Wednesday, December 3, 2025

नेपाली भाषाका केही महत्त्वपूर्ण उपन्यासहरू - गङ्गाप्रसाद भेटवाल

नेपाली भाषाका केही महत्त्वपूर्ण उपन्यासहरू के तपाईहरू नेपाली भाषाका महत्त्वपूर्ण उपन्यासहरू बारे जानकारी लिँदै हुनुहुन्छ ? मैले विद्यावारिधीको अध्ययनका क्रममा अध्ययन गरेका केही नेपाली उपन्यासहरूका अडियोलाई पछिल्लो पुस्तासम्म सुन्न सकिने गरी केही उत्कृष्ट उपन्यासहरू रेकर्ड समेत गरेको छु । जो धेरै टाढा रहनुभएको छ बर्मा, मणिपुर हुँदै संसारका विभिन्न मुलुकहरूमा पुग्नुभएको छ । हजुरहरू समक्ष पुस्तकका प्रतिहरू पुग्न नसकिरहेको अवस्थामा नेपाली समाज विभिन्न समयमा कस्तो थियो र त्यो समाजको प्रतिबिम्बलाई नेपाली उपन्यासकारहरूले कसरी चित्रित गर्नुभएको छ ? त्यो बुझ्न यी उपन्यासका अडियोहरू निश्चय नै सहयोगी हुनेछन् हजुरहरूले यी उपन्यास सुनिसकेपछि आफ्ना नयाँ पुस्ताहरूलाई र आफ्ना छरछिमेकी साथीभाइहरूलाई पनि सुन्न मिल्ने गरी सेयर गरिदिनुहोला । विभिन्न समयका नेपाली समाजको र गोरखा समाजको यथार्थ चित्रण यी उपन्यासहरूमा छन् ।
उपन्यास विक्रम र नौलो ग्रह रमेश विकल

Thursday, November 20, 2025

चन्द्रागिरिमा पदयात्रा (यात्रा संस्मरण) –गङ्गाप्रसाद भेटवाल

चन्द्रागिरिमा पदयात्रा (यात्रा संस्मरण)
–गङ्गाप्रसाद भेटवाल स्रष्टा पदयात्रा नेपालको ९५ औँ पदयात्रा चन्द्रागिरि क्षेत्रमा तय भएको छ । मिति २०८२ असार ७ गते असार महिनाको पहिलो शनिबार परेको हुनाले चन्द्रागिरि नगरको गुर्जुधारा क्षेत्रबाट पदयात्राको कार्यक्रम प्रारम्भ गरी विभिन्न भागहरू किसीपिडी, चेकपोस्ट, चन्दनभराटेश्वर, मातातीर्थ, ढाक्सी, मच्छेगाउँ विष्णुदेवी मन्दिर घुम्दै तीनथानामा निस्किएर पदयात्रा सम्पन्न गर्ने उद्देश्य हुन्छ । स्रष्टा पदयात्रा नेपालले ९५ औँ पदयात्राको क्रममा चन्द्रागिरि नगरको भित्री भाग पैदल भ्रमण गर्ने योजना यसरी तय भएको हुन्छ । यहाँहरूलाई चन्द्रागिरि नगरपालिकाको बारेमा थोरै जानकारी राख्नु जरुरी ठान्दछु । चन्द्रागिरि नगरपालिका नेपालको बागमती प्रदेश काठमाडौं जिल्लाको पश्चिमतर्फ रहेको छ । यो नगरपालिका काठमाडौं जिल्लाभित्रको ठुलो नगरपालिका हो । मिति २०७१ मंसिर १६ गते नेपाल सरकारको निर्णय बमोजिम साविक स्थानीय विकास मन्त्रालय हाल संङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप गर्दा काठमाडौं जिल्लाको साविक थानकोट गा.वि.स, दहचोक गा.वि.स, नैकाप नयाँभञ्ज्याङ गा.वि.स, वाडभञ्ज्याङ गा.वि.स, बलम्वु गा.वि.स, महादेवस्थान गा.वि.स, तीनथाना गा.वि.स, सतुंगल गा.वि.स, मातातीर्थ गा.वि.स, मच्छेगाउँ गा.वि.स र नैकाप पुरानोभञ्ज्याङ गा.वि.स गरी जम्मा ११ वटा गाउँ विकास समितिहरूलाई समेटेर २५ वटा वडा बनाई चन्द्रागिरि नगरपालिका घोषणा गरिएको थियो । नेपालको संविधान अनुसार राज्य पुनःसंरचना आयोगको पुनःसंरचना पछि नेपाल सरकार, मन्त्री परिषद्को मिति २०७३ साल फागुन २२ गतेको स्थानीय तह पुनःसंरचना सम्बन्धी निर्णय २०७३ साल फागुन २७ गते राजपत्रमा प्रकाशित भएपछि स्थानीय तहको व्यवस्था लागू भई चन्द्रागिरि नगरपालिकामा जम्मा १५ वडा कायम भएको हो । नगरपालिकाको सिमानामा– पूर्वतर्फ काठमाडौं महानगरपालिका, काठमाडौं र कीर्तिपुर नगरपालिका, काठमाडौं, पश्चिमतर्फः– धुनिवेंशी नगरपालिका, धादिङ्ग, उत्तरतर्फ– नागार्जुन नगरपालिका, काठमाडौं र दक्षिणतर्फ– दक्षिणकाली नगरपालिका काठमाडौँ, थाहा नगरपालिका, मकवानपुर र इन्द्र सरोवर गाउँपालिका, मकवानपुर रहेका छन् । यात्राको प्रारम्भमा किसिपिडी क्षेत्रमा चन्द्रागिरि नगरपालिका ५ का वडाध्यक्ष राजेन्द्र महर्जनको अगुवाईमा स्थानीय बासिन्दाद्वारा नेवारी परम्परा अनुसार तारेको माछा र उसिनेको अण्डा सगुन, टिका र फूलप्रसादी सहित न्यानो स्वागत गरिएको थियो । उक्त अवसरमा स्रष्टा पदयात्रा नेपालका महासचिव गङ्गाप्रसाद भेटवालले पदयात्राको औचित्य र निरन्तरताका श्रृङखलाका बारेमा प्रकाश पारेका थिए । सो अवसरमा पदयात्रा नेपालका तर्फबाट सम्मानित गरिएका स्थानीय समाजसेवी विक्रम पाण्डेका बारेमा पूर्व मेजर पुण्यबहादुर खड्काले प्रकाश पारेका थिए । सम्मानित व्यक्तित्व विक्रम पाण्डेले पनि समग्र चन्द्रागिरि नगरपालिका भित्रका धार्मिक सम्पदाहरूको बारेमा र चन्द्रागिरि नगरको अवस्थाको बारेमा संक्षिप्त जानकारी दिँदै स्रष्टा पदयात्रा नेपाललाई यस क्षेत्रलाई पदयात्राको कार्यक्रम अन्तर्गत राखेकोमा धन्यवाद दिएका थिए । पाण्डे पूर्व सुरक्षाकर्मी समेत हुनुहुन्छ । पूर्व सुरक्षाकर्मी परिषद् चन्द्रागिरिले कार्यक्रमलाई अप्ठ्यारो स्थिति नपरोस् भनेर दिनभरि नै साथ दिएको थियो । सो समारोहमा वडा अध्यक्ष राजेन्द्र महर्जन तथा पूर्व वडाध्यक्ष कान्छाभाइ महर्जनद्वारा चन्द्रागिरि नगरपालिका वडा नम्बर ५ किसिपिडिका बारेमा बोल्दै विकास निर्माणका विषयमा चर्चा गरेका थिए साथै स्रष्टाहरूलाई आफ्नो वडामा स्वागत गर्न पाएकोमा हर्ष प्रकट गरेका थिए । रचनावाचन किसिपिडीमा गरिए पश्चात पदयात्री टोलीले स्थानीय जनकल्याण पुस्तकालयलाई पुस्तकहरू प्रदानगरी चेकपोष्ट हुँदै चन्दनभराटेश्वर महादेव मन्दिर पुगि मन्दिरको ऐतिहासिक महŒवका बारेमा जानकारी लिइएको थियो । सो समारोहमा स्थानीय रविन्द्र रिजालले मन्दिरको ऐतिहासिक महŒवका बारेमा जानकारी गराएका थिए । उक्त स्थानमा गाउँले बलदेव लगायतका केही कविहरूले रचनावाचन पनि गरेका थिए । पदयात्रा टोली त्यहाँबाट गुमाल चोकी स्थित जेष्ठ नागरिक सेवा केन्द्र पुगि पदयात्री विजया बस्नेतको सौजन्यमा तैयार पारिएको सुस्वादु भोजन ७५ जना पदयात्रीले ग्रहण गरे पश्चात सो ठाउँमा पनि रचनावाचन कार्यक्रम भएको थियो । सो अवसरमा सेवा केन्द्रका सल्लाहकार गोपालकृष्ण पौडेलले संस्थाका बारेमा जानकारी गराएका थिए । सो अवसरमा पदयात्रा टोलीले विविध पुस्तकहरू केन्द्रलाई प्रदान गरेको थियो ।
कार्यक्रम समापन पश्चात पदयात्रा टोली धार्मिक र ऐतिहासिक महŒव बोकेको मातातीर्थ पुगी आमाको प्रतिबिम्ब आमाको प्रतिमा र कुण्डको दर्शन गरी साहित्यिक गतिविधिमा संलग्न भएको थियो । मातातीर्थमा पनि उक्त क्षेत्रकोबारेमा रविन्द्र रिजालले विविध जानकारी दिएका थिए । सो स्थानमा पदयात्रा टोलीलाई स्वागत गर्न तथा साहित्यिक गतिविधिमा संलग्न हुनका लागि मच्छेगाउँस्थित नारायण जन माविमा अध्ययनरत विद्यार्थीहरू भेला भएका थिए भने उक्त विद्यालयका प्र.अ. शुरुदेखि नै हामीसँगै थिए । वि.सं. २००८ सालमा स्थापना भएर संचालनमा रहेको नारायण जन माविमा कार्यक्रमको आयोजना गरिएको थियो भने पदयात्रा टोलीलाई स्काउट ट्रुपद्वारा सम्मान र स्वागत गरिएको थियो । सोही विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद रुपाखेतीद्वारा कार्यक्रमको सञ्चालन गरिएको उक्त कार्यक्रममा विद्यार्थी भाइ बहिनीहरू विवेक बुढाथोकीले मेरो देश नेपाल, प्रशान्त पाण्डेले गीत, रमित कोइरालाले देउडा, रश्मिता तामाङले कथा सुनाएका थिए । रचनावाचन गर्ने क्रममा विभिन्न ठाउँहरूमा स्थानीय स्रष्टाहरू, पदयात्रा टोलीका साहित्यिक व्यक्तित्वहरू र अन्य आमा बुबाहरूले पनि साथ दिनुभएको थियो । स्थानीयवासीहरूले ठाउँ–ठाउँमा स्वागत गर्दै आत्मियता प्रस्तुत गर्नुभएको थियो । राष्ट्रिय विभूति श्री ५ बडा महाराजधिराज पृथ्वीनारायण शाहको शालिक निर्माण गर्न जनस्तरबाट महŒवपूर्ण भूमिका निर्वाह गर्ने ध्रुव बस्नेतलाई सम्मान गरिएको थियो । कीर्तिपुर वार्ड नं ४ स्थित तीनधारे क्षेत्रमा जनस्तरबाट राष्ट्र विभूतिको शालिक खडा गर्न महŒवपूर्ण भूमिका निर्वाह गरेकोमा उक्त कार्यले राष्ट्रिय विभूतिको गरिमालाई अझ बढाउने ठहरसहित उहाँलगायत स्थानीय वासिन्दाको उदाहरणीय कामको प्रशंसा गर्दै उक्त सम्मान बस्नेतलाई गरिएको थियो । सो दिन स्रष्टाको रचनावाचन ५ ठाउँमा मिलाइएको थियो । अन्तमा चन्द्रागिरि साहित्य सरोवरको कार्यक्रम मुनाल क्लवको सभा कक्षमा भयो । मुनाल क्लबको कार्यक्रममा रचनावाचनका साथसाथै क्लबका अध्यक्ष पुष्कर थापा, चन्द्रागिरि साहित्य सरोवरका अध्यक्ष गोपीचन्द्र कार्की, चन्द्रागिरि साहित्य समाजका अध्यक्ष जनार्दन अधिकार्री धड्कन’, स्रष्टा पदयात्रा नेपालका उपाध्यक्ष विमल अर्याल र स्रष्टा पदयात्रा नेपालका महासचिव गङ्गाप्रसाद भेटवालले आफ्ना धारणा राखेका थिए । सो संस्थाबाट स्वागत गरिएपछि रचनावाचन र असारको पदयात्रा विधिवत रूपमा सुसम्पन्न भएको घोषणा गरिएको थियो । यस यात्रामा सहभागी स्रष्टा पदयात्री १. मन्दिरा मधुश्री, २. विमल अर्याल, ३. डा.बालचन्द्र मिश्र, ४. गङ्गाप्रसाद भेटवाल, ५. नानीबाबा अधिकारी, ६. दुर्गा भवानी भट्ट, ७. घनश्याम प्रसाई, ८. गीता रेग्मी, ९. जयराम बिडारी, १०. प्रतीक घिमिरे, ११. रुबि सत्याल, १२. वासुदेव ठकुरी, १३. एन.बी. जनकपुरी, १४. वासुदेव पौडेल, १५. ध्रुवराज थापा, १६. दीपक अर्याल, १७. माधवलाल श्रेष्ठ, १८. डा. यादेवी ढकाल, १९. बुद्धिसागर पौडेल, २०. अनिता कोइराला, २१. शुभाष ढुंगेल, २२. शोभा पोखरेल, २३. शुभाषचन्द्र पौडेल भीमफेदिया, २४. विष्णुप्रसाद रुपाखेती, २५. जनार्दन अधिकार्री धडकन’, २६. गाउँले बलदेव अधिकारी, २७. सरस्वती सरस, २८. तारा केशी, २९. बिष्णुप्रसाद शर्मा पराजुली, ३०. विजया बस्नेत, ३१. लक्ष्मी थापा, ३२. समिश्रण धारा, ३३. राधिका कल्पित, ३४. सङ्गीता खरेल, ३५. सरला तिमल्सीना, ३६ शकदेब उपाध्याय, ३७. हेमराज आश्रम पुन, ३८. समीर सिंह, ३९. रिता खत्री, ४०. तुलराज पाण्डेय, ४१ सावित्रा पाण्डेय, ४२. रविन्द्र रिजाल, ४३. श्याम अधिकारी, ४४. विक्रम पाण्डे, ४५. चेतना शर्मा, ४६. मि रमा (रमा सुवेदी) लगायतका साहित्यकार हुनुहुथ्यो । साहित्यकार प्रोल्लास सिन्धुलीय लगायतका केही स्रष्टाहरू अन्यत्रको कार्यक्रममा सहभागी हुनुपर्ने भएकाले केही समयपछि उहाँहरू फर्किनुभएको थियो । यस यात्राको यात्रा संस्मरण लेखनको जिम्मेवारी गङ्गाप्रसाद भेटवालको, विविध सञ्चारमाध्यमहरूलाई एकीकृत समाचार सम्प्रेषण गर्ने जिम्मा जयराम बिडारीको रहेको हुन्छ । समग्र पदयात्राको भिडियो सामग्रीको सङ्कलन गर्ने जिम्मा गङ्गा भेटवाल युट्युब च्यानलद्वारा स्वीकार गरिएको थियो । स्रष्टा पदयात्री, शुभचिन्तक, स्थानीय समाजसेवी, सामाजिक अभियन्ताहरू सबैको सङ्ख्या गन्दा धेरै भए तापनि स्रष्टा पदयात्राको निश्चित अभियानमा सहभागी हुने साहित्यकारहरूसँग पदयात्रामा रु १०० (एक सय) लेबी स्वरूप लिने गरिएको हुन्छ । माथि उल्लिखित महानुभावहरूबाट यस यात्रामा रु ४६००(चार हजार छ सय) आर्थिक रकम समेत सङ्कलन भयो । यसरी सङ्कलित गरिएको रकमबाट संस्थाका विविध कार्यक्रमहरू सञ्चालन हुने र बेलाबखतमा यात्रा संस्मरणका कृतिहरू प्रकाशन गर्नुपर्ने अवस्थामा सहयोग पुग्ने गरेको छ ।
कविहरू भावनामा डुब्छन् । कहिले हावा बनेर सरर उड्छन् अनि कहिले ती भावनाहरूलाई जमाएर कडा पत्थर पनि बन्छन् । कविको परिभाषा गर्नु सजिलो छैन । जहाँ पुग्दैनन् रवि त्यहाँ पुग्छन् कवि । रवि भनेको उज्यालो हो । कवि भनेको विचार हो । रवि र कविको एकदमै नजिकको सम्बन्ध हुन्छ । उज्यालो नपुगेको ठाउँमा पनि कविको चेत पुग्ने गर्छ अनि त्यो चेतसँगै त्यहाँ उज्यालो–उज्यालिन्छ । सहज परिस्थितिमा कवि सुते पनि हुन्छ । तर, जब आफ्नो समाज, बस्ती, जन्मभूमि र सिङ्गो अस्तित्वमाथि भयङ्कर सङ्कट उत्पन्न हुन्छ त्यतिखेर कविलाई अल्मलिने छुट हुदैन । अल्छी गर्ने छुट हुदैन । हो, कविसँग कुनै धनराश्ी नहुन पनि सक्छ । ऊसँग ठुल्ठुला हतियारहरू पनि हुँदैनन् । तर, कविको हातमा कलम हुन्छ, कविको मन निर्मल हुन्छ, मस्तिष्क बेजोड ढङ्गले चल्ने गर्छ । कलम, मन र मस्तिष्कको संयोगले यो संसारलाई बदल्न सक्ने क्षमता पनि कविसँगै हुन्छ । होमर, विलियम शेक्सपियर, रविन्द्रनाथ ठाकुर, दाँते, पाब्लो नेरुदा, रुमी, कालिदास, टिएस एलियट, विलियम वड्र्सवर्थ, माया एन्जेलो, भानुभक्त आचार्य, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, भूपि शेरचन, इन्द्रबहादुर राई, विजय मल्ल, बालकृष्ण सम यी सबै कविहरू हुन् । यी कविहरूले समयलाई बोकेका छन् । भयङ्कर ठूलो समस्याका पहाडहरूलाई धारिला विचारहरूले चिरेर मैदान बनाएका छन् । चन्द्रमामा पुगेका छन् । मंगलमा पुगेका छन् । पृथ्वीको गर्भमा पुगेका छन् । सारा ब्रह्माण्डको लेखा–जोखा गरेका छन् र संसारलाई समय–समयमा दिशा निर्देश गरेका छन् । युगलाई जगाएका छन् । गतिशीलताको मार्गमा हिँड्न बाटो प्रशस्त गरेका छन् । कवि बाटो हो । कवि गन्तव्य पनि हो । कवि विद्रोह हो । कवि विद्रोहको समाधान पनि हो । कवि परिवर्तन हो । कवि स्थिरताको धोतक पनि हो । कवि आवश्यक परे बम बनेर पड्कन्छ, जब्बर जन्जिरहरूलाई ध्वस्त बनाउँछ । ज्वालामुखी जसरी विस्फोट हुन््छ, भयङ्कर चट्टानलाई चिरेर लावा बाहिर फाल्छ । कवि रकेट जसरी उड्छ, तीव्र गतिमा आकाश छेडेर माथि पुग्छ । कवि विश्वलाई नियन्त्रण गर्न सक्ने एकमात्र शक्तिशाली तागत हो । यस्तो शक्तिशाली तागत हरेक मानिसको मस्तिष्कमा सुसुप्त अवस्थामा रहिरहेको हुन्छ । यसलाई जगाउन सके संसार जुरुक्कै उठ्नेछ । स्रष्टा पदयात्रा नेपाल भनेको कविहरूको टोली हो । यो टोली आफू पनि जाग्दै गाउँ, बस्ती, देश र मानव जातिलाई जगाउन निरन्तर अगाडि बढिरहेको छ । यसभन्दा अगाडि स्रष्टा पदयात्रा नेपालले ९४ औँ पदयात्राको कार्यक्रम सम्पन्न गरिसकेको छ र ९५औ पदयात्राका क्रममा कविका पाइलाहरू चन्द्रागिरि नगरको माटोमाथि टेकेर अगाडि बढेका छन् । पदयात्रा टोलीले स्थलगत रूपमा भ्रमण गर्दा स्थानीय बासिन्दाहरूका भनाइहरूसमेतलाई आधार मानेर यात्रा संस्मरणमा ती कुराहरू उल्लेख गर्ने गर्छ । चन्द्रागिरि नगरपालिकाको नाम त्यस क्षेत्रमा अवस्थित चन्द्रागिरि डाँडाको नामबाट राखिएको हो । चन्द्रागिरि डाँडा काठमाडौं उपत्यकाको दक्षिण–पश्चिम भागमा अवस्थित एक प्रसिद्ध पहाड हो, जुन ऐतिहासिक र धार्मिक दृष्टिले निकै महŒवपूर्ण मानिन्छ । राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियान सुरू गर्नुअघि यही डाँडाबाट काठमाडौं उपत्यकाको भूगोल अवलोकन गरेका थिए भन्ने जनविश्वास छ । त्यसैले, स्थानीय पहिचान, भौगोलिक स्थान, ऐतिहासिक तथा सांस्कृतिक महŒवका आधारमा उक्त नगरपालिका गठन गर्दा “चन्द्रागिरि” नाम राखिएको हुनुपर्छ । यस नगरपालिकामा नेवार समुदायको बसोबास निकै सघन र प्रमुख रूपमा पाइन्छ । विशेषगरी पुराना बस्तीहरू — बोसीगाँउ, सतुंगल, गुर्जुधारा, किसिपिडी, मच्छेगाँउ, नैकाप, बलम्बु, मातातीर्थ, दहचोक, थानकोट लगायतका ठाउँहरूमा नेवार समुदायको ऐतिहासिक रूपमा बसोबास रहिआएको छ । नेवार समुदायको बसाइको अवस्था सांस्कृतिक रूपले सक्रिय देखिन्छ । नेवार समुदायले आफ्नो भाषा, लिपि (नेपाल भाषाको प्रयोग), परम्परा र संस्कारहरू आज पनि जगेर्ना गर्दै आएका छन् । उनीहरूका विभिन्न जात्रा, नाच, पूजापाठ, गुठी व्यवस्था अझै पनि सजीव छन् । गुठी परम्पराको कुरा गर्दा गुठी प्रणाली अझै क्रियाशील छ । सामूहिक रूपमा पूजाआजा, सामुदायिक काम, विवाह÷संस्कारहरूमा गुठीको महŒवपूर्ण भूमिका हुन्छ । उनीहरू आर्थिक रूपमा विविध पेशामा संलग्न छन् । पहिले कृषि, काठ÷माटोका परम्परागत व्यवसायमा निर्भर रहेका नेवारहरू अहिले व्यवसाय, सरकारी सेवा, पर्यटन, निर्माण, शिक्षा लगायत विभिन्न क्षेत्रमा आबद्ध छन् । चन्द्रागिरि हिल विकास परियोजना, केबलकार, होटल तथा पर्यटक व्यवसायमा पनि उनीहरूको उल्लेखनीय उपस्थिति छ । उनीहरूमा पछिल्ला दिनहरूमा शहरीकरणको प्रभाव पर्दैछ । तीव्र शहरीकरणका कारण पुराना नेवारी बस्तीहरूमा परम्परागत घर, बाटो, संस्कृतिमा धेरै नै असर परेको देखिन्छ । कतिपय ठाउँहरूमा नेवार समुदाय अन्य जात÷समुदायसँग मिसिएर बसेका छन्, जसले सांस्कृतिक विविधता ल्याएको छ । अबका दिनमा भने नेपाल भाषाको संरक्षणमा पनि चुनौती थपिँदै गएको छ । नयाँ पुस्तामा नेपाल भाषा (नेवारी) बोल्ने प्रवृत्ति केही कम हुँदै गएको छ, तर भाषा संरक्षणका लागि विभिन्न संघसंस्थाले काम भने गरिरहेका छन् । चन्द्रागिरि नगर क्षेत्रमा बस्ने नेवारहरूमा श्रेष्ठ, शाक्य, बज्राचार्यहरूले व्यापार, धार्मिक कार्य, पुरोहितको कार्य गर्ने गरेको पाइन्छ । ज्यापू –महर्जन, डंगोलले कृिषको, सांस्कृतिक अगुवाको काम गर्ने गरेको पाइन्छ । त्यसैगरि ताम्राकार, लोहाकार, सुनुवारहरूले धातु–कला, औजार निर्माण गर्ने गरेको पाइन्छ । नकर्मी, खड्गी, नाइले संस्कार, बलि परम्परा, कपाल काट्ने काममा आङ्खलो सक्रियता देखाएको देखिन्छ । चित्रकारले पौवा, देवी–देवताका चित्र बनाउने गरेको पाइन्छ । चन्द्रागिरि नगरपालिकाभित्रको नेवार समुदाय सामाजिक, सांस्कृतिक र पेशागत रूपमा धेरै उपसमूहमा विभाजित भएपनि यी उपसमूहहरूबीच पारस्परिक सहयोग, गुठी परम्परा, जात्रामा सहकार्य जस्ता विषयहरू आज पनि जगेर्ना भइरहेको पाइन्छ । ऐतिहासिक रूपमा यो क्षेत्रमा नेवार समुदायको बाहुल्य भएको भए पनि हाल मगर लगायत अन्य आदिवासी जनजातिहरू पनि सक्रिय रूपले यहाँ बसोबास गर्दै आएका छन् । सतुंगल, थानकोट, ढाक्सी, मातातीर्थ, नागढुङ्गा, दहचोक, थानकोट आदि क्षेत्रमा मगर समुदायको साना–ठूला बस्तीहरू रहेका छन् । सडक र सुविधासम्पन्न क्षेत्रहरूमा पनि मगर परिवारहरू अन्य जातसंग मिलेर बसेका छन् । मगरहरूलाई उनीहरूले बोल्ने भाषाका आधारमा तीन भागमा राखेर अध्ययन गरेको देखिन्छ । (१) पर्वते मगर ः जसको मुख्य भाषाः नेपाली हुन्छ । उनीहरू पश्चिम नेपाल (गोरखा, पाल्पा, स्याङ्जा, गुल्मी) बाट स्थानान्तरण भई आएका मगरहरू हुन् । चन्द्रागिरि नगरमा सबैभन्दा बढी पाइने मगरको समूह यही हो । (२) धुत मगर ः मुख्य भाषाः धुत बोली बोल्छन् जो रोल्पा, रुकुम, बागलुङ, म्याग्दी क्षेत्रबाट आएका मगरहरू हुन् । चन्द्रागिरि नगरमा सीमित संख्यामा यो समुदाय देखिन्छन् । (३) कायात वा खाम मगर ः जसले मुख्य भाषामा खाम मगर भाषा बोल्छन् । यिनीहरू पूर्वी रुकुम, सल्यान, डोल्पा आदि क्षेत्रबाट आएका मगरहरू मानिन्छन् । चन्द्रागिरि नगरमा कम संख्यामा भए पनि यिनीहरू भेटिन्छन् । मगर समुदायमा थुप्रै थर पाइन्छन् । चन्द्रागिरि नगरपालिकामा बसोबास गर्ने मगरहरूको सामान्यतया यस्ता थर देखिन्छन् ः सामान्य थरहरू थापा, आले, पुन, राना, बुढा, घर्ती, रोका, सिङ्गी, छन्त्याल पाइन्छन् । यी थरहरू मगर समुदायको पारिवारिक पहिचान जनाउँछन् र जातीय गर्वसँग जोडिएका छन् । थरगत हिसावमा आले मगरका गाँउहरू यस नगरमा धेर ठाउँमा छन् । संस्कृतिमा रोधी घर, चण्डी नाच जोगाउन मगरहरू सक्रिय नै छन् । चन्द्रागिरि नगरपालिकामा तामाङहरूको पनि उल्लेख्य मात्रामा बसोबास रहेको पाइन्छ । विशेषगरी ग्रामीण क्षेत्रहरूमा, पहाडी भूभागहरूमा ससाना प्रकारका घरहरू बनाएर, कृषि कर्मसमेतलाई निरन्तरता दिँदै तामाङ समुदाय बस्दै आएको देख्न पाइन्छ भने हालका दिनमा उनीहरूले रोजगारी, व्यवसाय र अन्य अवसरको खोजीमा संसारका धेरै ठाउँहरूमा पुगेर आर्थिक अवस्थालाई मजबुत बनाएको समेत देख्न पाइन्छ । तामाङ समुदायमा भाषा र क्षेत्र अनुसार केही भिन्नता हुन्छ, जसमध्ये चन्द्रागिरिका तामाङहरू प्रायःः सल्ले तामाङ (यो समूह प्रायः काठमाडौं उपत्यका आसपासका क्षेत्रहरूमा पाइन्छ ) र मूल तामाङः (पहाडी र हिमाली क्षेत्रमा रहेका तामाङहरूको छरिएको उपसमूह) दुबै समूहका पाइन्छन् । चन्द्रागिरि नगरपालिकामा बसोबास गर्ने तामाङ समुदाय विविध थर र उपसमूहमा बिभाजित छ, जसले उनीहरूको सांस्कृतिक पहिचान र सामाजिक संरचनालाई दर्शाउँछ । उनीहरू मुख्यतया बौद्ध धर्म मान्ने भए पनि परम्परागत सांस्कृतिक र धार्मिक पेसामा संलग्न समूहहरू पनि छन् । यसैगरि चन्द्रागिरि नगरपालिकामा दलितहरूको पनि उल्लेख्य बसोबास भएको देखिन्छ । हुन त पछिल्लो दिनमा दलित शब्दको प्रयोग समाजमा उचित मानिदैन तैपनि नेपालको संविधान (२०७२)मा यी शब्दहरूलाई कुनै न कुनै रूपमा स्थान दिइरहेको देखिन्छ । नेपालको संविधान (२०७२) भाग २७ धारा २५५ मा राष्ट्रिय दलित आयोग र धारा २५६ मा राष्ट्रिय दलित आयोगको काम, कर्तव्य र अधिकार भनेर उल्लेख गरिएको छ । यो संवैधानिक व्यवस्थालाई उचित शब्दहरूले लक्षित वर्गहरूप्रति सेवा पु¥याउने गरी शब्दहरूमा पुनर्विचार गर्न सके समता र समानतामूलक समाजको निर्माणमा अझ थप टेवा पुग्ने देखिन्छ । संवैधानिक व्यवस्थाको प्रभाव अनुसार हरेक पालिकाहरूको वडा कार्यालयहरूमा दलित सदस्य भनेर नाम झुण्ड्याउनुपर्ने अवस्था देखिन आएको छ यसले समानतामा धेरथोर धक्का पुर्याएको जस्तो महसुस हुन्छ । चन्द्रागिरि नगरपालिकामा दलित समुदायको बसोबासको सन्दर्भमा, २०११ को जनगणना अनुसार, नगरपालिकामा विभिन्न जातीय समुदायका मानिसहरू बसोबास गर्दछन् । यसमा कामी, सार्की, दामाई÷ढोली, चमार÷हरिजन÷राम, बादी, धामी÷झाँक्री लगायतका दलित जातिहरू समावेश छन् । चन्द्रागिरि नगरपालिकाका विभिन्न वडाहरूमा दलित समुदाय बसोबास गर्छन् । धेरैजसो दलित परिवारहरू गाउँमा वा शहरी क्षेत्रमा साना टोल, बस्ती वा झुपडीमा बसोबास गर्छन् । परम्परागत रूपमा दलितहरू पिछडिएका क्षेत्रहरूमा, बजार नजिक तर सीमित ठाउँमा बस्न बाध्य भएका छन् । शहरीकरणसँगै, केही दलित परिवारहरूले पक्की घर र आवासीय क्षेत्रमा स्थानान्तरण पनि गरेका छन् । दलित समुदायका धेरै सदस्यहरू कृषि मजदूरी, घरायसी काम, निर्माण मजदूरी, र केही परम्परागत पेशामा संलग्न छन् । शिक्षामा पहुँच बढ्दै गएको छ, तर अझै पनि आर्थिक अभाव र सामाजिक भेदभावका कारण शिक्षामा चुनौतीहरू छन् । विभिन्न सरकारी र गैर–सरकारी संस्थाहरूले दलितहरूको उत्थानका लागि कार्यक्रम संचालन गरिरहेका छन् । दलित समुदायले आफ्ना परम्परागत संस्कार र चाडपर्वहरू मनाउने चलन जारी राखेका छन् । सामाजिक रूपमा अझै पनि केही भेदभावको सामना गर्नुपर्छ, तर समावेशीकरण र सचेतनाका कारण सुधार हुँदैछ । शिक्षा र राजनीतिको क्षेत्रमा यस क्षेत्रका दलितहरू अत्यन्त क्रियाशील भएर पनि लागेका देखन्छन् । उनीहरूले समाज परिवर्तन गर्न शिक्षा र राजनीतिमा नै सुधार गरिनुपर्छ भन्ने बुझेर त्यो अभियानलाई जोडतोडका साथ अगाडि बढाएको देखिन्छ । चन्द्रागिरि नगरपालिकामा खस–आर्य समुदायको पनि बसोबास छ । उनीहरूको बसोबास सबल, शिक्षित र सामाजिक रूपमा प्रभावशाली समूहका रूपमा रहेको छ । उनीहरूको व्यापक उपस्थिति नगरपालिकाको सामाजिक संरचना र सि¨ो देशको विविध क्षेत्रमामा ठूलो प्रभाव पार्ने खालको छ । खस–आर्य भन्नाले सामान्यतः ब्राह्मण, क्षेत्री, ठकुरी, सन्यासी दलित लगायतका पहाडी मूलका जातहरू बुझिन्छ । ब्राह्मण (शर्मा, जोशी, भट्ट, पोखरेल, अर्याल, न्यौपाने, भेटवाल, आचार्य, आदि), क्षेत्री (विष्ट, केसी, गिरी, रावल, बस्नेत, खड्का, थापा, मल्ल आदि) ठकुरी (राजपूत मूलका क्षेत्री उपसमूह जसमा हमाल, मल्ल, शाही आदि) खस–आर्य समुदाय मानिन्छन् । खस आर्य समुदाय शिक्षा क्षेत्रमा अग्रणी छ । धेरैजसो परिवारका सदस्यहरू सरकारी सेवा, सेना, प्रहरी, शिक्षक, इन्जिनियर, डाक्टर, वकिल आदि पेशामा संलग्न छन् । युवा पुस्ताले विदेश अध्ययन तथा रोजगारी पनि अपनाएका छन् । यो समुदाय आर्थिक रूपमा धेरै हदसम्म स्थिर र सबल छ । चल–अचल सम्पत्ती, व्यवसाय र पेशागत हिसाबले उनीहरू अग्रस्थानमा छन् । काठमाडौंको शहरी विस्तारसँगै धेरै खस–आर्य परिवारले जग्गा–जमिनको व्यापार, निर्माण व्यवसायमा समेत लगानी गरेको देखिन्छ । यस नगरको राजनीतिमा खस–आर्य समाजको पकड राम्रो छ । खस–आर्य समुदायले आफ्नो परम्परागत वैदिक÷हिन्दू धर्म, पूजा–संस्कार, जात्रा, तिथिहरू अनुसरण गर्छन् । दशैं, तिहार, तीज, जनैपूर्णिमा, हरितालिका, शिवरात्रि आदि पर्व विशेष रूपमा मनाउने गरिन्छ । उनीहरू सामाजिक संघ–संस्था, आमा समूह, क्लब, मन्दिर निर्माणमा अग्रसर छन् । दलित समुदायहरू पनि खस–आर्य समुदायका अभिन्न अङ्गका रूपमा रहेका पाइन्छन् तर माथि दलितहरूको छुट्टै व्याख्या गरिएको हुनाले यहाँ त्यो पक्षलाई जोडिएको छैन ।
यस क्षेत्रमा तराई मूलका बासिन्दाको बसोबास पनि बढ्दै गइरहेको पाइन्छ । बसाइँ सरेर स्थायी प्रकृतिले बसोबास गर्ने तराई मूलका मानिसहरूको सङ्ख्या यस क्षेत्रमा कम पाइए पनि अस्थायी रूपमा बसोबास गर्ने तराई मूलका मानिसहरूको सङ्ख्या उल्लेख्य रूपमा बढ्दै गएको छ । चन्द्रागिरि नगरपालिका विशेषगरी सतुंगल, थानकोट, मातातीर्थ, नागढुङ्गा र सडक–केन्द्रित क्षेत्रहरूमा तराई मूलका मानिसहरूको बसोबास विस्तार भइरहेको छ । उनीहरू मुख्यतया भाडाको घर, सस्तो प्लटमा बनाइएका घर, वा केही आफ्नै निर्माण गरिएका पक्की घरहरूमा बसोबास गरिरहेका छन् । यो समुदाय स्थायी बसोबास गर्न आउनेसँगै अस्थायी (जस्तो–पढ़ाइ, व्यापार, रोजगारी) रूपमा बस्ने पनि रहेको देखिन्छ । तराई मूलका धेरै मानिसहरू सानातिना व्यवसाय (किराना पसल, फलफूल, माछा पसल, लत्ता कपडा), ठेला व्यवसाय, सिलाइ÷कटाइ, मिस्त्री काम लगायतमा संलग्न देखिन्छन् । केहीले जग्गा किनेर निर्माण व्यवसाय, ट्रान्सपोर्ट, होटेल÷लज सेवा पनि सञ्चालन गरिरहेका छन् । थोरै संख्यामा सरकारी सेवा वा शैक्षिक क्षेत्रमा कार्यरतसमेत पाइन्छन् । तराई मूलका मानिसहरूले आफ्ना परम्परागत चाडपर्वहरू (जस्तैः छठ, होली, दिवाली, समा–चकेवा, ईद, बकर–ईद आदि) चन्द्रागिरिमै मनाउँछन् । कोही भने आङ्खनो गाउँतिर पनि जान्छन् । चन्द्रागिरिमा मैत्रीपूर्ण सह–अस्तित्व रहेको छ—स्थानीय पहाडी जातहरू (नेवार, खस, तामाङ आदि) सँग पनि सामाजिक मेलमिलाप बढ्दै गएको छ । तराई मूलका समुदायलाई स्थायित्व, पहुँच र पहिचानको विषयमा केही अप्ठ्यारो परेको देखिन्छ । चन्द्रागिरि नगरपालिकामा विदेशी मुलुकका नागरिकहरूको बसोबास पछिल्ला दशकमा विस्तार भएको छ, विशेष गरी काठमाडौं उपत्यकाको शहरी विस्तार र अन्तर्राष्ट्रिय चासोका कारण चन्द्रागिरि नगर काठमाडौं महानगरको पश्चिमपट्टि अवस्थित भएकाले यहाँ विदेशी नागरिकहरूको अस्थायी वा दीर्घकालीन बसोबास उल्लेखनीय रूपमा देखिन थालेको हो । चन्द्रागिरि नगरपालिका स्थल मार्गबाट सवारी साधन हुँदै आउने सबैभन्दा ठूलो नाकाको प्रवेश बिन्दुको नगरपालिका भएको हुनाले विश्वका विभिन्न देशहरूबाट बैध र अवैध मानिसहरू यहाँसम्म आएर बस्ने गरेको पनि देखिन्छ । यहाँ भारत, चीन (विशेषगरी बौद्ध धर्म अध्ययनका लागि) अमेरिका, युरोपेली मुलुकहरू (आइ एन् जिओमा काम गर्न, अध्यापन, अनुसन्धान, धर्मिक कार्य आदि कारणले), कोरिया, जापान (धर्मिक वा परियोजना सहयोग गर्न) आएका देखिन्छन् । तिब्बती मूलका शरणार्थीहरू पनि विभिन्न स्थानमा पाइन्छन् । ्विदेशी मुलुकका वासिन्दाहरूले यस क्षेत्रमा केही सहयोग पु¥याएको पनि देखिन्छ, जस्तै सांस्कृतिक आदानप्रदानमा सहयोग पु¥याएका छन् (बौद्ध दर्शन, योग, कला आदि) । केहीले स्थानीय पर्यटन, होटल व्यवसाय, हस्तकला क्षेत्रमा लगानी पनि गरेका छन् । नेपाली भाषाको शिक्षामा रुचि राख्ने विदेशीहरू पनि बढिरहेका पाइन्छन । चन्द्रागिरि नगरपालिका उपत्यकाको ठूलो नगरपालिका हुनु, यहाँ धेरै खुला ठाउँहरू पाइनु, उद्योग कलकारखाना पनि हुनु र धेरै अवसर पनि पाइनुले देश र विदेशबाट आउने विभिन्न जाति, धर्म, समुदायका मानिसहरूको आकर्षण यहाँ धेरै देखिन्छ । सिङ्गो चन्द्रागिरि नगरपालिकामा विभिन्न देवीदेवताका मन्दिरहरू÷तीर्थस्थलहरु अस्तित्वमा रहेका छन् । एक नम्बर वार्डदेखि १५ नम्बर वार्डसम्म ठाउँ–ठाउँमा देवालयहरू रहेका र ठाउँ–ठाउँमा भजन गृहहरू रहेका भेटिन्छन् । नेपाली, नेवारी र विविध भाषमा सांस्कृतिक महŒवका महिमाहरू भजनको माध्यमबाट गाइने गरेको पनि देखिन्छ । संसारभर तीर्थस्थलको रूपमा चन्द्रागिरि नगरलाई परिचित गराउने तीर्थस्थलहरूमध्ये भालेश्वर महादेवको मन्दिर र मातातीर्थ कुण्ड क्षेत्र नै मुख्य रूपमा रहेका देखिन्छन् । अरू तीर्थस्थलको पनि उत्तिकै महŒव भने कायम छ । भालेश्वर महादेवको मन्दिर चन्द्रागिरि डाँडाको माथि रहेको छ जहाँसम्म जान केवलकारकोसमेत व्यवस्था भएको छ । मातातीर्थ कुण्डमा भने गुर्जुधारा, सतुङ्गल, थानकोट, कीर्तिपुर, तीनथाना लगायतका ठाउँबाट सडकका माध्यमबाट सवारी साधन लिएर अथवा पैदलै पनि जान सकिने अवस्था छ । धार्मिक आस्थाको दृष्टिकोणबाट चन्द्रागिरि नगरपालिका हिन्दू धर्मवलम्बीहरूको बाहुल्यता रहेको क्षेत्र देखिन्छ भने बौद्ध धर्मावलम्बीहरूको सङ्ख्या पनि उल्लेख्य रूपमा रहेको पाइन्छ । अन्य धर्मलम्बीहरूको सङ्ख्या यहाँ नगन्य मात्रामा रहेको देखिन्छ । अबका दिनमा सिङ्गो नगरपालिकाको नेतृत्वले यस नगरभित्र बसोबास गर्ने सबै जाति, समुदायका मानिसहरूको भावनालाई सम्मान गर्दै विकास निर्माणको बाटोमा सबैको सहभागिता जुटाउँदै अगाडि बढ्नुपर्ने देखिन्छ । पदयात्राकै क्रममा स्थानीयहरूसँग छलफल, अन्तरक्रिया गर्ने सवालमा पहिलाका समयमा मतदानका प्रक्रियामा पनि भोट माग्नेहरूले÷उम्मेदवारहरूले सम्धी, जेठान, भान्जाभान्जी आदिको सम्बन्धका माध्यमबाट मतदाताहरूलाई भोट माग्ने र भोट दिने गरेको देखिन्छ भने पछिल्ला दिनमा शिक्षाको विकास हुँदै जानु, विकास निर्माणका कुरामा निष्पक्षता हुनुपर्छ भन्ने कुराको बोध हुँदै जानुले राजनीतिमा नातावाद, कृपावाद भन्दा पनि निष्पक्ष रूपमा विकास निर्माणका कामलाई प्राथमिकता दिनुपर्छ र पढेलेखेका, इमान्दार, स्वच्छ छवि भएका व्यक्तित्वहरूको चयन गर्न सक्नुपर्छ भन्ने कुरा देखिएको पाइन्छ । विकास, राजनीति र भ्रष्टाचारको सम्बन्धका बारेमा स्थानीयहरूसँग प्रतिक्रिया लिन खोज्दा भ्रष्टाचार र खराव शासन राज्यको सबैभन्दा ठूलो शत्रु हो । यसले देशलाई तहस नहस बनाएको छ भन्ने उहाँहरूको प्रतिक्रिया रहेको पाइयो । केही सन्दर्भमा उहाँहरू मौन पनि रहनु भयो । (श्रोत ः अध्ययन भ्रमण, विभिन्न पुस्तक तथा अनलाइन) ॐ कीर्तिपुर नगरपालिका ४ काठमाडौँ ।

Friday, November 14, 2025

मंसिर महिनाको पहिलो शनिबार ६ गते १०० औं यात्रामा सहभागी हुने स्रष्टा - शीतल गिरी

मंसिर महिनाको पहिलो शनिबार ६ गते १०० औं यात्रा हो । यो यात्रामा सहभागी हुने स्रष्टा ८.३० बजे अघि नै साँगा चोकमा आइपुग्नु पर्नेछ । ठीक समयमा त्यहाँबाट दक्षिणतर्फ रहेको प्रसाई ट्रस्ट कल्याण कोषको साण्डिल्य ग्राम शनिधाम, काक्राबारी पदयात्रा गर्दै जानेछौं । यस यात्रामा सम्मान, यात्राको पुस्तक बाइस पाइला पनि लोकार्पण गरिनेछ । यो भव्य कार्यक्रम रहेकोले संस्थापक, आजीवन लगायत सम्पूर्ण स्रष्टा पदयात्रीको सहभागीता रहने अपेक्षा गरिएको छ । यात्रामा सहभागी हुन १. विनोद नेपाल, २. दुर्गा भवानी भट्ट, ३. डा.बालचन्द्र मिश्र, ४. प्रतीक घिमिरे, ५. ध्रुबराज थापा पुरुष, ६. विमल अर्याल, ७. वासुदेव पौडेल, ८. नारायण भण्डारी जनकपुरी, ९. विष्णुप्रसाद शर्मा पराजुली, १०. नवराज रिजाल, ११. गंगाप्रसाद भेटवाल, १२ं मन्दिरा मधुश्री, १३. दिपक लोहनी, १४. एञ्जल निलु, १५. डा.शावित्री श्रेष्ठ, १६. महेन्द्र चालिसे, १७. बद्रीनाथ पौडेल, १८. शम्भुप्रसाद चालिसे (कुमार), १९. शीतल २०. डिल्लीरमण सुवेदी, २१. राजन पुडासैनी, २२. नानीबाबा अधिकारी, २३. वसन्त रिजाल, २४. खोलाघरे साहिंलो, २५. डा.धनप्रसाद सुवेदी, २६. डा.गणेश घिमिरे, २७ घनश्याम प्रसाई, २८. निशा केशी, २९. जुमन किरण, ३०. अप्सरा ढकाल, ३१. शान्ति सापकोटा, ३२. अनिता कोइराला, ३३. सुभाष ढुङ्गेल, ३४. शारदा पराजुली, ३५. परशुराम पराशर, ३६. विष्णु खनाल, ३७. डा.यादेवी ढकाल, ३८. लक्ष्मी थापा, ३९. वासुदेव ठकुरी, ४०. दुर्गा घिमिरे, ४१. शोभा शरभ, ४२. अभय श्रेष्ठ, ४३. जयराम विडारी, ४४. रुवी सत्याल, ४५. हरिष कल्पित, ४६. माधव घिमिरे अटल, ४७. विजया बस्नेत, ४८. नारायण जोशी, ४९. विना नेमकूलको नाम प्राप्त भएको छ । यस यात्राको संस्मरण लेखन जिम्मेवारी घनश्याम प्रसाई, प्रतीक घिमिरेको रहनेछ । धन्यवाद । अगाडिका पदयात्राका कार्यक्रम तल उल्लिखित भिडिओहरूमा हेर्न सकिन्छ है ।

Friday, October 24, 2025

९९औं पदयात्रा नुवाकोट - शीतल गिरी - (मंसिर महिनाको पहिलो शनिबार ६ गते १०० औं यात्रा हो । यो यात्रा पलासे )

२०८२ कार्तिक १ गते विहान बालाजु माछापोखरी चोकमा जम्माभएर बासुदेव पौडेल, माधवलाल श्रेष्ठ, शीतल गिरी, ध्रुवराज थापा पुरुष, मन्दिरा मधुश्री, डा।शशी थापा पण्डित, डा।बालचन्द्र मिश्र, दुर्गा भवानी भट्ट, घनश्याम प्रसाई, डा।सावित्री श्रेष्ठ, निशा केशी, रामकुमार पण्डित, जुमन किरण, नानीबाबा अधिकारी, परिच्छेद सेन, खोलाघरे साहिलो र शुभारम्भ पाण्डे ७ जना ८ बजेको समयमा व्यवस्था गरिएको बसमा चढेर झोरको बाटो भएर नुवाकोटको बेलकोट प्रस्थान गरेका थियौं । गङ्गटे हुँदै अनवरत चार घण्टाको यात्रापछि बेलकोट गुग्यौं । बेलकोटगढि नेपाल एकिकरणको समयमा काठमाण्डौंका राजा जयप्रकाश मल्लको राज्यको सामरिक महत्त्वको एक गढी थियो । यताका नौ वटा कोटको अधिपति थिए जयन्त राना । यस गढीमा भएको युद्धमा जयन्त राना समातिए । उनै जयन्त रानाको बहिनप् निरञ्जना साक्षात भगवती रहेको थाहा पाएपछि बडा महाराजाधिराज पृथ्वीनारायण साहले ३ दिनमा नै गढी मर्मत गराउँनुको साथै निरञ्जना भगवती स्थापनागरी आकर्षक मन्दिर बनाएको जानकारी जयन्त रानाको खलकका मानबहादुर रानाले जानकारी गराए । गढी, कोट र मन्दिर अवलोकन गरेपश्चात मन्दिर परिसरमा गरिएको कार्यक्रमको सञ्चालन स्थानीय दिक्षा लामाबाट भएको थियो । स्रष्टा पदयात्राको बारेमा डा।बालचन्द्र मिश्रले जानकारी गराउँनु भयो भने स्थानिय स्रष्टा पदयात्री मन्दिरा मधुश्री, माधवलाल श्रेष्ठ, ध्रुवराज थापा पुरुष, रामकुमार पण्डित अनी स्थानिय स्रष्टाबाट पनि रचना वाचन भएको थियो । स्थानियले प्रस्तुत गरेका ख्याली भजन र नृत्य आकर्षक बन्न पुगेको थियो ।
बेलकोटगढीको कार्यक्रम पश्चात चिया बिसकुट खाएर बाघखोरमा पुग्दा दिनको २ बज्यो । खाना खाएपछि स्रष्टा पदयात्रीलाई त्यहाँ रहेको दुप्चेश्वर महादेव मन्दिरमा भव्य स्वागत गरियो । अनि पदयात्री स्थानीयहरूका साथमा महादेव माध्यमिक विद्यालय भवनमा पुग्यौं र कार्यक्रममा सहभागी बन्यौ । यस स्थानमा भएको कार्यक्रमको सञ्चालन पनि दिक्षा लामाबाट भएको थियो । यहाँ ९९ स्रष्टा पदयात्राको संयोजक दुर्गा भवानी भट्टले यात्राबारे आफ्नो धारणा राखेको यस कार्यक्रमा स्रष्टा पदयात्राको तर्फबाट डा।शशी थापा पण्डित, डा।बालचन्द्र मिश्र, निशा केशी, डा।साबित्री श्रेष्ठ, जुमन किरणको रचना वाचन थियो । स्थानिय स्रष्टाले कविता, गित, नृत्य र भजन प्रस्तुत गरेर स्रष्टा पदयात्रीको मन जित्न सकेका थिए । बाघखोरमा कार्यक्रम सकेर झमक्क साँझ पर्नु अघि हामी झिल्टुङ पुग्यौं । त्यहाँ हाम्रो प्रतिक्षा महाकवि देवकोटा प्रतिष्ठानका मित्रहरूले हेरिरहनु भएको थियो । आज नै कुञ्जिनी पार्कमा महाकवि देवकोटाको शालिक अनावरण गरिएको थियो । समय व्यवस्थापन हुन नसक्दा हामी सो समारोहमा सहभागी हुन सकेनौं । काठमाडौंबाट आएका पाहुना साहित्यकारहरू पनि फर्किसकेका थिए । साझपख स्थानीय र स्रष्टा पदयात्रीबीच परिचयात्मक कार्यक्रम सौहार्दपुर्ण वातावरणमा सम्पन्न गरियो । यहाँ मेरो पुर्व परिचित आफन्त सरस्वती गिरीसँग भेट हुनपुग्यो । खानपिन पश्चात आयोजनले व्यवस्था मिलाउनु भएका स्थानीयको घरघरमा बाँडिएर हामीले आराम गर्नुको साथै त्यहाँको बारेमा धेरै कुरा बुझ्न पायौ । भोली पल्ट विहान यानी २ गते कार्तिक ७।३० बजे राती भोजन गरेकै होटलमा भेला भएर चिया विस्कुट पछि झिल्केश्वर सहादेव सहकारी संस्थाको स्वागत ग्रहण गरी टीका थापेर स्थानीय जनसमुदाय, महाकवि देवकोटा प्रतिष्ठानका पदाधिकारी, वडाअध्यक्ष र प्रहरीहरुको साथमा गाउँघर अवलोकन गर्दै, गोसाइकुण्ड जाने पुरानोबाटो बारे जानकारी लिदै डाँडामा रहेको पोखरी रमणिय वनपाखा हेर्दै झिल्केश्वर महादेव झिल्केश्वर महादेव थानको दर्शन गर्दै झण्डा पार्क भनिने अग्लो डाँडामा पुग्यौं । यस डाँडाबाट ६ जिल्ला हेर्न सकिने रहेछ, तर हामीलाई प्रकृतिले छल्यौं । आजै बिहानदेखि कुहिरो लाग्नाले हेर्न पाएनौं । एकै क्षण मौसम खुलेको समय त्यहाँबाट देखिने हिमालभने हेर्न पायौं । अनी फर्किएर कुञ्जिनी पार्कतिर लाग्यौं र ९ बजेतिर पुग्यौं । यो कुञ्जिनी पार्कको नजिकै देवकोटाको मावली ससुराली घर, जो २०७२ को भुकम्पले भत्किएछ, सोहि घरमा बसेर एकै रातमा देवकोटाले कुञ्जिनी खण्डकाव्य लेखेका थिए । बेलकोटगढी न पा वडा नं ५, नगरपालिका र पर्यटन मन्त्रालयको समवेत प्रयास र लगानीमा सो घरमा सिमा जोडिएको कुञ्जिनीपार्क बनेको रहेछ । यो पार्कमा देवकोटा प्रति श्रद्धाञ्जलिको कार्यक्रम गरेर हिजो १ गते अनावरण गरिएको देवकोटाको शालिकलाई साक्षी राखेर रचनावाचन गरेका थियौं । मन्दिरा मधुश्रीले संचालन गरेको रचनावाचन कार्यक्रममा दुर्गा भवानी भट्ट, घनश्याम प्रसाई, वासुदेव पौडेल, नानीबाबा अधिकारी, खोलाघरे साहिलोबाट कविता वाचन गरियो । कार्यक्रम पश्चात आधा घण्टाजति पैदल ओरालो ओर्लिएर तल सडकसम्म आयौं । त्यहाँ स्रष्टा पदयात्रीले रोटेपिङ पनि खेले । झिल्केश्वर महादेव सहकारी संस्था र महाकवि देवकोटा प्रतिष्ठान,बालकोटगढी न पा वडा नं ५ का सदस्यहरू र वडावासी लगायतबाट हामीलाई अगुवाइ गरिएको छ । ठाउँठाउँका बारेमा उहाँहरूले हामीलाई जानकारी दिइरहनुभएको थियो । तीनजना प्रहरी पनि हाम्रो टीमका साथमा पदयात्रामा साथै हुनुहुन्थ्यो । रोटेपिङ खेलेर भैंसीको दूध, बेस्सरी तताएको स्रष्टा पदयात्रीलाई थपीथपी खान दिइन्छ । त्यसपछि बिहानको ३ घण्टाजतिको पदयात्रा सकिन्छ, हामी त्यहाँका स्थानीयबाट विदा भएर बसमा चढ्छौं । ‎नारायण नेपाल महाकवि देवकोटा प्रतिष्ठानका सचिवको साथमा स्रष्टा पदयात्री देवीघाट पुग्छौं । त्यहाँ ज्येष्ठ नागरिक सेवा भवनमा भोजनको व्यवस्था गरिएको हुन्छ । सुस्वादु भोजनबाट सन्तुष्ट हुन्छौं । त्यसपछि आश्रमको हलमा जम्मा भएर परिचय आदानप्रदान पश्चात गरिएको कार्यक्रमको सञ्चालक नारायण नेपालजीबाट हुन्छ । आश्रमका अध्यक्ष विष्णुप्रसाद नेपालबाट आश्रमको स्थापना, इतिहास, गतिविधि र सेवामूलक भावी कार्ययोजनाबारे जानकारी प्राप्तहुन्छ । ज्येष्ठ नागरिक आश्रमलाई हामी स्रष्टा पदयात्रासमूहबाट बाट रू ३ हजार समेत रु। ८०००। रकम समर्पण गर्छौं । अध्यक्ष शीतल गिरिको मन्तव्य पश्चात रचना वाचन कार्यक्रम हुन्छ । साहित्यकार आत्माराम खरेल अहिले त्यही आश्रममा बस्नु हुदो रहेछ, उहाँको पनि रचना सुन्छौं । कार्यक्रम समापन भएपछि आश्रमको अगाडि सामुहिक फोटो खिचिन्छ,अनि विष्णुप्रसाद नेपालजी, नारायण नेपालजीको अगुवाइमा हामी देवीघाटको भ्रमणमा जान्छौं । तादी र त्रिशूलीको सङ्गममा केही बेर स्रष्टाहरू रमाउँछन्, अध्ययन गर्छन् । पृथ्वीनारायण शाहको चिताशिलाको पनि अवलोकन गयरियो । जल्पादेवीको दर्शन पश्चात देवीघाट लगायत बेलकोटगढी नपालाई विदाइको हात हल्लाउँछौं र बसमा चढ्छौं । यस यात्रामा स्थानीय स्रष्टा रामराजा तिमिल्सिना, कार्यक्रम सञ्चालिका दीक्षा लामा, बेलकोटगढी न पा वडा नं ५ का अध्यक्ष लगायत हामीलाई सहयोग गर्ने सबैमा, महादेव मावि का प्रअ रामशरण पुडासैनी, झिल्केश्वर सहकारी संस्थाका सम्पूर्ण पदाधिकारीहरू, महाकवि देवकोटा प्रतिष्ठानका नारायण नेपाल, ज्येष्ठ नागरिक सेवा आश्रमका विष्णुप्रसाद नेपालजी, प्रहरी भाइहरू लगायत सबैको साथ र माया स्रष्टा पदयात्रीको मनमा बसेको छ ।

Tuesday, October 21, 2025

शुकदेव उपाध्यायको स्वागतयोग्य उपन्यास - ऐँजेरु - राजव

स्वागतयोग्य उपन्यास मात्र होइन साहित्यको जुनसुकै विधाको कथ्य लेखकको छनोटमा जे पनि हुन सक्छ । कथ्यले त्यसको स्तर र प्रभावशालीतामा निर्धारण गर्दैन कथ्य सिर्फ लेखनको आधार हो । त्यो आधारको दृष्टिकोण र त्यसको निर्वहन कस्तो भएको छ भन्ने पर्गेलाई नै महत्वपूर्ण हो । निर्वहनको स्वरूप र शिल्प सुन्दर परिष्कृत र कलाको ओजले भरिएको छ भने त्यस्तो साहित्यिक कृति पर्दा पाठक ध्यानस्थ हुन्छन्, त्यसको प्रभाव भित्र बाँधिन्छन्, रमाउँछन् संवेदित उद्धेलित हुन्छन् । पाठकलाई यसरी कृतिपाशमा राख्ने आल्लादित, संवेदित बनाउने कोसिस गर्नु लेखको पहिलो शर्त हो । ऐँजेरु सार्वजनिक भएपछि पाठकहरूले यसको कदको निरुपण गर्नु नै हुनेछ । यस पूर्व यहाँ पाठकको पठनवादित हुने कुरा राख्नु समचिन हुँदैन ।
पारिवारिक विघटन र विक्षिन्नता विश्वका सबै भाषाका उपन्यास लेखनको सार्वकालिक विषय हो । यस विषयमा निरन्तर लेखी रहिएको छ । नेपाली साहित्यमा पनि पारिवारिक विघटन विषयक उपन्यासहरु लेखिएका छन् तर अपेक्षित संख्या र स्तरमा छैनन् । त्यस्ता केही उपन्यास अध्यापी चर्चामा छन् । पढिरहेका छन् । ती शाश्वत मानिएका छन् । यसको मूल कारण तिनका स्रष्टाका निर्वहन र दृष्टिकोण नै हो । शुकदेव उपाध्यायको यो उपन्यास ऐँजेरुले पनि पारिवारिक विक्षिन्नतालाई भिन्न परिवेशमा उजागर गरेको छ । यस उपन्यासले उठान गरेको विक्षिन्नताका कारक अवयवहरू यौनाचार, व्यविचार, आत्मकेन्द्रित घमण्ड, दुव्र्यवहार र यिनलाई बलियोसँग पोषण गर्ने एकांकी वात्सल्य प्रेम हुन् । ती सब कारक यस उपन्यासमा दृश्यमान भएका छन् । बालकको लालनपालन सन्तुलित भएन भने त्यसको नाम दुर्योधन वा सिद्धार्थ यस्तै जे राखिएको होस् ।वृक्ष नाश गर्ने ऐझरुझैँ त्यो परिवारनाशक हुन्छ । त्यसले परिवारको साख, मर्यादा त्यसको आर्थिक जग सबका सब नास पार्छ, दुर्नाव गर्छ, पारिवारिक संवेदना ध्वस्त पार्छ ,यी सब उद्घाटित गर्ने लक्षमा एँेजेरुले औपन्यासिक गति लिएको छ । मैले थाहा पाएसम्म शुकदेव उपाध्यायको यो दोस्रो उपन्यास हो । उनको पहिलो उपन्यास पहिले पढ्न पाएको छैन । त्यो पढ्न पाएको भए उनको दोस्रो प्रयासमा आइपुग्दा उनले गरेको विकासबारे दाजेर भन्न सकिन्थ्यो । शुकदेव उपाध्यायसँग मेरो परिचयको समय चार दशकभन्दा लामो छ । तर परिचयको दिन समेत गन्दा उनीसँग मेरो भेटको संख्या एकदम कम छ । उनी मेरा अत्यन्त आत्मीय मित्र प्रख्यात यात्राकार, संस्मरणकार यस विषयका विज्ञ विद्वान् निर्मोही व्यासका प्रिय भाइ हुन् । त्यसकारण उनी मेरा पनि भाइ हुन् र मित्र पनि तर यस पूर्व मैले उनको साहित्यिक परिचय पाएको थिइनँ । साहित्यिक कर्ममा पनि विशेषगरी आख्यान लेखनमा अग्रसर रहेछन् भन्ने स्वागतयोग्य परिचय यस उपन्यासले दिन्छ । राजव हाल- संयुक्तराज्य अमेरिका २०८१ चैत्र १०, मार्च २३ २०२५ ।

मीठा मौलिक अनुभूतिहरू - गमबहादुर बुढा

मीठा मौलिक अनुभूतिहरू - गमबहादुर बुढाको संघर्षभित्रको डोल्पा कृतिमा समेट्न बाँकी लेख ।
मैले अगाडि पनि भनि सकेको छु कि जीवन भन्नु नै एउटा सप्तर¨ी इन्द्रेणी रहेछ । जसरी एउटा अविरल बर्षाको समय पछि कहिलेकही आगन्तुक घामछायाको उपस्थितिमा अनायास् देखिने सप्तर¨ी इन्द्रेणीले सप्तधनुष आकारमा जुन खालका विभिन्न रङहरू समेटिएका धर्षाहरू आकाश मार्फत धरतीतर्फ ङ्खयाकिरहेको हुन्छ त्यसरी नै हरेक मान्छेका जीवनरूपी इन्द्रेणीमा पनि त्यस्तै खालका सप्तर¨ी भोगाइहरू प्राप्त भएका हुनेरहेछन् । तीनै भोगाइहरू मार्फत नै प्राप्तहुने यावत दुख–सुख, मिलन–बिछोड र आँसु–हाँसो लगाएतका अन्य थुप्रै सानाठूला अनुभव र अनुभूतिहरूका साथमा गरिने जीवनयात्राका क्रममा केही सुखद एवं सुन्दर पलहरू जोडिन पुगेका हुने रहेछन् । त्यसरी नै मैले पनि मेरो जीवनयात्राको ५२ आँै बर्षगाठको यो घडीसंम्म आइपुग्दा मेरो जीवनरूपी इन्द्ेणीका बिभिन्न र¨हरूसंग खेल्दै र झेल्दै अनि थुप्रै आरोह र अवरोहहरूलाई छिचोल्दै अगाडि बढ्ने क्रममा बिगतको त्यो अनमोल समयका पलहरूमा आफैँले व्यत्तिगत रूपमा भोगेका र सामाना गरेका अनगिन्ती धोका, हण्डर र ठक्करहरूका साथमा केही रमाइला रसिला एवं मिठा मौलिक अनुभव र अनुभूतिहरूसंगे खेल्ने रमाउने अनि आनन्दित हुदै मन बहलाउने शुभ–अवसरहरू प्राप्त गरेको थिएँ । हिजोआज मैले भोगेका तिनै स्वर्णिम पलहरू एवं अविस्मरणीय क्षणहरूका साथ समेटिएका र कोमल हृदय तथा पवित्र मन–मुटुबाट स्पर्श गरिएका ती सबै प्रेरणादायी पलहरू एवं मिठा मौलिक अनुभूतिहरूले कहिलेकही समग्र मानसपटललाई नै रोमाञ्चित तुल्याउँदै ती सबै दृष्यहरू आँखाकै परेली वरिपरी लुकामारी खेलिरहेका झँै लागिरहन्छ । म परिवेश परिबन्ध र पारिवारिक परिस्थितिले १८ बर्षको उमेरमा नै शिक्षण पेशामा जोडिन पुगेको थिएँ । आजसम्म पनि म यही पेशामा नै अविछिन्न रूपमा संलग्न रहदै आइरहेको छु । जीवनकालको त्यतिलामो समयसंम्म पनि आङ्खनै रुची र इच्छाशक्तिले म हालसंम्म पनि सोही पेशामा समर्पित हुदै र सकृय रहदै निरन्तर काममा खटिरहन सफल भइरहेको छु । सरकारी नियम र प्रकृया अनुसार विगतको समयमा जिल्लाका विभिन्न ठाउँमा रहेका विद्यालयहरूमा स्थानन्तर हुदै तीनै विद्यालयहरूमा अध्ययनरत प्राथमिक तहका बालबालिका हरूका माझ रहेर उनीहरूसंगका रोचक, प्रेरक एवं बालशुलभ क््िरयाकलापहरू संग खेल्दै रमाउदै र एकाकार हुदै जीवनका उर्वरशील समयका सबै कालखण्डहरूको समग्र बिसर्जनन समेत गर्दै आइरहेको छु । साथै आज जुन ठाउएमा छु । जुन खालको थोरबहुत प्रतिष्ठाकासाथ गाउँ समाजका अगाडि आफ्नो हैसियत बनाएर अगाडि बढिरहेको छु । ती सबै उपलब्धीहरूको प्राप्तिको मूल आधार भन्नु नै मेरा लागि यही शिक्षक पेशा नै हो । त्यसैले आज आफूले अँगालेको यो पेशालाई अन्तरहृदय देखि नै सधै–सधै उच्च स्थानमा राखेर उच्च श्रद्धाका साथ उच्च सम्मान गर्दै आइरहेको छु । सकेसंम्म आफ्नो पहल र प्रयासले मात्र यस पेशालाई कसरी आकर्षक मर्यादित एवं लोकप्रिय बनाउन सकिन्छ भन्ने कुरामा नै यतिबेला सबै ध्यान केन्द्रित गर्दै आइरहेको छु । जतिबेला म शिक्षण पेशामा प्रवेश गरेँ । त्यो बेलाको हाम्रो जिल्ला डोल्पाको शैक्षिक सामाजिक एवं समग्र वस्तुगत अवस्था अहिलेको भन्दा धेरै भिन्न थियो । शैक्षिक विकासको हकमा जिल्लामा प्रा.वि.नि.मा.वि.. र मा.वि. तहका विद्यालयहरू केही मात्रमा खुलेका भएता पनि क्याम्पसहरू भने त्यतिबेला एउटा पनि स्थापना गरिएका थिएनन् । जति पनि विद्यालयहरू खुलेका थिए ती विद्यालयहरूबाट पनि विशाल भूगोलमा छरिएर रहेका डोल्पाका सबै गाउँठाउँका सम्पूर्ण बालबालिकाहरूलाई सहजढ¨ले पठनपाठनमा सरिक गराउँन र शैक्षिक सुबिधा उपलब्ध गराउन सक्ने स्थिति नै थिएन । समयको माग र बा–बालिकाहरूको रुचि र क्षमता अनुसारको गुणस्तरीय शिक्षाको अवररहरू प्राप्त गर्नै कुरा त उनीहरूका लागि आकाशको फल आँखा तरी मर जस्तै थियो । त्यतिले मात्रै कहाँ हो र उतिबेला हाम्रो जिल्ला डोल्पामा पढेलेखेका मान्छेहरूको संख्या पनि ज्यादै कम भएका कारण सामुदायिक विद्यालयहरूलाई आवश्यक पर्ने शैक्षिक जनशक्तिहरूको हकमा पनि प्रा.वि. तहमा थोरैको संख्यामा केही स्थानीय शिक्षकहरू कार्यरत रहेको भएता पनि अरु सबै प्रा.वि.शिक्षकहरू र उपल्लो तह नि.मा.वि.मा.वि.का सबै दरबन्दीहरूमा कार्यरत सबै शैक्षिक जनशक्तिहरू याने कि शिक्षक मित्रहरू प्रायःजसो अस्थानीय सरहरू नै हुनुहुन्थ्यो । निजामती सेवाको हकमा त अझै त्यो भन्दा पनि दयनीय अवस्था थियो । पहुँच र पढाइको अभावका कारण सदरमुकाम दुनैमा अवस्थित सरकारी कार्यालयहरू र अन्यत्र ठाउँमा रहेका मातहतका सबै शाखा कार्यालयहरूमा कार्यरत निजामती सेवाका सम्पूर्ण कर्मचारीहरू मध्ये तल्लो तहका एकाध परिचर, बहिदार र मुखिया पदमा बाहेक अरू अधिकांश राष्टसेवक कर्मचारीहरू र सबै तालुकी कार्यालयमा कार्यरत कार्यालय प्रमुखहरू अस्थानीय सरहरू नै हुनुहुन्थ्यो । साथै त्यतिबेलाको निर्दलीय निरंकुश पञ्चायती व्यवस्थाको सामान्त शैलीका राष्टसेवक कर्मचारीहरूको मनमर्जि व्यवहारलाई यहाँका अनपढ र अशिक्षित जनताले नियम भित्रको नियति ठानेर जर्बजस्त भोग्न बाध्य थिए । केही पावर र पहुँचमा भएका व्यक्तिहरूका लागि बाहेक अरु सबै निर्धा निमुखा डोल्पाली जनताहरूको वस्तुगत अवस्थालाई दृष्टिगत गर्ने हो भने कहीँकतै त्यतिबेला हामीहरूले देशभित्रै पनि औपनिवेशिक पीडा भोगिरहेका छौँ झैँ लाग्थ्यो । जुन शासन प्रणालीलाई सम्झनु पर्दा मसंग जोडिएको एउटा निजी घटनाको याद सधैसधै भइरहन्छ । त्यो के भने २०४४ सालमा जि.प्र.का.मा रहेको अभिलेख भन्दा फरक पार्दै मेरो शैक्षिक योग्यताको प्रमाण पत्रहरूमा उल्लेख भए अनुसारको जन्म मिति सच्याएर नागरिक्ताको प्रमाणपत्र लिन खोज्दा त्यतिबेलाको झन्झटिलो कानुनी प्रकृया र उदासिन कर्मचारीहरूका कारणले कहिले गाउँ सर्जमिनका लागि गाउँलेहरू जुटाउन र कहिले जन्म कुन्डली बनाउने भन्दै मैले करिब तीन महिनाजत्तिकोे समय अवधीसंम्म धेरै पटक गाउँदेखि सदरमुकामसंम्म निरन्तर धाइरहनु परिरहेको थियो । हिजोआज कुनैपनि मान्छे गाउँबाट सिफारिश बनाएर एकदिनमा सदरमुकाम दुनै पगी नागरिक्ताको प्रमाण–पत्र प्राप्त गरेर साँभm ऊ घर फर्केको देख्दा मेरो मनमा अचम्म लागेर आउछ । लोकतान्त्रिक व्यवस्थाको यस खालको जनमुखी कार्यप्रति मलाई गर्वको महसुस हुने गर्दछ । जनमानसमा त्यतिबेला यी र यस्तै खाले अनगिन्ती समस्याहरूका पहाडहरू ठडिइरहेको भएता पनि मैले पछि बुझ्दै जाँदा कर्मचचारीतन्त्र भित्र पनि आफ्नै खालको छुट्टै र पृथक समस्याहरू छन् भन्ने कुराहरू थाहा पाएँ । त्यतिबेलाको समयमा कुनै पनि राष्ट्रसेवक अस्थानीय कर्मचारीहरू मुलुकको राजधानी काठमाडौँबाट बिकट हिमाली जिल्ला डोल्पामा खटिएर आउन हत्तपत्त जो कोही मान्दैनथे रे । त्यतिबेलाको समयमा विभाग तथा मन्त्रालयमा पावर र पहुँच नभएकाहरूलाई मात्र सरकारले जर्बजस्त खटाएर यहाँ पठाउने गर्दो रहेछ । त्यसैले पेलिएर आएका कर्मचारीहरूको मनमा हिनता र वितृष्णाको भावना त हुने नै भयो । उनीहरूमा इच्छाशक्तिको अभाव धेरै थियो । त्यसैले उनीहरू यहाँ डोल्पामा बसुन्जेलसंम्म केवल समय व्यतित गर्ने र समयावधी पूरा भएपछि छिटो–छिटो सरुवाको लागि विभाग र मन्त्रालयतिरै धाउने गर्नु हुन्थ्यो । त्यसैले होला त्यतिबेलाको समयमा जिल्लाको एकमात्र सरकारी केन्द्रका रूपमा रहेको सदरमुकाम दुनैमा रहेका अधिकांश सरकारी कार्यालयहरूमा कहिले विभिन्न फाँटवाला कर्मचारी र कहिले कार्यालय प्रमुखहरू समेतकै अभाव र विहिनताको अवस्था श्रृजना भइ रहन्थ्यो । जसले गर्दा सेवाग्राही जनताहरू सधै मर्कामा थिए । दुर दराजका गाउँगाउँबाट आएर दुख खेपिरहेका निर्धा निमुखा जनताहरूले जतिनै दुख, कष्टहरू झेल्नु पकरिरहेको भएता पनि त्यतिबेला उनीहरूका ती आबाजहरूलाई बोलीदिने निकाय भने कोही थिएनन् । उमेरहदका कारण समयको माग र आवश्यकता अनुसारको ज्ञान सीप र क्षमतालाई ग्रहण गर्न नसक्दा यतिबेला म सबैका सामु बढो अयोग्य र असक्षम शिक्षकको रूपमा चित्रित हुदै आइरहेको भएता पनि उतिबेलाका सबै घटनाक्रमहरूको स्मरण गर्दे जाने हो भने त्यो बेलामा म एक सक्षम जुझारु र क्षमतावान् शिक्षकका रूपमा जिल्ला भरिमै परिचित थिएँ । उतिबेला हाम्रा पेशाकर्मी साथीहरूका माझ् म सबैभन्दा कहलिएको र सबैले रुचाएको ब्यक्तिका रूपमा पनि पर्थे । त्यसैले त भनिन्छ जवानीमा स्याल पनि घोर्ले हुन्छ रे । त्यो बेलामा कार्यरत हाम्रा शिक्षक साथीहरूका माझ् पेशागत हकहितका सवालमा सामूहिक कार्यका लागि नेतृत्व लिनु पर्ने अवस्था र कहीँकतै शिक्षकहरूका तर्फबाट सामूहिक मन्तव्यका रूपमा बोल्नुपर्ने अवसर प्राप्त भएको खण्डमा सबै साथीभाइहरू तथा शिक्षक मित्रहरूले मलाई नै एकमतका साथ अगाडि सार्ने गर्नुहुन्थ्यो । उहाँहरू सबैले गरेको आदरसम्मान र माया सहानुभूतिलाई उच्च ढ¨ले ग्रहण गर्दै सुम्पिएको जिम्ेवारी इमान्दारीताका साथ पूरागर्दै आइ रहेको थिएँ । कुनैबेला डोल्पाका शिक्षक साथीहरूको बिचमा एक लोकप्रिय व्यक्तिको रूपमा परिचित पनि थिएँ । तिनताकका घटना क्रमहरूलाई स्मरण गर्दै जाँदा अहिले मलाई एक प्रेरणदायी एवं समयसापेक्ष घटना उल्लेख गर्न मन लाग्यो ः
२०४९ साल जेठमा जिल्ला अस्पताल दुनैले क्षयरोग निवारण तथा सरोकारवाला सबैको भूमका बिषयक तिनदिने कार्यशाला गोष्ठीको आयोजना गरेको थियो । त्यहाँ धेरै स्वास्थकर्मीहरू, सरोकारवाला निकायहरूका प्रतिनिधिहरूका साथमा केही शिक्षक साथीहरूलाई पनि सहभागी गराइएको थियो । जसमा म पनि सहभागी थिएँ । तिनदिनसंम्म चलेको उक्त कार्यशाला गोष्ठीका सहभागीहरूले गोष्ठीको आवश्यकता र औचित्यका सम्बन्धमा गहन छलफल गरेर गोष्ठीको गरिमालाई बढाइ दिएका थिए । त्यतिबेला गोष्ठी फलदायी बन्यो । तिन दिनको अन्तिम दिनमा औपचारिक कार्यक्रमको आयोजना गरेर आयोजकहरूका तर्फबाट गोष्ठीको समापन गरिएको थियो । समापन समारोहमा बिषयगत कार्यालयका कार्यालय प्रमुखहरूका साथमा प्रमुख जिल्ला अधिकारी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा सबै शिक्षकहरूको तर्फबाट मन्तव्य राख्नका लागि एकजना शिक्षकको नाम उपलब्ध गराउन भनेर आयोजकहरूले हामी शिक्षकहरूको समूहलाई सोधेपछि उपस्थित सबै शिक्षक साथीहरूले एकमतका साथ मेरो नाम सिफारिश गर्नु भएको थियो । उहाँहरूको आग्रहलाई मैले त्यतिबेला सहर्ष स्वीकारेको थिएँ । बिस्तारैबिस्तारै कार्यतालिका अनुसार आशन ग्रहण लगाएत विधिवत कार्यक्रमहरू सञ्चालित हुदै गए । कार्यक्रमको सेडुअल अनुसार वक्ताहरूको बोल्ने पालो आयो । सबैले गोष्ठीको महŒव र औचित्य माथि प्रकाश पार्नुभएको थियो । मेरो पालोमा उद्घोषकले बोलाएपछि मञ्चतिर लागेँ र सञ्चालकको हातबाट माइक्रोफोन लिएर उपस्थित सम्पूर्ण महानुभावहरूलाई संबोधन गरे पछि कार्यशाला गोष्ठीको औचित्य माथि पुष्टी गर्दै केही भनाइहरू राखेँ । उक्त गोष्ठीको पूर्ण सफलताको कामना सहित कार्यान्वयनमा जोड दिनका लागि कर्मचारी मित्रहरूतर्फ फर्केर गम्भिर हुँदै भावुक मुद्रामा थप केही धाराण राख्न अनुमति मागी राखेको मन्तव्यको सारांश यस्तो थियो ः आदरणीय राष्ट्रसेवक शिक्षक कर्मचारी मित्रहरू यहाँहरूले आफ्नो कर्मक्षेत्रका रूपमा स्वीकारेर जिम्मेबारी सम्हाल्दै आउनु भएको हाम्रो डोल्पा भूगोलका हिसाबले ठुलो मात्रै होइन विविध खाले ठुला ठुला समस्या र कठिनाइहरूले घेरिएर रहेको छ । त्यसैले हामी कल्पना गर्न सक्छौ कि कुनैपनि राष्ट्रसेवक कर्मचारी मित्रहरू तपाईहरूलाई पहिलो पटक राजधानी काठमाडौँले हिमाली जिल्ला डोल्पामा खटिएर जानुपर्छ भनेर अह्रायो भने शुरुमा डोल्पाको जीर्ण र विदिर्ण अवस्थाको बारेमा सुनेपछि मनमा साह्रै अन्योलता र असहजताहरू पैदा हुन्छन् होला । तपाईहरू त्यहाँ जानु नपरे हुन्थ्यो भन्ने सोच्नु हुन्छहोला । सायद सरुवा रोक्नलाई तपाईहरूले सकेसंम्मको सोर्स फोर्स पनि लगाउनु हुन्छ होला । तर अन्त्यमा केही सीप नलागेपछि बाध्य भएर तपाईहरूलाई आफू खटिएको ठाउँमा आइ जिम्मेवारी सम्हाल्नै पर्ने हुन्छ होला । जसले आम कर्मचारी मित्रहरूले डोल्पाको सरुवालाइ राज्यले दिएको एउटा सजायको रूपमा ठान्नुहुन्छ पनि होला । त्यस्तो दोधारे र दुविधाको मनस्थितिमा रहदै यस्तो ठाउँमा काम गर्न हजुरहरूलाई कति तनाव हुन्छ होला । जसको परिकल्पना हामीहरूले गर्न समेत सक्दैनौ । मैले धेरै पहिले सुनेको थिएँ । रुसी क्रान्तिका ताका समयमा राजद्रोहीहरूलाई निर्मम यातना दिन साइबेरिया जेल पठाइन्थ्यो रे । त्यसरी नै तपाईहरूले पनि आफूलाई सरकारले गरेको सरुवालाई सजाय हो भन्ने बुझ्नुभयो भने त्यो कुराले राज्यको चौतर्फी विकासका लागि मात्र नभएर डोल्पा जिल्लाको समग्र भलाइका साथै यहाँहरूको डोल्पा बसाइ समेत प्रत्युत्पादक बन्नसक्छ । तपाइँ हामी सबै राष्ट सेवक शिक्षक, कर्मचारीहरू तथा देशभक्त नागरिकहरूका सामू यतिबेला बाध्यता बनेर तेर्सिएको र जतिसुकै जटिलता र जोखिमताहरू मोलेर भएपनि भूगोलले ठगेको अनि सदियौदेखि अति बिकट भनेर चिनिनुका साथै मुलुकका लागि शरीरको एउटा पक्षघात भएर बसेको अ¨ जस्तै बनेर रहेको यस कर्णाली क्षेत्र र कर्णाली भित्रकै अझै बिकट भनेर चिनिएको यो हिमाली जिल्ला डोल्पालाई विकासको लयमा हिँडाउन सबैले गंभिर भएर सोच्नैपर्ने हुन्छ । त्यसैले सबै कर्मचारी मित्रहरूलाई आफ्नो डोल्पा बसाइलाई संकट र समस्याहरूको पर्यायवाची साइबेरियामा छु भन्ने नठानेर प्रकृतिको एक सुन्दर एवं मनोरमस्थलमा रमाइरहेको मनमा ग्रहण गरिदिन अनुरोध छ । डोल्पा बसाइको समग्र समय मानसिक रूपमा आनन्दित एवं सुखमय हुनका साथै उत्साहित भएर गरिएका सकरात्मक कार्यले पिछडिएको जिल्ला डोल्पा र युगौदेखि चौतर्फी उत्पीडनको जाँतोमा पिल्सिएर बाँचिरहेको यस भेगका निर्धा निमुखा जनताहरूलाई केही राहत पुग्ने छ भन्ने विचार सहितको भनाई राख्दै मैले आफ्नो मन्तव्य समाप्त पारेँ । मैले कर्मचारीतन्त्रबाट तत्कालीन अवस्थामा आफ्ना जिल्लाबासीहरूले भोगिरहेको तितो सत्यलाई मिठो शैलीमा मन्तब्य मार्फत ब्यक्त गरी मञ्चबाट फर्कनै मात्र के लागेको थिएँ त्यतिनै बेला मेरो मन्तब्यलाई एक टकले हेरेर सुनिरहनु भएका प्र.जि.अ. सर आफू बसेको कुर्चिबाट उठी मसंग हात मिलाउदै गमबहादुरजी तपाईले हामी सबै राष्ट्रसेवक कर्मचारीहरूको आँखा खोलिदिनु भयो भन्दै पिठ्युमा धाप लगाएर धन्यवाद प्रदान गर्नुभएको थियो । शिक्षण पेशासंगको यतिलामो यात्रामा कैयाँै सहकर्मी मित्रहरूसंग कैयौँपटक पेशासंग जोडिएर बिभिन्न कामका लागि विभिन्न समयमा विभिन्न ठाउँहरूमा सहयात्रा गरियो होला तर ती थुप्रै सहयात्री मित्रहरू मध्ये अन्तरहृदय देखि नै शिक्षण पेशाप्रति समर्पित एवं निष्ठावान शिक्षक श्रद्देय गुरु श्री वेदप्रसाद थापासरसंगको सहकार्यलाई झल्झल्ती सम्झीरहेको छु । उहाँ तत्कालीन अवस्थामा डोल्पाको शैक्षिक जगत्का एक प्रेरणाका पात्र हुनुहुन्थ्यो । जिल्लाको तत्कालीन शैक्षिक अवस्था सकरात्मक दिशातर्फ अगाडि बढ्न नसकिरहेको अवस्थामा उहाँले आफ्नो गाउँको महादेव प्रा.वि. लाई जिल्लाकै नमुना विद्यालय बनाउन पहल थालेर सफल हुनु भएको थियो । त्यतिबेला उहाँ र उहाको विद्यालय राष्ट्रिय स्तरमै पुरस्कृत हुन पुगेको थियो । त्यतिबेला उहाँको सकरात्मक कार्यको सिको गर्दै हालको जगदुल्ला गा.पा. का केही विद्यालहरूमा आएको शैक्षिक सुधारको अभियानात्मक गतिविधिहरूले समग्र जिल्लामै एकखालको गुणस्तरीय शिक्षाप्रतिको प्रयासका पाइलाहरू अगाडि बढ्दै गरेर यहाँसंम्म आई पुगेका हुन । यसमा कसैको दुइमत रहन सक्दैन । उहाँसंग सम्बन्धित एउटा अविस्मरणीय घटना मानसपटलमा सधै ताजा बनेर घुमिरहेको हुन्छ । जुन घटनालाई मेरो जीवनयात्रामा भएको एउटा असाध्यै प्रेरणादायी पलका रूपमा ग्रहण गर्दै आइरहेको छु । २०६५ साल पौष महिनातिरको कुरा हो । जतिबेला म जिल्ला शिक्षा समितिको सदस्यका रूपमा कार्यरत थिएँ । त्यतिबेला आफ्नो गाउँको १–५ को विद्यालयलाई १–८ सञ्चालन गर्न खोज्नु भएको रहेछ । अनुमति प्राप्त गर्न नजिकैको लिडर स्कुलले स्वीकृती दिनुपर्ने प्रावधान थियो । त्रिपुरा मा.वि. काईगाउँले सिफारिश दिन नै मानेन छ । नियममा लिडर स्कुलले सिफारिश नदिए पनि जिल्ला शिक्षा समितिले निर्णय गरेको खण्डमा स्वीकृती प्राप्त हुने भन्ने प्रावधान भए अनुसार उहाँ दुनै पुगेर शिक्षा समितिको निर्णय पर्खेर बस्नु भएको रहेछ । जसका लागि मलाई जि.शि.का.बाट पत्रचार हुनुका साथै जि.शि.अ.सरले ब्यक्तिगत रूपमा फोन समेत गर्नु भएको थियो । म दुनैमा पुगेपछि वेदसरले मलाई भेटेर ४ पेज लामो आफ्ना भावना र चाहना समेटिएको अनुरोध पत्रलाइ मेरो हातमा थमाउनु भएको थियो । हिउँदको समय भएकोले मीनपचास विदाले समितिका पदाधिकारीहरू मध्येमा सि.डि.ओ. साब एल.डि.ओ.साब र जि.शि.अ. साब बाहेक अरु शिक्षकहरूको तर्फबाट प्रतिनिधित्व गर्नुहुने शिक्षक मित्रहरू कोही पनि सम्पर्कमा आउन सकिरहनु भएको थिएन । एकजना मात्र उपस्थित भएमा पनि कोरम् पु¥याएर बैठक बसौँला भन्दै म र वेदसर चार दिनदेखि पुष माघको जाडो सहदै दुनै बजारमा भौतारिइरहेका थियौँ । बल्लबल्ल पाचौँ दिनमा शिक्षाविद श्री अंगदकुमार हमाल सर काठमाडौँबाट आइपुग्नु भयो र हाम्रो समितिको कोरम पनि पुगेले तत्कालै जिल्ला शिक्षा कार्यालयको अगुवाइमा बैठक बसेर एकमतका साथ उहाँको मागलाई संबोधन हुनेगरी निर्णय पारित गरेका थियाँै । हामीहरू बैठक कक्षमा बसेर छलफलमा सहभागी हुदै गर्दा नियमले भित्र बस्न नमिल्ने भएकाले उहाँ बैठक अवधिभर कार्यकक्षको बाहिर तत्कालीन जिल्ला शिक्षा कार्यालयको पर्खालमा बसेर हामीलाई र्पिर्खरहनु भएको थियो । जब हामी बैठक कक्षबाट निस्केर बाहिर आयौ तब सबैजनाको पछिपछि आउँदै गरेको मलाई उहाँले च्याप्पै समातेर मेरो शरीरलाई जुरुक्कै उठाउनुभयो र भन्नुभयो । सर तपाईको यो गुन म कहिल्यै बिर्सने छैन । तपाई आज पाँचपाँच दिन मेरै आग्रहले पुष–माघको ठण्डी सहेर दुनैमा बसिरहनु भएको छ । तपाई हेर्दामा सामान्य जस्तो देखिए पनि विचारमा महान हुँनुहुँदो रहेछ । तपाईलाई मैले माने सर, भन्दै मेरो धेरै प्रशंसा गर्नु भएको थियो । मैले पनि तपाई जस्तो एक अशल एवं इमान्दार शिक्षाप्रेमीका लागि योगदान गर्न पाउनु मेरो शौभाग्य हो भन्दै उहाँको मैले खुलेर तारिफ गरेको थिएँ । उहाँ यतिबेला हाम्रा माझ जीवित हुनुहुन्न । तर पनि उहाँले बिगतका दिनहरूमा डोल्पाको शैक्षिक क्षेत्रमा निभाएको सकरात्मक भूमिका र गरेका उल्लेखनीय योगदानहरूले गर्दा उहाँ हामी शिक्षा क्षेत्रसंग सम्बन्धित सबैका मानसपटलमा सधै रहनु हुनेछ । म घोत्लिएर विचार गर्छु । हाम्रो जिल्ला डोल्पाका लागि आगामी दिनहरूमा वेद सरहरू भन्दा पनि क्षमतावान् र वौद्धिक मान्छे त पाइएलान् । तर उहाँ जस्तो इमान्दार दृढ इच्छाशीक्त भएको कर्तव्यनिष्ठ शिक्षासेवी पाउन भने गाह्रो हुनेछ । त्यसैले मलाई लाग्छ आजको समयमा हाम्रो समाजमा ठुला भनिने मान्छेहरू भन्दा पनि वेदसरहरू जस्तै अशल र इमान्दार मान्छेहरूको अति नै खाँचो रहेकोे छ । बिगतका दिनमा वेदसर जस्ता एक सामान्य शिक्षकले गरेका सकारात्मक एवं रचनात्मक कार्यहरू आजसम्म हामी सबैका प्रेरणाका श्रोत बन्न सक्ने भएकाछन् । वेद सर जस्तै मेरो अर्का आदर्श व्यक्ति एवं प्रेरणाका श्रोत तत्कालीन शिक्षा समिति सदस्य तथा भौतिक पूर्वधार कार्यालयका इन्जिनीयर अंगदकुमार हमाल सर पनि हुनुहन्थ्यो । उहाँलाई साच्चै भन्नुपर्दा डोल्पामा बहुआयामिक व्यत्तित्वका धनी तथा बौद्धिक हिसाबले एक शीर्ष पुरुषको रूपमा चिन्दछु । गैरसरकारी संस्थाहरूको योगदानबाट पनि समाज र राष्ट्रको विकास गर्न सकिन्छ भनेर डोल्पामा पहिलो पटक डोल्पो शैक्षिक सामाजिक एवं पर्यावरण संरक्षण समूह डेजर्ट नामक संस्था खोलेर उहाँले गैरसरकारी संस्थाहरूको तर्फबाट सामाजिक गतिविधिहरूको शुरुआत गर्नु भएको थियो । सोही संस्थाको माध्यमबाट दुर्गम जिल्ला डोल्पामा पनि गुणस्तरीय शिक्षाको अवधाराणालाई टेवा पु¥याउने उद्देश्यले अंग्रेजी माध्ययममा पढाइ हुने दुनै बोर्डि¨ स्कुल नामक गुठी विद्यालयको स्थापना गरेर डोल्पाको शैक्षिक विकासमा थप टेवा पु¥याउनु भएको थियो । उहाँले पर्यटन ब्यवसायलाई पारिवारिक उद्योगका रूपमा सञ्चालन गर्दै सदरमुकाम दुनैमा ब्लुशीप नामक पर्यटकीय होटल र बिभिन्न ट्राभल एजेन्सीहरू पनि सञ्चालन गर्दै आउनु भएको थियो । उहाँको संरक्षणप्रतिको असाधारण लगावले संरक्षणको क्षेत्रमा विश्वमा सक्रिय हुदै आएका थुप्रै ख्याती प्राप्त संस्थाहरू जस्तै डब्लु.डब्लु.एफ. लगाएत अन्य विभिन्न अन्तराष्ट्रिय स्तरका संरक्षणमुखी संस्थाहरूसंग आवद्ध रहेर विभिन्न संरक्षणमुखी क्रियाकलापहरूलाई सकृय ढ¨ले सञ्चालन गर्दै आउनु भएको थियो । साथै उहाँले एकदिन मसंगको बसाइका क्रममा गमबहादुर तिमी–हामीले अब यो ना¨ो डोल्पालाई हराभरा बनाउदै जानुपर्छ, भनेको म कहिल्यै बिर्सन सक्दैन । हरेकचोटी म दुनै पुगेको बेलामा उहाँसंगको आत्मिय सम्बन्धले मनभित्र अटेसमटेस भएर बसेका भावनाहरूबाट ओतप्रोत हुदै उहाँलाई भेट्न सधै म उहाँको घर ढुस्का र ब्लुशीप होटलमा गइरहन्थे । बिगतका समयमा ब्लुशीप होटलको सुन्दर बगैचामा बसेर उहाँसंग डोल्पाको दिगो विकास लगाएत अन्य समसामयिक बिषयहरूमा गरिएका बहुआयामिक भलाकुसारीहरू आज पनि हृदयको तह तहमा सुरक्षित भएर बसेकै छन् । साथै मैले थाहा पाए अनुसार उहाँसंग डोल्पा विकास र वहसको सुन्दर मार्गचित्र थियो । बिडम्बना डोल्पाको विगतको अस्तव्यस्त राजनीतिक अवस्थाका कारण न त उहाँको परिकल्पनाले मूर्तरूप प्राप्त गर्न सक्यो नत भगवानले नै उहाँलाई हाम्रा माझ लामो समयसम्म रहन नै दिनुभयो । अहिले म उहालाई संझेर पश्चातापको भुमरीमा तड्पीरहेको छु । मैले उहाँकै भावना र विचारबाट प्रभावित भएर २०५४ सालमा मेरो गाउँकी अगुवा महिलाहरूको नेतृत्वमा सञ्चालन हुने गरी छहारी नामक एक गैरसरकारी संस्थाको स्थापना गर्न खोजेको थिए । द्वन्दको त्यो विकराल अवस्था र त्यतिबेलाको संकिर्ण राजनैतिक सोचका कारण मलाई बिभिन्न कोणबाट जन–समुदायलाई भड्रकाउन खोज्यो भन्ने खालका आरोपहरू लगाइएपछि म पछाडि हटेकै कारण उक्त संस्थाको दर्ता प्रकृयामा ब्रेक लागेको थियो । छहारी संस्था दर्ताका लागि छलफल गर्दाको बखतमा ब्लुशीप होटेलमा घटेको एउटा अविस्मरणीय क्षणलाई म कहिल्यै बिर्सन सक्दैन । त्यो दिन संयोगवश बैशाख पूर्णिमा यानेकि बुद्ध जयन्ती परेको थियो । डोल्पो केन्द्रिय गुम्बामा गरिने पूजापाठका लागि भनेर छार्का निवासी मेरा पुराना मित्र खेन्पो मेन्ला फुन्चोक लामा केही लामा साथीहरूलाई ल्याएर काठमाडौँबाट आइ त्यही ब्लुशीप होटेलमा बस्नु भएको रहेछ । हाम्रो पूर्व घोषित कार्यक्रम अनुसार बिहानको ७ बजेतिर म ब्लुशीप होटेलमा पुगेको थिएँ । म पुगेको केही छिनपछि पूर्व राष्ट्र सेवक कर्मचारी, लोकप्रिय समाजसेवी तथा विगतको डोल्पा नामक पुस्तकका लेखक स्व.सन्तराम थकाली बाजे त्यहाँ पुग्नु भएको थियो । सबैजनाको उपस्थिति भइसकेपछि हामीहरू सबै ब्लुशीप होटेलको बैठक कक्षतिर छि¥यौँ । त्यहाँ समाजसेवी तथा ड्याट ट्याग संस्थाका अध्यक्ष सन्तराम थकाली बाजेको अध्यक्षतामा अंगद हमाल काका डोल्पो केन्द्रिय गुम्बाका संस्थापक लामा तथा मेरा पुराना मित्र मेन्ला फुन्चोक लामा म र दुनै र्बोिड¨ स्कुलका प्रिन्सिपल भुपेन्द्र मुखिया सर समेत ५ जना बसेर शुभ बिहानीको चिया पिउदै शुभ कार्यका सम्बन्धमा छलफल गरिरहेका थियौँ । उक्त छलफल कार्यक्रमको शुरुआत गर्दै अंगद काकाले डोल्पाको जिर्ण र विदीर्ण राजनैतिक अवस्थाको बारेमा भावुक हुदै आफ्ना भावावेशहरूलाई प्रस्फुटन गर्दै म तर्फ भन्नुभयो ः हेर गमबहादुर भतिज हाम्रा तमाम् डोल्पाली दाजुभाइ तथा दिदी बहिनीहरूको न्युन चेतनाको फाइदा उठाएर पशुसरहका निरीह र निर्धा निमुखा जनताहरू माथि यहाँका राजनैतिक नेताहरूले कहिलेसंम्म अराजनीतिक गतिविधिहरू चलाइ राख्नेहुन् । त्यसैले तिमी हामी जस्ता सचेत र शिक्षित वर्गले अब गाउँगाउँबाट नागरिक अधिकार र कर्तव्यका बारेमा जन चेतना जगाउनै पर्ने आवश्यकता खट्किरहेको छ । उहाँले यसो भन्दै गर्दा कामविशेषले एकजना डोल्पा जिल्लाका मुर्धन्य नेता त्यतिबेला काम विशेषले अंगद काकालाई भेट्न अप्रत्यसित ढ¨ले बैठक कक्षमा प्रवेश गर्नु भएको थियो । उहाँको उपस्थितिले गर्दा हाम्रो छलफलको प्रकृया पनि बन्द हुन पुग्यो । बैठकको बिषय प्रसञ्ग समेत बदलिएको थियो । केही समयसंम्म ती नेताले अंगद काकासंग आफ्नो व्यक्तिगत कामका बिषयमा छलफल गर्नु भयो । साथै उहाँ तत्कालै फर्कनु पनि भयो । ती नेता फर्केपछि हामी फेरि छलफलमा केन्द्रित भयौँ । छलफलको पुन शुरुआत गर्र्दै अंगद काकाले हाँसोको फोहोर छुटाउदै भन्नुभयो । यी नेता पनि क्या मज्जाको साइत जुराएर आइपुगेका रहेछन् । कम्तीमा एक दुईवटा दह्रो सट त खाए नि बुढाले । त्यसपछि हामीले संस्थाको उद्देश्य र अन्य समसमयिक बिषयमा केन्द्रित हुदै छलफललाई पुन अगाडि बढायौँ । विधानको मस्यौदा पनि तयार भयो । त्यसपछिका दिनहरूमा मैले समय मिलाएर आवश्यक कागजात सहित संस्था दर्ता गराइ पाउँ भनी जि.प्र.का. डोल्पामा निवेदन दिएँ । गाउँ सर्जमिन मुचुल्का तयार पार्नको लागि जि.प्र.का. डोल्पाले प्रहरी चौकी लिकुलाई निर्देशन ग¥यो । प्रहरी चौकी लिकुले विभिन्न बहाना बनाइ आफ्नो रिपोर्ट नपठाइदिएका कारण दर्ताका लागि विधिवत पूर्णता पाउनुको सट्टा द्वन्दको बिषम परिस्थितिको चपेटामा परेर हामीले स्थापना गर्न चाहेको छहारी नामक गैर सरकारी संस्थाको वीज गर्भमै तुहियो । ॐ द्वन्दको त्यो बिषम परिस्थितिले त्यतिबेला हामी संस्थागत रूपमा अगाडि बढ्न नसकेपनि व्यक्तिगत रूपमा भने हामी दुईजना बिचको सम्बन्ध सधै निकट भइरह्यो । म सधै उहाँसंग प्रत्यक्ष भेटघाट र फोन मार्फत गफगाफ गरेर मनको तृष्णा मेटिरहन्थेँ । म चाहन्थेँ उहाँ धेरै बर्ष बाँचेर डोल्पा र डोल्पाली जनको भलाइका लागि उहाँले सञ्चालन गर्दै आउनु भएका सकरात्मक–रचनात्मक एवं प्रेरणादायी कार्यह्रूले पूर्णता पाउँदै जानुपर्छ भन्ने हो । हामी डोल्पालीहरूका लागि विडम्वना नै मान्नुपर्छ । विगतको संकीर्ण राजनैतिक परिपाटीका कारण दिल खोलेर कामगर्ने अवस्था नै भएन । जब देशमा लोकतान्त्रिक व्यवस्थाको उदय भयो । मुलुकको राजनीतिमा केही सकरात्मक शुभ सङ्केतहरू देखिदै गए । तब डोल्पा र डोल्पालीको दुर्भाग्य सावित भएर उहाँ बिरामी पर्नुभयो । उहाँलाई सबैले चाहदा चाहदै र धेरै कोशिसहरू गर्दागर्दै पूर्ण जीवन बाँच्न पाउनु भएन । सायद उहाँसंगको मेरो पवित्र भावनात्मक सम्बन्धले गर्दा नै होला उहाँको देहावशन हुँदा म मेरा मित्र मालबहादुर रोकाया सितारको फोन सम्पर्क मार्फत पशुपति आर्यघाटसंम्म पुगेर उहाँका लागि श्रद्धाका दुई थोपा आँसु चुहाउने अवसर मैले प्राप्त गरेको थिएँ । अंगद काकाको वियोेगान्त पीडालाई संझिदा हामी आम डोल्पाबासीहरूका लागि अहिलेको सबैभन्दा ठुलो समस्याका रूपमा रहेको छ व्यक्तिको स्वास्थ्य उपचार । कुनैपनि मान्छे बिरामी पर्दा आफ्नै गाउँठाउँमा स्तरीय स्वास्थ्योपचारका लागि सुविधा सम्पन्न हस्पिटलहरू नभएका कारण डोल्पालीले आफू र आफ्ना परिवारका सदस्यहरू बिरामी पर्दा कि त घरखेत बेचेर सुगमका मह¨ा हस्पिटलहरूमा गएर उपचार गर्नुप¥यो कि त उमेर नपुगिकनै अकाल मृत्युवरणलाई स्वीकार्नु प¥यो । हिजोका दिनहरूमा औषधोपचारका हिसावले भन्नुपर्दा संभावनाहरूनै थिएन । त्यतिबेलाका मान्छेहरूका साथमा रहेका विभिन्न खाले बाध्यता र विवशताले बिरामीहरूलाई कि त घरेलु उपचार र धाँमीझाँक्रीको झारफुकले सन्चो गराउनु प¥यो । कि त सिरानीमा कात्रो हाली काल बोलाउनु सिवाय उनीहरूसंग अर्को बिकल्प नै हुदैनथ्यो । आजका दिनसंम्म आइपुगुन्जेल आम मान्छेहरूमा स्वास्थ्यप्रति आएको सकारात्मक जनचेतनाका साथै उनीहरूको थोरबहुत बृद्धि हुदै गइरहेको आर्थिक हैसियत भएपनि आङ्खनै गृहजिल्लामा सुविधा सम्पन्न अस्पताल र बिशेषज्ञ सेवाहरूको भरपर्दो सुविधाहरू नभएकाले बाहिरी जिल्लाहरूमा उपचार गराउन जानुपर्ने बाध्यताहरू हामी डोल्पालीहरूका लागि ज्युँका त्युँनै छन् । त्यसैले हिजोआज मैले देखिरहेछु डोल्पालीहरूको आम्दानीको ठुलो हिस्सा नै औषधोपचारका लागि मात्र खर्च हुदै गइरहेको छ । म र मेरो परिवार पनि यो समस्याको चपपेटामा परेर निरन्तर पिल्सिदै आइरहेको छौँ । कहिले को बिरमी पर्ने कहिले को बिरामी भइरहने परिवारका सदस्यहरूको उपचार खर्च जुटाउदै र ऋणधनहरू तिर्दैमा मेरा हरेक बर्षका दैनिन्दी गुज्रिरहेका हुन्छन् । यस्तैमा मेरी श्रीमतीको स्वास्थ्य अवस्था दिनानुदिन बिग्रदै गएकाले जिल्ला बाहिर गएर सुविधा सम्पन्न हस्पिटलमा चेकजाँच गराउने र पढ्न गएका छोराछोरीलाई पनि भेट्ने उद्देश्यले २०६९ साल माघमा हामी दुई लोग्नेस्वास्नी काठमाडौँ जाने निर्णय ग¥यौ । हिउँदको हिमपातले भनेको बेलामा प्लेन टिकट नपाइने र खर्च पनि कमलाग्ने ठानेर हामी पैदलै हिड्ने निश्चय गरी घरबाट लागिम काठमाडौँतिर । त्यतिबेला रुकुमको राडीज्युलासंम्म मात्र मुसिकोट खल¨ाबाट साना जीपहरू ओहोरदोहोर गर्ने गर्थे । त्यहाँभन्दा माथि डोल्पातिरको बाटो नेपाली सेनाले बनाउदै गइरहेको थियो । बाटोका विभिन्न खाले कठिनाइहरू पूरा गरेर हामी तीन दिनको पैदल यात्रा पछि पुगेका थियौँ– रुकुमको राडीज्युला बजार । त्यहाँ पुग्दा हामीले केटाकेटीहरूलाई काठमाडौँ लाने भनेर खच्चड मार्फत पठाएको दाल तरकारीका कुम्ला कुटिराहरूलाई यकिन गरिएको ठाउँमा नभेटाएपछि त्यो दिन त्यहीँ बसेर हराएको सामानको खोज अनुसन्धानमा लागेका थियौँ । दिनभरिजसो केही गर्दा पनि हराएको सामानहरू नभेटाएपछि भोलिपल्टको एकाबिहानै म बिरामी श्रीमतीलाई त्यहीँको एउटा होटेलमा छोडेर चार घण्टाको बाटो हिडेर खच्चड साहूको घर चौखाबजार आइपुगेँ । त्यहाँ पुग्दापनि समस्याको समधान निस्कने छाटकाट नदेखेपछि म फेरि निराश हुँदै राडीज्युलातिरै फर्केर आएँ । त्यही दिनको साढे तिनबजेको जीप चढेर हामी त्यहाँबाट हुइकियौँ रुकुमकै खल¨ा नजिकैको अर्कोबजार गाडाघाट सिम्लीतिर । त्यो रात हामी त्यहीँ होटेलमा बसी भोलिपल्ट पैदल हिडेरै लागेका थियौँ रुकुमको अर्को बजार सोलाबाङतिर । उबडखाबड बाटो र विभिन्न खाले मोड घुम्तीहरूका साथै खोलाका बगरै बगरहरू चहारेर बल्लबल्ल पुगेका थियौँ सोलाबाङबजार । त्यहाँ बिहानको दश बजेतिर पुगेका थियौँ होला । त्यहाँका स्थानीय मान्छेहरूले मुसिकोट खल¨ाबाट काठमाडौँका लागि छुट्ने बस दिउसोको एकबजे मात्रै आइपुग्छ भनेकाले अलि पर रहेको बैरागी ठाटीको टिकट काउन्टरमा गएर बसको टिकट लिइ मुसिकोट खल¨ाबाट आउने बस कुरेर त्यतै बसिरह्यौँ । खल¨ाको बस आइपुग्यो । तर बस त पुरै यात्रुहरूले भरिभराउ थियो । हामी पनि बसमा चढ्यौँ । हामीले टिकट काटेका सीटहरूमा अरुनै मान्छेहरू बसिरहेका थिए । हामीलाई टाढैका मान्छेहरू हुन् भन्ने ठानेर काउन्टरवालाले बिकी भइसकेको सीटलाई फेरि नक्कली सीट बनाएर बेचेर पैसा असुलेको रहेछ । मेैले गाडी स्टाफलाई कि त सीट मिलाइदेउ होइनभने हाम्रो पैसा फिर्ता देऊ हामी अर्को गाडीमा जान्छु भनेर जतिपटक भन्दापनि एकछिन पछि सिट मिलाइ दिन्छु भन्दैभन्दै कन्डक्टर पन्छिरहेको थियो । उसको त्यो ब्यबहार देखेर मलाई रिस उठेर आयो । मैले रिसाउदै के हो भाइ हामीलाई गाउँतिरको जस्तो देखेर हेपेको हो भन्दै बेस्सरी झपारे पछि नजिकै बस्नु भएको एकजना भलादमी जस्तो देखिने मान्छेले हामीहरू दुबै पक्षलाई सम्झाउदै सहमति गराइदिनुभयो । कन्डक्टरले मेरी श्रीमतीलाई क्याबिनमा सिट मिलाएर राख्यो मलाई एउटा मुडामा राखेर बसायो । म पनि भलादमीको आग्रहलाई स्वीकार्दै उहाँकै सीटको नजिकै पारेर मुडामा बसेको थिएँ । गाडीले बिस्तारै आफ्नो गति बढायो । गाडीको झ्यालको शिसाबाट छिरेको चिसो बतासको स्पर्शले मेरो दिमागको तनावलाई केही घटाउदै लगिरहेको महसुस गरिरहेको थिएँ । त्यतिबेलासम्म गाडीमा भइरहने स्टेशन क्षेत्रको हुलहाल र कल्याङमल्याङको आवाज केही कम हुदै गइरहेको थियो । केही छिनको बसाइ पछि मेरो नजिकैको सीटमा बस्नु भएका तिनै भद्र व्यक्तिले मेरो घरठेगनाको बारेमा सोध्नुभयो । मैले पनि उहाँका प्रश्नहरूको सबै जवाफ क्रमैसंग पmर्काउदै गएँ । बिस्तारै उहाँले मलाई मेराबारेका र मसंग सम्बन्धित अन्य प्रश्नहरू सोध्दै जानुभयो । सबै प्रश्नहरूको एकएक गरेर उत्तर दिदै गइरहेको थिएँ । मलाई उहाकाँ बिषयमा मनमा लागेका कुराहरू पनि बेलाबेलामा सोध्दै भावनात्मक रूपमा एक हुँदै एक अर्का बिच दिलखोलेर कुराकानी, बहस–छलफल र तर्क–बितर्कहरू गर्न सकेका थियौँ । बस आङ्खनै तरिकाले कुदिरहेको थियो । बस भित्रका यात्रुहरू पनि आ–आङ्खनै धुनमा मस्त थिए । उहाँले बताउनु भए अनुसार उहाँको नाम विकल प्रजापती रहेछ । उहाँहरू दुइजना रुकुमको सदरमुकाम मुसिकोट खल¨ामा भएको एउटा शिक्षक भेलालाई सम्पन्न गरेर आफ्नो घर भक्तपुर तर्फ फर्कदै हुनुहुँदो रहेछ । उहाँले भक्तपुरको मुटुमा रहेको च्यामासिं चोक नजिकैको बागेश्वरी कलेजमा अध्यापन गराउनु हुने कानुनको प्रध्यापक हुनुका साथै बागेश्वरी कलेजको संस्थापक सदस्य, बिगतमा राष्ट्रिय भुमिसुधार आयोगको केन्द्रिय सदस्य र हाल कानुनविदहरूको भेला÷अविधेशनबाट भक्तपुर कानुन समाजको अध्यक्ष समेत चुनिनु भएको मिजासिलो स्वभाव धेरै अनुशासित मान्छे त्यतिधेरै पढे लेखेको मान्छे भएर पनि उहाँसंग दम्भ र अहंकार भन्नेकुरा एकरति थिएन । अर्काको कुरालाई ध्यानदिएर सुन्ने र आफ्नो भनाइ राख्दा मान्छेको भावना बुझेर मात्र धाराण पस्किने । शालीन एवं भद्र मान्छे । “फलेको हाँगो नुहेको हुन्छ” भन्ने कुराको पाठ मैले पहिलो चोटी उहाँबाट राम्ररी सिक्ने अवसर प्राप्त गरेको थिएँ । हाम्रा बिचमा धेरै कुराकानीहरू भए । जसमा गाउँ सहरका दुःख–सुख, समाज–राष्ट्र र धर्म–कर्म लगाएत समसामयिक राजनीतिका बिषयमा दिल खोलेरै बहस गरेका थियौँ । मेरो कुरागर्ने शैली र मबाट सुन्न पाउनु भएका हाम्रो जिल्ला डोल्पाका गाउँठाउँतिरका रोचक, प्रेरक एवं अनौठा घटनाहरूलाई सुनेर उहाँ चकित नै पर्नु भएको थियो । हामी दुईजनाको गफलाई उहाँको साथीले पनि सुनी रहनु भएको थियो । उहाँ भित्तापट्टि रहनु भएले कुराकानीमा सहभागी हुन भने सकिरहनु भएको थिएन । हामीहरू गफिदै गर्दा बसले रुकुम, रोल्पा र सल्यान हुदै दाङसंम्मको यात्रा पूरा गरिसकेको रहेछ । त्यो कुरा हामीहरूलाई पत्तै भएन । अधेरी रातले बिस्तारै आफ्ना काला जगल्टाहरू धरतीमाझ फिँजाउदै गयो । बाहिरी संसार जतिसुकै अन्धकारमय भएता पनि गाडी भित्रको बत्तीको उज्यालोका साहायताले हामीहरू बिचका भावावेशहरू भने खहरेको पानी उर्लेजस्तै निरन्तर उर्लिरहेका थिए । गाडीमा यात्रा गर्दा आइपर्ने झिना मसिना समस्याहरूको सामाना गर्दै गरेर रातीको एघार बजेतिर हामी महेन्द्र राजपथको लमही बजार पुग्यौँ । गाडी स्टाफले खाना खान भनेपछि सबैजना यात्रुहरू बसबाट ओर्लिएर खानाखान होटेलतिर लागेका थियौँ । हामी जोइपोइले पनि होटेलको एउटा कुनापट्टी बसेर खाना खायौँ । खाना खाने क्रममा आ–आङ्खनै तरिकाले अलग–अलग भएर बसेका थियौँ । हामीदुई जेइपोइले खाना खाइसकेर गाडीमा प्रवेश गर्न लागेका मात्र के थियौँ, गाडी ड्राइभर मेरा सामु आएर– केही मान्छेहरू पश्चिम नेपालतिर जाने थिए त्यसैले उनीहरू यहीँ झरेकाले क्याबिनमा सिट खाली भएको छ, तपाई आङ्खनी श्रीमतीसंग त्यतै बस्नोस् भने । म पनि क्याबिनतिर नै बस्न गएँ । जसले विकल सरहरूसंगको मेरो बसाइ टाढिन पुग्यो । रातभरि म क्यबिनतिरै बसेर त्यतै सुतेँ, रात कटाएँ । भोलिपल्ट बिहानको आठ बजेतिर गााडीमा सामान्य समस्या देखिएकाले धादिङको गजुरीमा पुगेर केहीछिन गाडी रोकियो । सबैजना बसबाट बाहिरतिर निस्किएकाले हामी पनि गाडीबाट बाहिर निस्कियौ । त्यतिबेलासंम्म बिहानीको झुल्के घामले पाइला टेकिसकेको रहेछ । बाहिर निस्कने क्रममा विकल सरसंग एक्कासी ढोकामै भेटभयो । उहाँले हस्यौली पारामा आधा बाटोबाट त हाम्रो साथ संगतनै टुट्यो नि है सर ? भन्दै आफ्नो मनको धारणा तत्कालै व्यक्त गर्नुभएको थियो । मैले पनि क्याबिनमा सीट खाली भएको र बिरामी श्रीमतीको रेखदेख गर्नुपर्ने भएकोले हजुरहरूसंग टाढिनु परेकोमा क्षमायाचना चाहन्छु भन्दै आफ्नो विनम्रता प्रकट गरेको थिएँ । तपाई काठमाडौँमा कति दिन रहनु हुन्छ ? तपाई आङ्खनी जहानको उपचारको काम सकेपछि एकदिन फुर्सद मिलाएर भक्तपुरतिर पनि आउनुहोस् न है ? भन्दै उहाँले मेरो हातमा एउटा भिजिटिङ कार्ड थमाउनु भएको थियो । हवस् सर भन्दै उहाँको निमन्त्रणालाई सहर्ष स्वीकार गरेर त्यो भिजिटिङ कार्डलाई आफ्नो पकेटमा राखेँ । केही छिनमा गाडी मर्मत भए पछि सबै बसमा चढ्यौ, बस काडमाडौँतिर हुँइकियो । बिरालोले आफ्ना छाउराहरूलाई सारे झैँ समय परिस्थितिसंगै पटकपटक डेरा सर्नुपर्ने काठमाडौँको बाध्यताले हाम्रा केटाकेटीहरूको पहिलेको बासस्थान रहेको ठाउँ कलंकीबाट अहिले डेरा ढु¨े अड्डातिर सरेको रहेछ । त्यो बर्षबाट छोरी अमिना त्यतै भएकिले रिसिभ गर्नको लागि ऊ नै ढु¨े अड्डातिर जाने पिपलको रुख छेउ आएर पहिल्यै बसेकी रहिछ । हामी भेट्ने बित्तिकै नजिक आएर हामीलाई ढोगभेट गरी, छोरीको हसिलो मुहार देखेपछि हामीले बाटोभरिका सबै दुःख पीडाहरूलाई एकैछिनमा भुलेका थियौँ । त्यसपछि हामी डेरा तिर लाग्यौँ । डेरामा पुगेपछि बहिनीहरू सुनकली र शारदा ज्वाई बालकृष्ण बोहोरा, भान्जा, भान्जी सबिना र सुमन लगायत कान्छो छोरा विवेकसंग पनि भेट भएपछि काठमाडौँ जस्तो बिरानो ठाउँमा त्यतिबेलाको बसाइ परिवारमय बनेको थियो । भोलिपल्ट शनिबार परेकोले सहर घुमाउने उद्देश्ले बहिनीहरूले केटाकेटी र हामीहरूलाई बिहानै खानासाना खुवाएर बजारतिर लगेका थिए । शुरुमा हामी पशुपतिनाथको दर्शन गर्न गएका थियौँ । त्यसपछि हामीले नारायणहिटी दरबार संग्राहालय, हनुमान ढोका दरबार संगा्रहालय, धरहरा लगाएतका विभिन्न ठाउहरू घुमेर धरहराकै छेउमा रहेको एउटा खाजाघरमा नास्ता खाइसकेपपछि दिउँसोको तिन बजेतिर सिभिल मलको आँगनमा राखिएका बेञ्चहरूमा बसेर आराम ग¥यौँ, बच्चाहरू वरिपरी रहेर यताउति घुमिहेका थिए । त्यस्तैमा हाम्रो नजिकैको बेञ्चमा बसेका एकजना भलादमी जस्ता देखिने मान्छेले केही समय पहिले देखिनै घरि हामीलाई र घरिघरि हाम्रा बच्चाहरूतिर आँखा लगाएर हेरिरहनु भएको थियो । उहाँलाई हाम्रो दुब्लो र चाउरी परेको अनुहार अनि फूलका कोपिला जस्ता रहर लाग्दा बच्चाहरूलाई देखेर मनमा अनौठो भएको थियो क्या र π त्यसैले केही समय पछि उहाँले आफ्नो मनको कौतूहलतालाई मेटाउन मेरो कान्छो छोरा विवेकलाई नजिकै बोलाएर उहाँहरू को हुनुहुन्छ ? भनेर हामी तर्फ इ¨ित गर्दै प्रश्न गर्नुभयो । आमा र बुबा भन्दै मेरो कान्छो छोरा विवेकले उत्तर फर्कायो । तपाईहरूको घर कहाँ हो ? उहाँले फेरि प्रश्न गर्नुभयो । डोल्पा छोराले भन्यो । बाबु नानीहरू यहीँ पढ्नुहुन्छ ?े फेरि तेश्रो प्रश्न गर्नुभयो । हजुर छोरालै स्वीकृतीको भाव प्रस्तुत गर्दै शिरमात्र हल्लायो । बाबु नानीहरू, तपाईहरू कति भाग्यमानी है ? दुर्गमको त्यो कुनाकन्दरामा जन्मेको भएर पनि तिम्रा बुबाआमाले तिमीहरूलाई यति ठुलो सहरमा पढाउन राखेका रहेछन् । तिम्रा बुबाआमाका कति महान् एवं सुन्दर सपनाहरू रहेछन् । आफूहरूले जति सुकै दुःखहरू खेपेर भएपनि आफ्ना सन्तानहरूको भविष्य निर्माणका लागि यति ठुलो आँट–हिम्मत देखाएर त्यतिटाढा डोल्पाबाट काठमाडौँमा राखेर पढाउन खोज्नु भनेको चानचुने कुरा होइन । त्यसैले तिमीहरूले पनि आफ्ना बुबाआमाको सुन्दर सपनालाई पूरागर्न कुनै कसर बाँकी राख्नु हुदैन । तिमीहरूले सधै मेहनत गर्नुपर्छ र बुबाआमाको त्यो त्यागको भावनालाई किमार्थ भुल्नु हुदैन । उहाँले हाम्रा बच्चाहरूलाइ साह्रै सकरात्मक प्रेरणाहरू प्रदान गर्नु भएको थियो । साझको ४÷५ बजेतिर हामी सहरका विभिन्न मनोरञ्जन स्थलहरू तथा सामरिक महŒवका ठाउँहरूको भ्रमण गरेर केटाकेटीहरूका साथ डेरातर्फ फक्र्यौँ । डेरामा पुगेर केहीछिन आराम गरेपछि छोरी विद्याले छोरा विवेक, भान्जा, भान्जी सबिना र सुमनलाई संझाउँदै दिउँसो मलमा प्रेरणा प्रदान गर्नुहुने उनै भलादमीको स्मरण गराउँदै साच्चै बुबाआमाहरूले खाइनखाइ हाड घोटेर यतिटाढा राखेर पढाइरहनु भएको छ । त्यसैले हामी सबै भाइबहिनीहरूले अबका दिनमा गम्भिर, लगनशील र कटिबद्ध भई अभिभावकको पवित्र चाहना र सुन्दर सपना पूरा गर्न सधै दृढ भएर लाग्नुपर्छ भनेर भाइबहिनीहरूलाई संझाएकी थिई । उसको कुरा सुनेर म मनमनै खुसीले प्रफुल्लित भइरहेको थिएँ । त्यसको भोलिपल्टबाट दुईचार दिनको समय लगाएर मैलै श्रीमतीको उपचार संगसंगै आफ्नो स्वास्थ्य जाँचको काम छिटोछिटो गर्दै भ्याइ सकेको थिएँ । सबै काम अन्माएपछि मलाई बिस्तारै विकल सरले गर्नु भएको आमन्त्रण प्रस्तावको याद आयो । मैले एकदिन बिहान उहाँको भिजिटिङ कार्ड हेरेर उहाँलाई फोन लगाएँ । फोनको घण्टी गए लगत्तै उताबाट विकल सर बोल्नु भएको थियो । शुरुमा औपचारिक भलाकुसारीहरू भए लगत्तै सरले भक्तपुर कहिले आउने ? भनीहाल्नुभयो । हजुरहरूले जहिले आइज भन्नुहुन्छ त्यसै दिन आउछु भनेपछि उहाँले आजै आउनोस् न भनेर प्रस्ताव गर्नुभयो । म त्यसै दिनमा भक्तपुर जाने भएँ । हल्का खाजानास्ता गरेपछि म र मेरा ज्वाइँ बालकृष्ण बोहोरा कोठाबाट निस्केर कलंकी–बल्खु–सातदोबाटो हुदै बिहानको साढे दश बजेतिर भक्तपुरको च्यामासिं चोकमा पुगेका थियौँ । त्यहाँ पुगेपछि मैले विकल सरलाई फोन लगाएँ । फोन लगाएको केही छिनमै उहाँ हाम्रो सामु उपपस्थित हुनुभएको थियो । उहाँकै साथमा हामी दुईजना च्यामासिं चोकको आडैमा रहेको बागेश्वरी मा.वि. तथा बागेश्वरी कलेजको प्रशासनिक कक्ष रहेको भवनतिर लाग्यौँ । सरले हामीलाई सरासर उक्त भवनको तेश्रो तलाामा रहेको प्रशासनिक कक्षतिर लैजानुभयो । त्यो विद्यालय तथा महाविद्यालयमा समेत गरेर जम्माजम्मी तीनवटा अजयमान बिल्डिङहरू र १०० को हाराहारीमा शिक्षक कर्मचारीहरू कार्यरत रहेछन् । जसमध्ये हरेक डिपार्टमेन्टका प्रमुखहरू मात्रको उपस्थितिले पनि त्यहाँ कम्तीमा १५÷२० जना जत्तिको उपस्थिति रहेको थियो । सरहरूले एकखालको सामान्य औपचारिक कार्यक्रमको आयोजना गर्नु भएको रहेछ । कार्यक्रमको सेडुअल अनुसार शुरुमा हामीलाई उहाँहरूका तर्फबाट खादा लगाई अविरावरण गरेर स्वागत सम्मान गरियो । त्यसपछि मैले आफ्नो परिचय दिदै छोटो मन्तव्य समेत राखेको थिएँ । साथै उक्त कलेज र विद्यालयको शैक्षिक भौतिक एवं अन्य समसामयिक बिषयहरूको बारेमा हामीलाई जानकारी दिदै उक्त कलेजका प्रमुखले आफ्नो भनाइ सङ्क्षेपमा राख्नु भएको थियो । मन्तव्य लगाएतका औपचारिक कार्यक्रमहरूको समापनसंगै अन्य भलाकुसारी तथा अनौपचारिक गफगाफ्हरूका क्रममा मेरो कुरागर्ने शैली देखेर मलाई धेरैजसो सरहरूले तपाई कुन पार्टीको र कुन तहको नेता हो भनेर धेरै प्र्रश्नहरू तेस्र्याइ रहनु भएको थियो । जवाफमा मैले पनि इमान्दारिताका साथ म आफू पेशागत हिसाबमा आधारभूत तहको शिक्षक भएको र सामाजिक जिम्मेबारी सम्हाल्ने क्रममा हाल जिल्लाको एक उत्कृष्ट उच्च मा.वि.को वि.ब्य.स.अध्यक्ष भई जिम्मोरी सम्हाली रहेको बताएँ । केही समयको बसाइ पछि हामीलाई सुन्दर नगरी भत्तपुरका धार्मिक एैतिहासिक एवं सामरिक महŒवका ठाउँहरू घुमाउनका लागि प्रिन्सिपल सरले प्रध्यापक विकल प्रजापती सर र क्रान्तिकारी शिक्षक संघका केन्द्रिय अध्यक्ष कृष्ण सुवाल सरलाई खटाउनु भएको थियो । उहाहरूकै साथमा लागेर हामी दुई जेठान ज्वाइँ पनि मख्ख पर्दै भक्तपुर सहर घुम्न हिडेका थियौँ । श्ुरूमा हामीले उक्त संस्थाका सबै भवनहरू तथा सम्पूर्ण कार्य कक्षहरूको अवलोकन ग¥यौ । त्यहाँको ब्यवस्थापकीय पक्ष साह्रै उच्च स्तरको थियो । त्यो देखेर मलाई पनि हाम्रा शैक्षिक संस्थाहरूको व्यवस्थापन त्यस्तै भैदिएको भए हुन्थ्यो भन्ने मनमा लोभ जागेर आयो । त्यसपछि हामी भक्तपुर नगरपाकिाको कार्यालय भवनतिर गएका थियौँ । त्यहाँको वास्तु विज्ञानमा आधारित पौराणिक तथा ऐतिहासिक कला कौशललाई समेत जोड दिएर बनाइएका भौतिक संरचनाहरू ज्यादै प्रशंसनीय र उल्लेखनीय थिए । नगरपालिकाको स्थलगत अध्ययन–भ्रमण सकी हामी ख्वःप कलेजतिर लाग्यौँ । त्यहाँ पुगेर ख्वःप कलेजका सबै डिपार्टमेन्टहरूलाई एकएक गरी सरहरूले घुमाउँदै र आवश्यक जानकारीहरू समेत दिदै लानु भएको थियो । विकल सर उक्त संरचनाहरूको बारेमा विवरणहरू सुनाउने क्रममा बारंबार हाम्रा श्रद्धेय नेता नारायणमान बिजुक्छेज्यूको समाजवादी व्यवस्थाको सुन्दर परिकल्पनामा नै निर्माण गरिएको भनेर भन्न बिर्सनु हुदैनथ्यो । म जस्तो दुर्गमको गाउँठाउँमा जन्मेको एउटा सामान्य मान्छेका लागि त्यो स्तरको सद्भावपूर्ण तरिकाले गरिएको अबलोकन भ्रमण ज्यादै महत्वपूर्ण एवं ऐतिहासिक समेत बनेको थियो । हामीले सबैतिरको अबलोकन भ्रमणको समापन गर्दै दरबार क्षेत्रमा रहेका सबै धार्मिक तथा एैतिहासिक स्थलहरूको घुमघाम सके पश्चात हामीलाई चिया नास्ता गराउने उद्देश्यले पुनः फर्काएर बागेश्वरी उच्च मा.वि.कै परिसरमा रहेको अगुवा श्रोतकेन्द्रको भवनतिर लैजानु भएको थियो । श्रोतकेन्द्र रहेको भवनको कार्य कक्षभित्र प्रबेश गरेपछि भित्र कोठामा एकजना अन्दाजी ५०÷५१ बर्षको श्रोत ब्यक्ति सर घुम्ने कुर्चिमाथि बसेर केही लेखापढीको काम गर्दै हुनुहुन्थ्यो । हामीहरू पनि उहाँको अनुमतिले त्यही कोठाको चारैतर्फ राखिएका सोफाहरूमा आ–आफ्नो मनमर्जिले बस्याँै । कोठा ज्यादै आकर्षक र सजावटले भरिपूर्ण थियो । केही समयसंम्म भएको हाम्रा बिचको भलाकुसारी र परिचयको आदानप्रदान पश्चात कोठामा चिया नास्ता आइपुग्यो । चिया नास्ता लिने क्रममा श्रोतब्यक्ति सरले मतर्फ फर्केर प्रश्नको उठान गर्दै भन्नुभयो– गमबहादुरजी भक्तपुर घुम्नु भयो हैन त ? त्यसो भए कस्तो लाग्यो तपाईलाइ भक्तपुर सहर ? सुन्दा प्रश्न सामान्य जस्तो लागेपनि मलाई त्यसको ओज र उचाइ धेरै भएजस्तो लाग्यो । मेरो मनमा प्रश्नको उत्तर कहाँबाट शुरु गरुँ भन्नेखालको दुविधा मात्र भइ रह्यो । मौन बसेर धेरै बिलम्ब गर्न उपयुक्त पनि हुदैनथ्यो । त्यही बुझेर मैले भनेँ, “सर π म एउटा दुर्गमको गाउँठाउँको गरिब परिवारमा जन्मिहुर्केको साधरण युवक हुँ । बाध्यता र विवशताले मेरो औपचारिक शिक्षाको तह पनि ज्यादै कम छ । साथै जिम्मेवारी र भूमिकाका हिसाबले पनि म एउटा सामान्य नागरिकको हैसियत भन्दा माथि उठ्न सकिरहेको छैन । म जस्तो भुइमान्छेलाई मुलुकको राजधानी काठमाडौँको आडैमा रहेको यो सुन्दर नगरी भक्तपुर नगरपालिकामा रहनु हुने तपाईहरू जस्ता बौद्धिक एवं प्राज्ञिक जमातले आज जुनखालको असाधारण माया सहानुभूति र सम्मान प्रकट गरी जीवनलाई नै सार्थक तुल्याइदिनु भएको छ । त्यसैले आज म साह्रै गौरवान्वित मात्र भएको छैन तपाईहरूको अपार माया सहानुभूति र सद्भावले धेरै खुसी र आनन्दित भएको छु । तपाईहरूले मलाई लगाउनु भएको यो गुनलाई मैले जीवन पर्यन्त भुल्ने नै छैन, रह्यो हजुरको भक्तपुर कस्तो लाग्यो भन्ने प्रश्न । म केहीछिन् रोकिएजस्तो गरेर फेरि बोल्न शुरु गरे ः भक्तपुर सुन्दर पर्यटकीय गन्तव्य रहेछ । यहाँ इतिहास छ, कला–संस्कृति छ, जीवन छ, प्रेम–सद्भाव छ र मूल्य–मान्यतासहितको आदर्श मानवबस्ती– समाजवादी ब्यवस्थाको मोडेल हेर्न चाहेको खण्डमा भक्तपुर आए हुने रहेछ । मैले आफ्ना भनाइहरू राख्दै गर्दा श्रोतव्यक्ति सरले मेरा हरेक शब्दहरूलाई ध्यानपूर्वक सुनिरहनु भएको थियो । मेरो भनाइ टु¨िए लगत्तै बिस्तारै आफ्नो चस्मालाई दाँया हातले चलाएर आँखीभाँैहरू खुम्च्याउदै गम्भिर मुद्रामा भन्नुभयो, “गमबहादुर जी म तपाईका भनाइहरूप्रति पूर्णरूपमा असहमत छु ।” उहाँको असहमत छु भन्ने शब्दले मलाई झस¨ै तुल्यायो । मनमा हल्का डरको अनुभूति भयो । कतै मेरा निशानाहरू गलत ठाउँमा त परेनन् भनेर म सशंकित हुनथालेँ । म कपोलकल्पित डर र त्रासले भयभित हुदै गर्दा उहाँ भने हसिलो पारामा आफ्ना भनाइहरूलाई जोड्दै अगाडि बढिरहनु भएको थियो, फेरि बोल्नथाल्नु भयो, “गमबहादुरजी तपाईले आफूलाई दुर्गमको भनेर परिचय दिनुभयो । कम पढेको र कम हैसियतको भनेर पनि भन्नुभयो । अनुहार र शारिरिक बनोटका हिसाबले तपाई दुर्गमको र पिछडिएको जस्तो देखिनु भएको छ तर तपाईको बोल्नशैली, भाषाशैली र सम्पूर्ण हाउभाउ अनि कुरागर्ने शैली समेत हेर्दा तपाई दुर्गमको मान्छे जस्तो कदाचित देखिनुहुन्न । तपाईले कम पढेको भनेर भयो, खासमा तपाईको औपचारिक शिक्षाको दायरा कम नै होला तर पनि तपाईसंग रहेको चेतना, क्षमता र समय सन्दर्भ अनुसार बिषयबस्तुलाई प्रस्तुत गर्ने शैली र कार्य कुशलताहरूको आकलन गर्ने हो भने तपाईलाई कम पढेको भनेर कसैले पनि विश्वास गर्न नै सक्दैन । मेरो अनुमानमा हिजोआज धेरै भन्दा धेरै पढेलेखेका भनिएका कैयन शिक्षित युवाहरूको चेतनाको स्तर भन्दा तपाईको स्तर धेरै माथि रहेछ । रह्यो तपाइको अर्को एवं अन्तिम भनाई हैसियत र जिम्मेवारीका हिसाबले म एउटा साह्रै सानो मान्छे हुँ भन्नु भएको भनाइसंग पनि म सहमत छैन । हुनसक्छ परिस्थिति परिबन्ध र अवसर अभावले तपाई अहिले सानै ठाउँमा, सानै भूमिकामा रहेर काम गर्दै हुनुहुन्छ होला तर तपाईको तर्क गर्ने शैली व्याख्या विश्लेषण गर्ने क्षमताका साथै तपाइको पछिल्लो अभिव्यक्तिका हिसाबले तपाईलाइ म चानचुने मान्छे भनेर स्वीकार्न सहमत छैन । त्यसैले म यस बिषयमा तपाई समक्ष मेरो एउटा अतितको अविस्मरणीय घटनाको अनुभूतिलाई समेत जोडेर शेयर गर्न चाहन्छु ।” यति भन्दै सरले चिया नास्ताका लागि केही समय बिश्राम लिने निर्णय गर्नुभयो । चिया–नास्ता पछि फेरि आफ्ना भनाइहरूलाई जोडदै बोल्न थाल्नु भयो, “गमबहादुरजी मलाई तिथिमिति त अहिले ठ्याक्कै याद भएन तर गएको बर्षको श्रावण महिनातिरको कुरा हो । हामी कहाँ यहाँ ने.क.पा.माओवादी पार्टीका पार्टी अध्यक्ष श्री पुष्पकमल दाहाल प्रचण्ड र सोही पार्टीकै अर्का बरिष्ठ नेता श्री बाबुराम भट्टराई सर दुईजना शीर्ष व्यक्तिहरू अन्य केही नेता कार्यकर्ताहरूका साथमा आउनु भएको थियो । उहाँहरूको भक्तपुर भ्रमणको कार्यक्रम समाप्त भएपछि यही कार्यकक्षमा राखेर यसरी नै रेष्ट गराइएको थियो । उहाँहरूसंगको चियागफ्का क्रममा मैले दुबैजना नेतालाई पालैपाले भक्तपुर कस्तो लाग्यो भनेर यही प्रश्न सोधेको थिए । मेरो प्रश्नको उत्तर दिदै बरिष्ठ नेता बाबुराम भट्टराईले अलि लामै ब्याख्या बिश्लेषण गर्नु भएको थियो भने पार्टी अध्यक्ष प्रचण्डले भने तपाईले भनेझै समाजबादी ब्यबस्थाको मोडेल हेर्न चाहेको खण्डमा हाम्रो देशको राजधानी काठमाडौँ नजिकै रहेको सुन्दर नगरी भक्तपुर आए हुने रहेछ भनेर भन्नुभयो । आज उहाले बोलेको उही वाक्य नै तपाइले जस्ताको तस्तै दोहो–याएर समाजबादी ब्यवस्थाको मोडेल हेर्न चाहेको खण्डमा भक्तपुर आए हुने रहेछ भनेर पुन व्यक्त गरिसक्नु भएको छ । त्यो हिसाबले तपाईलाई म चानचुने भनेर कसरी स्वीकार्न सक्छु ।” उहाँले मेरो दिल खोलेर प्रशंसा गर्नु भएको थियो । त्यो दिनको भेटघाट र आपसी हिमचिमले गर्दा नै विकल सरहरू लगाएत गन्यमान्य व्यक्तिहरूसंगको मेरो सम्बन्ध पछिल्ला दिनहरूमा अझै झा¨िदै र ब्यापक बन्दै गइरहेको थियो । म कुनैपनिबेला काठमाडौँ पुग्दा समय मिलाएर भक्तपुर गइरहन्थँे । उहाँहरूले पनि मलाई र जनचेतना सामुदायिक अध्ययनकेन्द्र लिकुलाई भक्तपुरबाट प्रकाशित हुने मजदुर र श्रमिक पत्रिकाका नियमित अंकहरू लामो समयसंम्म पठाइ रहनु भयो ।

९९औं यात्रा नुवाकोट - खोलाघरे साहिंलो

आज नुवाकोटका बेलकोटगढी र बाघखोरमा स्थानीयहरूसँग भेटघाट गरेर,साहित्यिक ,साँस्कृतिककार्यक्रममा सहभागी भएर बिताइयो ।स्रष्टा पदयात्राको ९९अ‍ौं शृङ्खलामा हामी ( खोलाघरे साहिंलो,घनश्याम प्रसाईं ,बालचन्द्र मिश्र,शीतल गिरि,निशा केसी,वासु पौडेल ,सावित्री श्रेष्ठ ,शशी थापा,,नानीबाबा अधिकारी ,दुर्गा भवानी भट्ट ,ध्रुव थापा पुरुष,माधवलाल श्रेष्ठ रामकुमार पण्डित , ‎जुनम किरण,मन्दिरा मधुश्री,शुभारम्भ पाण्डे ,,परिच्छेद सेन,यति १७ जनाको सहभागिता रहेको छ । अहिले महाकवि देवकोटाको मावली गाउँ बेलकोटगढी न पा को झिल्टुङमा वास बसेका छौं ।भोलि बिहान यहाँको कुञ्जिनी पार्कमा अर्को कार्यक्रम छ। दिउँसो देवीघाट हुँदै काठमाडौं फिर्ता हुनेछौं । जय स्रष्टा ! जय साहित्य !! ०८२/०७/०१ ९९अ‍ौं पदयात्राको दोस्रो दिन - ०८२/०७/०२ ‎झिल्टुङ,झिल्केश्वर महादेव,कुञ्जिनी पार्क र देवीघाट ‎ ‎०८२/०७/०१ गते बिहान अर्थात् हिजो स्थानीय झिल्केश्वर महादेव सहकारी संस्थाले हामीलाई टीका लगाइ दिएर गाइड समेत साथ लगाएर विदा दियो । हामी अलिक माथि रहेको झिल्केश्वर महादेव थानको दर्शन गर्दै कुञ्जिनी पार्कतिर लाग्यौं । ९ बजेतिर त्यहाँ पुग्यौं । यो कुञ्जिनी पार्कको नजिकै देवकोटाको मावली ससुराली घर,जो अब भत्किसकेछ,त्यहाँ बसेर एकै रातमा देवकोटाले कुञ्जिनी खण्डकाव्य लेखेका थिए । बेलकोटगढी न पा वडा नं ५,नगरपालिका र पर्यटन मन्त्रालयको समवेत प्रयास र लगानीमा कुञ्जिनीपार्क बनेको रहेछ । यो पार्कमा देवकोटा प्रति श्रद्धाञ्जलिको कार्यक्रम गरेर देवकोटाकै हिजो मात्रै अनावरण गरिएको शालिकलाई साक्षी राखेर रचनावाचन गर्छौं । यहाँ रचनावाचन गर्नेहरूमा( दुर्गा भवानी भट्टानीबाबा अधिकारी,खोलाघरे साहिंलोमन्दिरा मधुश्री,डा। शशी थापा पण्डित ,वासुदेव पौडेल ,डा। बालचन्द्र मिश्र यति थियौँ । मैंले यो कविता वाचन गरें( ‎ूश्रद्धाञ्जलि महाकवि देवकोटामाू ‎ ‎नेपाली कविवर्गमा शिखर हुन् साहित्यका गाौरव ‎पढ्छौं नित्य खुशी भएर यिनका वाणी कलापौरख ‎नेपाली जनका विशिष्ट प्रतिभा हुन् देवकोटा कवि ‎झुल्केलान् कि हजार वर्षभरिमा यस्ता उज्याला रवि ।१। ‎ ‎नेपाली मन बोल्छ काव्यजतिमा नेपाल नै लेख्दछन् ‎आफ्नै सँस्कृति,सभ्यता र गरिमा अग्लो चुली देख्दछन् ‎हो पूर्वीय कला,पना जगतकै आनन्ददायी ‎चाला पश्चिमको छ नश्वरमुखी,झिल्के सबै चिन्तन ।२। ‎ ‎हो शाकुन्तल काव्य उन्नत बडो,लालित्यभण्डार यो ‎अत्यन्तै प्रिय झन् मुनामदन हो पढ्ने उसै पल्कियो ‎एकै रात खिपेर काव्य बनियो ,जो गुञ्जियो कुञ्जिनी ‎यस्ता काव्यमहारथी अमर छन् नौलाख तारामुनि ।३। ‎ ‎कोही जात ठुलो हुँदैन दिलले बन्छन् ठुला मानव ‎यस्तो उच्च विचार लाग्छ यिनको हो विश्वकै वैभव ‎मान्छे बन्दछ मानवीय गुणले,सिद्धान्तले होइन ‎सेवा गर्नु ठूलो छ धर्म,गफले गर्ने ठूलो होइन ।४। ‎ ‎यस्तै उत्तम सोच काव्यभरि छन्,छन् उच्चताबोधक ‎लक्ष्मी नाम छ किन्तु कार्य जतिमा हुन् शारदाका सुत ‎आफ्नो सँस्कृतिभित्र गौरव गरी आनन्दमा रम्दथे ‎हो अत्यन्त पवित्र जन्मधरणी यो तीर्थ हो भन्दथे । ५। ‎ ‎हाम्रा उत्तम काव्यमूलप्रतिभा आऊन् सधैं सम्झना ‎हामी गर्व गरी सधैंभरि गरौं साहित्य संरक्षण ‎लक्ष्मीको स्मृतिमा यिनै लवजले सम्मान अर्पीकन ‎साथै गर्दछु शुद्ध भाव,मनले श्रद्धाञ्जली अर्पण ।६।८८८ ‎ ‎ हामी आधा घण्टाजति पैदल हिंडेर केही तल सडकसम्म आयौं । त्यहाँ रोटेपिङ पनि खेलियो । झिल्केश्वर महादेव सहकारी संस्था र महाकवि देवकोटा प्रतिष्ठान,बालकोटगढी न पा वडा नं ५ का सदस्यहरू र वडावासी लगायतबाट हामीलाई अगुवाइ गरिएको छ । ठाउँठाउँका बारेमा उहाँहरूले हामीलाई जानकारी दिइरहनुभएको छ ।तीनजना प्रहरी जवानहरू पनि हाम्रो टीमका लागि वडाले व्यवस्था गरिदिएको छ,प्रहरी र हवल्दार भाइहरू पनि हाम्रो पदयात्रामा साथै हुनुहुन्छ । रोटेपिङ खेलेर भैंसीको दूध,बेस्सरी तताएको हामीलाई थपीथपी खान दिइन्छ । त्यसपछि हाम्रो बिहानको ३ घण्टाजतिको पैदलयात्रा सकिन्छ ,हामी त्यहाँका स्थानीयहरूबाट विदा भएर बसमा चढ्छौं ।
‎नारायण नेपाल महाकवि देवकोटा प्रतिष्ठानका सचिव ले हामीलाई छोड्नुभएको छैन । सरासर हामी देवीघाट पुग्छौं । त्यहाँ ज्येष्ठ नागरिक सेवा भवनमा हामीलाई भोजनको व्यवस्था गरिएको हुन्छ । सुस्वादु भोजनबाट हामी सन्तुष्ट हुन्छौं । त्यसपछि आश्रमको हलमा हामी जम्मा भएर परिचय आदानप्रदान गर्छौं । कार्यक्रम सञ्चालक नारायण नेपालजी नै हुनुहुन्छ ।आश्रमका अध्यक्ष विष्णुप्रसाद नेपालबाट आश्रमको स्थापना, इतिहास,गतिविधि र सेवामूलक भावी कार्ययोजना हरूबारे जानकारी दिनुहुन्छ । ज्येष्ठ नागरिक आश्रमलाई हामी स्रष्टा पदयात्रासमूहबाट बाट रू ३ हजार समर्पण गर्छौं । अध्यक्ष शीतल गिरिको मन्तव्य हुन्छ,घनश्याम प्रसाइँबाट भजन प्रस्तुत हुन्छ । कार्यक्रम समापन भएपछि आश्रमको अगाडि सामुहिक फोटो खिचिन्छ,अनि विष्णुप्रसाद नेपालजी,नारायण नेपालजीको अगुवाइमा हामी देवीघाटको भ्रमणमा जान्छौं । तादी र त्रिशूलीको सङ्गममा केही बेर स्रष्टाहरू रमाउँछन्,अध्ययन गर्छन्,मैंले पनि यी दुवै नदीको सङ्गममा आफ्ना पितृहरूलाई सम्झेर जलाञ्जलि अर्पण गरें । पृथ्वीनारायण शाहको चिताशिलाको पनि अवलोकन गर्यौं हामीले । यसपछि देवीघाट लगायत बेलकोटगढी न पा लाई विदाइको हात हल्लाउँछौं र बसमा चढ्छौं । यो यात्राभरि मलाई जिलिङका सूइरे कवि शम्भु गजुरेलको अभाव महसूस भैरह्यो ।उहाँ अस्वस्थ भएर आउन सक्नुभएन । स्थानीय भएकाले र स्रष्टा पदयात्राका सदस्यसमेत हुनुभएकाले यो परिसरको भ्रमणमा उहाँबाट हामीलाई अझै धेरै जानकारी प्राप्त हुने थियो,यो पक्ष बिझाइरहने भयो । ‎ हार्दिक धन्यवाद
‎यो ९९अ‍ौं यात्राका संयोजक दुर्गाभवानी भट्ट,छन्द कवि,स्थानीय स्रष्टा रामराजा तिमिल्सिना,कार्यक्रम सञ्चालिका दीक्षा लामा,बेलकोटगढी न पा वडा नं ५ का अध्यक्ष लगायत हामीलाई सहयोग गर्ने सबैमा,महादेव मा वि का प्र अ रामशरण पुडासैनी ,झिल्केश्वर सहकारी संस्थाका सम्पूर्ण पदाधिकारीहरू,महाकवि देवकोटा प्रतिष्ठानका नारायण नेपाल,ज्येष्ठ नागरिक सेवा आश्रमका विष्णुप्रसाद नेपालजी,प्रहरी भाइहरू लगायत सबैमा । ‎ जय बेलकोटगढी ! जय स्रष्टा !! जय साहित्य !!! २०८२-०७=०३

स्रष्टा पदयात्रा नेपालको १०९औं पदयात्रा भक्तपुर ठिमी नगदेश क्षेत्रमा हुने लोभलाग्दो सहभागिता रहने

१०९ औं स्रष्टा पदयात्रामा सहभागि हुन नाम लेखिएका स्रष्टा २०८३ भाद्र ६ गते शनिवार विहान ७.३० बजेसम्म पुरानो थिमी नगदेसको प्रवेशद्वारमा अनिवार...