राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाह स्मृतिपार्क र शालिक निर्माण एवं व्यवस्थापन
समिति, २०७८ को तर्फबाट सार्वजनिक गरिएको सूचना ।
( 12आश्विन, २०८२ ) कीर्तिपुर क्षेत्रमा नेपाल राष्ट्रका निर्माता बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाहको शालिक स्थापना गरी उनको नामको पार्क बनाउने बिचार धेरैको मनमा भएको भएता पनि त्यसले मूर्तरूप लिन सकेको थिएन । यसै सन्दर्भमा कन्चनपुरमा भारतीय SSB को गोलीद्वारा नेपालका गोबिन्द गौतम मारिएकोमा सरकारले उनका परिवारकालागी उपलव्ध गराएको ५ लाख रूपैया मध्ये ५० हजार रूपैया मच्छेगाउं निवासी पूर्व सुवेदार दामोदर अधिकारी मार्फत राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालीक बनाउन श्री ध्रुव बस्नेतलाई दिएपछी यस कार्यलाई अगाडी बढाउन प्रेरणा मिल्यो । त्यसपछी ध्रुव बस्नेतजीले २०७८ साल पौष १७ गते यस क्षेत्रका प्रतिष्ठित बुद्धिजीवि र समाजसेवीहरूको भेला बोलाएर पृथ्वीनारायण शाहको शालिक बनाउने प्रस्ताव गर्नुभयो । त्यस भेलाले नेपालका विभिन्न ससाना राज्यमा विभाजित बाईसी चौबिसी राज्यहरूलाई एकिकरण गरी सबै नेपालीलाई एकताको सूत्रमा बांधेर विशाल नेपाल निर्माण गरेका महान सपुत राष्ट्र निर्माता श्री ५ पृथ्वीनारायण शाहको योगदानको कदर स्वरूप कीर्तिपुर नगरको ४ नं. वडा अन्तर्गतको चम्पादेवी क्षेत्रको उपयुक्त स्थानमा पूर्णकदको शालिक र पार्क निर्माण गर्नु राम्रो कुरा हो भनी शालिक र पार्क बनाउने सम्पूर्ण जिम्मेवारी दिई श्री ध्रुव बस्नेतको अध्यक्षतामा स्थानीय बुद्धिजीविहरू सम्मिलित देहाय बमोजिमका पदाधिकारी र सल्लाहकारहरू रहनेगरी कार्य समिति र सल्लाहकार समितिको गठन ग-यो । कार्य समिति श्री ध्रुव बस्नेत - अध्यक्ष, पूर्व मेजर श्री प्रद्युम्न रावल - उपाध्यक्ष, पूर्व मेजर श्री पुण्य बहादुर खड्का - उपाध्यक्ष, श्री केशव अधिकारी- महासचिव, श्री अजय कुमार बिष्ट - सचिव, अधिवक्ता श्री गंगाप्रसाद भेटवाल- सह सचिव, श्रीमति अमृता भट्टराई खड्का - सदस्य, श्री बिजेश बस्नेत- सदस्य, श्री राजमान श्रेष्ठ - सदस्य । सल्लाहकार समिति पूर्व वडाध्यक्ष, वरिष्ठ अधिवक्ता श्री राजु बस्नेत - संयोजक, सनातन धर्म र संस्कृतिविद् श्री गोबिन्दचन्द्र सुबेदी - सदस्य, डा. श्री होमबहादुर बानियां - सदस्य, श्री केदारबहादुर के.सी. - सदस्य, श्री रामकृष्ण बिष्ट - सदस्य, श्री सानुबाबु आचार्य- सदस्य, श्री कृष्णबहादुर बस्नेत- सदस्य, श्री विदूर लामा- सदस्य, श्री राजेन्द्र शाह- सदस्य । यी समितिले स्मृतिपार्क र शालिक निर्माण गर्ने उपयुक्त ठाउंको खोजी गर्दा सशस्त्र प्रहरी विद्यालय देखी उत्तर तर्फको लामो नाक जस्तो परेको केही भिरालो जमिन भएको नाकेंडाडामा शालिक र पार्क समेत बनाउने सल्लाहगरी पौष २७ गते शिलान्यास गर्ने निर्णय सहित विशाल -याली सहित व्यापक प्रचार प्रसार गरियो । २०७८ पौष २७ गते ३०० औं पृथ्वी जयन्तिका दिन आयोजित कार्यक्रममा कीर्तिपुर न पा, ४, ५ र ६ का अधिकांश जनताको सहभागीता रहेको थियो भने उक्त कार्यक्रममा कीर्तिपुरका अन्य वडाबाट र छिमेकी दक्षिणकाली नगर पालिका र चन्द्रागिरी नगर पालिकाबाट समेत सहभागी विशाल जनसमुदायको उपस्थिति थियो । यस कार्यक्रममा राष्ट्र निर्माता श्री ५ पृथ्वीनारायण शाहको व्यक्तित्व र नेपाल एकिकरण अभियानका बारेमा चर्चा गर्दै संस्कृतिविद् एवं समितिका सल्लाहकार श्री गोबिन्दचन्द्र सुबेदीले पृथ्वीनारायण शाहका नेपालमा हालसम्म १२ वटा शालिक स्थापना भएका छन् । ती सबै सरकारी र स्थानीय निकायबाट स्थापित भएका छन् भने यो शालिक चाहीं १३ औं र नेपालमैं जनस्तरबाट स्थापना हुने यो पहिलो शालिक हुनेछ भन्नुभयो । यस अभियानमा स्थानीय समाजसेवी श्यामराजा अधिकारी( त्यसपछी स्वतन्त्रबाट वडाध्यक्ष निर्वाचित)को महत्वपूर्ण भूमिका थियो । स्थानीय ९७ वर्षीय बयोबृद्ध श्री टिकाबहादुर थापाज्यूबाट शिलान्यास कार्य गरी प्रा, डा. श्री रामकृष्ण पांडेको प्रमुख आतिथ्यमा ३०० औं पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवसको कार्यक्रम सम्पन्न गरिएको थियो । शालिक र पार्क निर्माणकोलागी जनस्तरबाट सहयोग जुटाउने र जुटेको रकम बैंकमा जम्मागरी खर्च गर्ने व्यवस्था मिलाई उपाध्यक्ष श्री पुण्यबहादुर खड्का, सचिव श्री अजय बिष्ट र सल्लाहकार श्रीरामकृष्ण बिष्टमध्ये २ जनाको संयुक्त दस्तखतबाट खाता संचालन गर्नेगरी २०७९ भाद्र १९ गते नेपाल इन्भेष्टमेन्ट बैंक लि. कीर्तिपुरमा खाता खोलियो । त्यसपछी २०८० साल भाद्र ३० गते प्राचीन बाघभैरव मन्दिरको प्रांगणमा बसेको भेलाले आगामी २०८० पौष २७ गते भित्र शालिक स्थापना गरी सक्ने निर्णय गरी तदनुरूप शालिक निर्माणकर्ताको खोजी गर्दै जांदा काठमाण्डौं बाफल निवासी महेश तुलाधरको काम र दर उपयुक्त लागेकोले श्री ५ पृथ्वीनारायण शाहको ६ फूटे पूर्ण कदको शालिक निर्माण गर्न संकलित केही तामा, पित्तलका पुराना सामान सहित रू. आठ लाखमा निर्माणगरी बुझाउने गरी २०८० कार्तिक १९ गते आईतवारका दिन दुबैपक्ष बीच संझौता भई रू. ३ लाख बैना दिईयो । शालिक निर्माणकालागी आवश्यक रकम जुटाउन २०८० कार्तिकको तिहारमा देउसी भैलो खेलेर रू. १३,४७०/- संकलन गरियो । त्यसपछी कीर्तिपुर र चन्द्रागिरी नगरका विभिन्न ठाउंमा -यालि सहित घुमेर रकम संकलन गर्ने काम गर्दै विभिन्न व्यक्तिहरूलाई सहयोग रकम उठाएर अभिलेखन गर्न केही कापी पनि वितरण गरियो । ठाउं ठाउंमा सहयोगकोलागी सम्पर्क व्यक्ति र मोबाईल नं. सहितको तुल टांस्ने काम पनि गरियो । नाकेडांडाको ३ तिर गहिरो खोज भएकोले वर्षामा पहिरो गईरहने भएको, बस्तीबाट टाढा एकान्त बन भित्र रहेको र सो क्षेत्र बन क्षेत्र भित्र परेकोले त्यहां शालिक राख्न र पार्क निर्माण गर्न कानूनी जटिलता देखिएकोले मिति २०८१ जेठ २ गते बुधवार बसेको भेलामा उपस्थित सबैको सल्लाह र सुझाव बमोजिम तीनधारा नजिक मूल सडक पूर्वको भजनपाटी संगैको चौतारोसंगैको करिव ३ रोपनी सार्वजनिक जग्गा क्षेत्रफल भित्र निर्मित भजनपाटी संगैको चौतारो नजिक राख्नु उपयुक्त हुने र सो निर्माणकार्यको जिम्मा स्थानीय युवा श्री बिजेश बस्नेतलाई दिने निर्णय गरी त्यसै महिना (२०८१ जेठ)को १० गते बिहिवार (बु्द्ध जयन्ति) का दिन सल्लाहकार श्री सानुबाबु आचार्य र स्थानीय बयोबृद्ध वर्ष ९२ का श्री चन्द्रबहादुर श्रेष्ठबाट शिलान्यास र जगपूजाको कार्यक्रम सम्पन्न भयो । २०८१ कार्तिक १५ गते महाकवि लक्ष्मिप्रसाद देवकोटाको ११६ औं जन्म जयन्तिको साहित्यिक कार्यक्रम सोही स्थानमा सम्पन्न गरियो । उक्त कार्यक्रममा विभिन्न कविहरूले कविता वाचन गर्नुभएको थियो । सल्लाहकार श्री सानुबाबु आचार्यले कवि शिखरनाथ सुबेदीका बारेमा बोल्नुभएको थियो भने सनातन धर्म र संस्कृतिविद् एवं समितिका सल्लाहकार श्री गोबिन्दचन्द्र सुबेदीले महाकविको व्यक्तित्व र कृतित्व माथी प्रकाश पार्दै चम्पादेवी, मच्छेगाउंमा जन्मेका प्रशिद्ध कवि शिखरनाथ सुबेदीको जीवनी र कृतिहरूमाथी प्रकाश पार्नु भएको थियो । सल्लाहकार समितिका संयोजक एवं वरिष्ट अधिवक्ता श्री राजु बस्नेत लगायतले महाकविका बारेमा बेल्नुभएको उक्त कार्यक्रममा प्रमुख अतिथी रामेश्वर राउत ‘मातृदास’ र अध्यक्ष श्री ध्रुव बस्नेतले उत्कृष्ठ बक्ता एवं साहित्यकारहरूलाई श्री: सम्मान प्रदान गर्नुभएको थियो । कार्यक्रमको संचालन अधिवक्ता एवं समितिका सह सचिव श्री गंगाप्रसाद भेटवालले गर्नुभएको थियो । २०८१ पौष २७ गते ३०३ औं पृथ्वी जयन्ति एवं राष्ट्रीय एकता दिवस समारोहको कार्यक्रम शालिक निर्माणाधिन स्थलमा नै गर्ने तय भयो । त्यसदिन बिहान भू.पु. नेपाली सैनिक समुहले ५ माईल दौड कार्यक्रम गरेर विजयी धावकहरूलाई नगद पुरस्कार प्रदान गरियो भने विभिन्न बक्ताहरूद्वारा शुभकामना व्यक्त गरिएको उक्त कार्यक्रममा संस्कृतिविद् श्री गोबिन्दचन्द्र सुबेदीले पृथ्वीनारायण शाहको व्यक्तित्व र नेपाल एकिकरण अभियानको बारेमा चर्चा गर्नुभएको थियो । शालिक ठड्याउन नभ्याएकोले पृथ्वीनारायण शाहको तस्वीर राखेर माल्यार्पण गरी कार्यक्रम मनाईयो । कार्यक्रम संचालन अधिवक्ता श्री गंगाप्रसाद भेटवालले गर्नुभएको थियो । त्यसपछी माघ महिनामा शालिक ठड्याएर छोप्ने कार्य सहित टायल टांस्ने र परिसरमा ढुंगा छाप्ने काम सम्पन्न गरी २०८१ फागुन १४ गते बुधवार(26 Feb. 2025) महाशिवरात्रीको दिन बिहान ८ बजे स्थानीय बयोबृद्ध वर्ष ९० का श्री इन्द्र बहादुर बोहरा सहित ५ जना बृद्ध जेष्ठ नागरिकहरूद्वारा राष्ट्रनिर्माता श्री ५ बडामहाराज पृथ्वीनारायण शाहको शालिक अनावरण गर्ने कार्यक्रम सम्पन्न गरियो । त्यस अवसरमा पूर्व नेपाली सेनाका तर्फबाट उपाध्यक्ष द्वय श्री प्रद्युम्न रावल र श्रीपुण्य बहादुर खड्का र बलिन्द्र थापाद्वारा सामुहिक रूपमा राष्ट्र निर्माताको शालिकमा सलामी अर्पण गरियो । पृथ्वीनारायण शाहको शालिक निर्माणकार्य सम्पन्न भएता पनि त्यस परिसरको निर्माणको काम बांकी नै रहेकोले सो कार्य निरन्तर जारी राखी २०८१ साल चैत्र मसान्तसम्म सम्पन्न गरिएकोले २०८२ वैशाख २५ गते २५६९ औं बुद्ध जयन्तिका दिन राष्ट्र निर्माताको शालिक परिसरमा भेला भएर गौतमबुद्धको तस्वीरमा पुष्प अर्पण गर्ने कार्यक्रममा सो करिव ३ रोपनी जमिन परिसरलाई पृथ्वीपार्क र त्यहांबाट पूर्व चुनदेवीतर्फको बाटोलाई चुनदेवीपथ र त्यहांबाट दक्षिणतर्फको उकालो बाटोलाई पृथ्वीपथ नामाकरण गर्ने सर्वसम्मतिले निर्णय भयो । नेपालमा हालसम्म राष्ट्र निर्माता श्री ५ पृथ्वीनारायण शाहका शालिकहरू १३ वटा स्थापना भएका छन् । तीमध्ये जनस्तरबाट स्थापना भएको यो पहिलो शालिक हो ।
हजुरहरूले आफ्नो तर्फबाट सुधार गर्नु पर्ने विषय भएमा आफ्नो विचार अध्यक्ष्य ध्रुव बस्नेत समक्षा पुर्याइदिनु होला ।