Wednesday, October 7, 2026

कथाकार डा.नवराज रिजालद्वारा लिखित बेचैन मन लघुकथाको लोकार्पण कार्यक्रम - प्रा.डा.गोविन्दराज भट्टराईको प्रमुख आतिथ्य

गरियो । यताप्रा.डा.गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यमा सडक विमोचनको १८ औ. शृङ्खलामा विमोचित सो कृतिका बारेमा बोल्दै प्रमुख अतिथि भट्टराईले अत्यन्तै सकारात्मक सोचका लेखिएको कृति सडक क्रान्तिको खुलेर प्रशंसा गर्नुभयो। बेचैन मन कथासङ्ग्रहले देशको परिस्थिति र परिवेशका बारेमा अभिव्यक्त गरेको चर्चा गर्दै भाषा आयोगका माननिय डा. पुष्करराज भट्ट कथाकार रिजालको सक्रियताको चर्चा गर्नु भयो। रिजालको लघुकथाको बारेमा बोल्दै लघुकथाकार ध्रुव मधिकर्मीले रिजालको लेखनधर्मिता निकै सबल रहेकाले लघुकथाले समसामयिक विषयमा सशक्त भाव व्यक्त गरेको कुरा भन्नुभयो। त्यस्तै कथाकार डा. नवराज रिजालको लघुकथाहरूले ओजिलो सामाजिक यथार्थ बोकेको कुरा बताउनु भयो। लघुकथा र रिजालको पुस्तकका बारेमा कथाकार रामकुमार पण्डित शेखर अर्यालले पुस्तकको चर्चा गरे । सडक विमोचन कार्यक्रमका संयोजक साहित्यकार बद्रीप्रसाद ढकालले कार्यक्रमको १८ औ शृङ्खलाको पुस्तक विमोचन कार्यक्रमका बारेमा बोल्दै यो अभियान सबैको साथ र सहयोगका लागि धन्यवाद ब्यक्त गर्नुभयो। मैले भोगेको देखेका कुराहरू कथामा अभिव्यक्त गरेको छु पढ्ने र प्रतिक्रिया दिने काम पाठकलाई सुम्पेको छु भन्ने विचार व्यक्त गर्दै विमोचन कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिनुभयो। दुई दर्जन भन्दा बढी साहित्यकारहरूको जमघट सम्पन्न पुस्तक विमोचन कार्यक्रममा वरिष्ठ साहित्यकार राजाराम बर्तौला, डा. छायादत्त न्यौपाने, डा. योगी दयानाथ, विदुर गौतम, माधव नेपाल, शरद प्रधान, विमल भौकाजी, डा. हरिदत्त पाण्डे लगायत व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

No comments:

Post a Comment

कथाकार डा.नवराज रिजालद्वारा लिखित बेचैन मन लघुकथाको लोकार्पण कार्यक्रम - प्रा.डा.गोविन्दराज भट्टराईको प्रमुख आतिथ्य

गरियो । यताप्रा.डा.गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यमा सडक विमोचनको १८ औ. शृङ्खलामा विमोचित सो कृतिका बारेमा बोल्दै प्रमुख अतिथि भट्टराईले ...