Tuesday, June 4, 2024

अस्पतालमा मुर्दाको घर - कविता - चिरन्जिवी बास्कोटा





अस्पतालमा मुर्दाको घर हुदोरहेछ
बरफको खाटमा मुर्दाहरू  सुत्दारहेछन्   

अनि त मुर्दाहरू  सल्बलाउदा रहेछन्  
दिउसै पनि तर्साउदा रहेछन ।

हिजो मुर्दाको सपना भनेथे
आज त मुर्दाको घर देख्दै छु 

हामी मरेका लाई मुर्दा भन्थ्यौ
मुर्दाहरु त महलमा बस्दा रहेछन्   ।

घुस खाएरै मरेका मुर्दाहरु
मानिसकै रगतले भुँडी भर्दारहेछन्   

मुर्दाको परिवार पनि मुर्दैजस्ता
मुर्दा संङ्गै सुत्दा रहेछन्   । 

                ...🖉चिरन्जिवी  बास्कोटा  










No comments:

Post a Comment

स्रष्टा पदयात्रा नेपाल - कार्यक्रम सम्पन्न - शीतल गिरी

स्रष्टा पदयात्रा नेपालले २०८३।०१।१३ गते भैरव स्मृति भवन,नयाँ वस्ती गोकर्णेश्वर नपा, जोरपाटीमा वार्षिकोत्सव २०८३ तथा पुस्तक लोकार्पण कार्यक्र...