Sunday, December 14, 2025
कवि खोलाघरे साहिंलोलाई छन्दकवि पुरस्कार अर्पण र कृति विमोचन
छन्दकवि पुरस्कार अर्पण तथा कृति विमोचन
अभिनव साहित्य समाजको २८६ अौं शृङ्खला आज शिव पाञ्चायन मन्दिर ग्रीन हिलसिटी गेट कागेश्वरी मनोहरा(६ मा सम्पन्न भएको छ । कार्यक्रमका सहजकर्ता अभिनवका सहकोषाध्यक्ष शारदा पराजुली ,अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणि सभानायक,वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल प्रमुख आमन्त्रित ,स्रष्टा पदयात्रा नेपालका अध्यक्ष शीतल गिरि,पुरुषोत्तम श्रेष्ठ ,रघुनाथ आचार्य ,शर्मिला तिमिल्सिना,खोलाघरे साहिंलो ,गुणराज आचार्य लगायत विशेष आमन्त्रित रहनुभएको कार्यक्रममा छन्द कवि खोलाघरे साहिंलोलाई नगद रु। १० हजारसहित सम्मानित गरिनुका साथै शर्मिला तिमल्सिनाको गजलसङ्ग्रह ूरहर जिन्दगीकोू को सामुहिक लोकार्पण गरिएको थियो । लोकार्पित कृतिमाथि परशुराम पराशरले छोटो टिप्पणी र केही गजल वाचन गर्नुभयो । शर्मिला तिम्सिनाले धन्यवाद मन्तव्यका साथ सङ्ग्रहभित्रबाट केही गजल वाचन गरेर सुनाउनु भएको थियोे ।
अभिनव साहित्य समाज तथा स्रष्टा पदयात्राका उपाध्यक्ष विमल अर्यालले खोलाघरे साहिंलाको संक्षिप्त परिचय प्रस्तुत गर्नुभयो । पुरस्कृत कवि खोलाघरेले आफ्नो मन्तव्यमा यो पुरस्कारको कदर गर्न प्रयासरत रहिरहने बताउँदै एउटा छन्दोबद्ध कविता सुनाउनुभयो । पुरस्कार कोषका संस्थापक रघुनाथले बधाइ तथा धन्यवाद मन्तव्य दिनुभएको थियो । स्रष्टा पदयात्राका अध्यक्ष शीतल गिरि र गुणराज आचार्यले छोटो शुभकामना मन्तव्य दिनुभयो ।प्रमुख आमन्त्रित पुरुषोत्तम दाहालले धेरै सारगर्भित कुरा गर्दै कवि लेखक साहित्यकारहरूले अब देश खोज्ने,देश लेख्ने बेला आएको छ भन्नुभयो ।
सभानायक गोविन्द घिमिरे वेदमणिले पुरस्कार कोष सार्वजनिक श्राद्ध हो यो कोषबाट बद्रीनाथ आचार्यलाई धेरैले चिन्न पाएको र रघुनाथ आचार्य ,विमल अर्यालजस्ता कोष व्यवस्थापकहरूको साहित्य प्रवर्द्धनमा ठूलो योगदान रहेको बताउनुभयो ।
कार्यक्रममा कृष्णप्रसाद जस्ताघरे, ध्रुव गजुरेल ,सुरेशचन्द्र घिमिरे ,सरिता दुलाल घिमिरे ,प्रनिशा तामाङ ,विजया बस्नेत ,मेनका पोख्रेल आचार्य ,दिवाकर नेउपाने ( ९बद्रीनाथ आचार्यको रचना० ,रत्ननिधि रेग्मी ,पुरुषोत्तम श्रेष्ठ ९ गीतिकविता ०,शान्ति रिसाल ,भानुभक्त नेउपाने,घनश्याम प्रसाईं ,श्रीकृष्ण सिम्खडा,उत्तम विचार,पूनम घिमिरे आदि स्रष्टाले कविता,गजल,मुक्तक,भजन वाचन गर्नुभएको थियो । कवि वासुदेव पौडेलले खोलाघरेलाई दिएको कवितात्मक शुभकामना वाचन गर्नुभएको थियो ।
जय साहित्य १ २०८२/०८/२७
खोलाघरे साहिलोका कविता ---
Subscribe to:
Post Comments (Atom)
नेपाली भाषाका पक्षमा फैसला- अदालतबाट नेपाली भाषाका पक्षमा फैसला, प्रा. डा. लुइटेलले पाए सफाइ
मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष प्रा।डा।खगेन्द्रप्रसाद लुइटेलले एउटा विज्ञप्ति प्रकाशित गरी नेपालका सवारीसाधनमा अङ्...
-
मेरो पदयात्रा एन्जल निलू म मिथिला (सप्तरी) मा जन्मेकी मिथिलाकी छोरी स्रष्टा पदयात्रा नेपालको कार्यक्रममार्फत धेरै पटक ...
-
नेपाली साहित्यका कीर्तिशेष व्यक्तित्व साहित्यकार विजय चालिसेले यस धरातलबाट विदा लिएको द्वैमासिक तिथिको पुण्य अवसरमा स्मृति तथा सम्मानसहितक...
-
आज नुवाकोटका बेलकोटगढी र बाघखोरमा स्थानीयहरूसँग भेटघाट गरेर,साहित्यिक ,साँस्कृतिककार्यक्रममा सहभागी भएर बिताइयो ।स्रष्टा पदयात्राको ९९अौं ...

No comments:
Post a Comment