Monday, August 26, 2024

कृष्णाष्टमी - भक्ति रचना - कमल सापकोटा

            कृष्णाष्टमी - भक्ति रचना


(कमल सापकोटा, सिक्किम )
दहि चोर्दै आमासित डराउने आउँछन्
मधु बनमा गाई बस्तु चराउने आउंँछन्
आउँछन् आज मुरलीको धुन सुनाउंदै
मनमा एउटी राधा मन पराउने आउँछन्
कहिले कहिँ गोपिनीको मन चोर्नलाई
खेल्दा खेल्दै कतै छोडी हराउने आउँछन
विश्वसारा समाजको कल्याण गर्छु भन्दै
आज सबै झिली मिली गराउने आउँछन
तीनै लोकको हित गर्दै पाप नास गर्ने
धर्म जगाउन झण्डा फहराउने आउंँछन
जब आउँछन् उनि सबै रामाउछन् सारा
दर्शन गर्न कृष्ण भन्दै कराउने आउँछन्
आधा रातमा कंशलाई डराउने आउँछन्
मधु बनमा गाई बस्तु चराउने आउंँछन् ।
सिक्किम ।



केही नेपाली उपन्यासहरू तलका लिङ्कमा पनि छन् ।












No comments:

Post a Comment

कवि खोलाघरे साहिंलोलाई छन्दकवि पुरस्कार अर्पण र कृति विमोचन

छन्दकवि पुरस्कार अर्पण तथा कृति विमोचन ‎ ‎अभिनव साहित्य समाजको २८६ अ‍ौं शृङ्खला आज शिव पाञ्चायन मन्दिर ग्रीन हिलसिटी गेट कागेश्वरी मनोहरा(६...