Tuesday, June 11, 2024

प्रेमदीप जलाएं ... कविता – निर्मलरमण पराजुली



सपनीमा 

तिम्रो प्रतिबिम्बले 

नयन खुल्यो 

सिरानी उल्टायर 

सन्देश पठाएं 

हृदयको माझमा 

प्रेमको अङ्कुर 

पल्लवित भयो  

खुशीले नयन भिजाएं

आज मेरो मुटु 

कसैको नाउमा  धडकियो 

ममताले 

हृदय द्रबिभुत बनाएं

उनलाई  हृदयमा सजायर 

ममताको चिनो 

स्नेह विश्वाश 

उपहार पठाएं

प्रेमको प्रतिक 

गुलाफ हातमा बोकी  

तिम्रो स्वागतमा 

यो हृदय बिछ्याएं

तिम्रो नाममा  

श्रद्धा  सुमनको  

भेटी चढाएं

मनमा  

प्रेम पल्लवित गराएं

आस्था विश्वाशले 

मनको  भित्ता  रङ्गाएं

तिम्रो ममतामा  

मुटु सिचाएं

बाडुली लाग्यो मलाई 

तिम्रो सम्झनाले 

हृदयको माझमा 

प्रेमदीप  जलाएं

पहिलो जन्म 

साथी थियौ 

यो जन्म तिमीलाई 

हृदयमा 

समाहित  गराएं

स्विकार गर या तिरस्कार 

मेरो हर जन्म 

तिम्रो नाउमा 

लालमोहर लगाएं ...!!!

                 ...🖉 निर्मलरमण पराजुली



 निर्मलरमण पराजुलीनिर्मलरमण पराज














No comments:

Post a Comment

नेपाली भाषाका पक्षमा फैसला- अदालतबाट नेपाली भाषाका पक्षमा फैसला, प्रा. डा. लुइटेलले पाए सफाइ

मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष प्रा।डा।खगेन्द्रप्रसाद लुइटेलले एउटा विज्ञप्ति प्रकाशित गरी नेपालका सवारीसाधनमा अङ्...