Thursday, May 16, 2024

शीतल गिरीद्वारा लिखित निबन्धहरूको सङ्ग्रह - आरम्भ -निबन्ध सङ्ग्रह

 आरम्भ - निबन्ध - सङ्ग्रह  


शीतल गिरीद्वारा लिखित निबन्धहरूको सङ्कलन -आरम्भ निबन्ध सङ्ग्रह हो । आरम्भ निबन्ध सङ्ग्रहलाई ओरिएन्टल पब्लिकेसन हाउसले बजारमा ल्याएको छ । यो निबन्ध सङ्ग्रह २०८० सालमा प्रकाशनमा आएको हो । आरम्भ निबन्ध सङ्ग्रहमाथि भावकेशर बरालले समालोचकीय कलम चलाउनुभएको छ । यो समालोचकीय भूमिकामा बरालको कलम निकै फराकिलो ढंगले चलेको छ । बरालले निबन्धहरूको सुरुदेखि अन्तिमसम्म साङ्गोपाङ्गो केलाउनु भएको छ । निबन्धका विभिन्न पाटाहरुलाई विश्लेषण गर्नुभएको छ । प्रसङ्गहरूलाई उद्धृत गर्नुभएको छ । समालोचनाको दृष्टिकोणबाट बरालले गर्नुभएको अध्ययन लेखन महत्वपूर्ण देखिन्छ । यति हुँदाहुँदै पनि बरालले समालोचनाको निश्चित फर्म्याटलाई ध्यान नदिई खुलेर निबन्धहरूको चिरफार गर्नुभएको छ । बरालले लेख्नुभएको भूमिका निबन्धहरूको सारसंक्षेप प्रस्तुत गर्न सक्ने एउटा ऐनाको रुपमा पनि लिन सकिन्छ । आरम्भ हो आरम्भ होइन शीतलगिरी   साहित्यमा अरुले चिनाउनुपर्ने नाम होइन हुँदै होइन । कर्मले चिनाएको नाम हो ।  अझ भनौ नेपाली नेपाली वाङमयका लागि उनी सोप्रदिप्त छन् । सारमा उनी साधक हुन्। भाषा साहित्यका साधक, संस्कार संस्कृतिका साधक, इतिहास र भूगोलका साधक, तन्त्र र दर्शनका साधक, धर्म र अध्यात्मका साधक, लोक जीवन र स्वान्त सुखाएका साधक, मूलत यही दीर्घ साधनाका कारण सृजनामा उनी इतिहास दर्शन र साहित्यका त्रिवेणी बनेर सलल बग्न सफल भएका छन् । 

 बराल अगाडि लेख्छन् प्रकृतिको अनुसरण नै लोकजीवनको शाश्वत पक्ष हो । र, यो नै सत्य 

हो । लोकजीवनको यही। र त्यसको सामूहिक अभिव्यक्तिलाई नै वास्तवमा लोक साहित्य मान्न सकिन्छ यस अर्थमा लोक साहित्य नै आधुनिक साहित्यको पनि जननी हो। नेपाली जनजीवनलाई नजिकबाट नियालेका र लोकवार्तामा सक्रिय बनेका गिरी लोक साहित्यका पारखी पनि हुन्। अनुरागी पनि हुन्। यसका अतिरिक्त दर्शन पनि उनको रुचिको विषय हो। सामान्य अर्थमा त दर्शन एउटा विचार मात्र हो। तथापि मात्र साधारण वैचारिक अभिव्यक्ति दर्शन होइन । जीवन र जगतलाई हेर्ने पृथक अनि गहन दृष्टि नै वास्तवमा दर्शन हो ।  बरालले भूमिकामा लेख्नुभएको सुरुवाती उठान मैले यहाँ प्रस्तुत गरेँ बीचको प्रस्तुती अब नगरी म अन्तिमा  बरालका प्रस्तुत गरेको भनाइ तर्फ अगाडि बढ्छु ...

९बरालले बीचमा प्रस्तुत गर्नुभएका सन्दर्भहरू यहाँहरुले निबन्ध सङ्कलन गरेर हेर्नुहोला ।

स्रष्टाको धर्म हो, सृजना गर्नु । द्रष्टाको कर्तव्य हो, सिर्जनाको सम्यक मूल्याङ्कन गरिदिनु ।  वास्तवमा स्रष्टा नै आफ्नो रचनाको कुशल द्रष्टा पनि हो ।  यस अर्थमा श्रष्टा भित्र लुकेको द्रष्टा चेतनालाई आफ्ना निबन्धमा गिरीले पस्किएका छन् । सृजनात्मक लेखनीमा पृथक दर्बिलोपना र समालोचनात्मक लेखनीमा आग्रहहीनता गिरीको निजात्मक विशेषता बन्न पुगेको छ । साथै गुण र दोष दुवैमा समदर्शी भएर ।भावपरक समालोचना गर्न खोज्नु गिरीको आलोचनात्मक लेखनीको प्राप्ति हो । बरालजीले गहन ढङ्गबाट निबन्धलाई विचरण गर्नुभएको हुनाले बरालजीलाई पनि धन्यवाद । तत्पश्चात् निबन्धकार शीतल गिरीज्यूले आफ्नो लेखकीय प्रस्तुत गर्नुभएको छ र लेखकीय पछाडि निबन्धक्रम रहेको छ । यहाँ २५ वटा निबन्धको सङ्कलन गरिएको छ । निबन्ध जीवनीपरक र  तथ्यपरक रहेको देखिन्छ । निबन्धक्रममा समेटिएका निबन्धहरू अरनिको, द्रव्य शाह, राम शाह, रणकुशल रणदुल्लभ, पृथ्वीनारायण, अमर सिंह, लखन थापा, भानुभक्त, पुष्करनाथ उप्रेती, बालकृष्ण सम, गंगालाल, पारिजात, बालकृष्ण पोख्रेल, गोविन्द दाइ, हरिभक्त कटुवाल, मनुब्राजकी, नकुल सिलवाल, मोदनाथ प्रश्रित परशु प्रधान, गोपाल अस्क, लगायतका व्यक्तित्वहरुका जीवनका विभिन्न पक्षहरु झल्काउने गरी निबन्धहरु प्रस्तुत भएका छन् । निबन्धले सन्तको मूल्य, स्नेह लगायतका विषयहरुलाई पनि छुने प्रयास गरेको देखिन्छ । अरनिको वृतान्त – अरनिको चीनको अत्यन्त सम्पन्न सुख सुविधाले परिपूर्ण भएको दरबारमा आरामसँग रहेका थिए । उनका वरिपरि नोकर चाकर, धाई सुसारेर अरु अङ्ग रक्षकहरु पनि हुन्थे । चीनमा बादशाह पछाडि सम्मान पाउने उनी मात्रै हुन् । उनी बाहिर निस्कँदा उनको पछाडि पहिले आठ घोडे बग्गी हुन्थ्यो भने उनको पछाडि चाड घोडे बग्गी हुन्थ्यो ।  त्यसपछि चार घोडे हुन्थ्यो र अरु पैदल १० जना सिपाहीहरु हातमा तरबार लिएर बगेका अगाडि पछाडि हिँडिरहेका हुन्थे । माझमा रहेको अत्यन्त सिगारिएको १६ घोडे बग्गीमा अरनीको लागि बस्ने व्यवस्था मिलाइएको हुन्थ्यो । यसरी गिरीले अरनीको वृतान्तबाट निबन्धहरूको लेखनी सुरु गर्नुभएको छ भने पच्चीसौँ निबन्ध हाँसखोई शीर्षक दिएर प्रस्तुत गर्नुभएको छ । यी २५ वटा निबन्धहरूको सङ्ग्रहले धेरै राजनेता, राष्ट्रिय व्यक्तित्व, राष्ट्रिय विभूतिहरूका बारेमा जानकारी मिल्नेछ ।  गिरीले निबन्ध लेख्दा दर्शनको पाटोलाई पनि सँगसँगै लगेको देखिन्छ ।  इतिहासका पाटोहरूलाई पनि जोडेको देखिन्छ । लोक साहित्यको पक्षलाई पनि काहीँ न कहीँ जोड्ने काम गरेको देखिन्छ । गिरी वास्तवमा गहिरो अध्यता मानिन्छन् । नेपाल सरकारको जागिरबाट अवकाश पाइसकेपछि पनि विभिन्न संघ संस्थाहरूको नेतृत्वमा रहेर गिरीले देशभरका साहित्यिक संघ संस्थाहरुलाई पनि उत्साह प्रदान गर्दै साहित्यमा लाग्न हुटहुटी प्रदान गर्नुभएको छ । पछिल्ला दिनमा शीतल गिरीद्वारा नेतृत्व गरेको स्रष्टा पदयात्रा नेपालको माध्यमबाट देशका विभिन्न भागहरूको पैदल यात्रा गर्दै त्यस क्षेत्रको लोक जीवन,धार्मिक परम्परा पद्धति। ऐतिहासिक चिजहरु लगायतका कुराहरुलाई अध्ययन अनुसन्धान गर्दै साहित्यमा जोड्ने काम गरिरहनु भएको छ । गिरीकै अग्रसरतामा स्रष्टा पदयात्रा नेपालले नेपालका सबै साहित्यकारहरूको बीचमा स्थान जमाउन सफल भएको छ । स्रष्टा पदयात्राको टोलीमा जोडिन पाए हुन्थ्यो भन्ने भावना देशभरका सर्जकहरुमा रहेको पनि पाइयो । गिरी हालका दिनमा स्रष्टा पदयात्रा नेपालको अध्यक्ष रहनुभएको छ ।  गिरीको साहित्यिक लेखनी, अध्ययन तथा सामाजिक साहित्यिक गतिविधिले अझै लामो समय निरन्तरता पाउन सकोस् । धेरै धेरै शुभकामना । 

                                                        गङ्गाप्रसाद भेटवाल

                                                      कीर्तिपुर ४ काठमाडौँ 

                                                       फोन ९८४९ ७१४८६७ ।

तपोधन उपन्यास पहिलो भाग


उपन्यास पर्दाभित्र : उपन्यासकार Ganga Prasad Bhetwal





No comments:

Post a Comment

९७ औं स्रष्टा पदयात्रा २०८२ भाद्र ७ गते शनिवार कार्यक्रम डाँछी, भद्रवास, आलापोट

  ९७ औं स्रष्टा पदयात्रा २०८२ भाद्र ७ गते शनिवार डाँछी ९यस ठाउँमा जानको लागि चाबेलबाट बसको सुविधा छ, यो स्थान साँखु जाने बाटोमा पर्छ०मा सो द...