रप्रसाद लुइटेलको अभिव्यक्तिले अदालतको अवहेलना गरेको ठहर गर्न मिल्ने सम्मको अवस्था देखिन आएन । त्यसैले विपक्षीलाई अदालतको अवहेलनामा सजाय गरी पाऊँ भन्ने निवेदक अधिवक्ता मुकुन्दप्रसाद भट्टराईको निवेदन मागदाबी पुग्न सक्दैन । प्रस्तुत निवेदन खारेज हुन्छ ।’ भन्ने फैसला भएको छ । यस फैसलाबाट मेरो मात्र विजय नभएर नेपाली भाषाको विजय भएको छ र अब नेपालका सवारीसाधनमा नेपाली भाषामा इम्बोस्ड नम्बर प्लेट राख्ने विषयले वैधता प्राप्त गरेको छ ।
नेपाली भाषाप्रति सद्भावपूर्ण फैसला गरी न्यायसम्पादनमा विश्वसनीयता पैदा गराउने मा।न्यायाधीश डा।मनोजकुमार शर्मा र टेकप्रसाद ढुङ्गानाप्रति म हार्दिक धन्यवादज्ञापन गर्दछु । यस मुद्दामा मेरातर्फबाट बहस गर्नुहुने वरिष्ठ अधिवक्ताहरू श्री हरिप्रसाद उप्रेती, डा।विश्वदीप अधिकारी, डा।सुष्मा बाँस्कोटा बराल, पूर्वन्यायाधीश तथा अधिवक्ता श्री ईश्वरीप्रसाद घिमिरे, अधिवक्ताहरू श्री रामबहादुर राउत मातृदास, श्री नारायणप्रसाद पराजुली र श्री खडानन्द ढकाल ९प्रतीक ढकाल० ले म र नेपाली भाषाको बचाउका लागि गर्नुभएको विशेष सहयोगप्रति हार्दिक आभार प्रकट गर्दछु । यस मुद्दामा विभिन्न ढङ्गबाट सद्भावपूर्ण सहयोग गर्नुहुने वरिष्ठ अधिवक्ताहरू गुणनिधि न्यौपाने, भीमार्जुन आचार्य, धु्वलाल श्रेष्ठ, नेपाल बार र सर्वोच्च बारसँग सम्बद्ध सबै व्यक्तिहरू, मेरा प्रिय विद्यार्थी मधुसूदन पन्थी र मेनुका निरौलाका साथै प्रत्यक्ष–परोक्ष रूपमा सहयोग गर्ने सम्बद्ध सबैलाई हार्दिक धन्यवाद छ । आगामी दिनमा पनि नेपाली भाषाको जगेर्ना, उन्नयन र विकासका लागि मेरा नेतृत्वमा रहेको मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालद्वारा चालिएका कदममा सबैको अझ सशक्त सहयोग रहने कुरामा विश्वस्त रहेको ब्यहोरा सादर अनुरोध गर्दछु ।
🔺
⏩विज्ञप्तिमा लेखिएको भाषा जस्ताको तस्तै कपीपेस्ट गरिएको छ। प्रा।डा।खगेन्द्रप्रसाद लुइटेलद्वारा प्रेषित विज्ञप्तिकै भाषा हो⏪
नेपाली केन्द्रीय विभागले आयोजना गरेको एक दिने अभिमुखीकरण कार्यक्रममा बोल्दै Dr. Khagendra Luitel .
भाषा दिवसको अवसरमा बोल्दै Prof. Dr. khagendra Prasad Luitel #gangabhetwal
को हुन् प्रा. डा. खगेन्द्रप्रसाद लुइटेल ? Dr. Khagendra Prasad Luitel Yubaraj Mainali #gangabhetw
Subscribe to:
Posts (Atom)
कथाकार डा.नवराज रिजालद्वारा लिखित बेचैन मन लघुकथाको लोकार्पण कार्यक्रम - प्रा.डा.गोविन्दराज भट्टराईको प्रमुख आतिथ्य
गरियो । यताप्रा.डा.गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यमा सडक विमोचनको १८ औ. शृङ्खलामा विमोचित सो कृतिका बारेमा बोल्दै प्रमुख अतिथि भट्टराईले ...
-
मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष प्रा।डा।खगेन्द्रप्रसाद लुइटेलले एउटा विज्ञप्ति प्रकाशित गरी नेपालका सवारीसाधनमा अङ्...
-
नेपाली भाषाका केही महत्त्वपूर्ण उपन्यासहरू के तपाईहरू नेपाली भाषाका महत्त्वपूर्ण उपन्यासहरू बारे जानकारी लिँदै हुनुहुन्छ ? मैले विद्यावारिध...
-
मंसिर महिनाको पहिलो शनिबार ६ गते १०० औं यात्रा हो । यो यात्रामा सहभागी हुने स्रष्टा ८.३० बजे अघि नै साँगा चोकमा आइपुग्नु पर्नेछ । ठीक समयमा ...

