Friday, November 13, 2026
आप्रवासी नेपाली साहित्यको इतिहास प्रा. डा खगेन्द्रप्रसाद लुइटेलद्वारा लिखित अनुसन्धानमूलक कृति बजारमा
आप्रवासी नेपाली साहित्यको इतिहास प्रा. डा खगेन्द्रप्रसाद लुइटेलद्वारा लिखित अनुसन्धानमूलक कृति बजारमा आएको छ । यसको प्रकाशक पैरवी प्रकाशन रहेको छ । यो कृतिलाई बजारमा यही प्रकाशन संस्थाले वितरणको व्यवस्था मिलाएको छ । देशभित्र र देश बाहिर विभिन्न वितरण केन्द्रहरूबाट बिक्री भइरहेको छ । यसको बजार मूल्य नेपालभित्र रु ८०० रहेको छ भने बिदेशमा डलरमा किन्नेहरूका लागि अर्थात् विदेशमा रहनेहरूका लागि यसको मूल्य ११ डलर कायम गरिएको देखिन्छ । प्रकाशकका तर्फबाट पैरवी प्रकाशनका प्रबन्ध निर्देशक पदमप्रसाद शिवाकोटीले प्रकाशन गृहका सुखदुखका कुराहरू र कृति प्रकाशन हुने अवस्थासम्मका विभिन्न उतारचढावहरूलाई प्रस्तुत गरेको पाइन्छ । यस खोजमूलक कृतिमा विभिन्न संघसंस्था, अन्तर्राष्ट्रिय भाषिक संस्थाहरूले शुभकामना मन्तव्य प्रस्तुत गर्नुभएको छ । होमनाथ सुवेदी, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, विश्व नेपाली साहित्य महासङ्घ, साहित्यिक चौतारी नेपाल जस्ता संस्थाहरूको शुभकामना मन्तव्य समेटिएको छ । कृतिका लेखकले लेखकीयमा इतिहास लेखनको आवश्यकता, इतिहास लेखनका समस्या, इतिहास लेखनका आधार, कृतिको प्रस्तुति ढाँचा र उपयोगिता, धन्यवाद ज्ञापन र आग्रह आदि विषयलाई समेटेको देखिन्छ । प्रस्तुत अनुसन्धानमूलक कृतिलाई दुई खण्डमा विभाजन गरेर प्रस्तुत गरिएको छ । पहिलो खण्डमा सैद्धान्तिक विषयहरूलाई प्रष्ट पारिएको छ । आप्रवास के हो ? आप्रवासी साहित्य कस्तो हुन्छ ? लेखनका विषयले विषयवस्तुलाई कसरी समेट्ने गरेको छ ? यससँग सम्बन्धित भ्रम र यथार्थ के हो ? यी विषयहरूलाई पहिलो खण्डमा समावेश गरेको देखिन्छ । अझ शीर्षकगत हिसाबमा भन्ने हो भने आप्रवासी नेपाली साहित्यको इतिहास लेखनको पृष्ठभूमि, महादेशहरूको संक्षिप्त परिचय, डायस्पोराको संक्षिप्त परिचय, आप्रवासीको निर्माण र विकास प्रक्रिया तथा वर्गीकरण, आप्रवासी नेपालीको वर्गीकरण, आप्रवासी व्यक्ति र आप्रवासी साहित्य, आप्रवासी नेपाली साहित्यबारेका भ्रम, आप्रवासी नेपाली साहित्यबारे लेखिएका विकृतिहरू, आप्रवासी नेपाली साहित्यबारे भएका महत्वपूर्ण कार्यहरू, नेपाली साहित्यको अन्तर्राष्ट्रियकरण आदि शीर्षकमा समेटिएको देखिन्छ ।
प्रस्तुत कृतिको दोस्रो खण्डमा आप्रवासी मुलुकमा नेपाली साहित्य शीर्षक दिएर संसारका धेरै मुलुकहरूमा भएका नेपाली आप्रवासी साहित्य र त्यसको विकास प्रक्रियाका बारेमा तथ्यपरक जानकारी उपलब्ध गराइएको छ । नेपाली साहित्यका कविता, कथा, उपन्यास, नाटक, निबन्ध, समालोचनालगायतका विधाहरूमा भएका काम उल्लेख गरिएको छ । आजको सुविधा सम्पन्न युगमा संसारमा विभिन्न किसिमका प्रविधिहरू, यातायातका साधनहरू उपलब्ध भएकाले नेपाली जाति संसारका विभिन्न भागहरूमा पुगी साहित्यिक कर्म गरिरहेको अवस्था छ । ती सबै प्रकारका साहित्यिक कर्ममा लाग्नेहरूका लागि प्रस्तुत कृति मानक कृतिका रूपमा रहने देखिन्छ । नेपालबाट बाहिरी मुलुकहरूतर्फ जाँदै हुनुहुन्छ अथवा नेपालभित्रै बसेर प्रस्तुत कृति अध्ययन गर्न चाहनुहुन्छ र कृति उपलब्ध भएको छैन भने ०१४२२ ३३१८ वा ९७४६ ५०३६ ५५ मा सम्पर्क गरेर कृषि पढ्न सक्नुहुनेछ ।
Subscribe to:
Posts (Atom)
आप्रवासी नेपाली साहित्यको इतिहास प्रा. डा खगेन्द्रप्रसाद लुइटेलद्वारा लिखित अनुसन्धानमूलक कृति बजारमा
आप्रवासी नेपाली साहित्यको इतिहास प्रा. डा खगेन्द्रप्रसाद लुइटेलद्वारा लिखित अनुसन्धानमूलक कृति बजारमा आएको छ । यसको प्रकाशक पैरवी प्रकाशन रह...
-
के तपाईहरू नेपाली भाषाका महत्त्वपूर्ण उपन्यासहरू बारे जानकारी लिँदै हुनुहुन्छ ? मैले विद्यावारिधिको अध्ययनका क्रममा अध्ययन गरेका केही नेपा...
-
मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष प्रा।डा।खगेन्द्रप्रसाद लुइटेलले एउटा विज्ञप्ति प्रकाशित गरी नेपालका सवारीसाधनमा अङ्...
-
१०९ औं स्रष्टा पदयात्रामा सहभागि हुन नाम लेखिएका स्रष्टा २०८३ भाद्र ६ गते शनिवार विहान ७.३० बजेसम्म पुरानो थिमी नगदेसको प्रवेशद्वारमा अनिवार...