भोटाहिटी नाराँहिटी (तल लिङ्कमा पर्दाभित्र उपन्यासको अडियो छ सुन्न नभुल्नु होला ! )
(यही जेठ ५ गतेको स्रष्टा पदयात्रामा धापाखेलको नागदहमा वाचन गरिएको गीत। यसमा काठमाडौका नेवारी समुदायको साँस्कृतिक गीत ’व छु गल्ली थ्व छु गल्ली’ को लोकलयलाई टिप्ने प्रयास गरेको छु ।)
भोटाहिटी नाराँहिटी
नाराँहिटी, भोटाहिटी मरुहिटी ठँहिटी
कपुरधारा, सुनधारा, गुर्जुधारा, ख्वै हिटी ?-२
नेपाल खाल्टो, बस्ती योग्य, इतिहासको खोजी खै ?
विदेशी ती, मन्जुश्री र नेमुनी, जस नदेऊ है-२
चोभारको, गल्छी काट्ने, बज्रयोयोगिनी सन्तान थे
आवश्यकता र, संभावना, स्वबासीलाई हुन्छ रे ।-२
नाराँहिटी, भोटाहिटी, मरुहिटी ठँहिटी
कपुरधारा, सुनधारा, गुर्जुधारा, ख्वै हिटी ?-
१
मुर्तीकला, पाटनदेखि, तिब्बतसम्मै पुग्यो रे,
धेरै मुर्ति, चोरी विदेश, कुन शासनमा गयो हे ?-२
चुच्चे नक्सा, लिपुलेक, कुन मौसुफले छुटायो ?
दक्षिणेलाई, खुशी पार्यो, मुटु टुक्रा टुटायो -२
नाराँहिटी, भोटाहिटी, मरुहिटी ठँहिटी
कपुरधारा, सुनधारा, गुर्जुधारा, ख्वै हिटी ?-
२
बिस्का जात्रा, घोडेजात्रा, मछिन्द्रको जात्रा रे
किर्तिपुरलाई, नछुवाउन, रिङरोड किन बाङ्गो रे ?-२
बहुदल ल्यायौं, लोकतन्त्र ल्यायौं, सभ्यता चैं ल्याएनौं
शहीदका ती, सपनालाई, सुन्ने फुर्सद पाएनौँ-२
नाराँहिटी, भोटाहिटी, मरुहिटी ठँहिटी
कपुरधारा, सुनधारा, गुर्जुधारा, ख्वै हिटी ?-
३
💥💥💥💥💥पर्दाभित्र...
No comments:
Post a Comment