Wednesday, May 22, 2024

कुपुत्र --कविता -- –अम्बिका अर्याल

 आज युगकवि सिद्धिचरणको जन्मजयन्ती । उहाँका पथलाई पछ्याउँदै एउटा कविता कोर्ने प्रयास 

  कुपुत्र

  ====                        –अम्बिका अर्याल 


बुझ्दै नबुझी मायाका भाखा रैछिन् नि स्वार्थी भनी

दोष देख्छ कुपुत्र जननीका अभावमा भाव गनी

जन्मनु रहर तिनैका तर बाध्य आफू मान्छ त्यो

तातेतोते बिर्सेर सबै आफैँ जानेको ठान्छ त्यो

भुलेर कर्तव्य केवल अधिकारको दागा धर्दछ

न मान्छ ऊ वृद्ध हुन्छ कहिल्यै न त्यसै मर्दछ

भागेर कहाँ जान्छौ माया जाल छ सर्वत्र हेर 

नहुने कति गर्छ रहर हुनेलाई जननी धेर

अदृश्य शक्ति पुजी मनुवा बन्छ भक्त उनैको 

दृश्य भगवान् तिनै जननी खै कसैले चिनेको ।

⭐⭐⭐⭐⭐⭐⭐

                          डा. जीवन जीवन्तको चरैवेति उपन्यासमाथिको परिसम्वाद 

No comments:

Post a Comment

नेपाली भाषाका पक्षमा फैसला- अदालतबाट नेपाली भाषाका पक्षमा फैसला, प्रा. डा. लुइटेलले पाए सफाइ

मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष प्रा।डा।खगेन्द्रप्रसाद लुइटेलले एउटा विज्ञप्ति प्रकाशित गरी नेपालका सवारीसाधनमा अङ्...