Friday, October 24, 2025

९९औं पदयात्रा नुवाकोट - शीतल गिरी - (मंसिर महिनाको पहिलो शनिबार ६ गते १०० औं यात्रा हो । यो यात्रा पलासे )

२०८२ कार्तिक १ गते विहान बालाजु माछापोखरी चोकमा जम्माभएर बासुदेव पौडेल, माधवलाल श्रेष्ठ, शीतल गिरी, ध्रुवराज थापा पुरुष, मन्दिरा मधुश्री, डा।शशी थापा पण्डित, डा।बालचन्द्र मिश्र, दुर्गा भवानी भट्ट, घनश्याम प्रसाई, डा।सावित्री श्रेष्ठ, निशा केशी, रामकुमार पण्डित, जुमन किरण, नानीबाबा अधिकारी, परिच्छेद सेन, खोलाघरे साहिलो र शुभारम्भ पाण्डे ७ जना ८ बजेको समयमा व्यवस्था गरिएको बसमा चढेर झोरको बाटो भएर नुवाकोटको बेलकोट प्रस्थान गरेका थियौं । गङ्गटे हुँदै अनवरत चार घण्टाको यात्रापछि बेलकोट गुग्यौं । बेलकोटगढि नेपाल एकिकरणको समयमा काठमाण्डौंका राजा जयप्रकाश मल्लको राज्यको सामरिक महत्त्वको एक गढी थियो । यताका नौ वटा कोटको अधिपति थिए जयन्त राना । यस गढीमा भएको युद्धमा जयन्त राना समातिए । उनै जयन्त रानाको बहिनप् निरञ्जना साक्षात भगवती रहेको थाहा पाएपछि बडा महाराजाधिराज पृथ्वीनारायण साहले ३ दिनमा नै गढी मर्मत गराउँनुको साथै निरञ्जना भगवती स्थापनागरी आकर्षक मन्दिर बनाएको जानकारी जयन्त रानाको खलकका मानबहादुर रानाले जानकारी गराए । गढी, कोट र मन्दिर अवलोकन गरेपश्चात मन्दिर परिसरमा गरिएको कार्यक्रमको सञ्चालन स्थानीय दिक्षा लामाबाट भएको थियो । स्रष्टा पदयात्राको बारेमा डा।बालचन्द्र मिश्रले जानकारी गराउँनु भयो भने स्थानिय स्रष्टा पदयात्री मन्दिरा मधुश्री, माधवलाल श्रेष्ठ, ध्रुवराज थापा पुरुष, रामकुमार पण्डित अनी स्थानिय स्रष्टाबाट पनि रचना वाचन भएको थियो । स्थानियले प्रस्तुत गरेका ख्याली भजन र नृत्य आकर्षक बन्न पुगेको थियो ।
बेलकोटगढीको कार्यक्रम पश्चात चिया बिसकुट खाएर बाघखोरमा पुग्दा दिनको २ बज्यो । खाना खाएपछि स्रष्टा पदयात्रीलाई त्यहाँ रहेको दुप्चेश्वर महादेव मन्दिरमा भव्य स्वागत गरियो । अनि पदयात्री स्थानीयहरूका साथमा महादेव माध्यमिक विद्यालय भवनमा पुग्यौं र कार्यक्रममा सहभागी बन्यौ । यस स्थानमा भएको कार्यक्रमको सञ्चालन पनि दिक्षा लामाबाट भएको थियो । यहाँ ९९ स्रष्टा पदयात्राको संयोजक दुर्गा भवानी भट्टले यात्राबारे आफ्नो धारणा राखेको यस कार्यक्रमा स्रष्टा पदयात्राको तर्फबाट डा।शशी थापा पण्डित, डा।बालचन्द्र मिश्र, निशा केशी, डा।साबित्री श्रेष्ठ, जुमन किरणको रचना वाचन थियो । स्थानिय स्रष्टाले कविता, गित, नृत्य र भजन प्रस्तुत गरेर स्रष्टा पदयात्रीको मन जित्न सकेका थिए । बाघखोरमा कार्यक्रम सकेर झमक्क साँझ पर्नु अघि हामी झिल्टुङ पुग्यौं । त्यहाँ हाम्रो प्रतिक्षा महाकवि देवकोटा प्रतिष्ठानका मित्रहरूले हेरिरहनु भएको थियो । आज नै कुञ्जिनी पार्कमा महाकवि देवकोटाको शालिक अनावरण गरिएको थियो । समय व्यवस्थापन हुन नसक्दा हामी सो समारोहमा सहभागी हुन सकेनौं । काठमाडौंबाट आएका पाहुना साहित्यकारहरू पनि फर्किसकेका थिए । साझपख स्थानीय र स्रष्टा पदयात्रीबीच परिचयात्मक कार्यक्रम सौहार्दपुर्ण वातावरणमा सम्पन्न गरियो । यहाँ मेरो पुर्व परिचित आफन्त सरस्वती गिरीसँग भेट हुनपुग्यो । खानपिन पश्चात आयोजनले व्यवस्था मिलाउनु भएका स्थानीयको घरघरमा बाँडिएर हामीले आराम गर्नुको साथै त्यहाँको बारेमा धेरै कुरा बुझ्न पायौ । भोली पल्ट विहान यानी २ गते कार्तिक ७।३० बजे राती भोजन गरेकै होटलमा भेला भएर चिया विस्कुट पछि झिल्केश्वर सहादेव सहकारी संस्थाको स्वागत ग्रहण गरी टीका थापेर स्थानीय जनसमुदाय, महाकवि देवकोटा प्रतिष्ठानका पदाधिकारी, वडाअध्यक्ष र प्रहरीहरुको साथमा गाउँघर अवलोकन गर्दै, गोसाइकुण्ड जाने पुरानोबाटो बारे जानकारी लिदै डाँडामा रहेको पोखरी रमणिय वनपाखा हेर्दै झिल्केश्वर महादेव झिल्केश्वर महादेव थानको दर्शन गर्दै झण्डा पार्क भनिने अग्लो डाँडामा पुग्यौं । यस डाँडाबाट ६ जिल्ला हेर्न सकिने रहेछ, तर हामीलाई प्रकृतिले छल्यौं । आजै बिहानदेखि कुहिरो लाग्नाले हेर्न पाएनौं । एकै क्षण मौसम खुलेको समय त्यहाँबाट देखिने हिमालभने हेर्न पायौं । अनी फर्किएर कुञ्जिनी पार्कतिर लाग्यौं र ९ बजेतिर पुग्यौं । यो कुञ्जिनी पार्कको नजिकै देवकोटाको मावली ससुराली घर, जो २०७२ को भुकम्पले भत्किएछ, सोहि घरमा बसेर एकै रातमा देवकोटाले कुञ्जिनी खण्डकाव्य लेखेका थिए । बेलकोटगढी न पा वडा नं ५, नगरपालिका र पर्यटन मन्त्रालयको समवेत प्रयास र लगानीमा सो घरमा सिमा जोडिएको कुञ्जिनीपार्क बनेको रहेछ । यो पार्कमा देवकोटा प्रति श्रद्धाञ्जलिको कार्यक्रम गरेर हिजो १ गते अनावरण गरिएको देवकोटाको शालिकलाई साक्षी राखेर रचनावाचन गरेका थियौं । मन्दिरा मधुश्रीले संचालन गरेको रचनावाचन कार्यक्रममा दुर्गा भवानी भट्ट, घनश्याम प्रसाई, वासुदेव पौडेल, नानीबाबा अधिकारी, खोलाघरे साहिलोबाट कविता वाचन गरियो । कार्यक्रम पश्चात आधा घण्टाजति पैदल ओरालो ओर्लिएर तल सडकसम्म आयौं । त्यहाँ स्रष्टा पदयात्रीले रोटेपिङ पनि खेले । झिल्केश्वर महादेव सहकारी संस्था र महाकवि देवकोटा प्रतिष्ठान,बालकोटगढी न पा वडा नं ५ का सदस्यहरू र वडावासी लगायतबाट हामीलाई अगुवाइ गरिएको छ । ठाउँठाउँका बारेमा उहाँहरूले हामीलाई जानकारी दिइरहनुभएको थियो । तीनजना प्रहरी पनि हाम्रो टीमका साथमा पदयात्रामा साथै हुनुहुन्थ्यो । रोटेपिङ खेलेर भैंसीको दूध, बेस्सरी तताएको स्रष्टा पदयात्रीलाई थपीथपी खान दिइन्छ । त्यसपछि बिहानको ३ घण्टाजतिको पदयात्रा सकिन्छ, हामी त्यहाँका स्थानीयबाट विदा भएर बसमा चढ्छौं । ‎नारायण नेपाल महाकवि देवकोटा प्रतिष्ठानका सचिवको साथमा स्रष्टा पदयात्री देवीघाट पुग्छौं । त्यहाँ ज्येष्ठ नागरिक सेवा भवनमा भोजनको व्यवस्था गरिएको हुन्छ । सुस्वादु भोजनबाट सन्तुष्ट हुन्छौं । त्यसपछि आश्रमको हलमा जम्मा भएर परिचय आदानप्रदान पश्चात गरिएको कार्यक्रमको सञ्चालक नारायण नेपालजीबाट हुन्छ । आश्रमका अध्यक्ष विष्णुप्रसाद नेपालबाट आश्रमको स्थापना, इतिहास, गतिविधि र सेवामूलक भावी कार्ययोजनाबारे जानकारी प्राप्तहुन्छ । ज्येष्ठ नागरिक आश्रमलाई हामी स्रष्टा पदयात्रासमूहबाट बाट रू ३ हजार समेत रु। ८०००। रकम समर्पण गर्छौं । अध्यक्ष शीतल गिरिको मन्तव्य पश्चात रचना वाचन कार्यक्रम हुन्छ । साहित्यकार आत्माराम खरेल अहिले त्यही आश्रममा बस्नु हुदो रहेछ, उहाँको पनि रचना सुन्छौं । कार्यक्रम समापन भएपछि आश्रमको अगाडि सामुहिक फोटो खिचिन्छ,अनि विष्णुप्रसाद नेपालजी, नारायण नेपालजीको अगुवाइमा हामी देवीघाटको भ्रमणमा जान्छौं । तादी र त्रिशूलीको सङ्गममा केही बेर स्रष्टाहरू रमाउँछन्, अध्ययन गर्छन् । पृथ्वीनारायण शाहको चिताशिलाको पनि अवलोकन गयरियो । जल्पादेवीको दर्शन पश्चात देवीघाट लगायत बेलकोटगढी नपालाई विदाइको हात हल्लाउँछौं र बसमा चढ्छौं । यस यात्रामा स्थानीय स्रष्टा रामराजा तिमिल्सिना, कार्यक्रम सञ्चालिका दीक्षा लामा, बेलकोटगढी न पा वडा नं ५ का अध्यक्ष लगायत हामीलाई सहयोग गर्ने सबैमा, महादेव मावि का प्रअ रामशरण पुडासैनी, झिल्केश्वर सहकारी संस्थाका सम्पूर्ण पदाधिकारीहरू, महाकवि देवकोटा प्रतिष्ठानका नारायण नेपाल, ज्येष्ठ नागरिक सेवा आश्रमका विष्णुप्रसाद नेपालजी, प्रहरी भाइहरू लगायत सबैको साथ र माया स्रष्टा पदयात्रीको मनमा बसेको छ ।

Tuesday, October 21, 2025

शुकदेव उपाध्यायको स्वागतयोग्य उपन्यास - ऐँजेरु - राजव

स्वागतयोग्य उपन्यास मात्र होइन साहित्यको जुनसुकै विधाको कथ्य लेखकको छनोटमा जे पनि हुन सक्छ । कथ्यले त्यसको स्तर र प्रभावशालीतामा निर्धारण गर्दैन कथ्य सिर्फ लेखनको आधार हो । त्यो आधारको दृष्टिकोण र त्यसको निर्वहन कस्तो भएको छ भन्ने पर्गेलाई नै महत्वपूर्ण हो । निर्वहनको स्वरूप र शिल्प सुन्दर परिष्कृत र कलाको ओजले भरिएको छ भने त्यस्तो साहित्यिक कृति पर्दा पाठक ध्यानस्थ हुन्छन्, त्यसको प्रभाव भित्र बाँधिन्छन्, रमाउँछन् संवेदित उद्धेलित हुन्छन् । पाठकलाई यसरी कृतिपाशमा राख्ने आल्लादित, संवेदित बनाउने कोसिस गर्नु लेखको पहिलो शर्त हो । ऐँजेरु सार्वजनिक भएपछि पाठकहरूले यसको कदको निरुपण गर्नु नै हुनेछ । यस पूर्व यहाँ पाठकको पठनवादित हुने कुरा राख्नु समचिन हुँदैन ।
पारिवारिक विघटन र विक्षिन्नता विश्वका सबै भाषाका उपन्यास लेखनको सार्वकालिक विषय हो । यस विषयमा निरन्तर लेखी रहिएको छ । नेपाली साहित्यमा पनि पारिवारिक विघटन विषयक उपन्यासहरु लेखिएका छन् तर अपेक्षित संख्या र स्तरमा छैनन् । त्यस्ता केही उपन्यास अध्यापी चर्चामा छन् । पढिरहेका छन् । ती शाश्वत मानिएका छन् । यसको मूल कारण तिनका स्रष्टाका निर्वहन र दृष्टिकोण नै हो । शुकदेव उपाध्यायको यो उपन्यास ऐँजेरुले पनि पारिवारिक विक्षिन्नतालाई भिन्न परिवेशमा उजागर गरेको छ । यस उपन्यासले उठान गरेको विक्षिन्नताका कारक अवयवहरू यौनाचार, व्यविचार, आत्मकेन्द्रित घमण्ड, दुव्र्यवहार र यिनलाई बलियोसँग पोषण गर्ने एकांकी वात्सल्य प्रेम हुन् । ती सब कारक यस उपन्यासमा दृश्यमान भएका छन् । बालकको लालनपालन सन्तुलित भएन भने त्यसको नाम दुर्योधन वा सिद्धार्थ यस्तै जे राखिएको होस् ।वृक्ष नाश गर्ने ऐझरुझैँ त्यो परिवारनाशक हुन्छ । त्यसले परिवारको साख, मर्यादा त्यसको आर्थिक जग सबका सब नास पार्छ, दुर्नाव गर्छ, पारिवारिक संवेदना ध्वस्त पार्छ ,यी सब उद्घाटित गर्ने लक्षमा एँेजेरुले औपन्यासिक गति लिएको छ । मैले थाहा पाएसम्म शुकदेव उपाध्यायको यो दोस्रो उपन्यास हो । उनको पहिलो उपन्यास पहिले पढ्न पाएको छैन । त्यो पढ्न पाएको भए उनको दोस्रो प्रयासमा आइपुग्दा उनले गरेको विकासबारे दाजेर भन्न सकिन्थ्यो । शुकदेव उपाध्यायसँग मेरो परिचयको समय चार दशकभन्दा लामो छ । तर परिचयको दिन समेत गन्दा उनीसँग मेरो भेटको संख्या एकदम कम छ । उनी मेरा अत्यन्त आत्मीय मित्र प्रख्यात यात्राकार, संस्मरणकार यस विषयका विज्ञ विद्वान् निर्मोही व्यासका प्रिय भाइ हुन् । त्यसकारण उनी मेरा पनि भाइ हुन् र मित्र पनि तर यस पूर्व मैले उनको साहित्यिक परिचय पाएको थिइनँ । साहित्यिक कर्ममा पनि विशेषगरी आख्यान लेखनमा अग्रसर रहेछन् भन्ने स्वागतयोग्य परिचय यस उपन्यासले दिन्छ । राजव हाल- संयुक्तराज्य अमेरिका २०८१ चैत्र १०, मार्च २३ २०२५ ।

मीठा मौलिक अनुभूतिहरू - गमबहादुर बुढा

मीठा मौलिक अनुभूतिहरू - गमबहादुर बुढाको संघर्षभित्रको डोल्पा कृतिमा समेट्न बाँकी लेख ।
मैले अगाडि पनि भनि सकेको छु कि जीवन भन्नु नै एउटा सप्तर¨ी इन्द्रेणी रहेछ । जसरी एउटा अविरल बर्षाको समय पछि कहिलेकही आगन्तुक घामछायाको उपस्थितिमा अनायास् देखिने सप्तर¨ी इन्द्रेणीले सप्तधनुष आकारमा जुन खालका विभिन्न रङहरू समेटिएका धर्षाहरू आकाश मार्फत धरतीतर्फ ङ्खयाकिरहेको हुन्छ त्यसरी नै हरेक मान्छेका जीवनरूपी इन्द्रेणीमा पनि त्यस्तै खालका सप्तर¨ी भोगाइहरू प्राप्त भएका हुनेरहेछन् । तीनै भोगाइहरू मार्फत नै प्राप्तहुने यावत दुख–सुख, मिलन–बिछोड र आँसु–हाँसो लगाएतका अन्य थुप्रै सानाठूला अनुभव र अनुभूतिहरूका साथमा गरिने जीवनयात्राका क्रममा केही सुखद एवं सुन्दर पलहरू जोडिन पुगेका हुने रहेछन् । त्यसरी नै मैले पनि मेरो जीवनयात्राको ५२ आँै बर्षगाठको यो घडीसंम्म आइपुग्दा मेरो जीवनरूपी इन्द्ेणीका बिभिन्न र¨हरूसंग खेल्दै र झेल्दै अनि थुप्रै आरोह र अवरोहहरूलाई छिचोल्दै अगाडि बढ्ने क्रममा बिगतको त्यो अनमोल समयका पलहरूमा आफैँले व्यत्तिगत रूपमा भोगेका र सामाना गरेका अनगिन्ती धोका, हण्डर र ठक्करहरूका साथमा केही रमाइला रसिला एवं मिठा मौलिक अनुभव र अनुभूतिहरूसंगे खेल्ने रमाउने अनि आनन्दित हुदै मन बहलाउने शुभ–अवसरहरू प्राप्त गरेको थिएँ । हिजोआज मैले भोगेका तिनै स्वर्णिम पलहरू एवं अविस्मरणीय क्षणहरूका साथ समेटिएका र कोमल हृदय तथा पवित्र मन–मुटुबाट स्पर्श गरिएका ती सबै प्रेरणादायी पलहरू एवं मिठा मौलिक अनुभूतिहरूले कहिलेकही समग्र मानसपटललाई नै रोमाञ्चित तुल्याउँदै ती सबै दृष्यहरू आँखाकै परेली वरिपरी लुकामारी खेलिरहेका झँै लागिरहन्छ । म परिवेश परिबन्ध र पारिवारिक परिस्थितिले १८ बर्षको उमेरमा नै शिक्षण पेशामा जोडिन पुगेको थिएँ । आजसम्म पनि म यही पेशामा नै अविछिन्न रूपमा संलग्न रहदै आइरहेको छु । जीवनकालको त्यतिलामो समयसंम्म पनि आङ्खनै रुची र इच्छाशक्तिले म हालसंम्म पनि सोही पेशामा समर्पित हुदै र सकृय रहदै निरन्तर काममा खटिरहन सफल भइरहेको छु । सरकारी नियम र प्रकृया अनुसार विगतको समयमा जिल्लाका विभिन्न ठाउँमा रहेका विद्यालयहरूमा स्थानन्तर हुदै तीनै विद्यालयहरूमा अध्ययनरत प्राथमिक तहका बालबालिका हरूका माझ रहेर उनीहरूसंगका रोचक, प्रेरक एवं बालशुलभ क््िरयाकलापहरू संग खेल्दै रमाउदै र एकाकार हुदै जीवनका उर्वरशील समयका सबै कालखण्डहरूको समग्र बिसर्जनन समेत गर्दै आइरहेको छु । साथै आज जुन ठाउएमा छु । जुन खालको थोरबहुत प्रतिष्ठाकासाथ गाउँ समाजका अगाडि आफ्नो हैसियत बनाएर अगाडि बढिरहेको छु । ती सबै उपलब्धीहरूको प्राप्तिको मूल आधार भन्नु नै मेरा लागि यही शिक्षक पेशा नै हो । त्यसैले आज आफूले अँगालेको यो पेशालाई अन्तरहृदय देखि नै सधै–सधै उच्च स्थानमा राखेर उच्च श्रद्धाका साथ उच्च सम्मान गर्दै आइरहेको छु । सकेसंम्म आफ्नो पहल र प्रयासले मात्र यस पेशालाई कसरी आकर्षक मर्यादित एवं लोकप्रिय बनाउन सकिन्छ भन्ने कुरामा नै यतिबेला सबै ध्यान केन्द्रित गर्दै आइरहेको छु । जतिबेला म शिक्षण पेशामा प्रवेश गरेँ । त्यो बेलाको हाम्रो जिल्ला डोल्पाको शैक्षिक सामाजिक एवं समग्र वस्तुगत अवस्था अहिलेको भन्दा धेरै भिन्न थियो । शैक्षिक विकासको हकमा जिल्लामा प्रा.वि.नि.मा.वि.. र मा.वि. तहका विद्यालयहरू केही मात्रमा खुलेका भएता पनि क्याम्पसहरू भने त्यतिबेला एउटा पनि स्थापना गरिएका थिएनन् । जति पनि विद्यालयहरू खुलेका थिए ती विद्यालयहरूबाट पनि विशाल भूगोलमा छरिएर रहेका डोल्पाका सबै गाउँठाउँका सम्पूर्ण बालबालिकाहरूलाई सहजढ¨ले पठनपाठनमा सरिक गराउँन र शैक्षिक सुबिधा उपलब्ध गराउन सक्ने स्थिति नै थिएन । समयको माग र बा–बालिकाहरूको रुचि र क्षमता अनुसारको गुणस्तरीय शिक्षाको अवररहरू प्राप्त गर्नै कुरा त उनीहरूका लागि आकाशको फल आँखा तरी मर जस्तै थियो । त्यतिले मात्रै कहाँ हो र उतिबेला हाम्रो जिल्ला डोल्पामा पढेलेखेका मान्छेहरूको संख्या पनि ज्यादै कम भएका कारण सामुदायिक विद्यालयहरूलाई आवश्यक पर्ने शैक्षिक जनशक्तिहरूको हकमा पनि प्रा.वि. तहमा थोरैको संख्यामा केही स्थानीय शिक्षकहरू कार्यरत रहेको भएता पनि अरु सबै प्रा.वि.शिक्षकहरू र उपल्लो तह नि.मा.वि.मा.वि.का सबै दरबन्दीहरूमा कार्यरत सबै शैक्षिक जनशक्तिहरू याने कि शिक्षक मित्रहरू प्रायःजसो अस्थानीय सरहरू नै हुनुहुन्थ्यो । निजामती सेवाको हकमा त अझै त्यो भन्दा पनि दयनीय अवस्था थियो । पहुँच र पढाइको अभावका कारण सदरमुकाम दुनैमा अवस्थित सरकारी कार्यालयहरू र अन्यत्र ठाउँमा रहेका मातहतका सबै शाखा कार्यालयहरूमा कार्यरत निजामती सेवाका सम्पूर्ण कर्मचारीहरू मध्ये तल्लो तहका एकाध परिचर, बहिदार र मुखिया पदमा बाहेक अरू अधिकांश राष्टसेवक कर्मचारीहरू र सबै तालुकी कार्यालयमा कार्यरत कार्यालय प्रमुखहरू अस्थानीय सरहरू नै हुनुहुन्थ्यो । साथै त्यतिबेलाको निर्दलीय निरंकुश पञ्चायती व्यवस्थाको सामान्त शैलीका राष्टसेवक कर्मचारीहरूको मनमर्जि व्यवहारलाई यहाँका अनपढ र अशिक्षित जनताले नियम भित्रको नियति ठानेर जर्बजस्त भोग्न बाध्य थिए । केही पावर र पहुँचमा भएका व्यक्तिहरूका लागि बाहेक अरु सबै निर्धा निमुखा डोल्पाली जनताहरूको वस्तुगत अवस्थालाई दृष्टिगत गर्ने हो भने कहीँकतै त्यतिबेला हामीहरूले देशभित्रै पनि औपनिवेशिक पीडा भोगिरहेका छौँ झैँ लाग्थ्यो । जुन शासन प्रणालीलाई सम्झनु पर्दा मसंग जोडिएको एउटा निजी घटनाको याद सधैसधै भइरहन्छ । त्यो के भने २०४४ सालमा जि.प्र.का.मा रहेको अभिलेख भन्दा फरक पार्दै मेरो शैक्षिक योग्यताको प्रमाण पत्रहरूमा उल्लेख भए अनुसारको जन्म मिति सच्याएर नागरिक्ताको प्रमाणपत्र लिन खोज्दा त्यतिबेलाको झन्झटिलो कानुनी प्रकृया र उदासिन कर्मचारीहरूका कारणले कहिले गाउँ सर्जमिनका लागि गाउँलेहरू जुटाउन र कहिले जन्म कुन्डली बनाउने भन्दै मैले करिब तीन महिनाजत्तिकोे समय अवधीसंम्म धेरै पटक गाउँदेखि सदरमुकामसंम्म निरन्तर धाइरहनु परिरहेको थियो । हिजोआज कुनैपनि मान्छे गाउँबाट सिफारिश बनाएर एकदिनमा सदरमुकाम दुनै पगी नागरिक्ताको प्रमाण–पत्र प्राप्त गरेर साँभm ऊ घर फर्केको देख्दा मेरो मनमा अचम्म लागेर आउछ । लोकतान्त्रिक व्यवस्थाको यस खालको जनमुखी कार्यप्रति मलाई गर्वको महसुस हुने गर्दछ । जनमानसमा त्यतिबेला यी र यस्तै खाले अनगिन्ती समस्याहरूका पहाडहरू ठडिइरहेको भएता पनि मैले पछि बुझ्दै जाँदा कर्मचचारीतन्त्र भित्र पनि आफ्नै खालको छुट्टै र पृथक समस्याहरू छन् भन्ने कुराहरू थाहा पाएँ । त्यतिबेलाको समयमा कुनै पनि राष्ट्रसेवक अस्थानीय कर्मचारीहरू मुलुकको राजधानी काठमाडौँबाट बिकट हिमाली जिल्ला डोल्पामा खटिएर आउन हत्तपत्त जो कोही मान्दैनथे रे । त्यतिबेलाको समयमा विभाग तथा मन्त्रालयमा पावर र पहुँच नभएकाहरूलाई मात्र सरकारले जर्बजस्त खटाएर यहाँ पठाउने गर्दो रहेछ । त्यसैले पेलिएर आएका कर्मचारीहरूको मनमा हिनता र वितृष्णाको भावना त हुने नै भयो । उनीहरूमा इच्छाशक्तिको अभाव धेरै थियो । त्यसैले उनीहरू यहाँ डोल्पामा बसुन्जेलसंम्म केवल समय व्यतित गर्ने र समयावधी पूरा भएपछि छिटो–छिटो सरुवाको लागि विभाग र मन्त्रालयतिरै धाउने गर्नु हुन्थ्यो । त्यसैले होला त्यतिबेलाको समयमा जिल्लाको एकमात्र सरकारी केन्द्रका रूपमा रहेको सदरमुकाम दुनैमा रहेका अधिकांश सरकारी कार्यालयहरूमा कहिले विभिन्न फाँटवाला कर्मचारी र कहिले कार्यालय प्रमुखहरू समेतकै अभाव र विहिनताको अवस्था श्रृजना भइ रहन्थ्यो । जसले गर्दा सेवाग्राही जनताहरू सधै मर्कामा थिए । दुर दराजका गाउँगाउँबाट आएर दुख खेपिरहेका निर्धा निमुखा जनताहरूले जतिनै दुख, कष्टहरू झेल्नु पकरिरहेको भएता पनि त्यतिबेला उनीहरूका ती आबाजहरूलाई बोलीदिने निकाय भने कोही थिएनन् । उमेरहदका कारण समयको माग र आवश्यकता अनुसारको ज्ञान सीप र क्षमतालाई ग्रहण गर्न नसक्दा यतिबेला म सबैका सामु बढो अयोग्य र असक्षम शिक्षकको रूपमा चित्रित हुदै आइरहेको भएता पनि उतिबेलाका सबै घटनाक्रमहरूको स्मरण गर्दे जाने हो भने त्यो बेलामा म एक सक्षम जुझारु र क्षमतावान् शिक्षकका रूपमा जिल्ला भरिमै परिचित थिएँ । उतिबेला हाम्रा पेशाकर्मी साथीहरूका माझ् म सबैभन्दा कहलिएको र सबैले रुचाएको ब्यक्तिका रूपमा पनि पर्थे । त्यसैले त भनिन्छ जवानीमा स्याल पनि घोर्ले हुन्छ रे । त्यो बेलामा कार्यरत हाम्रा शिक्षक साथीहरूका माझ् पेशागत हकहितका सवालमा सामूहिक कार्यका लागि नेतृत्व लिनु पर्ने अवस्था र कहीँकतै शिक्षकहरूका तर्फबाट सामूहिक मन्तव्यका रूपमा बोल्नुपर्ने अवसर प्राप्त भएको खण्डमा सबै साथीभाइहरू तथा शिक्षक मित्रहरूले मलाई नै एकमतका साथ अगाडि सार्ने गर्नुहुन्थ्यो । उहाँहरू सबैले गरेको आदरसम्मान र माया सहानुभूतिलाई उच्च ढ¨ले ग्रहण गर्दै सुम्पिएको जिम्ेवारी इमान्दारीताका साथ पूरागर्दै आइ रहेको थिएँ । कुनैबेला डोल्पाका शिक्षक साथीहरूको बिचमा एक लोकप्रिय व्यक्तिको रूपमा परिचित पनि थिएँ । तिनताकका घटना क्रमहरूलाई स्मरण गर्दै जाँदा अहिले मलाई एक प्रेरणदायी एवं समयसापेक्ष घटना उल्लेख गर्न मन लाग्यो ः
२०४९ साल जेठमा जिल्ला अस्पताल दुनैले क्षयरोग निवारण तथा सरोकारवाला सबैको भूमका बिषयक तिनदिने कार्यशाला गोष्ठीको आयोजना गरेको थियो । त्यहाँ धेरै स्वास्थकर्मीहरू, सरोकारवाला निकायहरूका प्रतिनिधिहरूका साथमा केही शिक्षक साथीहरूलाई पनि सहभागी गराइएको थियो । जसमा म पनि सहभागी थिएँ । तिनदिनसंम्म चलेको उक्त कार्यशाला गोष्ठीका सहभागीहरूले गोष्ठीको आवश्यकता र औचित्यका सम्बन्धमा गहन छलफल गरेर गोष्ठीको गरिमालाई बढाइ दिएका थिए । त्यतिबेला गोष्ठी फलदायी बन्यो । तिन दिनको अन्तिम दिनमा औपचारिक कार्यक्रमको आयोजना गरेर आयोजकहरूका तर्फबाट गोष्ठीको समापन गरिएको थियो । समापन समारोहमा बिषयगत कार्यालयका कार्यालय प्रमुखहरूका साथमा प्रमुख जिल्ला अधिकारी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा सबै शिक्षकहरूको तर्फबाट मन्तव्य राख्नका लागि एकजना शिक्षकको नाम उपलब्ध गराउन भनेर आयोजकहरूले हामी शिक्षकहरूको समूहलाई सोधेपछि उपस्थित सबै शिक्षक साथीहरूले एकमतका साथ मेरो नाम सिफारिश गर्नु भएको थियो । उहाँहरूको आग्रहलाई मैले त्यतिबेला सहर्ष स्वीकारेको थिएँ । बिस्तारैबिस्तारै कार्यतालिका अनुसार आशन ग्रहण लगाएत विधिवत कार्यक्रमहरू सञ्चालित हुदै गए । कार्यक्रमको सेडुअल अनुसार वक्ताहरूको बोल्ने पालो आयो । सबैले गोष्ठीको महŒव र औचित्य माथि प्रकाश पार्नुभएको थियो । मेरो पालोमा उद्घोषकले बोलाएपछि मञ्चतिर लागेँ र सञ्चालकको हातबाट माइक्रोफोन लिएर उपस्थित सम्पूर्ण महानुभावहरूलाई संबोधन गरे पछि कार्यशाला गोष्ठीको औचित्य माथि पुष्टी गर्दै केही भनाइहरू राखेँ । उक्त गोष्ठीको पूर्ण सफलताको कामना सहित कार्यान्वयनमा जोड दिनका लागि कर्मचारी मित्रहरूतर्फ फर्केर गम्भिर हुँदै भावुक मुद्रामा थप केही धाराण राख्न अनुमति मागी राखेको मन्तव्यको सारांश यस्तो थियो ः आदरणीय राष्ट्रसेवक शिक्षक कर्मचारी मित्रहरू यहाँहरूले आफ्नो कर्मक्षेत्रका रूपमा स्वीकारेर जिम्मेबारी सम्हाल्दै आउनु भएको हाम्रो डोल्पा भूगोलका हिसाबले ठुलो मात्रै होइन विविध खाले ठुला ठुला समस्या र कठिनाइहरूले घेरिएर रहेको छ । त्यसैले हामी कल्पना गर्न सक्छौ कि कुनैपनि राष्ट्रसेवक कर्मचारी मित्रहरू तपाईहरूलाई पहिलो पटक राजधानी काठमाडौँले हिमाली जिल्ला डोल्पामा खटिएर जानुपर्छ भनेर अह्रायो भने शुरुमा डोल्पाको जीर्ण र विदिर्ण अवस्थाको बारेमा सुनेपछि मनमा साह्रै अन्योलता र असहजताहरू पैदा हुन्छन् होला । तपाईहरू त्यहाँ जानु नपरे हुन्थ्यो भन्ने सोच्नु हुन्छहोला । सायद सरुवा रोक्नलाई तपाईहरूले सकेसंम्मको सोर्स फोर्स पनि लगाउनु हुन्छ होला । तर अन्त्यमा केही सीप नलागेपछि बाध्य भएर तपाईहरूलाई आफू खटिएको ठाउँमा आइ जिम्मेवारी सम्हाल्नै पर्ने हुन्छ होला । जसले आम कर्मचारी मित्रहरूले डोल्पाको सरुवालाइ राज्यले दिएको एउटा सजायको रूपमा ठान्नुहुन्छ पनि होला । त्यस्तो दोधारे र दुविधाको मनस्थितिमा रहदै यस्तो ठाउँमा काम गर्न हजुरहरूलाई कति तनाव हुन्छ होला । जसको परिकल्पना हामीहरूले गर्न समेत सक्दैनौ । मैले धेरै पहिले सुनेको थिएँ । रुसी क्रान्तिका ताका समयमा राजद्रोहीहरूलाई निर्मम यातना दिन साइबेरिया जेल पठाइन्थ्यो रे । त्यसरी नै तपाईहरूले पनि आफूलाई सरकारले गरेको सरुवालाई सजाय हो भन्ने बुझ्नुभयो भने त्यो कुराले राज्यको चौतर्फी विकासका लागि मात्र नभएर डोल्पा जिल्लाको समग्र भलाइका साथै यहाँहरूको डोल्पा बसाइ समेत प्रत्युत्पादक बन्नसक्छ । तपाइँ हामी सबै राष्ट सेवक शिक्षक, कर्मचारीहरू तथा देशभक्त नागरिकहरूका सामू यतिबेला बाध्यता बनेर तेर्सिएको र जतिसुकै जटिलता र जोखिमताहरू मोलेर भएपनि भूगोलले ठगेको अनि सदियौदेखि अति बिकट भनेर चिनिनुका साथै मुलुकका लागि शरीरको एउटा पक्षघात भएर बसेको अ¨ जस्तै बनेर रहेको यस कर्णाली क्षेत्र र कर्णाली भित्रकै अझै बिकट भनेर चिनिएको यो हिमाली जिल्ला डोल्पालाई विकासको लयमा हिँडाउन सबैले गंभिर भएर सोच्नैपर्ने हुन्छ । त्यसैले सबै कर्मचारी मित्रहरूलाई आफ्नो डोल्पा बसाइलाई संकट र समस्याहरूको पर्यायवाची साइबेरियामा छु भन्ने नठानेर प्रकृतिको एक सुन्दर एवं मनोरमस्थलमा रमाइरहेको मनमा ग्रहण गरिदिन अनुरोध छ । डोल्पा बसाइको समग्र समय मानसिक रूपमा आनन्दित एवं सुखमय हुनका साथै उत्साहित भएर गरिएका सकरात्मक कार्यले पिछडिएको जिल्ला डोल्पा र युगौदेखि चौतर्फी उत्पीडनको जाँतोमा पिल्सिएर बाँचिरहेको यस भेगका निर्धा निमुखा जनताहरूलाई केही राहत पुग्ने छ भन्ने विचार सहितको भनाई राख्दै मैले आफ्नो मन्तव्य समाप्त पारेँ । मैले कर्मचारीतन्त्रबाट तत्कालीन अवस्थामा आफ्ना जिल्लाबासीहरूले भोगिरहेको तितो सत्यलाई मिठो शैलीमा मन्तब्य मार्फत ब्यक्त गरी मञ्चबाट फर्कनै मात्र के लागेको थिएँ त्यतिनै बेला मेरो मन्तब्यलाई एक टकले हेरेर सुनिरहनु भएका प्र.जि.अ. सर आफू बसेको कुर्चिबाट उठी मसंग हात मिलाउदै गमबहादुरजी तपाईले हामी सबै राष्ट्रसेवक कर्मचारीहरूको आँखा खोलिदिनु भयो भन्दै पिठ्युमा धाप लगाएर धन्यवाद प्रदान गर्नुभएको थियो । शिक्षण पेशासंगको यतिलामो यात्रामा कैयाँै सहकर्मी मित्रहरूसंग कैयौँपटक पेशासंग जोडिएर बिभिन्न कामका लागि विभिन्न समयमा विभिन्न ठाउँहरूमा सहयात्रा गरियो होला तर ती थुप्रै सहयात्री मित्रहरू मध्ये अन्तरहृदय देखि नै शिक्षण पेशाप्रति समर्पित एवं निष्ठावान शिक्षक श्रद्देय गुरु श्री वेदप्रसाद थापासरसंगको सहकार्यलाई झल्झल्ती सम्झीरहेको छु । उहाँ तत्कालीन अवस्थामा डोल्पाको शैक्षिक जगत्का एक प्रेरणाका पात्र हुनुहुन्थ्यो । जिल्लाको तत्कालीन शैक्षिक अवस्था सकरात्मक दिशातर्फ अगाडि बढ्न नसकिरहेको अवस्थामा उहाँले आफ्नो गाउँको महादेव प्रा.वि. लाई जिल्लाकै नमुना विद्यालय बनाउन पहल थालेर सफल हुनु भएको थियो । त्यतिबेला उहाँ र उहाको विद्यालय राष्ट्रिय स्तरमै पुरस्कृत हुन पुगेको थियो । त्यतिबेला उहाँको सकरात्मक कार्यको सिको गर्दै हालको जगदुल्ला गा.पा. का केही विद्यालहरूमा आएको शैक्षिक सुधारको अभियानात्मक गतिविधिहरूले समग्र जिल्लामै एकखालको गुणस्तरीय शिक्षाप्रतिको प्रयासका पाइलाहरू अगाडि बढ्दै गरेर यहाँसंम्म आई पुगेका हुन । यसमा कसैको दुइमत रहन सक्दैन । उहाँसंग सम्बन्धित एउटा अविस्मरणीय घटना मानसपटलमा सधै ताजा बनेर घुमिरहेको हुन्छ । जुन घटनालाई मेरो जीवनयात्रामा भएको एउटा असाध्यै प्रेरणादायी पलका रूपमा ग्रहण गर्दै आइरहेको छु । २०६५ साल पौष महिनातिरको कुरा हो । जतिबेला म जिल्ला शिक्षा समितिको सदस्यका रूपमा कार्यरत थिएँ । त्यतिबेला आफ्नो गाउँको १–५ को विद्यालयलाई १–८ सञ्चालन गर्न खोज्नु भएको रहेछ । अनुमति प्राप्त गर्न नजिकैको लिडर स्कुलले स्वीकृती दिनुपर्ने प्रावधान थियो । त्रिपुरा मा.वि. काईगाउँले सिफारिश दिन नै मानेन छ । नियममा लिडर स्कुलले सिफारिश नदिए पनि जिल्ला शिक्षा समितिले निर्णय गरेको खण्डमा स्वीकृती प्राप्त हुने भन्ने प्रावधान भए अनुसार उहाँ दुनै पुगेर शिक्षा समितिको निर्णय पर्खेर बस्नु भएको रहेछ । जसका लागि मलाई जि.शि.का.बाट पत्रचार हुनुका साथै जि.शि.अ.सरले ब्यक्तिगत रूपमा फोन समेत गर्नु भएको थियो । म दुनैमा पुगेपछि वेदसरले मलाई भेटेर ४ पेज लामो आफ्ना भावना र चाहना समेटिएको अनुरोध पत्रलाइ मेरो हातमा थमाउनु भएको थियो । हिउँदको समय भएकोले मीनपचास विदाले समितिका पदाधिकारीहरू मध्येमा सि.डि.ओ. साब एल.डि.ओ.साब र जि.शि.अ. साब बाहेक अरु शिक्षकहरूको तर्फबाट प्रतिनिधित्व गर्नुहुने शिक्षक मित्रहरू कोही पनि सम्पर्कमा आउन सकिरहनु भएको थिएन । एकजना मात्र उपस्थित भएमा पनि कोरम् पु¥याएर बैठक बसौँला भन्दै म र वेदसर चार दिनदेखि पुष माघको जाडो सहदै दुनै बजारमा भौतारिइरहेका थियौँ । बल्लबल्ल पाचौँ दिनमा शिक्षाविद श्री अंगदकुमार हमाल सर काठमाडौँबाट आइपुग्नु भयो र हाम्रो समितिको कोरम पनि पुगेले तत्कालै जिल्ला शिक्षा कार्यालयको अगुवाइमा बैठक बसेर एकमतका साथ उहाँको मागलाई संबोधन हुनेगरी निर्णय पारित गरेका थियाँै । हामीहरू बैठक कक्षमा बसेर छलफलमा सहभागी हुदै गर्दा नियमले भित्र बस्न नमिल्ने भएकाले उहाँ बैठक अवधिभर कार्यकक्षको बाहिर तत्कालीन जिल्ला शिक्षा कार्यालयको पर्खालमा बसेर हामीलाई र्पिर्खरहनु भएको थियो । जब हामी बैठक कक्षबाट निस्केर बाहिर आयौ तब सबैजनाको पछिपछि आउँदै गरेको मलाई उहाँले च्याप्पै समातेर मेरो शरीरलाई जुरुक्कै उठाउनुभयो र भन्नुभयो । सर तपाईको यो गुन म कहिल्यै बिर्सने छैन । तपाई आज पाँचपाँच दिन मेरै आग्रहले पुष–माघको ठण्डी सहेर दुनैमा बसिरहनु भएको छ । तपाई हेर्दामा सामान्य जस्तो देखिए पनि विचारमा महान हुँनुहुँदो रहेछ । तपाईलाई मैले माने सर, भन्दै मेरो धेरै प्रशंसा गर्नु भएको थियो । मैले पनि तपाई जस्तो एक अशल एवं इमान्दार शिक्षाप्रेमीका लागि योगदान गर्न पाउनु मेरो शौभाग्य हो भन्दै उहाँको मैले खुलेर तारिफ गरेको थिएँ । उहाँ यतिबेला हाम्रा माझ जीवित हुनुहुन्न । तर पनि उहाँले बिगतका दिनहरूमा डोल्पाको शैक्षिक क्षेत्रमा निभाएको सकरात्मक भूमिका र गरेका उल्लेखनीय योगदानहरूले गर्दा उहाँ हामी शिक्षा क्षेत्रसंग सम्बन्धित सबैका मानसपटलमा सधै रहनु हुनेछ । म घोत्लिएर विचार गर्छु । हाम्रो जिल्ला डोल्पाका लागि आगामी दिनहरूमा वेद सरहरू भन्दा पनि क्षमतावान् र वौद्धिक मान्छे त पाइएलान् । तर उहाँ जस्तो इमान्दार दृढ इच्छाशीक्त भएको कर्तव्यनिष्ठ शिक्षासेवी पाउन भने गाह्रो हुनेछ । त्यसैले मलाई लाग्छ आजको समयमा हाम्रो समाजमा ठुला भनिने मान्छेहरू भन्दा पनि वेदसरहरू जस्तै अशल र इमान्दार मान्छेहरूको अति नै खाँचो रहेकोे छ । बिगतका दिनमा वेदसर जस्ता एक सामान्य शिक्षकले गरेका सकारात्मक एवं रचनात्मक कार्यहरू आजसम्म हामी सबैका प्रेरणाका श्रोत बन्न सक्ने भएकाछन् । वेद सर जस्तै मेरो अर्का आदर्श व्यक्ति एवं प्रेरणाका श्रोत तत्कालीन शिक्षा समिति सदस्य तथा भौतिक पूर्वधार कार्यालयका इन्जिनीयर अंगदकुमार हमाल सर पनि हुनुहन्थ्यो । उहाँलाई साच्चै भन्नुपर्दा डोल्पामा बहुआयामिक व्यत्तित्वका धनी तथा बौद्धिक हिसाबले एक शीर्ष पुरुषको रूपमा चिन्दछु । गैरसरकारी संस्थाहरूको योगदानबाट पनि समाज र राष्ट्रको विकास गर्न सकिन्छ भनेर डोल्पामा पहिलो पटक डोल्पो शैक्षिक सामाजिक एवं पर्यावरण संरक्षण समूह डेजर्ट नामक संस्था खोलेर उहाँले गैरसरकारी संस्थाहरूको तर्फबाट सामाजिक गतिविधिहरूको शुरुआत गर्नु भएको थियो । सोही संस्थाको माध्यमबाट दुर्गम जिल्ला डोल्पामा पनि गुणस्तरीय शिक्षाको अवधाराणालाई टेवा पु¥याउने उद्देश्यले अंग्रेजी माध्ययममा पढाइ हुने दुनै बोर्डि¨ स्कुल नामक गुठी विद्यालयको स्थापना गरेर डोल्पाको शैक्षिक विकासमा थप टेवा पु¥याउनु भएको थियो । उहाँले पर्यटन ब्यवसायलाई पारिवारिक उद्योगका रूपमा सञ्चालन गर्दै सदरमुकाम दुनैमा ब्लुशीप नामक पर्यटकीय होटल र बिभिन्न ट्राभल एजेन्सीहरू पनि सञ्चालन गर्दै आउनु भएको थियो । उहाँको संरक्षणप्रतिको असाधारण लगावले संरक्षणको क्षेत्रमा विश्वमा सक्रिय हुदै आएका थुप्रै ख्याती प्राप्त संस्थाहरू जस्तै डब्लु.डब्लु.एफ. लगाएत अन्य विभिन्न अन्तराष्ट्रिय स्तरका संरक्षणमुखी संस्थाहरूसंग आवद्ध रहेर विभिन्न संरक्षणमुखी क्रियाकलापहरूलाई सकृय ढ¨ले सञ्चालन गर्दै आउनु भएको थियो । साथै उहाँले एकदिन मसंगको बसाइका क्रममा गमबहादुर तिमी–हामीले अब यो ना¨ो डोल्पालाई हराभरा बनाउदै जानुपर्छ, भनेको म कहिल्यै बिर्सन सक्दैन । हरेकचोटी म दुनै पुगेको बेलामा उहाँसंगको आत्मिय सम्बन्धले मनभित्र अटेसमटेस भएर बसेका भावनाहरूबाट ओतप्रोत हुदै उहाँलाई भेट्न सधै म उहाँको घर ढुस्का र ब्लुशीप होटलमा गइरहन्थे । बिगतका समयमा ब्लुशीप होटलको सुन्दर बगैचामा बसेर उहाँसंग डोल्पाको दिगो विकास लगाएत अन्य समसामयिक बिषयहरूमा गरिएका बहुआयामिक भलाकुसारीहरू आज पनि हृदयको तह तहमा सुरक्षित भएर बसेकै छन् । साथै मैले थाहा पाए अनुसार उहाँसंग डोल्पा विकास र वहसको सुन्दर मार्गचित्र थियो । बिडम्बना डोल्पाको विगतको अस्तव्यस्त राजनीतिक अवस्थाका कारण न त उहाँको परिकल्पनाले मूर्तरूप प्राप्त गर्न सक्यो नत भगवानले नै उहाँलाई हाम्रा माझ लामो समयसम्म रहन नै दिनुभयो । अहिले म उहालाई संझेर पश्चातापको भुमरीमा तड्पीरहेको छु । मैले उहाँकै भावना र विचारबाट प्रभावित भएर २०५४ सालमा मेरो गाउँकी अगुवा महिलाहरूको नेतृत्वमा सञ्चालन हुने गरी छहारी नामक एक गैरसरकारी संस्थाको स्थापना गर्न खोजेको थिए । द्वन्दको त्यो विकराल अवस्था र त्यतिबेलाको संकिर्ण राजनैतिक सोचका कारण मलाई बिभिन्न कोणबाट जन–समुदायलाई भड्रकाउन खोज्यो भन्ने खालका आरोपहरू लगाइएपछि म पछाडि हटेकै कारण उक्त संस्थाको दर्ता प्रकृयामा ब्रेक लागेको थियो । छहारी संस्था दर्ताका लागि छलफल गर्दाको बखतमा ब्लुशीप होटेलमा घटेको एउटा अविस्मरणीय क्षणलाई म कहिल्यै बिर्सन सक्दैन । त्यो दिन संयोगवश बैशाख पूर्णिमा यानेकि बुद्ध जयन्ती परेको थियो । डोल्पो केन्द्रिय गुम्बामा गरिने पूजापाठका लागि भनेर छार्का निवासी मेरा पुराना मित्र खेन्पो मेन्ला फुन्चोक लामा केही लामा साथीहरूलाई ल्याएर काठमाडौँबाट आइ त्यही ब्लुशीप होटेलमा बस्नु भएको रहेछ । हाम्रो पूर्व घोषित कार्यक्रम अनुसार बिहानको ७ बजेतिर म ब्लुशीप होटेलमा पुगेको थिएँ । म पुगेको केही छिनपछि पूर्व राष्ट्र सेवक कर्मचारी, लोकप्रिय समाजसेवी तथा विगतको डोल्पा नामक पुस्तकका लेखक स्व.सन्तराम थकाली बाजे त्यहाँ पुग्नु भएको थियो । सबैजनाको उपस्थिति भइसकेपछि हामीहरू सबै ब्लुशीप होटेलको बैठक कक्षतिर छि¥यौँ । त्यहाँ समाजसेवी तथा ड्याट ट्याग संस्थाका अध्यक्ष सन्तराम थकाली बाजेको अध्यक्षतामा अंगद हमाल काका डोल्पो केन्द्रिय गुम्बाका संस्थापक लामा तथा मेरा पुराना मित्र मेन्ला फुन्चोक लामा म र दुनै र्बोिड¨ स्कुलका प्रिन्सिपल भुपेन्द्र मुखिया सर समेत ५ जना बसेर शुभ बिहानीको चिया पिउदै शुभ कार्यका सम्बन्धमा छलफल गरिरहेका थियौँ । उक्त छलफल कार्यक्रमको शुरुआत गर्दै अंगद काकाले डोल्पाको जिर्ण र विदीर्ण राजनैतिक अवस्थाको बारेमा भावुक हुदै आफ्ना भावावेशहरूलाई प्रस्फुटन गर्दै म तर्फ भन्नुभयो ः हेर गमबहादुर भतिज हाम्रा तमाम् डोल्पाली दाजुभाइ तथा दिदी बहिनीहरूको न्युन चेतनाको फाइदा उठाएर पशुसरहका निरीह र निर्धा निमुखा जनताहरू माथि यहाँका राजनैतिक नेताहरूले कहिलेसंम्म अराजनीतिक गतिविधिहरू चलाइ राख्नेहुन् । त्यसैले तिमी हामी जस्ता सचेत र शिक्षित वर्गले अब गाउँगाउँबाट नागरिक अधिकार र कर्तव्यका बारेमा जन चेतना जगाउनै पर्ने आवश्यकता खट्किरहेको छ । उहाँले यसो भन्दै गर्दा कामविशेषले एकजना डोल्पा जिल्लाका मुर्धन्य नेता त्यतिबेला काम विशेषले अंगद काकालाई भेट्न अप्रत्यसित ढ¨ले बैठक कक्षमा प्रवेश गर्नु भएको थियो । उहाँको उपस्थितिले गर्दा हाम्रो छलफलको प्रकृया पनि बन्द हुन पुग्यो । बैठकको बिषय प्रसञ्ग समेत बदलिएको थियो । केही समयसंम्म ती नेताले अंगद काकासंग आफ्नो व्यक्तिगत कामका बिषयमा छलफल गर्नु भयो । साथै उहाँ तत्कालै फर्कनु पनि भयो । ती नेता फर्केपछि हामी फेरि छलफलमा केन्द्रित भयौँ । छलफलको पुन शुरुआत गर्र्दै अंगद काकाले हाँसोको फोहोर छुटाउदै भन्नुभयो । यी नेता पनि क्या मज्जाको साइत जुराएर आइपुगेका रहेछन् । कम्तीमा एक दुईवटा दह्रो सट त खाए नि बुढाले । त्यसपछि हामीले संस्थाको उद्देश्य र अन्य समसमयिक बिषयमा केन्द्रित हुदै छलफललाई पुन अगाडि बढायौँ । विधानको मस्यौदा पनि तयार भयो । त्यसपछिका दिनहरूमा मैले समय मिलाएर आवश्यक कागजात सहित संस्था दर्ता गराइ पाउँ भनी जि.प्र.का. डोल्पामा निवेदन दिएँ । गाउँ सर्जमिन मुचुल्का तयार पार्नको लागि जि.प्र.का. डोल्पाले प्रहरी चौकी लिकुलाई निर्देशन ग¥यो । प्रहरी चौकी लिकुले विभिन्न बहाना बनाइ आफ्नो रिपोर्ट नपठाइदिएका कारण दर्ताका लागि विधिवत पूर्णता पाउनुको सट्टा द्वन्दको बिषम परिस्थितिको चपेटामा परेर हामीले स्थापना गर्न चाहेको छहारी नामक गैर सरकारी संस्थाको वीज गर्भमै तुहियो । ॐ द्वन्दको त्यो बिषम परिस्थितिले त्यतिबेला हामी संस्थागत रूपमा अगाडि बढ्न नसकेपनि व्यक्तिगत रूपमा भने हामी दुईजना बिचको सम्बन्ध सधै निकट भइरह्यो । म सधै उहाँसंग प्रत्यक्ष भेटघाट र फोन मार्फत गफगाफ गरेर मनको तृष्णा मेटिरहन्थेँ । म चाहन्थेँ उहाँ धेरै बर्ष बाँचेर डोल्पा र डोल्पाली जनको भलाइका लागि उहाँले सञ्चालन गर्दै आउनु भएका सकरात्मक–रचनात्मक एवं प्रेरणादायी कार्यह्रूले पूर्णता पाउँदै जानुपर्छ भन्ने हो । हामी डोल्पालीहरूका लागि विडम्वना नै मान्नुपर्छ । विगतको संकीर्ण राजनैतिक परिपाटीका कारण दिल खोलेर कामगर्ने अवस्था नै भएन । जब देशमा लोकतान्त्रिक व्यवस्थाको उदय भयो । मुलुकको राजनीतिमा केही सकरात्मक शुभ सङ्केतहरू देखिदै गए । तब डोल्पा र डोल्पालीको दुर्भाग्य सावित भएर उहाँ बिरामी पर्नुभयो । उहाँलाई सबैले चाहदा चाहदै र धेरै कोशिसहरू गर्दागर्दै पूर्ण जीवन बाँच्न पाउनु भएन । सायद उहाँसंगको मेरो पवित्र भावनात्मक सम्बन्धले गर्दा नै होला उहाँको देहावशन हुँदा म मेरा मित्र मालबहादुर रोकाया सितारको फोन सम्पर्क मार्फत पशुपति आर्यघाटसंम्म पुगेर उहाँका लागि श्रद्धाका दुई थोपा आँसु चुहाउने अवसर मैले प्राप्त गरेको थिएँ । अंगद काकाको वियोेगान्त पीडालाई संझिदा हामी आम डोल्पाबासीहरूका लागि अहिलेको सबैभन्दा ठुलो समस्याका रूपमा रहेको छ व्यक्तिको स्वास्थ्य उपचार । कुनैपनि मान्छे बिरामी पर्दा आफ्नै गाउँठाउँमा स्तरीय स्वास्थ्योपचारका लागि सुविधा सम्पन्न हस्पिटलहरू नभएका कारण डोल्पालीले आफू र आफ्ना परिवारका सदस्यहरू बिरामी पर्दा कि त घरखेत बेचेर सुगमका मह¨ा हस्पिटलहरूमा गएर उपचार गर्नुप¥यो कि त उमेर नपुगिकनै अकाल मृत्युवरणलाई स्वीकार्नु प¥यो । हिजोका दिनहरूमा औषधोपचारका हिसावले भन्नुपर्दा संभावनाहरूनै थिएन । त्यतिबेलाका मान्छेहरूका साथमा रहेका विभिन्न खाले बाध्यता र विवशताले बिरामीहरूलाई कि त घरेलु उपचार र धाँमीझाँक्रीको झारफुकले सन्चो गराउनु प¥यो । कि त सिरानीमा कात्रो हाली काल बोलाउनु सिवाय उनीहरूसंग अर्को बिकल्प नै हुदैनथ्यो । आजका दिनसंम्म आइपुगुन्जेल आम मान्छेहरूमा स्वास्थ्यप्रति आएको सकारात्मक जनचेतनाका साथै उनीहरूको थोरबहुत बृद्धि हुदै गइरहेको आर्थिक हैसियत भएपनि आङ्खनै गृहजिल्लामा सुविधा सम्पन्न अस्पताल र बिशेषज्ञ सेवाहरूको भरपर्दो सुविधाहरू नभएकाले बाहिरी जिल्लाहरूमा उपचार गराउन जानुपर्ने बाध्यताहरू हामी डोल्पालीहरूका लागि ज्युँका त्युँनै छन् । त्यसैले हिजोआज मैले देखिरहेछु डोल्पालीहरूको आम्दानीको ठुलो हिस्सा नै औषधोपचारका लागि मात्र खर्च हुदै गइरहेको छ । म र मेरो परिवार पनि यो समस्याको चपपेटामा परेर निरन्तर पिल्सिदै आइरहेको छौँ । कहिले को बिरमी पर्ने कहिले को बिरामी भइरहने परिवारका सदस्यहरूको उपचार खर्च जुटाउदै र ऋणधनहरू तिर्दैमा मेरा हरेक बर्षका दैनिन्दी गुज्रिरहेका हुन्छन् । यस्तैमा मेरी श्रीमतीको स्वास्थ्य अवस्था दिनानुदिन बिग्रदै गएकाले जिल्ला बाहिर गएर सुविधा सम्पन्न हस्पिटलमा चेकजाँच गराउने र पढ्न गएका छोराछोरीलाई पनि भेट्ने उद्देश्यले २०६९ साल माघमा हामी दुई लोग्नेस्वास्नी काठमाडौँ जाने निर्णय ग¥यौ । हिउँदको हिमपातले भनेको बेलामा प्लेन टिकट नपाइने र खर्च पनि कमलाग्ने ठानेर हामी पैदलै हिड्ने निश्चय गरी घरबाट लागिम काठमाडौँतिर । त्यतिबेला रुकुमको राडीज्युलासंम्म मात्र मुसिकोट खल¨ाबाट साना जीपहरू ओहोरदोहोर गर्ने गर्थे । त्यहाँभन्दा माथि डोल्पातिरको बाटो नेपाली सेनाले बनाउदै गइरहेको थियो । बाटोका विभिन्न खाले कठिनाइहरू पूरा गरेर हामी तीन दिनको पैदल यात्रा पछि पुगेका थियौँ– रुकुमको राडीज्युला बजार । त्यहाँ पुग्दा हामीले केटाकेटीहरूलाई काठमाडौँ लाने भनेर खच्चड मार्फत पठाएको दाल तरकारीका कुम्ला कुटिराहरूलाई यकिन गरिएको ठाउँमा नभेटाएपछि त्यो दिन त्यहीँ बसेर हराएको सामानको खोज अनुसन्धानमा लागेका थियौँ । दिनभरिजसो केही गर्दा पनि हराएको सामानहरू नभेटाएपछि भोलिपल्टको एकाबिहानै म बिरामी श्रीमतीलाई त्यहीँको एउटा होटेलमा छोडेर चार घण्टाको बाटो हिडेर खच्चड साहूको घर चौखाबजार आइपुगेँ । त्यहाँ पुग्दापनि समस्याको समधान निस्कने छाटकाट नदेखेपछि म फेरि निराश हुँदै राडीज्युलातिरै फर्केर आएँ । त्यही दिनको साढे तिनबजेको जीप चढेर हामी त्यहाँबाट हुइकियौँ रुकुमकै खल¨ा नजिकैको अर्कोबजार गाडाघाट सिम्लीतिर । त्यो रात हामी त्यहीँ होटेलमा बसी भोलिपल्ट पैदल हिडेरै लागेका थियौँ रुकुमको अर्को बजार सोलाबाङतिर । उबडखाबड बाटो र विभिन्न खाले मोड घुम्तीहरूका साथै खोलाका बगरै बगरहरू चहारेर बल्लबल्ल पुगेका थियौँ सोलाबाङबजार । त्यहाँ बिहानको दश बजेतिर पुगेका थियौँ होला । त्यहाँका स्थानीय मान्छेहरूले मुसिकोट खल¨ाबाट काठमाडौँका लागि छुट्ने बस दिउसोको एकबजे मात्रै आइपुग्छ भनेकाले अलि पर रहेको बैरागी ठाटीको टिकट काउन्टरमा गएर बसको टिकट लिइ मुसिकोट खल¨ाबाट आउने बस कुरेर त्यतै बसिरह्यौँ । खल¨ाको बस आइपुग्यो । तर बस त पुरै यात्रुहरूले भरिभराउ थियो । हामी पनि बसमा चढ्यौँ । हामीले टिकट काटेका सीटहरूमा अरुनै मान्छेहरू बसिरहेका थिए । हामीलाई टाढैका मान्छेहरू हुन् भन्ने ठानेर काउन्टरवालाले बिकी भइसकेको सीटलाई फेरि नक्कली सीट बनाएर बेचेर पैसा असुलेको रहेछ । मेैले गाडी स्टाफलाई कि त सीट मिलाइदेउ होइनभने हाम्रो पैसा फिर्ता देऊ हामी अर्को गाडीमा जान्छु भनेर जतिपटक भन्दापनि एकछिन पछि सिट मिलाइ दिन्छु भन्दैभन्दै कन्डक्टर पन्छिरहेको थियो । उसको त्यो ब्यबहार देखेर मलाई रिस उठेर आयो । मैले रिसाउदै के हो भाइ हामीलाई गाउँतिरको जस्तो देखेर हेपेको हो भन्दै बेस्सरी झपारे पछि नजिकै बस्नु भएको एकजना भलादमी जस्तो देखिने मान्छेले हामीहरू दुबै पक्षलाई सम्झाउदै सहमति गराइदिनुभयो । कन्डक्टरले मेरी श्रीमतीलाई क्याबिनमा सिट मिलाएर राख्यो मलाई एउटा मुडामा राखेर बसायो । म पनि भलादमीको आग्रहलाई स्वीकार्दै उहाँकै सीटको नजिकै पारेर मुडामा बसेको थिएँ । गाडीले बिस्तारै आफ्नो गति बढायो । गाडीको झ्यालको शिसाबाट छिरेको चिसो बतासको स्पर्शले मेरो दिमागको तनावलाई केही घटाउदै लगिरहेको महसुस गरिरहेको थिएँ । त्यतिबेलासम्म गाडीमा भइरहने स्टेशन क्षेत्रको हुलहाल र कल्याङमल्याङको आवाज केही कम हुदै गइरहेको थियो । केही छिनको बसाइ पछि मेरो नजिकैको सीटमा बस्नु भएका तिनै भद्र व्यक्तिले मेरो घरठेगनाको बारेमा सोध्नुभयो । मैले पनि उहाँका प्रश्नहरूको सबै जवाफ क्रमैसंग पmर्काउदै गएँ । बिस्तारै उहाँले मलाई मेराबारेका र मसंग सम्बन्धित अन्य प्रश्नहरू सोध्दै जानुभयो । सबै प्रश्नहरूको एकएक गरेर उत्तर दिदै गइरहेको थिएँ । मलाई उहाकाँ बिषयमा मनमा लागेका कुराहरू पनि बेलाबेलामा सोध्दै भावनात्मक रूपमा एक हुँदै एक अर्का बिच दिलखोलेर कुराकानी, बहस–छलफल र तर्क–बितर्कहरू गर्न सकेका थियौँ । बस आङ्खनै तरिकाले कुदिरहेको थियो । बस भित्रका यात्रुहरू पनि आ–आङ्खनै धुनमा मस्त थिए । उहाँले बताउनु भए अनुसार उहाँको नाम विकल प्रजापती रहेछ । उहाँहरू दुइजना रुकुमको सदरमुकाम मुसिकोट खल¨ामा भएको एउटा शिक्षक भेलालाई सम्पन्न गरेर आफ्नो घर भक्तपुर तर्फ फर्कदै हुनुहुँदो रहेछ । उहाँले भक्तपुरको मुटुमा रहेको च्यामासिं चोक नजिकैको बागेश्वरी कलेजमा अध्यापन गराउनु हुने कानुनको प्रध्यापक हुनुका साथै बागेश्वरी कलेजको संस्थापक सदस्य, बिगतमा राष्ट्रिय भुमिसुधार आयोगको केन्द्रिय सदस्य र हाल कानुनविदहरूको भेला÷अविधेशनबाट भक्तपुर कानुन समाजको अध्यक्ष समेत चुनिनु भएको मिजासिलो स्वभाव धेरै अनुशासित मान्छे त्यतिधेरै पढे लेखेको मान्छे भएर पनि उहाँसंग दम्भ र अहंकार भन्नेकुरा एकरति थिएन । अर्काको कुरालाई ध्यानदिएर सुन्ने र आफ्नो भनाइ राख्दा मान्छेको भावना बुझेर मात्र धाराण पस्किने । शालीन एवं भद्र मान्छे । “फलेको हाँगो नुहेको हुन्छ” भन्ने कुराको पाठ मैले पहिलो चोटी उहाँबाट राम्ररी सिक्ने अवसर प्राप्त गरेको थिएँ । हाम्रा बिचमा धेरै कुराकानीहरू भए । जसमा गाउँ सहरका दुःख–सुख, समाज–राष्ट्र र धर्म–कर्म लगाएत समसामयिक राजनीतिका बिषयमा दिल खोलेरै बहस गरेका थियौँ । मेरो कुरागर्ने शैली र मबाट सुन्न पाउनु भएका हाम्रो जिल्ला डोल्पाका गाउँठाउँतिरका रोचक, प्रेरक एवं अनौठा घटनाहरूलाई सुनेर उहाँ चकित नै पर्नु भएको थियो । हामी दुईजनाको गफलाई उहाँको साथीले पनि सुनी रहनु भएको थियो । उहाँ भित्तापट्टि रहनु भएले कुराकानीमा सहभागी हुन भने सकिरहनु भएको थिएन । हामीहरू गफिदै गर्दा बसले रुकुम, रोल्पा र सल्यान हुदै दाङसंम्मको यात्रा पूरा गरिसकेको रहेछ । त्यो कुरा हामीहरूलाई पत्तै भएन । अधेरी रातले बिस्तारै आफ्ना काला जगल्टाहरू धरतीमाझ फिँजाउदै गयो । बाहिरी संसार जतिसुकै अन्धकारमय भएता पनि गाडी भित्रको बत्तीको उज्यालोका साहायताले हामीहरू बिचका भावावेशहरू भने खहरेको पानी उर्लेजस्तै निरन्तर उर्लिरहेका थिए । गाडीमा यात्रा गर्दा आइपर्ने झिना मसिना समस्याहरूको सामाना गर्दै गरेर रातीको एघार बजेतिर हामी महेन्द्र राजपथको लमही बजार पुग्यौँ । गाडी स्टाफले खाना खान भनेपछि सबैजना यात्रुहरू बसबाट ओर्लिएर खानाखान होटेलतिर लागेका थियौँ । हामी जोइपोइले पनि होटेलको एउटा कुनापट्टी बसेर खाना खायौँ । खाना खाने क्रममा आ–आङ्खनै तरिकाले अलग–अलग भएर बसेका थियौँ । हामीदुई जेइपोइले खाना खाइसकेर गाडीमा प्रवेश गर्न लागेका मात्र के थियौँ, गाडी ड्राइभर मेरा सामु आएर– केही मान्छेहरू पश्चिम नेपालतिर जाने थिए त्यसैले उनीहरू यहीँ झरेकाले क्याबिनमा सिट खाली भएको छ, तपाई आङ्खनी श्रीमतीसंग त्यतै बस्नोस् भने । म पनि क्याबिनतिर नै बस्न गएँ । जसले विकल सरहरूसंगको मेरो बसाइ टाढिन पुग्यो । रातभरि म क्यबिनतिरै बसेर त्यतै सुतेँ, रात कटाएँ । भोलिपल्ट बिहानको आठ बजेतिर गााडीमा सामान्य समस्या देखिएकाले धादिङको गजुरीमा पुगेर केहीछिन गाडी रोकियो । सबैजना बसबाट बाहिरतिर निस्किएकाले हामी पनि गाडीबाट बाहिर निस्कियौ । त्यतिबेलासंम्म बिहानीको झुल्के घामले पाइला टेकिसकेको रहेछ । बाहिर निस्कने क्रममा विकल सरसंग एक्कासी ढोकामै भेटभयो । उहाँले हस्यौली पारामा आधा बाटोबाट त हाम्रो साथ संगतनै टुट्यो नि है सर ? भन्दै आफ्नो मनको धारणा तत्कालै व्यक्त गर्नुभएको थियो । मैले पनि क्याबिनमा सीट खाली भएको र बिरामी श्रीमतीको रेखदेख गर्नुपर्ने भएकोले हजुरहरूसंग टाढिनु परेकोमा क्षमायाचना चाहन्छु भन्दै आफ्नो विनम्रता प्रकट गरेको थिएँ । तपाई काठमाडौँमा कति दिन रहनु हुन्छ ? तपाई आङ्खनी जहानको उपचारको काम सकेपछि एकदिन फुर्सद मिलाएर भक्तपुरतिर पनि आउनुहोस् न है ? भन्दै उहाँले मेरो हातमा एउटा भिजिटिङ कार्ड थमाउनु भएको थियो । हवस् सर भन्दै उहाँको निमन्त्रणालाई सहर्ष स्वीकार गरेर त्यो भिजिटिङ कार्डलाई आफ्नो पकेटमा राखेँ । केही छिनमा गाडी मर्मत भए पछि सबै बसमा चढ्यौ, बस काडमाडौँतिर हुँइकियो । बिरालोले आफ्ना छाउराहरूलाई सारे झैँ समय परिस्थितिसंगै पटकपटक डेरा सर्नुपर्ने काठमाडौँको बाध्यताले हाम्रा केटाकेटीहरूको पहिलेको बासस्थान रहेको ठाउँ कलंकीबाट अहिले डेरा ढु¨े अड्डातिर सरेको रहेछ । त्यो बर्षबाट छोरी अमिना त्यतै भएकिले रिसिभ गर्नको लागि ऊ नै ढु¨े अड्डातिर जाने पिपलको रुख छेउ आएर पहिल्यै बसेकी रहिछ । हामी भेट्ने बित्तिकै नजिक आएर हामीलाई ढोगभेट गरी, छोरीको हसिलो मुहार देखेपछि हामीले बाटोभरिका सबै दुःख पीडाहरूलाई एकैछिनमा भुलेका थियौँ । त्यसपछि हामी डेरा तिर लाग्यौँ । डेरामा पुगेपछि बहिनीहरू सुनकली र शारदा ज्वाई बालकृष्ण बोहोरा, भान्जा, भान्जी सबिना र सुमन लगायत कान्छो छोरा विवेकसंग पनि भेट भएपछि काठमाडौँ जस्तो बिरानो ठाउँमा त्यतिबेलाको बसाइ परिवारमय बनेको थियो । भोलिपल्ट शनिबार परेकोले सहर घुमाउने उद्देश्ले बहिनीहरूले केटाकेटी र हामीहरूलाई बिहानै खानासाना खुवाएर बजारतिर लगेका थिए । शुरुमा हामी पशुपतिनाथको दर्शन गर्न गएका थियौँ । त्यसपछि हामीले नारायणहिटी दरबार संग्राहालय, हनुमान ढोका दरबार संगा्रहालय, धरहरा लगाएतका विभिन्न ठाउहरू घुमेर धरहराकै छेउमा रहेको एउटा खाजाघरमा नास्ता खाइसकेपपछि दिउँसोको तिन बजेतिर सिभिल मलको आँगनमा राखिएका बेञ्चहरूमा बसेर आराम ग¥यौँ, बच्चाहरू वरिपरी रहेर यताउति घुमिहेका थिए । त्यस्तैमा हाम्रो नजिकैको बेञ्चमा बसेका एकजना भलादमी जस्ता देखिने मान्छेले केही समय पहिले देखिनै घरि हामीलाई र घरिघरि हाम्रा बच्चाहरूतिर आँखा लगाएर हेरिरहनु भएको थियो । उहाँलाई हाम्रो दुब्लो र चाउरी परेको अनुहार अनि फूलका कोपिला जस्ता रहर लाग्दा बच्चाहरूलाई देखेर मनमा अनौठो भएको थियो क्या र π त्यसैले केही समय पछि उहाँले आफ्नो मनको कौतूहलतालाई मेटाउन मेरो कान्छो छोरा विवेकलाई नजिकै बोलाएर उहाँहरू को हुनुहुन्छ ? भनेर हामी तर्फ इ¨ित गर्दै प्रश्न गर्नुभयो । आमा र बुबा भन्दै मेरो कान्छो छोरा विवेकले उत्तर फर्कायो । तपाईहरूको घर कहाँ हो ? उहाँले फेरि प्रश्न गर्नुभयो । डोल्पा छोराले भन्यो । बाबु नानीहरू यहीँ पढ्नुहुन्छ ?े फेरि तेश्रो प्रश्न गर्नुभयो । हजुर छोरालै स्वीकृतीको भाव प्रस्तुत गर्दै शिरमात्र हल्लायो । बाबु नानीहरू, तपाईहरू कति भाग्यमानी है ? दुर्गमको त्यो कुनाकन्दरामा जन्मेको भएर पनि तिम्रा बुबाआमाले तिमीहरूलाई यति ठुलो सहरमा पढाउन राखेका रहेछन् । तिम्रा बुबाआमाका कति महान् एवं सुन्दर सपनाहरू रहेछन् । आफूहरूले जति सुकै दुःखहरू खेपेर भएपनि आफ्ना सन्तानहरूको भविष्य निर्माणका लागि यति ठुलो आँट–हिम्मत देखाएर त्यतिटाढा डोल्पाबाट काठमाडौँमा राखेर पढाउन खोज्नु भनेको चानचुने कुरा होइन । त्यसैले तिमीहरूले पनि आफ्ना बुबाआमाको सुन्दर सपनालाई पूरागर्न कुनै कसर बाँकी राख्नु हुदैन । तिमीहरूले सधै मेहनत गर्नुपर्छ र बुबाआमाको त्यो त्यागको भावनालाई किमार्थ भुल्नु हुदैन । उहाँले हाम्रा बच्चाहरूलाइ साह्रै सकरात्मक प्रेरणाहरू प्रदान गर्नु भएको थियो । साझको ४÷५ बजेतिर हामी सहरका विभिन्न मनोरञ्जन स्थलहरू तथा सामरिक महŒवका ठाउँहरूको भ्रमण गरेर केटाकेटीहरूका साथ डेरातर्फ फक्र्यौँ । डेरामा पुगेर केहीछिन आराम गरेपछि छोरी विद्याले छोरा विवेक, भान्जा, भान्जी सबिना र सुमनलाई संझाउँदै दिउँसो मलमा प्रेरणा प्रदान गर्नुहुने उनै भलादमीको स्मरण गराउँदै साच्चै बुबाआमाहरूले खाइनखाइ हाड घोटेर यतिटाढा राखेर पढाइरहनु भएको छ । त्यसैले हामी सबै भाइबहिनीहरूले अबका दिनमा गम्भिर, लगनशील र कटिबद्ध भई अभिभावकको पवित्र चाहना र सुन्दर सपना पूरा गर्न सधै दृढ भएर लाग्नुपर्छ भनेर भाइबहिनीहरूलाई संझाएकी थिई । उसको कुरा सुनेर म मनमनै खुसीले प्रफुल्लित भइरहेको थिएँ । त्यसको भोलिपल्टबाट दुईचार दिनको समय लगाएर मैलै श्रीमतीको उपचार संगसंगै आफ्नो स्वास्थ्य जाँचको काम छिटोछिटो गर्दै भ्याइ सकेको थिएँ । सबै काम अन्माएपछि मलाई बिस्तारै विकल सरले गर्नु भएको आमन्त्रण प्रस्तावको याद आयो । मैले एकदिन बिहान उहाँको भिजिटिङ कार्ड हेरेर उहाँलाई फोन लगाएँ । फोनको घण्टी गए लगत्तै उताबाट विकल सर बोल्नु भएको थियो । शुरुमा औपचारिक भलाकुसारीहरू भए लगत्तै सरले भक्तपुर कहिले आउने ? भनीहाल्नुभयो । हजुरहरूले जहिले आइज भन्नुहुन्छ त्यसै दिन आउछु भनेपछि उहाँले आजै आउनोस् न भनेर प्रस्ताव गर्नुभयो । म त्यसै दिनमा भक्तपुर जाने भएँ । हल्का खाजानास्ता गरेपछि म र मेरा ज्वाइँ बालकृष्ण बोहोरा कोठाबाट निस्केर कलंकी–बल्खु–सातदोबाटो हुदै बिहानको साढे दश बजेतिर भक्तपुरको च्यामासिं चोकमा पुगेका थियौँ । त्यहाँ पुगेपछि मैले विकल सरलाई फोन लगाएँ । फोन लगाएको केही छिनमै उहाँ हाम्रो सामु उपपस्थित हुनुभएको थियो । उहाँकै साथमा हामी दुईजना च्यामासिं चोकको आडैमा रहेको बागेश्वरी मा.वि. तथा बागेश्वरी कलेजको प्रशासनिक कक्ष रहेको भवनतिर लाग्यौँ । सरले हामीलाई सरासर उक्त भवनको तेश्रो तलाामा रहेको प्रशासनिक कक्षतिर लैजानुभयो । त्यो विद्यालय तथा महाविद्यालयमा समेत गरेर जम्माजम्मी तीनवटा अजयमान बिल्डिङहरू र १०० को हाराहारीमा शिक्षक कर्मचारीहरू कार्यरत रहेछन् । जसमध्ये हरेक डिपार्टमेन्टका प्रमुखहरू मात्रको उपस्थितिले पनि त्यहाँ कम्तीमा १५÷२० जना जत्तिको उपस्थिति रहेको थियो । सरहरूले एकखालको सामान्य औपचारिक कार्यक्रमको आयोजना गर्नु भएको रहेछ । कार्यक्रमको सेडुअल अनुसार शुरुमा हामीलाई उहाँहरूका तर्फबाट खादा लगाई अविरावरण गरेर स्वागत सम्मान गरियो । त्यसपछि मैले आफ्नो परिचय दिदै छोटो मन्तव्य समेत राखेको थिएँ । साथै उक्त कलेज र विद्यालयको शैक्षिक भौतिक एवं अन्य समसामयिक बिषयहरूको बारेमा हामीलाई जानकारी दिदै उक्त कलेजका प्रमुखले आफ्नो भनाइ सङ्क्षेपमा राख्नु भएको थियो । मन्तव्य लगाएतका औपचारिक कार्यक्रमहरूको समापनसंगै अन्य भलाकुसारी तथा अनौपचारिक गफगाफ्हरूका क्रममा मेरो कुरागर्ने शैली देखेर मलाई धेरैजसो सरहरूले तपाई कुन पार्टीको र कुन तहको नेता हो भनेर धेरै प्र्रश्नहरू तेस्र्याइ रहनु भएको थियो । जवाफमा मैले पनि इमान्दारिताका साथ म आफू पेशागत हिसाबमा आधारभूत तहको शिक्षक भएको र सामाजिक जिम्मेबारी सम्हाल्ने क्रममा हाल जिल्लाको एक उत्कृष्ट उच्च मा.वि.को वि.ब्य.स.अध्यक्ष भई जिम्मोरी सम्हाली रहेको बताएँ । केही समयको बसाइ पछि हामीलाई सुन्दर नगरी भत्तपुरका धार्मिक एैतिहासिक एवं सामरिक महŒवका ठाउँहरू घुमाउनका लागि प्रिन्सिपल सरले प्रध्यापक विकल प्रजापती सर र क्रान्तिकारी शिक्षक संघका केन्द्रिय अध्यक्ष कृष्ण सुवाल सरलाई खटाउनु भएको थियो । उहाहरूकै साथमा लागेर हामी दुई जेठान ज्वाइँ पनि मख्ख पर्दै भक्तपुर सहर घुम्न हिडेका थियौँ । श्ुरूमा हामीले उक्त संस्थाका सबै भवनहरू तथा सम्पूर्ण कार्य कक्षहरूको अवलोकन ग¥यौ । त्यहाँको ब्यवस्थापकीय पक्ष साह्रै उच्च स्तरको थियो । त्यो देखेर मलाई पनि हाम्रा शैक्षिक संस्थाहरूको व्यवस्थापन त्यस्तै भैदिएको भए हुन्थ्यो भन्ने मनमा लोभ जागेर आयो । त्यसपछि हामी भक्तपुर नगरपाकिाको कार्यालय भवनतिर गएका थियौँ । त्यहाँको वास्तु विज्ञानमा आधारित पौराणिक तथा ऐतिहासिक कला कौशललाई समेत जोड दिएर बनाइएका भौतिक संरचनाहरू ज्यादै प्रशंसनीय र उल्लेखनीय थिए । नगरपालिकाको स्थलगत अध्ययन–भ्रमण सकी हामी ख्वःप कलेजतिर लाग्यौँ । त्यहाँ पुगेर ख्वःप कलेजका सबै डिपार्टमेन्टहरूलाई एकएक गरी सरहरूले घुमाउँदै र आवश्यक जानकारीहरू समेत दिदै लानु भएको थियो । विकल सर उक्त संरचनाहरूको बारेमा विवरणहरू सुनाउने क्रममा बारंबार हाम्रा श्रद्धेय नेता नारायणमान बिजुक्छेज्यूको समाजवादी व्यवस्थाको सुन्दर परिकल्पनामा नै निर्माण गरिएको भनेर भन्न बिर्सनु हुदैनथ्यो । म जस्तो दुर्गमको गाउँठाउँमा जन्मेको एउटा सामान्य मान्छेका लागि त्यो स्तरको सद्भावपूर्ण तरिकाले गरिएको अबलोकन भ्रमण ज्यादै महत्वपूर्ण एवं ऐतिहासिक समेत बनेको थियो । हामीले सबैतिरको अबलोकन भ्रमणको समापन गर्दै दरबार क्षेत्रमा रहेका सबै धार्मिक तथा एैतिहासिक स्थलहरूको घुमघाम सके पश्चात हामीलाई चिया नास्ता गराउने उद्देश्यले पुनः फर्काएर बागेश्वरी उच्च मा.वि.कै परिसरमा रहेको अगुवा श्रोतकेन्द्रको भवनतिर लैजानु भएको थियो । श्रोतकेन्द्र रहेको भवनको कार्य कक्षभित्र प्रबेश गरेपछि भित्र कोठामा एकजना अन्दाजी ५०÷५१ बर्षको श्रोत ब्यक्ति सर घुम्ने कुर्चिमाथि बसेर केही लेखापढीको काम गर्दै हुनुहुन्थ्यो । हामीहरू पनि उहाँको अनुमतिले त्यही कोठाको चारैतर्फ राखिएका सोफाहरूमा आ–आफ्नो मनमर्जिले बस्याँै । कोठा ज्यादै आकर्षक र सजावटले भरिपूर्ण थियो । केही समयसंम्म भएको हाम्रा बिचको भलाकुसारी र परिचयको आदानप्रदान पश्चात कोठामा चिया नास्ता आइपुग्यो । चिया नास्ता लिने क्रममा श्रोतब्यक्ति सरले मतर्फ फर्केर प्रश्नको उठान गर्दै भन्नुभयो– गमबहादुरजी भक्तपुर घुम्नु भयो हैन त ? त्यसो भए कस्तो लाग्यो तपाईलाइ भक्तपुर सहर ? सुन्दा प्रश्न सामान्य जस्तो लागेपनि मलाई त्यसको ओज र उचाइ धेरै भएजस्तो लाग्यो । मेरो मनमा प्रश्नको उत्तर कहाँबाट शुरु गरुँ भन्नेखालको दुविधा मात्र भइ रह्यो । मौन बसेर धेरै बिलम्ब गर्न उपयुक्त पनि हुदैनथ्यो । त्यही बुझेर मैले भनेँ, “सर π म एउटा दुर्गमको गाउँठाउँको गरिब परिवारमा जन्मिहुर्केको साधरण युवक हुँ । बाध्यता र विवशताले मेरो औपचारिक शिक्षाको तह पनि ज्यादै कम छ । साथै जिम्मेवारी र भूमिकाका हिसाबले पनि म एउटा सामान्य नागरिकको हैसियत भन्दा माथि उठ्न सकिरहेको छैन । म जस्तो भुइमान्छेलाई मुलुकको राजधानी काठमाडौँको आडैमा रहेको यो सुन्दर नगरी भक्तपुर नगरपालिकामा रहनु हुने तपाईहरू जस्ता बौद्धिक एवं प्राज्ञिक जमातले आज जुनखालको असाधारण माया सहानुभूति र सम्मान प्रकट गरी जीवनलाई नै सार्थक तुल्याइदिनु भएको छ । त्यसैले आज म साह्रै गौरवान्वित मात्र भएको छैन तपाईहरूको अपार माया सहानुभूति र सद्भावले धेरै खुसी र आनन्दित भएको छु । तपाईहरूले मलाई लगाउनु भएको यो गुनलाई मैले जीवन पर्यन्त भुल्ने नै छैन, रह्यो हजुरको भक्तपुर कस्तो लाग्यो भन्ने प्रश्न । म केहीछिन् रोकिएजस्तो गरेर फेरि बोल्न शुरु गरे ः भक्तपुर सुन्दर पर्यटकीय गन्तव्य रहेछ । यहाँ इतिहास छ, कला–संस्कृति छ, जीवन छ, प्रेम–सद्भाव छ र मूल्य–मान्यतासहितको आदर्श मानवबस्ती– समाजवादी ब्यवस्थाको मोडेल हेर्न चाहेको खण्डमा भक्तपुर आए हुने रहेछ । मैले आफ्ना भनाइहरू राख्दै गर्दा श्रोतव्यक्ति सरले मेरा हरेक शब्दहरूलाई ध्यानपूर्वक सुनिरहनु भएको थियो । मेरो भनाइ टु¨िए लगत्तै बिस्तारै आफ्नो चस्मालाई दाँया हातले चलाएर आँखीभाँैहरू खुम्च्याउदै गम्भिर मुद्रामा भन्नुभयो, “गमबहादुर जी म तपाईका भनाइहरूप्रति पूर्णरूपमा असहमत छु ।” उहाँको असहमत छु भन्ने शब्दले मलाई झस¨ै तुल्यायो । मनमा हल्का डरको अनुभूति भयो । कतै मेरा निशानाहरू गलत ठाउँमा त परेनन् भनेर म सशंकित हुनथालेँ । म कपोलकल्पित डर र त्रासले भयभित हुदै गर्दा उहाँ भने हसिलो पारामा आफ्ना भनाइहरूलाई जोड्दै अगाडि बढिरहनु भएको थियो, फेरि बोल्नथाल्नु भयो, “गमबहादुरजी तपाईले आफूलाई दुर्गमको भनेर परिचय दिनुभयो । कम पढेको र कम हैसियतको भनेर पनि भन्नुभयो । अनुहार र शारिरिक बनोटका हिसाबले तपाई दुर्गमको र पिछडिएको जस्तो देखिनु भएको छ तर तपाईको बोल्नशैली, भाषाशैली र सम्पूर्ण हाउभाउ अनि कुरागर्ने शैली समेत हेर्दा तपाई दुर्गमको मान्छे जस्तो कदाचित देखिनुहुन्न । तपाईले कम पढेको भनेर भयो, खासमा तपाईको औपचारिक शिक्षाको दायरा कम नै होला तर पनि तपाईसंग रहेको चेतना, क्षमता र समय सन्दर्भ अनुसार बिषयबस्तुलाई प्रस्तुत गर्ने शैली र कार्य कुशलताहरूको आकलन गर्ने हो भने तपाईलाई कम पढेको भनेर कसैले पनि विश्वास गर्न नै सक्दैन । मेरो अनुमानमा हिजोआज धेरै भन्दा धेरै पढेलेखेका भनिएका कैयन शिक्षित युवाहरूको चेतनाको स्तर भन्दा तपाईको स्तर धेरै माथि रहेछ । रह्यो तपाइको अर्को एवं अन्तिम भनाई हैसियत र जिम्मेवारीका हिसाबले म एउटा साह्रै सानो मान्छे हुँ भन्नु भएको भनाइसंग पनि म सहमत छैन । हुनसक्छ परिस्थिति परिबन्ध र अवसर अभावले तपाई अहिले सानै ठाउँमा, सानै भूमिकामा रहेर काम गर्दै हुनुहुन्छ होला तर तपाईको तर्क गर्ने शैली व्याख्या विश्लेषण गर्ने क्षमताका साथै तपाइको पछिल्लो अभिव्यक्तिका हिसाबले तपाईलाइ म चानचुने मान्छे भनेर स्वीकार्न सहमत छैन । त्यसैले म यस बिषयमा तपाई समक्ष मेरो एउटा अतितको अविस्मरणीय घटनाको अनुभूतिलाई समेत जोडेर शेयर गर्न चाहन्छु ।” यति भन्दै सरले चिया नास्ताका लागि केही समय बिश्राम लिने निर्णय गर्नुभयो । चिया–नास्ता पछि फेरि आफ्ना भनाइहरूलाई जोडदै बोल्न थाल्नु भयो, “गमबहादुरजी मलाई तिथिमिति त अहिले ठ्याक्कै याद भएन तर गएको बर्षको श्रावण महिनातिरको कुरा हो । हामी कहाँ यहाँ ने.क.पा.माओवादी पार्टीका पार्टी अध्यक्ष श्री पुष्पकमल दाहाल प्रचण्ड र सोही पार्टीकै अर्का बरिष्ठ नेता श्री बाबुराम भट्टराई सर दुईजना शीर्ष व्यक्तिहरू अन्य केही नेता कार्यकर्ताहरूका साथमा आउनु भएको थियो । उहाँहरूको भक्तपुर भ्रमणको कार्यक्रम समाप्त भएपछि यही कार्यकक्षमा राखेर यसरी नै रेष्ट गराइएको थियो । उहाँहरूसंगको चियागफ्का क्रममा मैले दुबैजना नेतालाई पालैपाले भक्तपुर कस्तो लाग्यो भनेर यही प्रश्न सोधेको थिए । मेरो प्रश्नको उत्तर दिदै बरिष्ठ नेता बाबुराम भट्टराईले अलि लामै ब्याख्या बिश्लेषण गर्नु भएको थियो भने पार्टी अध्यक्ष प्रचण्डले भने तपाईले भनेझै समाजबादी ब्यबस्थाको मोडेल हेर्न चाहेको खण्डमा हाम्रो देशको राजधानी काठमाडौँ नजिकै रहेको सुन्दर नगरी भक्तपुर आए हुने रहेछ भनेर भन्नुभयो । आज उहाले बोलेको उही वाक्य नै तपाइले जस्ताको तस्तै दोहो–याएर समाजबादी ब्यवस्थाको मोडेल हेर्न चाहेको खण्डमा भक्तपुर आए हुने रहेछ भनेर पुन व्यक्त गरिसक्नु भएको छ । त्यो हिसाबले तपाईलाई म चानचुने भनेर कसरी स्वीकार्न सक्छु ।” उहाँले मेरो दिल खोलेर प्रशंसा गर्नु भएको थियो । त्यो दिनको भेटघाट र आपसी हिमचिमले गर्दा नै विकल सरहरू लगाएत गन्यमान्य व्यक्तिहरूसंगको मेरो सम्बन्ध पछिल्ला दिनहरूमा अझै झा¨िदै र ब्यापक बन्दै गइरहेको थियो । म कुनैपनिबेला काठमाडौँ पुग्दा समय मिलाएर भक्तपुर गइरहन्थँे । उहाँहरूले पनि मलाई र जनचेतना सामुदायिक अध्ययनकेन्द्र लिकुलाई भक्तपुरबाट प्रकाशित हुने मजदुर र श्रमिक पत्रिकाका नियमित अंकहरू लामो समयसंम्म पठाइ रहनु भयो ।

९९औं यात्रा नुवाकोट - खोलाघरे साहिंलो

आज नुवाकोटका बेलकोटगढी र बाघखोरमा स्थानीयहरूसँग भेटघाट गरेर,साहित्यिक ,साँस्कृतिककार्यक्रममा सहभागी भएर बिताइयो ।स्रष्टा पदयात्राको ९९अ‍ौं शृङ्खलामा हामी ( खोलाघरे साहिंलो,घनश्याम प्रसाईं ,बालचन्द्र मिश्र,शीतल गिरि,निशा केसी,वासु पौडेल ,सावित्री श्रेष्ठ ,शशी थापा,,नानीबाबा अधिकारी ,दुर्गा भवानी भट्ट ,ध्रुव थापा पुरुष,माधवलाल श्रेष्ठ रामकुमार पण्डित , ‎जुनम किरण,मन्दिरा मधुश्री,शुभारम्भ पाण्डे ,,परिच्छेद सेन,यति १७ जनाको सहभागिता रहेको छ । अहिले महाकवि देवकोटाको मावली गाउँ बेलकोटगढी न पा को झिल्टुङमा वास बसेका छौं ।भोलि बिहान यहाँको कुञ्जिनी पार्कमा अर्को कार्यक्रम छ। दिउँसो देवीघाट हुँदै काठमाडौं फिर्ता हुनेछौं । जय स्रष्टा ! जय साहित्य !! ०८२/०७/०१ ९९अ‍ौं पदयात्राको दोस्रो दिन - ०८२/०७/०२ ‎झिल्टुङ,झिल्केश्वर महादेव,कुञ्जिनी पार्क र देवीघाट ‎ ‎०८२/०७/०१ गते बिहान अर्थात् हिजो स्थानीय झिल्केश्वर महादेव सहकारी संस्थाले हामीलाई टीका लगाइ दिएर गाइड समेत साथ लगाएर विदा दियो । हामी अलिक माथि रहेको झिल्केश्वर महादेव थानको दर्शन गर्दै कुञ्जिनी पार्कतिर लाग्यौं । ९ बजेतिर त्यहाँ पुग्यौं । यो कुञ्जिनी पार्कको नजिकै देवकोटाको मावली ससुराली घर,जो अब भत्किसकेछ,त्यहाँ बसेर एकै रातमा देवकोटाले कुञ्जिनी खण्डकाव्य लेखेका थिए । बेलकोटगढी न पा वडा नं ५,नगरपालिका र पर्यटन मन्त्रालयको समवेत प्रयास र लगानीमा कुञ्जिनीपार्क बनेको रहेछ । यो पार्कमा देवकोटा प्रति श्रद्धाञ्जलिको कार्यक्रम गरेर देवकोटाकै हिजो मात्रै अनावरण गरिएको शालिकलाई साक्षी राखेर रचनावाचन गर्छौं । यहाँ रचनावाचन गर्नेहरूमा( दुर्गा भवानी भट्टानीबाबा अधिकारी,खोलाघरे साहिंलोमन्दिरा मधुश्री,डा। शशी थापा पण्डित ,वासुदेव पौडेल ,डा। बालचन्द्र मिश्र यति थियौँ । मैंले यो कविता वाचन गरें( ‎ूश्रद्धाञ्जलि महाकवि देवकोटामाू ‎ ‎नेपाली कविवर्गमा शिखर हुन् साहित्यका गाौरव ‎पढ्छौं नित्य खुशी भएर यिनका वाणी कलापौरख ‎नेपाली जनका विशिष्ट प्रतिभा हुन् देवकोटा कवि ‎झुल्केलान् कि हजार वर्षभरिमा यस्ता उज्याला रवि ।१। ‎ ‎नेपाली मन बोल्छ काव्यजतिमा नेपाल नै लेख्दछन् ‎आफ्नै सँस्कृति,सभ्यता र गरिमा अग्लो चुली देख्दछन् ‎हो पूर्वीय कला,पना जगतकै आनन्ददायी ‎चाला पश्चिमको छ नश्वरमुखी,झिल्के सबै चिन्तन ।२। ‎ ‎हो शाकुन्तल काव्य उन्नत बडो,लालित्यभण्डार यो ‎अत्यन्तै प्रिय झन् मुनामदन हो पढ्ने उसै पल्कियो ‎एकै रात खिपेर काव्य बनियो ,जो गुञ्जियो कुञ्जिनी ‎यस्ता काव्यमहारथी अमर छन् नौलाख तारामुनि ।३। ‎ ‎कोही जात ठुलो हुँदैन दिलले बन्छन् ठुला मानव ‎यस्तो उच्च विचार लाग्छ यिनको हो विश्वकै वैभव ‎मान्छे बन्दछ मानवीय गुणले,सिद्धान्तले होइन ‎सेवा गर्नु ठूलो छ धर्म,गफले गर्ने ठूलो होइन ।४। ‎ ‎यस्तै उत्तम सोच काव्यभरि छन्,छन् उच्चताबोधक ‎लक्ष्मी नाम छ किन्तु कार्य जतिमा हुन् शारदाका सुत ‎आफ्नो सँस्कृतिभित्र गौरव गरी आनन्दमा रम्दथे ‎हो अत्यन्त पवित्र जन्मधरणी यो तीर्थ हो भन्दथे । ५। ‎ ‎हाम्रा उत्तम काव्यमूलप्रतिभा आऊन् सधैं सम्झना ‎हामी गर्व गरी सधैंभरि गरौं साहित्य संरक्षण ‎लक्ष्मीको स्मृतिमा यिनै लवजले सम्मान अर्पीकन ‎साथै गर्दछु शुद्ध भाव,मनले श्रद्धाञ्जली अर्पण ।६।८८८ ‎ ‎ हामी आधा घण्टाजति पैदल हिंडेर केही तल सडकसम्म आयौं । त्यहाँ रोटेपिङ पनि खेलियो । झिल्केश्वर महादेव सहकारी संस्था र महाकवि देवकोटा प्रतिष्ठान,बालकोटगढी न पा वडा नं ५ का सदस्यहरू र वडावासी लगायतबाट हामीलाई अगुवाइ गरिएको छ । ठाउँठाउँका बारेमा उहाँहरूले हामीलाई जानकारी दिइरहनुभएको छ ।तीनजना प्रहरी जवानहरू पनि हाम्रो टीमका लागि वडाले व्यवस्था गरिदिएको छ,प्रहरी र हवल्दार भाइहरू पनि हाम्रो पदयात्रामा साथै हुनुहुन्छ । रोटेपिङ खेलेर भैंसीको दूध,बेस्सरी तताएको हामीलाई थपीथपी खान दिइन्छ । त्यसपछि हाम्रो बिहानको ३ घण्टाजतिको पैदलयात्रा सकिन्छ ,हामी त्यहाँका स्थानीयहरूबाट विदा भएर बसमा चढ्छौं ।
‎नारायण नेपाल महाकवि देवकोटा प्रतिष्ठानका सचिव ले हामीलाई छोड्नुभएको छैन । सरासर हामी देवीघाट पुग्छौं । त्यहाँ ज्येष्ठ नागरिक सेवा भवनमा हामीलाई भोजनको व्यवस्था गरिएको हुन्छ । सुस्वादु भोजनबाट हामी सन्तुष्ट हुन्छौं । त्यसपछि आश्रमको हलमा हामी जम्मा भएर परिचय आदानप्रदान गर्छौं । कार्यक्रम सञ्चालक नारायण नेपालजी नै हुनुहुन्छ ।आश्रमका अध्यक्ष विष्णुप्रसाद नेपालबाट आश्रमको स्थापना, इतिहास,गतिविधि र सेवामूलक भावी कार्ययोजना हरूबारे जानकारी दिनुहुन्छ । ज्येष्ठ नागरिक आश्रमलाई हामी स्रष्टा पदयात्रासमूहबाट बाट रू ३ हजार समर्पण गर्छौं । अध्यक्ष शीतल गिरिको मन्तव्य हुन्छ,घनश्याम प्रसाइँबाट भजन प्रस्तुत हुन्छ । कार्यक्रम समापन भएपछि आश्रमको अगाडि सामुहिक फोटो खिचिन्छ,अनि विष्णुप्रसाद नेपालजी,नारायण नेपालजीको अगुवाइमा हामी देवीघाटको भ्रमणमा जान्छौं । तादी र त्रिशूलीको सङ्गममा केही बेर स्रष्टाहरू रमाउँछन्,अध्ययन गर्छन्,मैंले पनि यी दुवै नदीको सङ्गममा आफ्ना पितृहरूलाई सम्झेर जलाञ्जलि अर्पण गरें । पृथ्वीनारायण शाहको चिताशिलाको पनि अवलोकन गर्यौं हामीले । यसपछि देवीघाट लगायत बेलकोटगढी न पा लाई विदाइको हात हल्लाउँछौं र बसमा चढ्छौं । यो यात्राभरि मलाई जिलिङका सूइरे कवि शम्भु गजुरेलको अभाव महसूस भैरह्यो ।उहाँ अस्वस्थ भएर आउन सक्नुभएन । स्थानीय भएकाले र स्रष्टा पदयात्राका सदस्यसमेत हुनुभएकाले यो परिसरको भ्रमणमा उहाँबाट हामीलाई अझै धेरै जानकारी प्राप्त हुने थियो,यो पक्ष बिझाइरहने भयो । ‎ हार्दिक धन्यवाद
‎यो ९९अ‍ौं यात्राका संयोजक दुर्गाभवानी भट्ट,छन्द कवि,स्थानीय स्रष्टा रामराजा तिमिल्सिना,कार्यक्रम सञ्चालिका दीक्षा लामा,बेलकोटगढी न पा वडा नं ५ का अध्यक्ष लगायत हामीलाई सहयोग गर्ने सबैमा,महादेव मा वि का प्र अ रामशरण पुडासैनी ,झिल्केश्वर सहकारी संस्थाका सम्पूर्ण पदाधिकारीहरू,महाकवि देवकोटा प्रतिष्ठानका नारायण नेपाल,ज्येष्ठ नागरिक सेवा आश्रमका विष्णुप्रसाद नेपालजी,प्रहरी भाइहरू लगायत सबैमा । ‎ जय बेलकोटगढी ! जय स्रष्टा !! जय साहित्य !!! २०८२-०७=०३

Sunday, September 28, 2025

राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाह स्मृतिपार्क र शालिक निर्माण एवं व्यवस्थापन समिति, २०७८ को तर्फबाट सार्वजनिक गरिएको सूचना ।

राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाह स्मृतिपार्क र शालिक निर्माण एवं व्यवस्थापन


समिति, २०७८ को तर्फबाट सार्वजनिक गरिएको सूचना ।

( 12आश्विन, २०८२ ) कीर्तिपुर क्षेत्रमा नेपाल राष्ट्रका निर्माता बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाहको शालिक स्थापना गरी उनको नामको पार्क बनाउने बिचार धेरैको मनमा भएको भएता पनि त्यसले मूर्तरूप लिन सकेको थिएन । यसै सन्दर्भमा कन्चनपुरमा भारतीय SSB को गोलीद्वारा नेपालका गोबिन्द गौतम मारिएकोमा सरकारले उनका परिवारकालागी उपलव्ध गराएको ५ लाख रूपैया मध्ये ५० हजार रूपैया मच्छेगाउं निवासी पूर्व सुवेदार दामोदर अधिकारी मार्फत राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालीक बनाउन श्री ध्रुव बस्नेतलाई दिएपछी यस कार्यलाई अगाडी बढाउन प्रेरणा मिल्यो । त्यसपछी ध्रुव बस्नेतजीले २०७८ साल पौष १७ गते यस क्षेत्रका प्रतिष्ठित बुद्धिजीवि र समाजसेवीहरूको भेला बोलाएर पृथ्वीनारायण शाहको शालिक बनाउने प्रस्ताव गर्नुभयो । त्यस भेलाले नेपालका विभिन्न ससाना राज्यमा विभाजित बाईसी चौबिसी राज्यहरूलाई एकिकरण गरी सबै नेपालीलाई एकताको सूत्रमा बांधेर विशाल नेपाल निर्माण गरेका महान सपुत राष्ट्र निर्माता श्री ५ पृथ्वीनारायण शाहको योगदानको कदर स्वरूप कीर्तिपुर नगरको ४ नं. वडा अन्तर्गतको चम्पादेवी क्षेत्रको उपयुक्त स्थानमा पूर्णकदको शालिक र पार्क निर्माण गर्नु राम्रो कुरा हो भनी शालिक र पार्क बनाउने सम्पूर्ण जिम्मेवारी दिई श्री ध्रुव बस्नेतको अध्यक्षतामा स्थानीय बुद्धिजीविहरू सम्मिलित देहाय बमोजिमका पदाधिकारी र सल्लाहकारहरू रहनेगरी कार्य समिति र सल्लाहकार समितिको गठन ग-यो । कार्य समिति श्री ध्रुव बस्नेत - अध्यक्ष, पूर्व मेजर श्री प्रद्युम्न रावल - उपाध्यक्ष, पूर्व मेजर श्री पुण्य बहादुर खड्का - उपाध्यक्ष, श्री केशव अधिकारी- महासचिव, श्री अजय कुमार बिष्ट - सचिव, अधिवक्ता श्री गंगाप्रसाद भेटवाल- सह सचिव, श्रीमति अमृता भट्टराई खड्का - सदस्य, श्री बिजेश बस्नेत- सदस्य, श्री राजमान श्रेष्ठ - सदस्य । सल्लाहकार समिति पूर्व वडाध्यक्ष, वरिष्ठ अधिवक्ता श्री राजु बस्नेत - संयोजक, सनातन धर्म र संस्कृतिविद् श्री गोबिन्दचन्द्र सुबेदी - सदस्य, डा. श्री होमबहादुर बानियां - सदस्य, श्री केदारबहादुर के.सी. - सदस्य, श्री रामकृष्ण बिष्ट - सदस्य, श्री सानुबाबु आचार्य- सदस्य, श्री कृष्णबहादुर बस्नेत- सदस्य, श्री विदूर लामा- सदस्य, श्री राजेन्द्र शाह- सदस्य । यी समितिले स्मृतिपार्क र शालिक निर्माण गर्ने उपयुक्त ठाउंको खोजी गर्दा सशस्त्र प्रहरी विद्यालय देखी उत्तर तर्फको लामो नाक जस्तो परेको केही भिरालो जमिन भएको नाकेंडाडामा शालिक र पार्क समेत बनाउने सल्लाहगरी पौष २७ गते शिलान्यास गर्ने निर्णय सहित विशाल -याली सहित व्यापक प्रचार प्रसार गरियो । २०७८ पौष २७ गते ३०० औं पृथ्वी जयन्तिका दिन आयोजित कार्यक्रममा कीर्तिपुर न पा, ४, ५ र ६ का अधिकांश जनताको सहभागीता रहेको थियो भने उक्त कार्यक्रममा कीर्तिपुरका अन्य वडाबाट र छिमेकी दक्षिणकाली नगर पालिका र चन्द्रागिरी नगर पालिकाबाट समेत सहभागी विशाल जनसमुदायको उपस्थिति थियो । यस कार्यक्रममा राष्ट्र निर्माता श्री ५ पृथ्वीनारायण शाहको व्यक्तित्व र नेपाल एकिकरण अभियानका बारेमा चर्चा गर्दै संस्कृतिविद् एवं समितिका सल्लाहकार श्री गोबिन्दचन्द्र सुबेदीले पृथ्वीनारायण शाहका नेपालमा हालसम्म १२ वटा शालिक स्थापना भएका छन् । ती सबै सरकारी र स्थानीय निकायबाट स्थापित भएका छन् भने यो शालिक चाहीं १३ औं र नेपालमैं जनस्तरबाट स्थापना हुने यो पहिलो शालिक हुनेछ भन्नुभयो । यस अभियानमा स्थानीय समाजसेवी श्यामराजा अधिकारी( त्यसपछी स्वतन्त्रबाट वडाध्यक्ष निर्वाचित)को महत्वपूर्ण भूमिका थियो । स्थानीय ९७ वर्षीय बयोबृद्ध श्री टिकाबहादुर थापाज्यूबाट शिलान्यास कार्य गरी प्रा, डा. श्री रामकृष्ण पांडेको प्रमुख आतिथ्यमा ३०० औं पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवसको कार्यक्रम सम्पन्न गरिएको थियो । शालिक र पार्क निर्माणकोलागी जनस्तरबाट सहयोग जुटाउने र जुटेको रकम बैंकमा जम्मागरी खर्च गर्ने व्यवस्था मिलाई उपाध्यक्ष श्री पुण्यबहादुर खड्का, सचिव श्री अजय बिष्ट र सल्लाहकार श्रीरामकृष्ण बिष्टमध्ये २ जनाको संयुक्त दस्तखतबाट खाता संचालन गर्नेगरी २०७९ भाद्र १९ गते नेपाल इन्भेष्टमेन्ट बैंक लि. कीर्तिपुरमा खाता खोलियो । त्यसपछी २०८० साल भाद्र ३० गते प्राचीन बाघभैरव मन्दिरको प्रांगणमा बसेको भेलाले आगामी २०८० पौष २७ गते भित्र शालिक स्थापना गरी सक्ने निर्णय गरी तदनुरूप शालिक निर्माणकर्ताको खोजी गर्दै जांदा काठमाण्डौं बाफल निवासी महेश तुलाधरको काम र दर उपयुक्त लागेकोले श्री ५ पृथ्वीनारायण शाहको ६ फूटे पूर्ण कदको शालिक निर्माण गर्न संकलित केही तामा, पित्तलका पुराना सामान सहित रू. आठ लाखमा निर्माणगरी बुझाउने गरी २०८० कार्तिक १९ गते आईतवारका दिन दुबैपक्ष बीच संझौता भई रू. ३ लाख बैना दिईयो । शालिक निर्माणकालागी आवश्यक रकम जुटाउन २०८० कार्तिकको तिहारमा देउसी भैलो खेलेर रू. १३,४७०/- संकलन गरियो । त्यसपछी कीर्तिपुर र चन्द्रागिरी नगरका विभिन्न ठाउंमा -यालि सहित घुमेर रकम संकलन गर्ने काम गर्दै विभिन्न व्यक्तिहरूलाई सहयोग रकम उठाएर अभिलेखन गर्न केही कापी पनि वितरण गरियो । ठाउं ठाउंमा सहयोगकोलागी सम्पर्क व्यक्ति र मोबाईल नं. सहितको तुल टांस्ने काम पनि गरियो । नाकेडांडाको ३ तिर गहिरो खोज भएकोले वर्षामा पहिरो गईरहने भएको, बस्तीबाट टाढा एकान्त बन भित्र रहेको र सो क्षेत्र बन क्षेत्र भित्र परेकोले त्यहां शालिक राख्न र पार्क निर्माण गर्न कानूनी जटिलता देखिएकोले मिति २०८१ जेठ २ गते बुधवार बसेको भेलामा उपस्थित सबैको सल्लाह र सुझाव बमोजिम तीनधारा नजिक मूल सडक पूर्वको भजनपाटी संगैको चौतारोसंगैको करिव ३ रोपनी सार्वजनिक जग्गा क्षेत्रफल भित्र निर्मित भजनपाटी संगैको चौतारो नजिक राख्नु उपयुक्त हुने र सो निर्माणकार्यको जिम्मा स्थानीय युवा श्री बिजेश बस्नेतलाई दिने निर्णय गरी त्यसै महिना (२०८१ जेठ)को १० गते बिहिवार (बु्द्ध जयन्ति) का दिन सल्लाहकार श्री सानुबाबु आचार्य र स्थानीय बयोबृद्ध वर्ष ९२ का श्री चन्द्रबहादुर श्रेष्ठबाट शिलान्यास र जगपूजाको कार्यक्रम सम्पन्न भयो । २०८१ कार्तिक १५ गते महाकवि लक्ष्मिप्रसाद देवकोटाको ११६ औं जन्म जयन्तिको साहित्यिक कार्यक्रम सोही स्थानमा सम्पन्न गरियो । उक्त कार्यक्रममा विभिन्न कविहरूले कविता वाचन गर्नुभएको थियो । सल्लाहकार श्री सानुबाबु आचार्यले कवि शिखरनाथ सुबेदीका बारेमा बोल्नुभएको थियो भने सनातन धर्म र संस्कृतिविद् एवं समितिका सल्लाहकार श्री गोबिन्दचन्द्र सुबेदीले महाकविको व्यक्तित्व र कृतित्व माथी प्रकाश पार्दै चम्पादेवी, मच्छेगाउंमा जन्मेका प्रशिद्ध कवि शिखरनाथ सुबेदीको जीवनी र कृतिहरूमाथी प्रकाश पार्नु भएको थियो । सल्लाहकार समितिका संयोजक एवं वरिष्ट अधिवक्ता श्री राजु बस्नेत लगायतले महाकविका बारेमा बेल्नुभएको उक्त कार्यक्रममा प्रमुख अतिथी रामेश्वर राउत ‘मातृदास’ र अध्यक्ष श्री ध्रुव बस्नेतले उत्कृष्ठ बक्ता एवं साहित्यकारहरूलाई श्री: सम्मान प्रदान गर्नुभएको थियो । कार्यक्रमको संचालन अधिवक्ता एवं समितिका सह सचिव श्री गंगाप्रसाद भेटवालले गर्नुभएको थियो । २०८१ पौष २७ गते ३०३ औं पृथ्वी जयन्ति एवं राष्ट्रीय एकता दिवस समारोहको कार्यक्रम शालिक निर्माणाधिन स्थलमा नै गर्ने तय भयो । त्यसदिन बिहान भू.पु. नेपाली सैनिक समुहले ५ माईल दौड कार्यक्रम गरेर विजयी धावकहरूलाई नगद पुरस्कार प्रदान गरियो भने विभिन्न बक्ताहरूद्वारा शुभकामना व्यक्त गरिएको उक्त कार्यक्रममा संस्कृतिविद् श्री गोबिन्दचन्द्र सुबेदीले पृथ्वीनारायण शाहको व्यक्तित्व र नेपाल एकिकरण अभियानको बारेमा चर्चा गर्नुभएको थियो । शालिक ठड्याउन नभ्याएकोले पृथ्वीनारायण शाहको तस्वीर राखेर माल्यार्पण गरी कार्यक्रम मनाईयो । कार्यक्रम संचालन अधिवक्ता श्री गंगाप्रसाद भेटवालले गर्नुभएको थियो । त्यसपछी माघ महिनामा शालिक ठड्याएर छोप्ने कार्य सहित टायल टांस्ने र परिसरमा ढुंगा छाप्ने काम सम्पन्न गरी २०८१ फागुन १४ गते बुधवार(26 Feb. 2025) महाशिवरात्रीको दिन बिहान ८ बजे स्थानीय बयोबृद्ध वर्ष ९० का श्री इन्द्र बहादुर बोहरा सहित ५ जना बृद्ध जेष्ठ नागरिकहरूद्वारा राष्ट्रनिर्माता श्री ५ बडामहाराज पृथ्वीनारायण शाहको शालिक अनावरण गर्ने कार्यक्रम सम्पन्न गरियो । त्यस अवसरमा पूर्व नेपाली सेनाका तर्फबाट उपाध्यक्ष द्वय श्री प्रद्युम्न रावल र श्रीपुण्य बहादुर खड्का र बलिन्द्र थापाद्वारा सामुहिक रूपमा राष्ट्र निर्माताको शालिकमा सलामी अर्पण गरियो । पृथ्वीनारायण शाहको शालिक निर्माणकार्य सम्पन्न भएता पनि त्यस परिसरको निर्माणको काम बांकी नै रहेकोले सो कार्य निरन्तर जारी राखी २०८१ साल चैत्र मसान्तसम्म सम्पन्न गरिएकोले २०८२ वैशाख २५ गते २५६९ औं बुद्ध जयन्तिका दिन राष्ट्र निर्माताको शालिक परिसरमा भेला भएर गौतमबुद्धको तस्वीरमा पुष्प अर्पण गर्ने कार्यक्रममा सो करिव ३ रोपनी जमिन परिसरलाई पृथ्वीपार्क र त्यहांबाट पूर्व चुनदेवीतर्फको बाटोलाई चुनदेवीपथ र त्यहांबाट दक्षिणतर्फको उकालो बाटोलाई पृथ्वीपथ नामाकरण गर्ने सर्वसम्मतिले निर्णय भयो । नेपालमा हालसम्म राष्ट्र निर्माता श्री ५ पृथ्वीनारायण शाहका शालिकहरू १३ वटा स्थापना भएका छन् । तीमध्ये जनस्तरबाट स्थापना भएको यो पहिलो शालिक हो ।


हजुरहरूले आफ्नो तर्फबाट सुधार गर्नु पर्ने
विषय भएमा आफ्नो विचार अध्यक्ष्य ध्रुव बस्नेत समक्षा पुर्याइदिनु होला ।
विषयको उठान यसरी भएका थिए ।

                                                          

पृथ्वीनारायण शाहको शालिक शिलान्यास गरी पृथ्वी जयन्ती सम्पन्न



प्राचीन बाघभैरव मन्दिरको आडमा पृथ्वीनारायण शाहको शालिक राखिने Kirtipur 04 Kathmandu .


राष्ट्र निर्माता श्री ५ पृथ्वीनारायण शाहको सालिक सिलान्यास हुने kirtipur #gangabhetwal
कीर्तिपुर 4 नाकेडाँडामा पौष 27 गते पृथ्वीनारायण शाहको शालिक अनावरण गरिने Prithwi Narayan Shah


                        पृथ्वी जयन्तीको अवसरमा श्याम अधिकारी - Shyam Adhikari

गोविन्दचन्द्र सुवेदीबाट प्राप्त प्रतिवेदेन छलफलका लागि राखिएको अब प्रतिवेदनको सुझाव पछि सार्वजनिक गरिने छ । 
 

नेपाल राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहको शालिक निर्माण तथा व्यावस्थापन समिति काठमाडौँ कीर्तिपुर नगरपालिका–४ द्वारा सार्वजनिक गरिएको संक्षिप्त विवरण

मिति ः– २०८२÷६÷१३, सोमबार, फुलपाती
सबैभन्दा पहिले श्री सामाजिक सद्भाव तथा राष्ट्रिय एकता अभियान नेपाल–२०६८÷नागरिक समाजको तर्फबाट आयोजित श्रीः सम्मानको कार्यक्रममा मच्छेगाउँ निवासी पूर्व सुवेदार दामोदर अधिकारीको तर्फबाट (भारतीय क्क्द्य को गोलीले कञ्चनपुरमा २०७३ फागुन २६ गते मारिएका गोविन्द गौतमको स्मरणमा) कीर्तिपुर न.पा. मा नेपाल राष्ट्र निर्माताको शालिक ठड्याउन रु. ५१,०००÷– (रुपैयाँ एकाउन्न हजार) प्राप्त भएको थियो । 
(१) वि.सं. २०७४ को स्थानीय निर्वाचन सम्पन्न भएपश्चात अभियानको तर्फबाट २०७५ भाद्र १९ गते भत्केपाटीमा राष्ट्र निर्माताको शालिक राख्न की.न.पा.–५ मा निवेदन दिने कार्य भयो । वडाले नगरपालिकामा चिठ्ठी लेख्ने कार्य पनि भयो । तब अभियानको तर्फबाट की.न.पा.–४ का १५१ र वडा ५ बाट १३० जना गरी जम्मा २८१ जनाको दस्तखतसहित कि.न.पा., देवढोका कार्यालयमा २० जना गएर (द.नं. १५९७÷२०७५÷८÷७) देवढोकामा निवेदन गर्ने कार्य भएको थियो ।  
(२) श्री सामाजिक सद्भाव तथा राष्ट्रिय एकता अभियान नेपाल–२०६८÷नागरिक समाजको पहलमा वि.सं. २०७५ पौष २७ गते, तद्अनुसार / (January 11, 2019) २९७ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा वर्ष ८८ का स्थानीय कृष्ण बहादुर अधिकारीको सभापतित्वमा कीर्तिपुर न.पा.÷मच्छेगाउँ पाँगाको बिचमा पर्ने “भत्केकोपाटी” नामलाई सकारात्मक पार्न “पृथ्वीचोक” नामाकरण गर्ने कार्य भएको थियो । 
(३) मिति २०७८ पौष १७ गते नाकेडाँडामा राष्ट्र निर्माताको शालिक राख्नको निम्ति धु्रव बस्नेतको अध्यक्षतामा कार्य समिति गठन भएको थियो । तब त्यो कार्य समितिको नाम “श्री ५ वडामहाराजाधिराज पृथ्वीनारायण शाह स्मृति पार्क तथा शालिक व्यवस्थापन समिति” कायम भई मिति २०७८ पौष २७ गते मङ्गलबार बिहान ८ बजे रानीवन नाकेडाँडामा सहभागी हुन तत् तत् सम्बन्धित सबैमा निमन्त्रणा कार्ड नै छपाई गरी मोटरबाट सबैतिर चोक–चोकमा पुगेर धु्रव बस्नेत, सानुबाबु आचार्य, श्याम राजा अधिकारी, केशव अधिकारीसहित गएर प्रसार गर्ने कार्य भएको थियो । त्यही क्रममा २०७८ पौष २५ गते काठमाडौँ जिल्ला प्रशासनको कार्यालयमा पनि अध्यक्ष धु्रव बस्नेतको दस्तखत भएको पत्रद्वारा जानकारी दिने कार्य भएकै हो । 
(४) २०७८ पौष २७ गते, जेष्ठ नागरिकको तर्फबाट ३०० औँ पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवसको अवसरमा कीर्तिपुर–४, नाकेडाँडामा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिक राख्न वर्ष ९७ का जेष्ठ नागरिक टिका बहादुर थापाबाट शिलान्यासको कार्य भव्यतापूर्वक सम्पन्न भएको थियो । त्यस्तै २०७९ पौष २७ गते सोही ठाउँमा धु्रव बस्नेतको सभापतित्व, न.पा. नं. ४ का वडाअध्यक्ष श्री श्याम कुमार अधिकारी समेतको उपस्थितिमा प्रा.डा. रामकृष्ण पाँडेको प्रमुख आतिथ्यमा ३०० औँ पृथ्वी जयन्ति कार्यक्रम भव्यतापूर्वक मनाइएको थियो । 
(५) २०७९ भाद्र १९ गते नेपाल इन्भेस्टमेण्ट बैंक लि. कीर्तिपुरमा श्री पुण्य बहादुर खड्का, अजय कुमार विष्ट र रामकृष्ण विष्टसहित ३ जनाको नाममा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक राख्न रकम जम्मा गर्न खाता नं. ०५२०५०३०२६५७१३ खोल्ने कार्य सम्पन्न भएको थियो । त्यसपछि कञ्चनपुर घटनाको स्मरणमा २०७३ फागुन २६ गते प्राप्त भई बाणिज्य बैंकमा खाता खोलिए (धुव बस्नेत, रामकृष्ण विष्ट र निल कुमारी महर्जन) को चेकबाट लाइब्रेरी चोकमा चेक हस्तान्तरण कार्य पनि भएको हो ।
(६) २०८० भाद्र ३० गते शनिवार, प्राचीन श्री बाघभैरव प्राङ्गणमा भएको वृहत छलफलमा आउँदो २०८० पौष २७ गते सालिक राख्ने कार्य सम्पन्न गर्ने भनेर सर्वसम्मत निर्णय भएको थियो । 
(७) २०८० कार्तिक १९ गते आइतबार, ६ फुटे सालिक निर्माणलाई (महेश तुलाधर (९८५१२७३२५०) ३ लाख बैना दिने (पुरानै भाउमा जम्मा ८ लाखमा) कार्य सम्पन्न भएको थियो । 
(८) २०८० कार्तिक २३ गते, तिहार अगाडि÷सालिक निर्माण कार्यका लागि “यथासक्य नगद÷जिन्सी सहयोग गरौँ” भन्ने कीर्तिपुर र चन्द्रागिरि न.पा. को २० ठाउँमा (धु्रव वस्नेत, ९८४१८२७१९९), प्रधुम्न रावल 
(९८६१४६८५४२), रामकृष्ण विष्ट (९८४१४३१२९५) ३ जनाको मो.नं. सहितको उल्लेखित ठूलो व्यानर विभिन्न ठाउँमा टाँस्ने कार्य सम्पन्न भएको थियो । 
(९) २०८० कार्तिक २७ र २८ गते कीर्तिपुर ४ मा देउसी, भैलो खेल्ने कार्य सम्पन्न भएको र १३,४७०÷– रुपैयाँ उठाउने कार्य पनि भएको थियो । 
(१०) २०८० मंसिर ९ गते शनिबार, मोटरसाइकलमा राष्ट्रिय झण्डा राखेर “सालिकलाई नगद जिन्सी सहयोग गरौँ” भन्ने ठूलो व्यानर र राष्ट्रिय झण्डासहित माइकिङ्ग गर्दै कीर्तिपुर र चन्द्रागिरि नगरपालिकाको केही वडामा मोटरसाइकलबाट ¥याली गर्ने कार्य भएको थियो । तब त्यही अवसरमा आर्थिक सहयोग उठाउँदा विभिन्न महानुभावहरूमा तत् तत् ठाउँमा केही कापी प्रदान गर्ने कार्य सम्पन्न भएको थियो ।
(११) २०८० मंसिर १६ गते शनिबार, कीर्तिपुर–४, तीनधारे चोकमा की.न.पा.–६ खत्रीछापका रामकेशर के.सी. ज्यूको तर्फबाट सङ्कलित (कापी नं. ५ बाट) रु. २१,९२५÷– रकम प्राप्त भएको थियो । तब त्यो योगदान विस्तृत नामावलीपछि पुस्तकमा नै सार्वजनिक गर्ने भन्ने विवरणको सामाजिक सञ्जालबाट पनि प्रचार भएको थियो ।
(१२) वि.सं. २०८० पौष २७ गते ३०३ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा तीनधारा पश्चिमपट्टिको बाटोबाट नेपाली भूतपूर्व सैनिक समूहको तर्फबाट आयोजित ५ माइलको (कीर्तिपुर टुसाल मच्छेगाउँ, मातातिर्थ) प्रथम दौड प्रतियोगिता सम्पन्न गर्न कार्य समेत भएको थियो । सामाजिक अभियन्ता धु्रव बस्नेतको सभापतित्वमा भएको त्यस कार्यक्रममा राष्ट्रनिर्माताको ठूलो फोटोमा माल्यार्पण गर्ने कार्य भएको थियो । त्यसपछि सहायक रथी जिवनारायण श्रेष्ठ (अ.प्रा.) समेतले बोल्ने कार्य पनि भएको थियो ।    
(१३) मिति २०८१ बैशाख २२ गते, वडा नं. ४ मा शालिक राख्ने क्रममा नाकेडाँडा बन क्षेत्रमा कानूनी अवरोधको कारणल शालिक राख्न बाधा तेर्सिएको कारणले तीनधारे चोक अथवा वडा कार्यालय सँगैको पार्कमध्ये एक ठाउँमा वडाको सिफारिसमा राख्न अथवा वडाको अन्तिम निर्णयमा कार्य गर्ने भन्ने निर्णय भयो । २०८१ बैशाख २३ गते आइतबार कीर्तिपुर नगरपालिका वडा नं. ४ समक्ष निवेदन गर्न अध्यक्ष धु्रव बस्नेत समेत ६ जना जाने कार्य भयो । 
(१४) २०८१ जेठ २ गते बुधबार(May 19, 2024)  समितिका पदाधिकारीहरू तथा स्थानीय बासिन्दाहरूको उपस्थितिमा सर्वसम्मत रूपमा तीनधारा पूर्वका सार्वजनिक जग्गामा शालिक निर्माणको कार्य गर्ने भन्ने भयो । 
(१५) २०८१ जेठ १० गते बिहीबार (May 23, 2024) २५६८ औं बुद्ध जयन्ती, चण्डी पूर्णे, उभौली पर्वको बिहान निर्धारित ठाउँमा सबै जम्मा भई चम्पादेवीको पूजारी परिवारका सरला मगर, राम बहादुर थापा मगर, विष्णु के.सी. बाट जग खन्ने कार्य प्रारम्भ गरिएको थियो । पण्डित सानु बाबु आचार्यबाट शालिक राख्न पूजा गर्ने कार्य प्रारम्भ भयो । त्यसपछि जङ्कु गरेका वर्ष ९२ का जेष्ठ श्री चन्द्र बहादुर श्रेष्ठले जग पूजा गर्नु भएको थियो । त्यस बखत सोनु तामाङ, मिना खत्री, सदिक्षा खत्री, समृद्धि र सात्वी बस्नेत आदि पञ्चकन्याबाट राष्ट्रिय झण्डा फरफराइएको थियो । त्यसको विस्त्रृत विवरण ब्ज्ञ त्ष्mभ त्ख् ले २०८१ जेष्ठ १० गते ९ःबथ द्दघ, द्दण्द्दद्ध० बेलुका प्रशारण गर्ने कार्य गरेको थियो ।
(१६) २०८१ कार्तिक १५ गते महाकवि देवकोटाको ११६ औँ जन्मजयन्तीको कार्यक्रम राष्ट्रनिर्माताको शालिक निर्माणाधीन रहेको प्राङ्गणमा सम्पन्न गर्ने कार्य भयो । त्यस कार्यक्रममा जेष्ठ प्रतिनिधि सानुबाबु आचार्य एवम् गोविन्द चन्द सुवेदी ब.अ. राजु बस्नेत समेतबाट मच्छेगाउँमा जन्मेका कवि शिखरनाथ सुवेदी समेतको चर्चा गर्ने कार्य भएको थियो । गङ्गा भेटवालले उद्घोषण गर्नु भएको त्यस कार्यक्रममा कयौँले कविता वाचन गर्ने कार्य भएको थियो भने अभियानका संयोजक धु्रव बस्नेतबाट श्रीः सम्मानको कार्य पनि भएको थियो । 
(१७) २०८१ पौष २७ गते शनिबार शालिक निर्माणाधीन स्थलमा राष्ट्र निर्माताको ठूलो फोटो राखेर ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको कार्यक्रम सम्पन्न भयो । अभियानका संयोजक एवम् समितिका अध्यक्ष धु्रव बस्नेतको सभापतित्वमा भएको त्यस कार्यक्रममा प्रमुख अतिथि पूर्वमन्त्री निक्षे शमशेर ज.ब.रा. रहनु भएको थियो । नेपाली भूतपूर्व सैनिक समूह (२०७२) को तर्फबाट आयोजित ५ माइल दौड प्रतियोगितामा सफल धावक ५ र धाविका ५ जनालाई नगद पुरस्कार प्रदान गर्ने कार्य पनि भएको थियो । त्यस ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा (२०८१ पौष २७ गते) परिपक्व राजा श्री ५ ज्ञानेन्द्रबट “त्यतिबेला विश्व सामराज्य कसैको अधिनमा थियो । संसारकै अधिकांस मुलुक औपनिवेशिक नियती भोग्दै थिए । कयौँ साना मुलुकले आफ्नो अस्तित्व र पहिचान गुमाउँदै थिए । त्यस्तो समयमा सामराज्यवादको आँखै अगाडि एउटा देश खडा गर्ने सानो चुनौती थिएन । तितरवितर भएर छरिएको स–साना भूखण्डमा विभक्त भएको नेपाललाई राष्ट्रनिर्माताबाट सिङ्गो राष्ट्रको रूप दिई बक्सियो” ख्म्इ सन्देश दिने कार्य गरिबक्सेको थियो ।  
(१८) २०८१ फागुन १४ गते बुधबार (Feb. 26, 2025)  महाशिवरात्रीको बिहान ८ बजे स्थानीय वर्ष ९० का जेष्ठ इन्द्र बहादुर बोहोरासहित ५ जना वयोबृद्ध जेष्ठ नागरिकहरूबाट सामूहिक रूपमा राष्ट्रनिर्माता श्री ५ वडामहाराजाधिराज पृथ्वीनारायण शाहको शालिक कीर्तिपुर नगरको तीनधारे नजिक करिब ३ रोपनी जग्गामा सार्वजनिक गर्ने कार्य सम्पन्न भएको थियो । शालिक सार्वजनिक गर्ने कार्य सम्पन्न भएपश्चात पूर्व सैनिकहरूको तर्फबाट प्रधुम्न रावल, पुण्य बहादुर खड्का, बलिन्द्र थापाद्वारा राष्ट्रनिर्माता श्री ५ वडामहाराजाधिराज पृथ्वीनारायण शाहको शालिकमा सामूहिक रूपमा सलामी अर्पण गर्ने कार्य पनि भएको थियो । 
(१९) २०८२ बैशाख २९ गते (May 12, 2025)  २५६९ बुद्धजयन्तीको बिहान राष्ट्रनिर्माताको शालिकको प्राङ्गणमा गौतम बुद्धको फोटोमा फुल चढाउँदै केही चर्चा गर्ने कार्य भएको थियो । तब त्यहीँ अवसरको कार्यक्रममा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक परिसरलाई ‘पृथ्वीपार्क’ र त्यस पार्कदेखि पूर्व तर्फको बाटोलाई ‘चुनदेवीपथ’ एवम् त्यसको दक्षिणतर्फबाट आउने ठाडो मुलबाटोलाई चाहिँ ‘पृथ्वीपथ’ नामाकरण गरी कार्यान्वयन भएको थियो ।   
(२०) जम्मा आम्दानी एवं खर्चको विवरण 
बैंक स्टेटमेण्ट अनुसार ः
२०७९ भाद्र २० गते सोमबारदेखि २०८२ असार ३२ गतेसम्मको शालिक ठड्याउनको लागि भएको आम्दानी खर्च विवरण

आम्दानी खर्च
विभिन्न योगदानकर्ताहरूबाट प्राप्त रु. १२,२०,७९९÷– १२,४०,१८५÷–
बैंकबाट प्राप्त व्याज रु. ४१,८५४÷–
जम्मा कूल रकम रु. १२,६२,६५३÷–
बैंकमा रहेको रकम रु. २२,४६८÷–

(२०) विविध÷विस्तृत विवरण 
कापी–कापीबाट रकम योगदान गर्ने हजारौँको नामावली विवरण सहितको ऐतिहासिक अनुसन्धानात्मक कीर्ति तयारीको कार्य पनि सुरु भइसकेको छ । अब तपाइँहरूको विशेष कृपा सहयोगको लागि अनुरोध छ ।    
राष्ट्र निर्माता श्री ५ वडामहाराजाधिराज पृथ्वीनारायण शाह पार्क तथा शालिक व्यवस्थापन समितिका पदाधिकारीहरूको नामावली

कार्य समिति
अध्यक्ष ः श्री धु्रव बस्नेत
उपाध्यक्ष ः मे. श्री प्रधुम्न रावल (अ.प्रा.)
उपाध्यक्ष ः मे. श्री पुण्य बहादुर खड्का (अ.प्रा.)
महासचिव ः श्री केशव अधिकारी
सचिव ः श्री अजय कुमार विष्ट
सहसचिव ः श्री गङ्गा प्रसाद भेटवाल
सदस्य ः श्रीमती अमृता भट्टराई खड्का
सदस्य ः श्री विजेस बस्नेत
सदस्य ः श्री राजमान श्रेष्ठ

सल्लाहाकार 
श्री राजु बस्नेत, पूर्व वडाअध्यक्ष, वरिष्ट अधिवक्ता
श्री गोविन्द चन्द्र सुवेदी
डा. श्री होम बहादुर बानियाँ
श्री केदार बहादुर के.सी.
श्री रामकृष्ण विष्ट
श्री सानुबाबु आचार्य
श्री कृष्ण बहादुर बस्नेत ९प्द्य०
श्री विदुर लामा 
श्री राजेन्द्र शाह

शालिक शिल्यान्यासको कार्य
मिति २०७८ पौष २७ गते नाकेडाँडामा वर्ष ९७ का श्री टिकाबहादुर थापाबाट शिलान्यास भएको थियो । 

जग पूजाको कार्य
मिति २०८१ जेष्ठ १० बिहीबार तीनधारा नजिक २५६८ औँ बुद्धजयन्तीको बिहान भएको थियो । 

शालिक सार्वजनिक कार्य
मिति २०८१ फागुन १४ गते बुधबार (February 26, 2025)  का दिन बिहान शालिक सार्वजनिक कार्य निम्नलिखित जेष्ठ नागरिकहरूको तर्फबाट भएको थियो ः
वर्ष ९० का श्री इन्द्र बहादुर बोहोरा
वर्ष ८९ का श्री लोक बहादुर बस्नेत
वर्ष ८४ का श्री सानुबाबु आचार्य
वर्ष ८१ का श्री ज्ञान बहामदुर बस्नेत
वर्ष ७३ का श्री चन्द्र बहादुर महर्जन 
ध्ुत्र बस्नेतद्वारा तयार गरिएको प्रतिवेदन हो । हजुरहरूको यसमा प्रतिक्रिया आवोस है । 
Lets Discuss . 




<b> feedback from Raju Basnet संयोजकको ठाउँमा प्रमूख सल्लाहकार राख्ने र सदस्यको सट्टा सल्लाहकार राख्ने । हरेक कार्यक्रममा मैले वक्ताको रुपमा उपस्थित भएको छु

९९औं पदयात्रा नुवाकोट - शीतल गिरी - (मंसिर महिनाको पहिलो शनिबार ६ गते १०० औं यात्रा हो । यो यात्रा पलासे )

२०८२ कार्तिक १ गते विहान बालाजु माछापोखरी चोकमा जम्माभएर बासुदेव पौडेल, माधवलाल श्रेष्ठ, शीतल गिरी, ध्रुवराज थापा पुरुष, मन्दिरा मधुश्री, डा...