Thursday, May 16, 2024

कवि-सुशील आचार्य - लोकलयमा आधारित लोकगीत (बालकविता )


 लोकलयमा आधारित लोकगीत (बालकविता )


साना साना बाबु नानी स्कुल पढ्न पाई               

साथीसँग कुरा गर्छन् साह्रै रमाई रमाई 

हाम्रो स्कुल साह्रै राम्रो टोलको माझैमा छ

 गाउँका सबै साथीहरूले त्यहाँ पढ्न पाछ 

हाम्रो धेरै साथी छन् अति मिल्ने मन

 कुरा सुन्दा रमाइलो छ कि छैन भन

खेल पनि खेलाइन्छ पढ्न पनि पाइन्छ

दिउँसो टिपिन ब्रेक हुँदा खाजा पनि खाइन्छ

हेर साथी बुझ्नुपर्छ बाल अधिकार

सबैलाई बुझाउनु छ कर्तव्यको सार

पढ्न जानुपर्छ साथी बैंक नहानेर 

स्कुल आउन छोड्नु हुन्न पढ्न नमानेर

त्यसैले त सबै साथी लहै स्कुल आऊ

 राम्रोसँग पढी लेखी भविष्य बनाऊ ।   .

                                                               ...🖉 सुशील आचार्य 





No comments:

Post a Comment

तादीको सुसाइ र दुप्चेश्वरको मौन सानिध्य - एक आध्यात्मिक पदयात्रा - रुवि सत्याल 2082.10.07

तादीको सुसाइ र दुप्चेश्वरको मौन सानिध्य एक आध्यात्मिक पदयात्रा पुसको ठिही, बिहानीको कुहिरो र निद्राको तन्द्राबीच एउटा नाम मनमा गुन्जिरहेछ—...