Friday, August 1, 2025

कीर्तिशेष व्यक्तित्व साहित्यकार विजय चालिसेको द्वैमासिक तिथिको पुण्य अवसरमा स्मृति तथा सम्मानसहितको श्रद्धाञ्जलि सभा सम्पन्न

 



नेपाली साहित्यका कीर्तिशेष व्यक्तित्व साहित्यकार विजय चालिसेले यस धरातलबाट विदा लिएको द्वैमासिक तिथिको पुण्य अवसरमा स्मृति तथा सम्मानसहितको श्रद्धाञ्जलि सभा सम्पन्न भएको छ ।

( old memory - Ram Kumar Pande र Raja ram poudel ले पाए भैरव गुठी पुरस्कार -2077 जानकारी दिदै - Bijaya Chalise .)


अमर साहित्यकार विजय चालिसेलाई स्मरण गर्दै प्रमुख अतिथि लगायत सम्पूर्ण अतिथिगणले उनको तस्बिरमा माल्यापर्ण गरेर मौनधारण सहितको भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गरिएको थियो ।  ।

                                                                            old memory 

प्रा.डा. हेमनाथ पौडेलको सभा अध्यक्षतामा काठमाडौंको कपनस्थित साहित्य सदनको सभाहलमा आयोजित सो स्मृतिसभा साहित्य सदन नेपालको संयोजनमा २१ वटा शैक्षिक संस्थाहरूद्वारा आयोजना गरिएको हो ।  

प्रमुख अतिथि रमेश विकल साहित्य प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरे रहेको उक्त स्मृति तथा सम्मान कार्यक्रममा विशेष अतिथि गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दिपक रिसाल रहेका थिए भने अतिथिको रूपमा वरिष्ठ कलाकार एवम् नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति के।के। कर्माचार्य लगायत स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो । हलमा विजय चालिसेको सबैले सम्झना गर्दै उहाको योगदानबारे मन्थन गरेका थिए । 


द्रष्टा दुष्टिमा स्रष्टा विजय चालिसेका सम्पादक ठाकुर शर्माद्वारा निकै नै भावुक मुद्रामा साहित्यकार चालिसेको अतीतदेखि अन्तिम कीर्ति ‘युगसन्धी’ उपन्याससम्मको यात्रा विवेचना प्रस्तुत गरी कार्यक्रम अगाडि बढाइएको थियो ।  


श्रद्धाञ्जलि सहितको स्मृति सभामा सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेल, कवि तथा साहित्यकार गोविन्द घिमिरे ‘वेदमणि’, पोषण–तीथै सदनकी महासचिव रञ्जु पाण्डेले चालिसेको अतीतलाई स्मरण गर्दै श्रद्धाभावका कविता सहितको धारणा व्यक्त गरेका थिए ।



पुत्र आलोक चालिसेले पिताका कीर्ति र कृतिले पुस्तेनी पहिचान दिलाएको र पिताको शेष रहेको इच्छालाई परिपूर्ति गर्न भावी सन्तति समेत लागिपर्ने धारणा व्यक्त गरेका छन् । साहित्य सदनका सचिव प्रल्हाद पोखरेलद्वारा सञ्चालित सो कार्यक्रममा वरिष्ठ साहित्यकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।







No comments:

Post a Comment

नेपाली भाषाका पक्षमा फैसला- अदालतबाट नेपाली भाषाका पक्षमा फैसला, प्रा. डा. लुइटेलले पाए सफाइ

मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष प्रा।डा।खगेन्द्रप्रसाद लुइटेलले एउटा विज्ञप्ति प्रकाशित गरी नेपालका सवारीसाधनमा अङ्...