अस्पतालमा मुर्दाको घर हुदोरहेछ
बरफको खाटमा मुर्दाहरू सुत्दारहेछन् ।
अनि त मुर्दाहरू सल्बलाउदा रहेछन्
दिउसै पनि तर्साउदा रहेछन ।
हिजो मुर्दाको सपना भनेथे
आज त मुर्दाको घर देख्दै छु ।
हामी मरेका लाई मुर्दा भन्थ्यौ
मुर्दाहरु त महलमा बस्दा रहेछन् ।
घुस खाएरै मरेका मुर्दाहरु
मानिसकै रगतले भुँडी भर्दारहेछन् ।
मुर्दाको परिवार पनि मुर्दैजस्ता
मुर्दा संङ्गै सुत्दा रहेछन् ।
...🖉चिरन्जिवी बास्कोटा
No comments:
Post a Comment