Friday, June 20, 2025

सुभाषचन्द्र पौडेल भीमफेदियाको के भरोसा जिन्दगीको गीत सार्वजनिक

   सुभाषचन्द्र पौडेल भीमफेदियाको के भरोसा जिन्दगीको गीत सार्वजनिक ( date 2082.03.06)


पञ्चायतकालीन समयतिरबाटै गीत  रेकर्डिङ हुन थालेका सर्जक सुभाषचन्द्र पौडेलले ८२ सालको प्रारम्भमा गीति सांगीतिक प्रस्तुति स्वरूप  गीत रेकर्ड गराएर सार्वजनिक गर्नु भएको छ  । पौडेलको के भरोसा जिन्दगी को शीर्षकको गीत आज अनामनगरको डालो रेस्टुरेन्टमा सार्वजनिक भयो । गीतका गायक र संगीतकारहरूसमेत त्यहाँ उपस्थित रहनुभएको थियो । कार्यक्रम साहित्यिक पत्रकार संघको आयोजनामा भएको र कार्यक्रमको सभापति साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकाली रहनुभएको थियो । आजको कार्यक्रममा गीतकार सङ्घका अध्यक्ष बसन्त विद्यासी थापा प्रमुख अतिथिको रुपमा रहनुभएको थियो । कार्यक्रमको सञ्चालन चर्चित कवि मुरारी सिग्देलले गर्नुभएको थियो ।सो गीतका गायक अपेक्षा खनाल र संगीतकार नरहरी प्रेमीले पनि आज आफ्ना कुरा राख्नुभएको थियो । कार्यक्रममा शब्दपथका प्रधान सम्पादक किशोर श्रेष्ठ, साहित्यकारहरू रामप्रसाद पन्त, युवराज मैनाली, महेश प्रसाई, श्रीराम सिंह बस्नेत, ठाकुर शर्मा भण्डारी, जयराम बिडारी, प्रतीक घिमिरे, गंङ्गाप्रसाद भेटवाल, नवराज पराजुली, मोहन पोखरेल, मन्जिला अनिल, सन्तोष श्रेष्ठ, विजय धोज थापा उषा केसी वीरेन्द्र राणाभाट तुलसीगिरी पुष्पा पौडेल छायाँ पर्साई प्राध्यापक डाक्टर गोविन्दमान सिंह कार्की लगायतका व्यक्तित्वहरु रहनुभएको थियो । कार्यक्रमको शुभारम्भ गीत बजाएर गरिएको थियो । तत्पश्चात गीतका स्रष्टा सुभाषचन्द्र पौडेललाई स्रष्टा अभिनन्दन गरियो र गीतका बारेमा प्रमुख वक्ता श्रीरामसिंह बस्नेतले सुभाषचन्द्र पौडेल भीमफेदीसँगका विभिन्न सम्बन्धहरू खुलाउनु भयो । बस्नेत स्रष्टा भीमफेदियाका अनन्य मित्र रहेको र उनले पञ्चायतकालदेखि नै भीमपेदियाँसँग संगत गरेको कुरा बताउँदै पञ्चायतकालीन समयमा नै भीमफेदीयाले गीतहरू लेखेर रेडियो नेपालमा  उहाँका गीते बज्ने पनि गरेको बताउनु भयो ।  पछिल्ला दिनमा भीमफेदीका गीति रचनाहरू कम आएकोबारृ पनि उहाँले चर्चा गर्दै गीतहरू निरन्तर लेखिरहन सल्लाह सुझाव समेत प्रदान गर्नुभयो । उहाँले वास्तवमै भीमफेदियासँग लामो संगत  गरेको र त्यो संगतबाट उहाँहरूको आत्मीयता समेत झल्केको देखिन्थ्यो । पछिल्ला दिनमा नेपाली गीत संगीत उद्योगमा हिन्दी अङ्ग्रेजी लगायतका शब्दहरूको प्रयोग हुन थालेकोमा सही   प्रयोग गर्न सल्लाह समेत दिनुभयो। गलत प्रयोग गरे गीतलाई अन्याय हुने समेत उहाँले बताउनुभयो तत्पश्चात नरहरी प्रेमीे जो गीतका संगीतकार हुनुहुन्छ उहाँले पनि गीत रेकर्डिङ गर्दाका सन्दर्भहरू राख्नुभयो । गीतकी गायिका अपेक्षा खनालले ट्र्याक बेगरै उक्त गीत गाउनुभएको थियो। तत्पश्चात् सुभाष चन्द्र पौडेलबाट आफ्नो भनाइ राखिएको थियो उहाँ अस्ट्रेलिया र नेपाल गरिरहनुहुन्छ अस्ट्रेलिया जाँदा सिर्जना गर्ने र नेपाल पट्टि आउँदा रेकर्डिङ गर्ने भन्दै ठट्टा समेत गर्नुभएको थियो । तत्पश्चात् प्रमुख अतिथिको आसनबाट वसन्त विद्यासी थापा जो गीतकार सङ्घका अध्यक्ष समेत हुनुहुन्छ, उहाँले गीत सङ्गीतका क्षेत्रमा कपिराइट अधिकारका बारेमा र विद्यमान कानुनको बारेमा आफ्ना कुराहरू राख्नुभयो  । सङ्गीत क्षेत्रलाई व्यवस्थित बनाउन सबै लाग्नुपर्ने कुरा समेत बताउनुभयो । सभापतिको आसनबाट बोल्दै राधेश्याम लेकालीले पौडेलका यसअघिका सबै गीति एल्बमहरू सार्वजनिक हुँदा आफूसँगै रहेको आज पनि रहेको र पौडेलसँग भोलिका दिनमा पनि रहने कुरा गर्नुभयो । उहाँले विदेशका सन्दर्भहरू पनि जोड्नुभयो । उहाँले बदलिँदो परिस्थितिमा नेपाली सङ्गीत क्षेत्रलाई विश्वव्यापी बनाउन सकिने धारणासमेत 

राख्नुभयो । कार्यक्रम डालो रेस्टुरेन्टमा सम्पन्न भएको थियो । डालोमा साह्रै स्वादिलो खाजा, खाना र खानाका परिकारहरू पाइने स्थान हो । त्यसैले डालो रेस्टुरेन्टमा हरेक दिन सभा, समारोह, गोष्ठी, सेमिनार भइराखेकै हुन्छन् । यहाँहरु पनि डालोमा आएर कार्यक्रम गरेर सक्नुहुनेछ । कार्यक्रम बेगरका नियमित रेस्टुरेन्टका गतिविधिहरू पनि यहाँ सञ्चालित हुने गरेका छन् । स्वतन्त्र रूपमा पनि डालोमा जान सक्नुहुनेछ । 



                                      poem of suman thapa 'sangam'






                                          Novel Audio : Pardabhitra...

No comments:

Post a Comment

नेपाली भाषाका पक्षमा फैसला- अदालतबाट नेपाली भाषाका पक्षमा फैसला, प्रा. डा. लुइटेलले पाए सफाइ

मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष प्रा।डा।खगेन्द्रप्रसाद लुइटेलले एउटा विज्ञप्ति प्रकाशित गरी नेपालका सवारीसाधनमा अङ्...