Sunday, January 11, 2026
साहित्यकार बद्रीप्रसाद ढकालद्वारा लिखित अनुसन्धानमूलक दुई कृति विमोचित
साहित्यकार बद्रीप्रसाद ढकालद्वारा लिखित अनुसन्धानमूलक दुई कृति आज मिति २०८२ साल पौष महिनाको २७ गते राष्ट्रिय एकता दिवस पृथ्वी जयन्तीका अवसरमा विमोचित भए । ढकालद्वारा लिखित अनुसन्धानमूलक कृतिहरूमा आधुनिक नेपाली कथामा मिथक र साहित्यमा संस्कृति शीर्षकका रहेका छन् । यी कुतिको प्रकाशक अनुसन्धान विमर्श नेपाल रहेको र र वितरणमा भुँडी पुराण प्रकाशनले साथ दिएको छ । आजको विमोचन कार्यक्रम सार्वजनिक रूपमा अनुसन्धान विमर्शले आफ्नै स्टल अगाडि गरेको र प्रमुख अतिथिमा प्रा. डा. सुरेन्द्र केसी रहनुभएको थियो । करिब दुई दर्जनभन्दा बढी साहित्यकारहरूको उपस्थितिमा सडकमै कृतिहरू सार्वजनिक रूपमा विमोचित गर्ने परम्परा अनुसन्धान विमर्श नेपालले अगाडि सारेको र यसबाट विमोचनमा हुने खर्चमा समेत बचत हुने गरेको पाइयो । आजको विमोचनको कार्यक्रममो प्रमुख अतिथि केसीले बद्रीप्रसाद ढकालको अनुसन्धानमूलक कामको खुलेर प्रशंसा गर्दै उहाँ जस्तो व्यक्ति विश्वविद्यालयमा पढाउने काममा संलग्न हुनुपर्ने तर त्यो हुन नसकेकोमा आफूलाई पीडाबोध हुने गरेको समेत बताउनुभयो । कार्यक्रममा डा.शैलेन्दुप्रकाश नेपाल लगायतका साहित्यकारहरूले ढकालको अनुसन्धानमूलक कार्यको प्रशंसा गर्दै यी कृतिहरू नेपाली साहित्यमा महत्वपूर्ण भएको बताउनुभएको थियो । विमोचन कार्यक्रममा उपस्थित हुनुभएका सबै श्रष्टाहरूले यस किसिमबाट कृतिहरू विमोचन गर्न सके स्रष्टाहरूलाई राहत पुग्ने र कार्यक्रम पनि सजिलो हुने कुरा व्यक्त गर्नुभएको थियो । साहित्यकार ढकालका सिर्जनात्मक र समालोचनात्मक प्रकारका कृतिहरू डेढ दर्जनभन्दा माथि रहेका छन् । समग्रमा ढकालको योगदान नेपाली साहित्यमा उल्लेखनीय रहेको देखिन्छ ।
watch more
Subscribe to:
Post Comments (Atom)
स्रष्टा पदयात्रा नेपाल - कार्यक्रम सम्पन्न - शीतल गिरी
स्रष्टा पदयात्रा नेपालले २०८३।०१।१३ गते भैरव स्मृति भवन,नयाँ वस्ती गोकर्णेश्वर नपा, जोरपाटीमा वार्षिकोत्सव २०८३ तथा पुस्तक लोकार्पण कार्यक्र...
-
नेपाली साहित्यका कीर्तिशेष व्यक्तित्व साहित्यकार विजय चालिसेले यस धरातलबाट विदा लिएको द्वैमासिक तिथिको पुण्य अवसरमा स्मृति तथा सम्मानसहितक...
-
आज नुवाकोटका बेलकोटगढी र बाघखोरमा स्थानीयहरूसँग भेटघाट गरेर,साहित्यिक ,साँस्कृतिककार्यक्रममा सहभागी भएर बिताइयो ।स्रष्टा पदयात्राको ९९अौं ...
-
राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाह स्मृतिपार्क र शालिक निर्माण एवं व्यवस्थापन ...



No comments:
Post a Comment