Wednesday, March 26, 2025

कथा – शङ्काभित्रको खुसी - गङ्गाप्रसाद भेटवाल

    कथा –  शङ्काभित्रको खुसी

                                                                               

                                                                                         

                                                                                                                 गङ्गाप्रसाद भेटवाल  


हिउँदको समय काठमाडौँको जाडो मानिसहरूलाई घाम प्यारो छ । रातिको तापक्रम शुन्य डिग्री सेन्टिग्रेडमा झरेको छ । दिउँसो भने आकाश सफा भएकोले पारिलो घाम लाग्छन् । यसरी दिउँसो घाम नलाग्ने हो भने पुषको महिना निकै गाह्रो हुन्छ । 

उमा घरको छतमा बसेर सुन्तला खाँदै हुन्छिन् । सुन्तला खाने समय पनि यही मङ्सिर–पुष महिना नै त हो । छेउमा एक दुई भोगटेका दाना पनि छन् । उमा सुन्तला खाँदै बसेका बेला सन्तोष आउँछ ।

उमा ! सुन्तला तिमी मात्रै खान्छौ कि मलाई पनि दिन्छौ ?

दिन्छु नि बस्नुस् न । सुन्तला ल्याउने हजुर नै त हो सधैं तर आफू कहिले घरमा बस्न भ्याउनुहुन्न सधैं मैले त खाने गरेकी छु नि ।   

सन्तोष छेउमा बस्छ  । त्यहाँ भएका सुन्तलाका दानामध्ये एक दाना उठाउँछ । सुन्तलाको बोक्रा मज्जाले तास्छ । 

उमा π हेर त कति राम्रो सुन्तला । 

‘हजुरले ल्याएको सुन्तला नराम्रो हुन्छ त’ 

‘कुरो त बुझ्छौ तिमी पनि ।’ 

सन्तोषले सुन्तला बीचमा फुटाउँछ र देब्रे हातले उमाको टाउको समाउँछ अनि दाहिने हातले उमाको मुखमा सुन्तला पु¥याउँछ र खुवाउन खोज्छ । 

हैट के गर्नुभएको यस्तो ? 

‘प्यारीलाई सुन्तला खुवाउन खोजेको नि ।’

त्यस्तरी ख्वाएपछि त सबै गेडा पनि निलिन्छन् नि । त्यसरी खुवाउनुहुन्न । 

यी यसरी खुवाउनुपर्छ भन्दै सन्तोषको एक हातबाट सुन्तला लिएर गेडासमेत झिकेर फाली सन्तोषलाई नै उमाले खुवाउँछिन् । सन्तोष पनि आफ्नो अर्को हातको सुन्तलाको केस्राबाट गेडा फालेर उषालाई बाँकी सुन्तला खुवाउँछ । 

प्रेमिल ढङ्गले सुन्तला खाइसकेपछि उनीहरू दुवैजना छतमै रहेको एउटा गुन्द्रीमा बसी मज्जाले घमाइलो वातावरणमा रमाउँछन् । विभिन्न गफगाफ गर्छन् र आपसमा आनन्दित हुन्छन् । 

केही समयपछि त्यहीँ छतमा रहेको भोगटेमध्ये केही भोगटे तासेर उनी नुन–खुर्सानी मिसाउँदै साँध्न थाल्छिन् । 

‘उमा ! तिमीलाई भोगटे खाने रहर अझै पुगेको छैन है ?’

‘खै के भनु हजुर ! बिहे गरेको पन्ध्र वर्ष भयो । घरमा नयाँ मान्छे ल्याउन पाएको छैन । भोगटे खायो बस्यो । यस्तै गरी त समय बित्यो ।’

सन्तोष गम्भीर बन्छ । उमालाई मज्जाले शिरदेखि पाउसम्म हेर्छ । उमाका गालामा केही बुढ््यौली हुन खोजेजस्तो संकेत देख्छ । उमालाई उसले बिहे गरेर ल्याउँदा उमा पच्चिस वर्षकी थिइन् अनि ऊ २७ वर्षको । आज दुवै जना ४० माथि पुगे । उनीहरू घरमा जम्मा दुई जना मात्र छन् । बाआमा भाइका घरमा बस्छन् । सन्तोषको भन्दा पाँच वर्ष ढिलो गरी बिहे भएको भाइका दुई सन्तान भइसकेकाले बाआमा नातिनातिना हेर्न भाइकै घरमा बस्छन् र उतै रमाउँछन् पनि ।

उमा र सन्तोष बाहिरबाहिर हाँसे पनि भित्रभित्रै पिरलोमा पर्छन् । यो पिरलो धेरै वर्षदेखि उनीहरूले झेल्दै आएका छन् । यस्तो पिरलोबाट उन्मुक्ति पाउन दुवैजना पोषिलो खानेकुरा खाएर लक्ष्य केन्द्रित हुन्छन् तर नतिजा शून्य । 

उमा सन्तोषलाई असाध्यै माया गर्छिन् । सन्तोषको माया पनि त्यस्तै छ ऊप्रति । जतिजति उमेर बढ्दै जान्छ त्यति त्यति उनीहरुमा भित्रभित्रै छटपटी बढ्दै जान्छ । उमा कसैका ससाना केटाकेटी देख्दा एक टकले हेर्ने गर्छिन् । त्यो हेराइमा उनका चाहना, इच्छा, रहर र भविष्यसम्मका कल्पना मिसाउँछिन् तर ती सबै उनका अधीनमा हुन्नन् । 

उमाको मनको छटपटी सन्तोषले बुझेको छ । ती दुवैले आफ्नो स्वास्थ्य स्थिति पनि बुझेका छन् । कमजोरी उमामा थिएन । सन्तान नहुनुको कारण सन्तोषको तर्फबाट थियो । परिस्थिति जे जस्तो भएतापनि उनीहरूमा मायाको अभाव थिएन । ऊ आफूलाई फुर्सद हुँदा उमालाई लिएर उनलाई मनपर्ने ठाउँमा घुमाउन लग्थ्यो । 

एकदिन उमाको मनपर्ने स्थान गोदावरीको बोटानिकल गार्डेनमा पुग्छन् उनीहरू ।  त्यहाँको फूलबारी, ससाना खोला बुट्यान, रमाइलो वन, खुल्ला प्रकृतिले दुवैको मन प्रफुल्लित बनाउँछ । चौरको एक कुनामा बसेर प्रेमलाप गर्छन् । उनीहरू आपसमा हराउँछन् । प्रकृतिले शितलता दिन्छिन् अनि मधुर स्वरमा आएको झ्याउकिरीको आवाजले संगीत भरिदिन्छ । त्यो गार्डेनमा सयौं मान्छेहरू यताउता हिँडिरहन्छन् । फोटो खिचिरहन्छन् अनि हल्ला गरिरहन्छन् । तर उनीहरू न त मान्छेहरूलाई देख्छन् न त उनीहरूको हल्ला नै सुन्छन् । उनीहरूलाई लाग्छ –यत्रो आनन्दमय फूलबारीमा हामी दुई मात्र छाँै । 

दिन बितेको पत्तै हुँदैन । एक्कासी त्यहाँको बगैंचे आएर अब जानू, छुट्टी भयो भन्छ । त्यसपछि मात्र उनीहरू झसङ््ग हुन्छन् र आफ्नो आन्तरिक संसारबाट बाहिर निक्लन्छन् । आफूले लगेका पानीका बोतल खाली देख्छन् । लगेको खाजा पनि सकिएको देख्छन् । खान त उनीहरूले नै खाए तर कतिखेर खाइयो भन्ने कुरा थाहा हुँदैन । 

त्यो बोटानिकल गार्डेनबाट उनीहरू बाहिर निस्कन्छन् । बाहिर पार्किङमा राखेको बाइकको धुलो पुसपास पारेर सन्तोषले बाइक स्टार्ट गर्छ । उमा आफ्नो सल, कुर्था मिलाई बाइकमा बस्छिन् । 

 बाइक अगााडिको माइक्रो स्टेशनमा आइपुग्छ ।

‘उमा’ एक कप तातो चिया खाएर जाउँन है !

हुन्छ’ ।

बाइक एक छेउमा अड्याउँछ सन्तोष । तीन चारवटा माइक्रो त्यहाँ हुन्छन् । मान्छेको पातलो चहलपहल । ससाना टहरामा खाद्यान्न पसल अनि त्यस्तै टहरामा खाजा होटल र चिया पसल हुन्छन् । उमाको हात समातेर ऊ एउटा बाँसको मेचमा बस्छ । सामुन्नेको चिया पसल कि साउनी, अधबँैसे उमेरकी महिलाले सोध्छिन् – कस्तो चिया बनाउँ हजुर ?र्

रङ कडा, दूध कडा, चिनी कडा भएको दुई कप । 

हस् हजुर ।’ 

त्यहाँ बसेको बेला उमाको हात आफूतिर तान्दै सन्तोष भन्छ –उमा, तिमी खुसी त छौ नि हैन ?

उमा केही नबोली पुलुक्क सन्तोषको आँखातिर हेर्छिन् । त्यहाँ चार आँखाहरू दुई हुन्छन् । लगत्तै आफ्ना आँखा बन्द गरेर जिउ ढल्काएर सन्तोषसँग टाँसिन्छिन् ।र्

 चिया आयो, हजुर !

साउनीको आवाजले उनीहरू सतर्क बन्छन् । चिया दिने ती महिलाको साथमा तीनजना ससाना केटीहरू पनि देखिन्छन् । 

सन्तोषको मुखबाट फुत्त शब्द निक्लिर्यो ओहो ! साउनीका छोरी तीनतीन जना पो रहेछन् त ।’र्

हो नि । के गर्नु, छोरी छोरी भयो भनेर मुर्दार भागिगो ।

 आउला नि ।

 के आउँथ्यो बजिया, अर्की लिएर भागो, अब आाएर पनि के काम ।’

होटलवाल्नीसँगको छोटो संवादपछि यसो उमातिर फर्कन्छ । उमा ती सानी छोरीलाई बोकेर त्यहाँको अर्को पसलमा गएर चिजबल किनिदिँदै हुन्छिन् । 

उमा, चिया सेलायो । आऊ ।’

 उनीहरू त्यही बाँसको मेचमा चिया खाइसकेर पनि केहीबेरसम्म बस्छन् । 

त्यसपछि सन्तोष भन्र्छ  उमा अब जाऊँ ।’ र्

हुन्छ ।’

बाइक स्टार्ट गरेर सातदोबाटोतिर लाग्छन्् । केही हतार पनि हुन्छ उनीहरूलाई । सन्तोषले बाइकको स्पिड बढाउँछ । गफ गर्दै अगाडि बढिरहेका हुन्छन् । हातीवनको घुम्तीमा रोकिराखेको ट्रकमा उनीहरूको बाइक जोडले बजारिन्छ । स्पिडमा भएकोले ठूलो आवाजका साथ उनीहरू त्यहाँ मोटरसाइकल दुर्घटनामा पर्छन् । दुवैजना बेहोस हुन्छन् । बाटोमा भिड जम्मा हुन्छ । ट्राफिक आउँछन् । उनीहरूलाई घटना मुचुल्का उठाइसकेर अस्पताल पुर्याइन्छ । दुवै जनाको गम्भीर अवस्था हुन्छ । अस्पतालको आइसियुमा राखेर उपचार सुरु हुन्छ । उनीहरूको झोलामा भएको डायरीमा लेखिएको टेलिफोन नम्बरको आधारमा आफन्तलाई समेत अस्पताल आउन भनिन्छ । सन्तोषको दुवै खुट्टा कच्याककुचुक भएको, टाउको फुटेको अनि उमाको पनि टाउको फुटेको र देब्रे हात भाचिएको हुन्छ । अस्पतालमा सिकारु डाक्टरका कारण सन्तोषको दुवै खुट्टाको अपरेसन असफल हुन्छ । उसका दुवै खुट्टा काट्नुपर्ने अवस्था आउँछ । उमाको भने बिस्तारै टाउकाको चोट विसेक हुन्छ ।  लगभग दुई महिना सन्तोषको अस्पताल बसाई हुन्छ भने उमाको पनि पन्ध्र्र्र्र दिन बिरामी बनेर र बाँकी एक महिना पन्ध्र दिन कुरुवा बनेर सन्तोषको जत्तिकै अस्पताल बसाई हुन्छ । 

समय केही बित्यो । परिस्थितिको पाटो पल्टियो । घरमा वैशाखीको सहायताले सन्तोष मुस्किलले यता उता हिडडुल गर्न सक्ने हुन्छ । आफन्त, साथीभाइ भेटघाटका लागि सुरुसुरुमा बाक्लै आउँथे । पछिपछि भेट्न आउने मान्छेको क्रम पनि पातलिँदै जान्छ 

उमा पूर्ण रूपले निको भइन् । सन्तोषको साथी विनोद अलि बाक्लै उसलाई भेट्न आइरहन्थ्यो । यस्तै हो जीवन भनेर सम्झाइरहन्थ्यो पनि । समय बित्दै जाँदा उमा दोजिया भइन् । मुस्किलले अप्ठ्यारो तरिकाले भएपनि सन्तोष र उमाबीचका विविध कारोबार, घरव्यवहार आदि चलेकै थिए । उमा दाजिया भएपछि विनोद उनीहरूकोमा जान असजिलो मान्न थाल्यो र जान निकै कम गर्न थाल्यो  । त्यस घरबाट बोलावट भएमा मात्र जान थाल्यो । 

केही समयपछि उमाले छोरालाई जन्म दिइन् । सन्तोष र उमालाई त्यो बुढ्यौली उमेरमा सन्तानको सुख पाउने अवसर जुर्यो । छोराको नाम पुरोहित बाजले पुण्यप्रसाद राखिदिए । 

पुण्यप्रसाद घर अगाडिको आँगनमा मज्जाले खेल्न सक्ने भयो । ऊ हाँसी हाँसी घरलाई उज्यालो बनाउथ्यो । सन्तोष पनि मज्जाले हाँस्थ्यो तापनि मनको एक कुनामा यो छोरो मेरो हो कि होइन भन्ने भाव राखिराख्थ्यो तर दुनियाको नजरमा पुण्यप्रसाद उसकै छोरो देखिँदा ऊ खुसी थियो । उमामा त खुसीको सीमा नै थिएन । छोराकी आमा बन्न पाउँदा संसार जितेको अनुभूति भएको थियो तैपनि मनको एक कुनामा घटनाको पर्दाफास हुन्छ कि भन्ने डर रहिरहन्थ्यो । पछिल्ला दिनमा विनोद पनि त्यो घरमा बाक्लै आउँथ्यो । सन्तोषसँग कुरा गरेको बहाना गथ्र्यो । उमाको हालखबर सोधेजस्तो गथ्र्यो र पुण्यप्रसादलाई च्याप्प समाएर माया गथ्र्यो तर उसको मनमा पनि घटनाले के रूप लेला भन्ने झस्का परिरहन्थ्यो । हजुरबा हजुरआमा पनि हाम्रो बुढेसकालको नाती भनेर पुण्यप्रसादलाई खेलाउँथे । बेलाबेला ट्वाल्ल परेर हेर्थे तैपनि नाती पाएकोमा खुसी थिए ।

पुण्यप्रसाद एउटा बालक थियो तर उसले नजानिकन पनि धेरैलाई खुसी दिएको थियो । 

                  समाप्त । 

गङ्गाप्रसाद भेटवाल कीर्तिपुर वडा नं ४ काठमाडौँ

 फोन – ९८४९७१४८६७ । 





Sunday, March 23, 2025

स्रष्टा पदयात्राको ९२ औं शृङ्खला - गोरखा - शीतल गिरी

स्रष्टा पदयात्राको ९२ औं शृङ्खलामा २०८१ चैत्र १ का दिन बिहान ७.४५ मा गोंगबु बसपार्कबाट गोरखा यात्रा शुरु भयो । यो यात्रामा कार्यसमिति सदस्य मन्दिरा मधुश्रीको संयोजनमा स्रष्टा पदयात्री हरू – १.
शीतल गिरी, २. खोलाघरे साहिंलो, ३. शान्ति सापकोटा, ४. मन्दिरा मधुश्री, ५. राजन पुडासैनी, ६. विमल अर्याल, ७. वसन्त रिजाल, ८. डा.बालचन्द्र मिश्र, ९. गंगाप्रसाद भेटवाल, १०. नानीबाबा अधिकारी, ११. हरिबोल काफ्ले, १२. शोभा शरभ, १३. दुर्गा भवानी भट्ट, १४. घनश्याम प्रसाइं, १५. गीता रेग्मी, १६. डिल्लीराज अर्याल, १७. हरिश कल्पित, १८. सुमन पुडासैनी, १९. पवित्रा अधिकारी, २०. लक्ष्मी थापा, २१. अनिता कोइराला, २२. सुभाष ढुंगेल, २३. विजया बस्नेत, २४. जयराम विडारी, २५. सानु पोखरेल, २६ शान्ता देवकोटा देवकोटा, २७. चिरञ्जीवी देवकोटा, २८.भारती न्यौपाने, २९. दिपक भेटुवाल, ३०. ज्ञानुवाकर पौडेल, २८.त्रिपुरारी पौडेल, ३२. सन्तोष आमगाईं थिए । पृथ्वी राजमार्गबाट नौबिसे, गल्छी, गजुरी, मलेखु आदि हुदै १२.१० मा कुरिनटारमा भोजन गरेर, आबु खैरेनी, दरौंदी, ठिगुरेछाप, पेट्रोलपम्प हुंदै २ बजे गोरखा पुगियो । गोर्खा इन होटलमा झोला बिसाएर गोरखाका पूर्व नगरप्रमुख विश्वेश्वर कट्टेलको अगुवाइमा होटलभन्दा केही माथि रहेको रानीपोखरी अवलोकनपछि ठुलो आंगनमा गोरखा नगरपालिकाको आयोजकत्वमा कार्यक्रम भयो । विजय उपाध्यायको सञ्चालन, अध्यक्ष नगरप्रमुख कृष्णबहादुर राना मगर, प्रमुख अतिथि जिल्ला समन्वयका अध्यक्ष मोहनबहादुर मगर हुनुहुन्थ्यो । विशेष अतिथिमा पुन्यविक्रम पौडेल प्र जि अ, मसलीमाया ठोकर नगर उपमेयर, स्रष्टा पदयात्राका अध्यक्ष शीतल गिरी, पूर्वमेयर विश्वेशर कट्टेल हुनुहुन्थ्यो ।
स्रष्टा पदयात्रीलाई रुद्राक्ष माला र नगरको लोगो अर्पण गरेर गोरखा नगरले स्वागत गरेपछि स्रष्टा पदयात्रा नेपालका महासचिव गंगाप्रसाद भेटवालले सभालाई सम्बोधन गर्नुभयो । स्रष्टा पदयात्राले पर्यटन क्षेत्रको विकासमा गर्नसक्ने भूमिकाको बारेमा उदाहरणको रुपमा काठमाडौं जिल्लाको दक्षिणकाली नपामा रहेको चौकोटदेवी यात्राबारे जानकारी गराउँदै बताउंदै “गोर्खा बुझेर आऊ“ कवितावाचन गर्नुभएको थियोे । रचनावाचनको क्रममा गोरखा जिल्लाका निर्वाचन अधिकारी चेतबहादुर कोइरालाबाट “अरूका बा” व्यङ्गकविता, खोलाघरे साहिंलोबाट “फगुवा”, शान्ति सापकोटाबाट “छैन निदरी” छन्द कविता, मन्दिरा मधुश्री, सन्तोष अमगाईं र त्रिपुरा पौडेलबाट मुक्तक, दुर्गा भवानी भट्टबाट “एक्लै” र घनश्याम प्रसाईंबाट “सबै जुट्नुपर्छ” शीर्षकको कविता, विजय उपाध्यायबाट गजल र ज्ञानुवाकर पौडेलबाट गजल वाचन भएका थिए । उपमेयर मसलीमाया ठोकरबाट हामीले आगामी पुस्तालाई सही सन्देश दिन सक्नुपर्छ भन्ने आशयको मन्तव्य प्रस्तुत गर्दै गोर्खालाई वास्तविक अनुभव गरेर स्रष्टाहरूलाई यथार्थ लेखनको अनुरोध गर्नुभयो । स्रष्टा पदयात्री गीता रेग्मीले सम्बोधन गर्दा उदयानन्द अर्याल गोरखाका भएको चर्चा गर्नुभयो र शीतल गिरिले आफ्नो सम्बोधनमा गोरक्षनाथ र गोरखाको सम्बन्ध, घाटुनाचको चर्चा गर्दै सिद्धलखन थापा र विद्रोही लखन थापा दुई जना भएको सुनाउनुभयो ।
यसैगरी विश्वेश्वर कट्टेल, प्रजिअ पुण्यविक्रम पौडेलबाट सम्बोधन, प्रमुख अतिथि जिल्ला समन्वय समितिका अध्यक्ष मोहनबहादुर मगरबाट सम्बोधन भएपछि कार्यक्रमका अध्यक्ष कृष्णबहादुर राना मगरबाट गोर्खा ऐतिहासिक व्यक्तित्वहरूको चर्चा, हिमाल–पहाड–तराई गोरखाको प्राकृतिक भूबनोट रहेको हुंदा, भाषिक विकास, एकता गर्नुपर्छ भन्ने आशयका साथ सधन्यवाद सभा विसर्जन गर्नुभयो । यसपछि पृथ्वीनाराणको सालिक रहेको सो स्थलमा सैनिक आएर सलामी दिने समय भएकोले, सैनिक टुकडीबाट सलामी अर्पण र परेड गरेको बडो मनोहर लाग्यो । बिहान सूर्योदयको समयमा र सांझ सूर्यास्तमा यो सलामी हुने गरेको नगरप्रमुख कृष्णबहादुर मगरले बताउनुभयो । परेड सकिएपछि स्रष्टा पदयात्राका सदस्य गीता रेग्मी अर्यालको घर यही नजिकै रहेकोले हामीले उहांको घरमा गएर चिया पियौं । ७ बजे होटल गोर्खा इनमा आइपुगेपछि पुनः होटलकै हलमा आयोजित अन्तरक्रिया कार्यक्रममा ८.३० सम्म सहभागी भयौं ।
मेयर कृष्णबहादुर मगरले गोरखा नगरपालिकाले गरेका सामाजिक सेवाका कामहरूबारे बडो सालीन ढंगबाट जानकारी दिनुभयो । शिक्षामा सुशासन, स्वास्थ्यमा धेरै प्रकारका उपचार निःशुल्क गरिएको, कृषि उत्पादनमा कृषकलाई प्रोत्साहन हुने नीति बनाएर व्यावहारिक बनाएको, जन्मदेखि मृत्युुसम्म कार्यक्रम लागू गरेर शिशु जन्मिदा पनि विशेष सुविधा र मृत्युुपछि दाह संस्कारगर्न घाटमा पनि निसुल्क दाउरा उपलब्ध जस्ता विशेष राहत दिने गरिएको जानकारी दिनुभयो । गोरखा नगरपालिकाका यस्ता सामाजिक सेवा सुविधा दिने कार्यहरू नगर समितिकै सामुहिक निर्णयबाट पहल र अनुगमनमा हुने गरेको सुन्न पाउंदा ज्यादै खुशी लाग्यो । यो न पा उदाहरणीय रहेको अनुभव भएको छ । हार्दिक धन्यवाद गोर्खा न पा का मेयर, उपमेयर, पूर्व मेयर, प्रजिअ र यो नगरपालिकाका सम्पूर्ण नागरिकहरूमा स्रष्टा पदयात्राको तर्फबाट ।
२ गते शनिबार बिहानको नित्यकर्मपछि होटलमै चिया खाएर पूर्व नगरप्रमुख विश्वेश्वर कट्टेलको साथमा गोरखा बजारबाट माथि रहेको गोरखा दरबार, पृथ्वीनारायण शाहको जन्मस्थल, गोरक्षनाथ, गोरखकाली मन्दिर हेर्न उकालो लाग्यौं । त्यहा रामशाहको चौतारो लगायत भ्रमण अवलोकनगरी फर्केर आएपछि भोजन गरेर बुङकोट जाने योजना छ । ६.४० मा उकालो लाग्यौं, ८ बजेतिर माथि डाँडामा पुग्यौं । जांदाखेरि उकालो सिंढीदार बाटो, कतैकतै थोरै सुस्ताउंदै गयौं । माथि रामशाहको चौतारामा केही बेर अवलोकन गर्यौं, अनि लाग्यौं मूल लक्ष्यतिर । दरबार परिसरमा पुगेपछि पृथ्वीनारायण शाह जन्मेको कोठा हेर्यौं, दरबार हेर्यौं, गोरखनाथ र गोरखकालीको मन्दिरमा दर्शन गर्यौं । अनि थोरै ओरालो झरेर बसमा चढेर तल होटलमा फर्किएर भोजन गरेर १०.३५ मा पुनः बसमा चढेर ११.३० बजे शहीद लखन गाउंपालिकामा पुगेर पालिकाले आयोजना गरेको कार्यक्रममा दिनभरि सहभागी भयौं ।
सहिद लखन थापा गाउंपालिका गोर्खाद्वारा आयोजित, शहिद लखन साहित्य समाज सहआयोजक र स्रष्टा पदयात्रा नेपाल समन्वयकर्ता रहेको “स्रष्टा जमघट तथा सिर्जनावाचन कार्यक्रम” शहिद लखन गाउँपालिकाको वडा नं ७ को गापा भवनमा सम्पन्न भयो । कार्यक्रम पालिका अध्यक्ष रमेशबाबु मगरको अध्यक्षता, मोहनबहादुर मगरको प्रमुख आतिथ्य र ज्ञानुवाकर पौडेल, शीतल गिरि विशेष आतिथ्यमा हुनुहुन्थयो । बाबुराम मगरद्वारा स्वागत मन्तव्य, छात्राहरूद्वारा स्वागतनृत्य, स्रष्टा पदयात्री मन्दिरा मधुश्रीबाट मन्तव्य, बुङ्कोट महिला भजन समूहद्वारा भजन प्रस्तुत “प्यारो छ नेपाल सुन्दर शान्त विशाल...” । स्थानीय स्रष्टा चरन खनालबाट हाईकू, सीताराम भण्डारी कविता “रित्तिए छिमेकी”, रामचन्द्र कविता, बाबुराम मगर “नाति” कविता, विष्णु कार्की कविता, चूडामणि न्यौपाने गजल, जुना रेग्मी गजल, राजेन्द्र गजल, शिव श्रेष्ठ गजल, केशवप्रसाद ढकाल ‘कोपिला’ गजल, लक्ष्मी पाण्डे केही शिलोक लगायतका रचना वाचन गरिएका थिए । लखन गा पा का अध्यक्ष रमेशबाबु मगरको गजलसङ्ग्रह “वसन्तको आंकुरा” विमोचन गरिएको सो साहित्यिक कार्यक्रममा केही गजल वाचन, राधाकृष्ण भजनसमूहद्वारा भजन प्रस्तुत पनि गरिएको थियो ।
विमोचित कृतिमा भूमिका लेख्ने सुपरिचित गजलकारा ज्ञानुवाकर पौडेलद्वारा सो कृतिबारे छोटो मन्तव्य । नारायण पोखरेलबाट शुभकामना मन्तव्य र “गाउंमै मर्न पाऊ” कविता मालिनी छन्दमा वाचन । स्रष्टा पदयात्री भारती खरेल “देशको स्पन्दन”, डिल्लीराज अर्याल “ढुङ्गालाई ढोग्छु”, घनश्याम प्रसाईं “उठ किसान दाजुभाइ” प्यारोडी गीत, हरिबोल काफ्ले “लखन थापाको पुकार”, शीतल गिरिको मन्तव्य, महासचिव गङ्गाप्रसाद भेटवालबाट पदयात्री स्रष्टाहरूको परिचय प्रस्तुत, वसन्त रिजालबाट स्वागत नृत्य गर्ने तीनजना नर्तकीहरूलाई जनही रू १ हजार प्रदान गर्नुभयो । ज्ञानुवाकर पौडेलबाट गजल प्रस्तुत भएपछि, गाउपालिकाका उपाध्यक्ष इन्दिरा तिवारीबाट सम्बोधन । प्रमुख अतिथि मोहनबहादुर मगरबाट सम्बोधन र अध्यक्ष रमेशबाबु मगरबाट सम्बोधनपछि सभा समापन भयो । त्यसपछि बसबाट बुङकोटको काउले भँगार भन्ने ठाउ (शहिद लखन थापाको जन्मस्थल) मा बसबाट गयौं । होमस्टे समितिका तर्फबाट स्रष्टा पदयात्रीलाई पुष्पगुच्छा र सेतो अक्षताको टीका लगाइदिएर स्वागत गरिएको थियो । होमस्टेहरूमा नै बाँडिएर बसीयो । भोजन भने सबैको एकै ठाउंमा भरत आलेको घरमा भयो । राती ११ बजेको करिबसम्म मगर समुदायको कौडा नृत्यमा स्रष्टा पदयात्री रमाए ।
☝✌✌✌✌✌✌✌✌✌✌
३ गते आइतबार बिहान होमस्टेबाट नित्यकर्मपछि एउटै होमस्टेमा बसेका विमल अर्याल, वसन्त रिजाल, घनश्याम प्रसाईं र खोलाघरे साहिंलो यति चार जना गाउ एउटा खास उदेश्य लिएर गाउंघुम्न गएछन् । अन्य स्रष्टाहरू बिहानको चियापान पश्चात शहीद लखन थापाले बनाएको बुङ्गकोट दरबारको भग्नावशेष अवलोकन गर्न उकालो चढे, जलकन्यादेवीको मन्दिर दर्शन गर्न तेस्रो बाटो लागे । बिहानै गाउँ घुम्न गएका चार जनाले स्रष्टा पदयात्राका अध्यक्ष शीतल गिरिको आज परेको जन्मदिनमा सरप्राइज शुभकामना दिन खादा र एक डिब्बा चक्लेट लिएर आए । एकाएक लखन थापाको स्मारकस्थलमा जन्म दिवसको सामुहिक शुभकामना अर्पण गरेर वातावरण बडो रमणीय बनाएका थिए । यो परिसमा शहिद लखनको पूर्ण कद र अर्ध कदका को शालिक, अन्य शहिदहरूका पनि शालिक रहेका छन् । स्मारक परिसरमा स्थानीय सुवास आले र गा पा अध्यक्ष रमेशबाबु थापाले सहजीकरण गर्नुभयो र शहीदहरूका विषयमा धेरै जानकारी दिनुभयो ।
जङ्गबहादुरको क्रूर शासनको जीवन्त कथा बोकेको यो ठाउँमा पुगेर हामीलाई धेरै जानकारी मिलेको छ । त्यहीं रचनावाचन पनि भयो जसमा लखन थापा सम्बन्धी रचनाहरू प्रस्तुत भए । बालचन्द्र मिश्र र मन्दिरा मधुश्रीको सहगायनमा लखनसम्बन्धी गीत लोकलयमा, विमल अर्यालबाट सुसेलीहरू वाचन, खोलाघरे साहिलोबाट मालिनी छन्दमा “लखनको गाउंमा” कविता वाचन, लक्ष्मी थापाबाट “चुहिएका सपनाहरू” कविता, विजया बस्नेतबाट “लखनको गाउँसम्म” शार्दूलविक्रीडितमा, अनिता कोइरालाबाट “शहीदकी छोरी शहिदको भूमिमा”, ज्ञानुवाकर पौडेलबाट सम्बोधन, सुवास आले मगरबाट अन्य जानकारीका साथ ३ वटा गजल वाचन, ज्ञानुवार दाइले ३ शेर सुनाउनुभयो, विमल अर्यालले सहिद लखन थापाप्रति श्रद्धाञ्जलि अर्पण गर्नुका साथै सबैलाई समुचित सम्बोधन गर्दै सधन्यवाद सभा समापन गर्नुभएपछि स्माररकस्थलबाट फर्केर होमस्टेमा भोजन गरिसकेपछि स्थानीयहरूले हामीलाई सेतो दही अक्षताको टीका लगाएर, पुष्पगुच्छा दिएर विदाइ गर्नुभयो ।
💢💢💢💢💢💢💢💢💢💢💢💢💢💢💢

अनि बसबाट गोर्खातिर लाग्यौं । हामी १०.३० मा गोर्खा न पा पुगेका थियौँ । त्यहां हिजो समयाभावले गर्दा हेर्न नपाइएको गोरखा सङ्ग्रहालय हेर्यौ । र यो काठमाडौं फिर्ता आउन १२.३० मा बसमा चढ्यौं । गोरखा नगरपालिकाका पूर्वमेयर श्री विश्वेश्वर कट्टेल, गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री पुण्यविक्रम पौडेल, मेयर श्री कृष्णबहादुर मगर, उपमेयर मसलीमाया ठोकर, जिल्ला समन्वय समितिका अध्यक्ष श्री मोहनबहादुर मगर, शहीद लखन थापा गाउंपालिकाका अध्यक्ष श्री रमेशबाबु थापा, उपाध्यक्ष इन्दिरा तिवारी, विशेष सहयोगी काउले भँगारका श्री सुवास आले मगर एवम् होम स्टेका भरत आले लगायत सम्पूर्ण सहयोगी मनहरूमा आभार ।
full Video of Gorkha Travel
स्रष्टा पदयात्राको 91 episode
स्रष्टा पदयात्राको 90th episode
स्रष्टा पदयात्राको 89th episode
novel by ram chandra dahal 









९७ औं स्रष्टा पदयात्रा २०८२ भाद्र ७ गते शनिवार कार्यक्रम डाँछी, भद्रवास, आलापोट

  ९७ औं स्रष्टा पदयात्रा २०८२ भाद्र ७ गते शनिवार डाँछी ९यस ठाउँमा जानको लागि चाबेलबाट बसको सुविधा छ, यो स्थान साँखु जाने बाटोमा पर्छ०मा सो द...