Saturday, August 16, 2025

९७ औं स्रष्टा पदयात्रा २०८२ भाद्र ७ गते शनिवार कार्यक्रम डाँछी, भद्रवास, आलापोट

 


९७ औं स्रष्टा पदयात्रा २०८२ भाद्र ७ गते शनिवार डाँछी ९यस ठाउँमा जानको लागि चाबेलबाट बसको सुविधा छ, यो स्थान साँखु जाने बाटोमा पर्छ०मा सो दिन बिहान ९। बजे आइपुग्न अनुरोध छ । यस यात्राका संयोजक वासुदेव पौड्याल हुनुहुन्छ । स्रष्टा पदयात्राले तोकेको पोसाक लगाएर यात्रामा सहभागी हुने गरौं । खानाको ब्यावस्थापन यात्रा सम्योजकको तर्फबाट हुने भएको हुदा, पानी र हल्का खाजा मात्र पदयात्रीले बोकेर सहभागी हुन सकिन्छ, बासुदेव पौडेलको फोन ९८४१५२१९६४, धन्यवाद ।

पहिलो रचनावाचन कार्यक्रम वडा नं। ४, डाँछीमा

संयोजक— डा।यादेवी ढकाल

सहभागी— १। शीतल गिरी, २। मन्दिरा मधुश्री, ३। घनश्याम प्रसाई, ४। एनबी जनकपुरी, ५। वीमल अर्याल, ६। संजय सोती, ७। खुश्बू रिजाल, ८। आल्फिफोहेन फाक्लुप्पा, ९। प्रतीक घिमिरे ।  

दोस्रो रचनावाचन कार्यक्रम भद्रवास रेडक्रस भवन

संयोजक— शोभा पोखरेल


सहभागी— १। शारदा पराजुली, २। परशुराम पराशर, ३। नवराज रिजाल, ४। डा।बालचन्द्र मिश्र, ५। वासुदेव पौडेल, ६। चिरञ्जिवी नेपाल ।  

तेस्रो रचना वाचन आलापोट

संयोजक— बासुदेव ठकुरी

सहभागी— १। एञ्जल निलु, २। हरिबोल काफ्ले, ३। डिल्लीराज अर्याल, ४। शोभा पोखरेल, ५। गंगाप्रसाद भेटवाल, ६। दुर्गा भवानी भट्ट, ७। शम्भु गजुरेल, ८। राजन पुडासैनी, 

चौथो रचनावाचन कार्यक्रम आलापोट फुयाल चौरको कागेश्वरी पुस्तकालय

संयोजक दुर्गाभवानी भट्ट

सहभागी— १। तारा लामा, २। रुवी सत्याल, ३। जयराम बिडारी, ४। शुभाष ढुंगेल, ५। अप्सरा ढकाल, ६। वासुदेव ठकुरी, ७। डा।यादेवी ढकाल, ८। बुद्धिसागर पौड्याल,

















Friday, August 1, 2025

कीर्तिशेष व्यक्तित्व साहित्यकार विजय चालिसेको द्वैमासिक तिथिको पुण्य अवसरमा स्मृति तथा सम्मानसहितको श्रद्धाञ्जलि सभा सम्पन्न

 



नेपाली साहित्यका कीर्तिशेष व्यक्तित्व साहित्यकार विजय चालिसेले यस धरातलबाट विदा लिएको द्वैमासिक तिथिको पुण्य अवसरमा स्मृति तथा सम्मानसहितको श्रद्धाञ्जलि सभा सम्पन्न भएको छ ।

( old memory - Ram Kumar Pande र Raja ram poudel ले पाए भैरव गुठी पुरस्कार -2077 जानकारी दिदै - Bijaya Chalise .)


अमर साहित्यकार विजय चालिसेलाई स्मरण गर्दै प्रमुख अतिथि लगायत सम्पूर्ण अतिथिगणले उनको तस्बिरमा माल्यापर्ण गरेर मौनधारण सहितको भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गरिएको थियो ।  ।

                                                                            old memory 

प्रा.डा. हेमनाथ पौडेलको सभा अध्यक्षतामा काठमाडौंको कपनस्थित साहित्य सदनको सभाहलमा आयोजित सो स्मृतिसभा साहित्य सदन नेपालको संयोजनमा २१ वटा शैक्षिक संस्थाहरूद्वारा आयोजना गरिएको हो ।  

प्रमुख अतिथि रमेश विकल साहित्य प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरे रहेको उक्त स्मृति तथा सम्मान कार्यक्रममा विशेष अतिथि गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दिपक रिसाल रहेका थिए भने अतिथिको रूपमा वरिष्ठ कलाकार एवम् नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति के।के। कर्माचार्य लगायत स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो । हलमा विजय चालिसेको सबैले सम्झना गर्दै उहाको योगदानबारे मन्थन गरेका थिए । 


द्रष्टा दुष्टिमा स्रष्टा विजय चालिसेका सम्पादक ठाकुर शर्माद्वारा निकै नै भावुक मुद्रामा साहित्यकार चालिसेको अतीतदेखि अन्तिम कीर्ति ‘युगसन्धी’ उपन्याससम्मको यात्रा विवेचना प्रस्तुत गरी कार्यक्रम अगाडि बढाइएको थियो ।  


श्रद्धाञ्जलि सहितको स्मृति सभामा सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेल, कवि तथा साहित्यकार गोविन्द घिमिरे ‘वेदमणि’, पोषण–तीथै सदनकी महासचिव रञ्जु पाण्डेले चालिसेको अतीतलाई स्मरण गर्दै श्रद्धाभावका कविता सहितको धारणा व्यक्त गरेका थिए ।



पुत्र आलोक चालिसेले पिताका कीर्ति र कृतिले पुस्तेनी पहिचान दिलाएको र पिताको शेष रहेको इच्छालाई परिपूर्ति गर्न भावी सन्तति समेत लागिपर्ने धारणा व्यक्त गरेका छन् । साहित्य सदनका सचिव प्रल्हाद पोखरेलद्वारा सञ्चालित सो कार्यक्रममा वरिष्ठ साहित्यकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।







Monday, July 28, 2025

भरतकाजीको योजना र चिन्ता –गङ्गाप्रसाद भेटवाल (कथा)

 भरतकाजीको योजना र चिन्ता   

                                                                                       –गङ्गाप्रसाद भेटवाल  (कथा)   

                                                  

                                                      

                                                                                                                         

        प्रशस्तै जग्गा जमिन भएका भरतकाजी आफूले चाहेजति समयमा पढ्न नपाएकोमा चिन्तित बन्छन् । शिक्षा नै समाज विकासको आधारशिला हो । उनले राम्ररी बुझेका छन् । उनको मनमा शिक्षाप्रतिको चासो खड्केकोले आफ्ना दुवै छोरालाई काठमाडौँमा राखेर पढाउने गर्छन् । उनी गोरखाका थापाकाजीका सन्तान हुन् । पुख्र्यौली सम्पत्ति पनि राम्रो छ । जग्गा जमिन व्यापार राम्रै हुन्छ । गाउँको स्थानीय राजनीतिमा पनि पकड उनको छँदैछ । नाता सम्बन्धका मान्छेहरू गोरखा, काठमाडौँदेखि विदेशसम्म पनि पहुँच भएकै छन् । उनले आफू गोरखामा बसेर भए तापनि दुवै छोरालाई महँगो काठमाडौँको विद्यालयमा पढाउँछन् । दुवै छोराले बाह्र पास गरेपछि थप पढाइ गर्न अस्ट्रेलियाको बाटो तताउँछन् । जेठो छोरो गएको केही वर्षपछि कान्छो छोरो पनि अस्ट्रेलिया जान्छ । भरतकाजीको भने गाउँसँगको सम्बन्ध ठिकै रहिरहेको हुन्छ । त्यति हुँदाहुँदै पनि उनले काठमाडौँको लाजिम्पाटमा ठुलै घर बनाएका छन् । काठमाडौँमा आएर बस्न पनि उनीहरूलाई आफ्नै घर भएपछि सजिलो हुन्छ । समयक्रम अगाडि बढ्छ । भारतकाजीकी आमाको गाउँमा निधन हुन्छ । उनी, आमा निधन भएपछि गाउँमा केही खल्लोपनको महसुस गर्छन् । समयक्रम अझै अगाडि बढ्छ । आमा बितेको केही वर्षपछि बाबा पनि रहँदैनन् । त्यतिखेरसम्ममा गाउँका धेरै हुने खाने परिवारहरू विभिन्न बहानामा गोरखाबाट अन्यत्र सर्दै गरेका हुन्छन् । यसरी गोरखा छोडेर जानेहरू चितवन, काठमाडौँ र विदेशी मुलुकहरूसम्म पुग्छन् । भरतकाजीको उमेर पचपन्नको हाराहारी पुग्छ । उनी आफू बुढ्यौलीतर्फ लाग्दै गरेको महसुस गर्छन् । उता अस्ट्रेलिया पुगेका दुवै छोराहरू पढाइसकेर उतैको व्यापार र जागिरमा स्थापित हुन्छन् । भरतकाजी नाति नातिनाका मालिकसम्म बन्छन् । छोरा–बुहारी नेपालमा आउँदा थापा परिवारको बसोबास काठमाडौँ लाजिम्पाटको घरमा नै हुन्छ । उनका छोरा–बुहारीहरू नेपाल आउँदा समय नपुगेर गोरखा घुम्न जान भ्याउँदैनन् । अलिअलि गर्दै थापाकाजीले गोरखाको सम्पत्ति बिक्री गर्दै काठमाडौँमा नै लगानी बढाउँछन् । बाबुबाजेको सम्पत्ति राम्रो ठाउँमा धेरै भएकोले पनि गोरखाको सम्पत्ति बेचेर काठमाडौँमा अर्को घरसमेत बनाउँछन् । घरबाट भाडा बापद राम्रो आम्दानी काजीलाई हुन्छ । काजीको जीवनमा आर्थिक अभावको छायाँ बाल्यकालदेखि अहिलेसम्म नै परेको छैन । बिस्तारै–बिस्तारै गोरखासँगको उनको सम्बन्ध पातलो हुँदै जान्छ ।गोरखामा रहँदा भरतकाजीको धेरै गाउँलेसँग दिनौं भेटघाट, गफगाफ हुन्थ्यो । रमाइलोसँग समय बित्थ्यो । काठमाडौँमा त्यसप्रकारका आत्मीय मान्छेहरूसँग गफगाफ हुन पाउँदैन । काठमाडौँ आफैंमा व्यस्त हुन्छ । सबै मान्छेहरूका आ–आफ्ना व्यस्तता र मतलबहरू हुन्छन् यहाँ । सबैले आ–आफ्ना डम्फु बजाएका हुन्छन् । अरूको डम्फुको ताल सुन्न कसैलाई फुर्सद हुन्न । थापाकाजीसँग प्रशस्तै समय हुन्छ । उनी धेरै मानिसहरूसँग कुरा गर्न चाहन्छन् तर काठमाडौँमा उनी जस्तै फुर्सदिला मान्छे कमै भेट्छन् । यसरी उनको जीवनको दैनिकीसँग फरक पर्न गएसँगै जीवन प्रक्रियाको सन्तुलन नमिले जस्तो हुन्छ । 

         काठमाडौँमा फुर्सद भएसँगै उनी नेपालको राजनीतिमा बढी चासो दिन्छन् । राजनीति गर्नेहरूसँग उसको उनको सम्बन्ध बढ्दै जान्छ । विभिन्न पार्टीका मान्छेहरूसँग प्रगाढ सम्बन्ध हुन्छ । उनी प्रमुख पार्टीको सदस्य बनाइन्छन् र माथिल्लो नेतृत्वसम्म पुग्छन् । उनी छोटो समयमा नै पार्टीको मुख्य मान्छे बन्छन् । एकाएक आफूलाई आफू संलग्न भएको पार्टीले धेरै महŒव दिएको उनलाई पत्तो नै हुन्न तर स्थिति त्यसरी नै त्यहाँ निर्मित हुन्छ । त्यसको कारण उनका छोराहरूको अस्ट्रेलियामा बसाइ व्यवस्थित हुनुरहेछ । काजीका छोराहरूले अस्ट्रेलियामा धेरै व्यापार पनि गरेकाले यताका पार्टी नेताहरूको सम्पत्ति विभिन्न माध्यमबाट अस्ट्रेलिया लान सजिलो हुँदो रहेछ । थापागाजीले केही समयमा धेरै थाहा पाउँदै जान्छन् । पार्टीले थापाकाजीबाट पनि धेरै कुरा आशा गरेर उनलाई नेतृत्वमा लगेको रहेछ । नेपाली व्यवसायीहरूका पनि अस्ट्रेलिया र विश्वभरि व्यापारी कम्पनीहरू सञ्चालित हुन्छन् । गैर आवशीय नेपाली संघका धेरै मान्छेहरूले सम्पत्तिको व्यवस्थापन गर्ने भएकाले उनीहरू नेपालको राजनीतिमा दबाब दिन सक्ने हैसियतका देखिँदा रहेछन् । नेपाली राष्ट्रिय सम्पत्ति कसरी लुटिन्छ ? कहाँकहाँ पुग्छ ? कसले चलाउँछ ? र के को लागि प्रयोग हुन्छ ? यी सबै विषयमा भरतकाजी बिस्तारै–बिस्तारै बुझ्न सक्ने अवस्थामा पुग्छन् । तर उनी पनि त्यही दलदलमा फसिसकेका हुन्छन् । यो “सतीले सरापेको देश” हो भन्ने उखानको झड्का काजीलाई परिरहन्छ । काजीको मनमा देशप्रेम प्रकट भएपनि उनी स्वयं मुतको न्यानोमा हुन्छन् । उनी पनि बिस्तारै त्यही परम्परामा चल्न थाल्छन् । 

नेपालको राजनीतिमा असम्भव भन्ने केही हुँदैन । काजी नेपालको योजनामन्त्री बन्छन् । उनी योजनामन्त्री बनेपछि योजनाको तर्जुमा गर्न सर्भे गर्छन् । उनको सर्भे शिक्षा क्षेत्रबाट सुरु हुन्छ । उनी देख्छन्– नेपालबाट प्रतिदिन कम्तीमा एक हजार विद्यार्थी पढ्नका लागि अमेरिका, युरोप जाने गर्छन् । ती सबै विद्यार्थी नेपालको बाह्र कक्षा सकेर वा स्नातक सकेर उच्च शिक्षा आर्जन गर्न गएका हुन्छन् । उनको सर्भेमा ती सबै विद्यार्थी पढाइसकेर उतै बस्ने योजनाका साथ गएका हुन्छन् । उनी अनुमान लगाउँछन्– एक दिनमा नेपालको एक कलेज बन्द हुने अवस्थामा हुन्छ । सबै कलेजमा एक हजार विद्यार्थी नहुन पनि सक्छन् । उनी सर्भेलाई अलिक गहि¥याउँछन् । विदेश पढ्न जाने हरेक विद्यार्थीको साथमा नेपाली पैसा दश लाखदेखि एक करोडसम्म बाहिर जाँदो रहेछ । सरकारी जागिरेका छोराछोरीदेखि व्यापार–व्यवसाय गर्नेका छोराछोरी अलिक सजिलैसँग विदेश अध्ययन गर्न गएका र आर्थिक अवस्था राम्रो नहुनेले ऋणको भारी बोकेर भएपनि युरोप, अमेरिका पढ्न गएको देखिन्छ । 

        नेपालमा बच्चाहरू बाह्र कक्षासम्म पढ्ने र त्यसपछि नेपाल छोड्ने क्रम बढेसँगै स्नातक र स्नातकोत्तर तह पढाइ हुने क्याम्पसका सञ्चालकहरू चिन्तामा परेका देखिन्छन् । यो चिन्ता निजी क्याम्पसका सञ्चालकहरूमा मात्र देखिन्छ । भरतकाजी नेपालको सबैभन्दा पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तह पढाइ हुने विभिन्न विभागमा पुग्छन् । जहाँ स्नातकोत्तर तह पढ्ने विद्यार्थी दश जना र प्राध्यापक तीस जनासम्म भेट्छन् । सर्भेको काम अगाडि बढाउँदा बढाउँदै काजीको मुड अफ बन्न पुग्छ । के गर्ने, कसो गर्ने भएको बेला आफ्नो पुख्र्यौली गाउँ गोरखातिर पुग्छन् । गोरखामा पहिले–पहिले खेतीपाती गरिएका धेरै ठाउँहरू जङ्गल भएछन् । एकपल्ट गोर्खा छाडेका परिवारहरू फर्केर गोरखा फर्किएर नआउँदा रहेछन् । भित्री गाउँका बस्तीहरू क्रमश सिद्धिँदै गएछन् । गोरखामा उनी फ्रेस बन्न सक्दैनन् । छिट्टै काठमाडौँ फिर्ता हुन्छन् । भरतकाजी काठमाडौँ लाजिम्पाटको आफ्नो घरमा पुग्छन् । खाना खाएर बेलुका अबेरसम्म झोक्राएर बस्छन् । केके सोच्न भ्याउँछन् । राति बाह्र बजेतिर निदाएका उनी सपना देख्न पुग्छन् । सपनामा नेपालको अवस्था चित्रित हुन्छ । नेपालका अधिकांश गाउँहरूमा बुढाबुढी मात्र रहेका र बुढेसकालमा आफ्ना सन्तति सम्झेर उनीहरु तड्पिएका हुन्छन् । संसारको जनसङ्ख्या एकातिर बढ्दै गएको तर नेपालको निरन्तर घट्दै गएको देख्छन् । नेपालीहरूले अठार वर्षसम्म आफ्ना बच्चालाई दुध, भात, घिउ खुवाएर हुर्काएको र सधैंका लागि विदेश पठाएको देख्छन् । यसैबीच कुनै विदेशी राष्ट्रले पचासौँ लाख आफ्ना नागरिकलाई दीर्घकालिक योजनाका साथ व्यापार, व्यवसाय गर्न नेपालको तराई क्षेत्र र अनुकूल सबैतिर पठाउँछ । तिनीहरू बीसौं वर्षपछि नागरिकता विधेयक मार्फत नेपाली नागरिक बन्ने अवसर आउँछ । त्यसपछि साविकका नेपालीभन्दा हालका नेपालीको सङ्ख्या बढ्दै जान्छ । नागरिक अनुसारको सरकार बन्छ र आफू सत्ताबाट बाहिरिनुपर्छ । भरतकाजी नब्बे वर्षका हुन्छन्, सन्तान आफूसँग हुँदैनन् । नेपालकै सरकारले अल्पसंख्यकहरूलाई बेवास्था गर्छ र किनारा लाउँछ । उनी झसङ्ग भएर सपनाबाट बिउँझिन्छन् । 

        भोलिपल्ट बिहानै भरतकाजी मन्त्रालय जान्छन् । योजना तर्जुमा गर्छन् । आगामी वर्षबाट जसको परिवारमा चार सन्तानको जन्म हुन्छ, उनीहरूलाई आठ लाखको दरले राहत दिने योजना बन्छ । त्यही योजनापछि सरकारले लागू गर्छ तर भरतकाजीलाई ती चारै सन्तान विदेश जान्छन् कि भन्ने डर छ !

                                 ॐ  

गङ्गाप्रसाद भेटवाल कीर्तिपुर नगरपालिका ४ काठमाडौँ । फोन ९८४९ ७१४८६७ ।


Wednesday, July 16, 2025

२०८२ सावन ३ गते शनिवारको स्रष्टा पदयात्रा नेपालको ९६ औं पदयात्रा झोर बौडेश्वर झरनासम्मको


यस यात्राका संयोजक बासुदेव ठकुरी, भोेजन व्यवस्थापक माधव विडारी चेतनपथको सल्लाह अनुसार २०८२ सावन ३ गते शनिवारको यात्रा ग्रेण्डी अस्पतालचोकबाट प्रारम्भ गरि एतिहासिक नगरी टोखा, सपनतिर्थ अनी बर्षासमयमा आफ्नो शौन्दर्य छर्दै गरेको झोर बौडेश्वर झरनासम्मको रहेकोछ । यसर्थ स्रष्टा पदयात्री ७.३० बजे आइपुग्न अनुरोध छ । सामान्य खाजा टोखामा र भोजन बौडेश्वरमा गर्नेछौं । सहभागी हुन आउने स्रष्टाले पदयात्राले तोकेको ड्रेस अनिवार्य लगाउँनु होला ।

पहिलो रचनावाचन कार्यक्रम टोखा


संयोजक— डा.बालचन्द्र मिश्र सहभागी— १. शीतल गिरी, २. मन्दिरा मधुश्री, ३. शारदा पराजुली ४. परशुराम परमशर, ५.शुकदेव उपाध्याय । दोस्रो रचनावाचन कार्यक्रम सपनतिर्थ संयोजक— विष्णुप्रसाद शर्मा पराजुलीग्न सहभागी— १. विनोद नेपाल, २. वीमल अर्याल, ३. नानीबाबा अधिकारी, ४. डा.यादेवी ढकाल । तेस्रो रचना वाचन झोर संयोजक— ध्रुवराज थापा पुरुष सहभागी— १. नीशा केशी, २. राजन पुडासैनी, ३. शोभा पोखरेल, ४. चन्द्रप्रसाद न्यौपाने, ५. तारा तामाङ, ६. वासुदेव पौडेल, ७. गंगाप्रसाद भेटवाल, ८ वासुदेव ठकुरी, ९. लक्ष्मी थापा, १०. घनश्याम प्रसाई, ११. भोजराज रेग्मी मुखाले । चौथो रचनावाचन कार्यक्रम झोर संयोजक गंगाप्रसाद भेटवाल सहभागी— १. दुर्गा भवानी भट्ट, २. डा.बालचन्द्र मिश्र, ३. विष्णुप्रसाद शर्मा पराजुली, ४. रुवी सत्याल, ५. जयराम बिडारी, ६. समिर सिंह, ७. शुभाष ढुंगेल, ८. ध्रुवराज थापा पुरुष, ९. एनबी जनकपुरी । (सहभागी स्रष्टाले तोकिएको पोसाक अनिवार्य रुपमा लगाउनु होला । यस यात्राको लेखनको जिम्मेवारी वासुदेव पौडेल र लक्ष्मी थापाको रहनेछ ।)














Monday, July 14, 2025

"पर्दे के अंदर..." उपन्यास क्यों पढ़ें ? - गंगा प्रसाद भेटवाल द्वारा लिखित

 "पर्दे के अंदर..." उपन्यास क्यों पढ़ें?


(गंगा प्रसाद भेटवाल द्वारा लिखित)


1. समाज की वास्तविकता को उजागर करती एक रचना:


"पर्दे के अंदर..." उपन्यास हमारे समाज के बाहरी स्वरूप और उसके भीतर छिपी चीज़ों के बीच के अंतर को उजागर करता है। उपन्यास यह संदेश देने का प्रयास करता है कि समाज में दिखाई देने वाले आदर्श, धर्म, ईमानदारी, प्रतिष्ठा आदि केवल मुखौटे हैं।


2. पात्र का मनोविश्लेषण:


मुख्य पात्र 'बसंते' के माध्यम से लेखक ने मनुष्य के आंतरिक संघर्ष, स्वार्थ, मोह और बदलती सोच का गहराई से चित्रण किया है। अन्य पात्र भी समाज के विभिन्न वर्गों और मानसिकताओं का प्रतिनिधित्व करते हैं।


3. युवाओं के लिए जागरूकता बढ़ाने का संदेश:


यह उपन्यास नई पीढ़ी को देश, समाज और नैतिकता के महत्व को समझने के लिए प्रेरित करता है। यह उन्हें स्वार्थ से ऊपर उठकर देश और मानवता के लिए सोचने का आग्रह करता है।


4. प्रभावशाली भाषा और शैली:


गंगा प्रसाद भेटवाल की लेखन शैली सरल, व्यावहारिक और भावपूर्ण है। प्रतीकात्मक शैली के माध्यम से गहरा संदेश देना इस उपन्यास की विशेषता है।


5. आत्म-परीक्षण का अवसर:


पुस्तक पढ़ते समय पाठक अपनी सामाजिक भूमिका के बारे में सोचने लगता है –


"क्या मैं भी दिखावे का जीवन जी रहा हूँ?"


"क्या मैं सत्य के पक्ष में हूँ, या सिर्फ़ मुखौटे में जी रहा हूँ?"


निष्कर्ष: "पर्दे के अंदर..." सिर्फ़ एक कहानी नहीं, बल्कि हमारे समाज और प्रकृति का गहन अध्ययन है।


यह उपन्यास उन सभी के लिए अवश्य पढ़ने योग्य है जो आत्म-साक्षात्कार, सामाजिक चेतना और विचारों के त्याग की बजाय समृद्धि की तलाश में हैं।


"पर्दे के अंदर" उपन्यास क्यों पढ़ें?


1. ✅ नेपाली समाज की वास्तविकता को दर्शाती एक उत्कृष्ट कृति


गंगा प्रसाद भेटवाल का उपन्यास "पर्दे के अंदर" नेपाली समाज में छिपे स्वार्थ, पाखंड, नैतिक पतन और असंवेदनशीलता को गहराई से प्रस्तुत करता है। उपन्यास दर्शाता है कि जिस तरह पर्दे के बाहर सब कुछ सुंदर दिखता है, उसी तरह समाज भी बाहर से विनम्र लेकिन अंदर से भ्रष्ट है।


2. 🧠 पात्रों का गहन मनोविश्लेषण


यह उपन्यास बसंत, खनाल अंकल, ज्योतिषी बाबा आदि पात्रों के माध्यम से व्यक्ति के आंतरिक संघर्षों, उलझनों और सामाजिक दबावों को प्रभावी ढंग से चित्रित करता है।


3. 🌍 समाज के प्रति दृष्टिकोण का विस्तार


यह उपन्यास पाठक को समाज का आलोचक ही नहीं, बल्कि एक ज़िम्मेदार नागरिक बनना सिखाता है। यह समाज में व्याप्त अन्याय, दोहरे मानदंडों और पाखंड को तोड़कर पाठक को सोचने पर मजबूर करता है।


4. 💬 प्रभावशाली भाषा और साहित्यिक शैली


गंगा प्रसाद भेटवाल की लेखन शैली सशक्त, सरल और भावपूर्ण है। संवाद गहरे हैं, और वर्णनों में वास्तविकता और प्रतीकात्मकता दोनों झलकती हैं।


5. 🔍 अपने जीवन से प्रेरणादायक तुलनाएँ


"इनसाइड द स्क्रीन..." पढ़ते हुए पाठक खुद से यह भी पूछने लगता है -


क्या मैं भी समाज में दिखाने के लिए बस एक चेहरा हूँ?


क्या मैं सत्य, नैतिकता और न्याय के प्रति ईमानदार हूँ?


यह आत्म-परीक्षण का अवसर प्रदान करता है।


6. 📚 गुणवत्तापूर्ण नेपाली साहित्य का अनुभव करें


यह उपन्यास आपको नेपाली साहित्य के गहन और विचारोत्तेजक पहलुओं से परिचित कराता है। यह छात्रों, साहित्य प्रेमियों या सामाजिक सरोकारों से जुड़े किसी भी व्यक्ति के लिए अवश्य पढ़ने योग्य है।


🗨️ निष्कर्ष: "पर्दाभितर..." उपन्यास पढ़ना केवल एक कहानी पढ़ना नहीं है, बल्कि समाज और खुद को आईने में देखना है।


पढ़ें - और समझें कि आप किस पर्दे के पीछे छिपे हैं।


उपन्यास "पर्दाभितर..." से समाज को संदेश


उपन्यास "पर्दाभितर" हमारे समाज की आंतरिक स्थिति और उसकी विकृतियों को स्पष्ट रूप से दर्शाता है। बाहरी चमक-दमक और आंतरिक वास्तविकता के बीच के अंतर को उजागर करते हुए, यह उपन्यास समाज को निम्नलिखित संदेश देता है:


1. आइए, समाज में दिखने वाले पाखंड और पाखंड को पहचानें।


हम अक्सर लोगों के बाहरी व्यवहार और चेहरों पर मोहित हो जाते हैं, लेकिन उपन्यास कहता है - पर्दे के अंदर जो है, वही महत्वपूर्ण है। समाज में छिपे स्वार्थ, भ्रष्टाचार और नैतिक पतन को उजागर करना होगा।


2. आइए, सत्य और नैतिकता के महत्व को समझें।


अहंकार, लोभ और स्वार्थ समाज को नष्ट कर रहे हैं। हम सभी को सत्य के पक्ष में खड़ा होना चाहिए और नैतिक मूल्यों की रक्षा करनी चाहिए।


3. आइए, आत्म-परीक्षण करें।


हमें स्वयं का भी परीक्षण करना होगा - क्या हम भी "पर्दा के अंदर" छिपे अच्छे मूल्यों को छोड़कर, दिखावटी जीवन जी रहे हैं?


4. आइए देश और समाज के प्रति अपनी ज़िम्मेदारी समझें


आइए व्यक्तिगत स्वार्थों से ऊपर उठकर समाज और राष्ट्र के हित के बारे में सोचें। सामूहिक चेतना जागृत करके भ्रष्टाचार और अन्याय के विरुद्ध आवाज़ उठाएँ।


5. आइए पारदर्शिता और ईमानदारी अपनाएँ


समाज के सभी स्तरों पर पारदर्शिता, ईमानदारी और सहयोग आवश्यक है, जो समाज को मज़बूत और प्रगतिशील बनाता है।


उपन्यास "घूंघट के अंदर..." की भाषा शैली


1. सरल और बोधगम्य भाषा


गंगा प्रसाद भेटवाल ने उपन्यास लिखते समय नेपाली भाषा का प्रयोग अत्यंत सरल, सहज और पाठक-सुलभ तरीके से किया है। ताकि सभी वर्ग के पाठक उपन्यास को आसानी से समझ सकें और उसका अनुभव कर सकें।


2. जीवंत संवाद


उपन्यास के पात्रों के संवाद यथार्थवादी और प्रवाहपूर्ण हैं। संवाद पात्रों की मनोदशा और सामाजिक परिवेश को दर्शाते हुए लिखे गए हैं, जिससे कहानी जीवंत हो जाती है।


3. प्रतीकात्मक और आलंकारिक अभिव्यक्तियाँ


कहानी की गहराई बढ़ाने के लिए लेखक कभी-कभी प्रतीकात्मक शब्दावली और आलंकारिक शैली का प्रयोग करते हैं। यह पाठक को सोचने और विश्लेषण करने के लिए प्रोत्साहित करता है।


4. सामाजिक और सांस्कृतिक शब्दावली


उपन्यास में नेपाली समाज के विभिन्न क्षेत्रों के शब्द, परंपराएँ, रीति-रिवाज और सामाजिक व्यवहार शामिल हैं। इससे स्थानीयता और वास्तविकता अधिक विश्वसनीय लगती है।


5. भावनात्मक और मनोवैज्ञानिक अभिव्यक्तियाँ


भाषा शैली पात्रों की मनोवैज्ञानिक स्थिति और भावनाओं को व्यक्त करने में अत्यंत प्रभावी है। शब्दों का चयन इस प्रकार किया गया है कि पाठक पात्रों से भावनात्मक रूप से जुड़ सके।

6. सुगठित वाक्य और अनुच्छेद


लेखक ने वाक्यों और अनुच्छेदों को सुसंगत और सुगठित बनाया है, जिससे कथानक का प्रवाह सहज और आकर्षक बनता है।


उपन्यास "पर्दा भीतर..." में वर्ग चिंतन


गंगा प्रसाद भेटवाल का उपन्यास "पर्दा भीतर" नेपाली समाज में व्याप्त वर्ग भेदभाव, सामाजिक असमानता और जातिगत प्रवृत्तियों का गहराई से चित्रण करता है। उपन्यास के पात्र और कथानक समाज के विभिन्न वर्गों के लोगों की सोच, व्यवहार और सामाजिक संरचना की अंतर्दृष्टि को स्पष्ट रूप से दर्शाते हैं।


1. सामाजिक वर्ग का प्रभाव


उपन्यास के कुछ पात्र उच्च वर्ग और धनी समुदाय से हैं, जबकि कुछ पात्र मध्यम या निम्न वर्ग से हैं। कहानी इन वर्गों के बीच संबंधों, संघर्ष और द्वंद्व को उजागर करती है। धनी वर्ग द्वारा अपनी शक्ति का उपयोग सामाजिक और आर्थिक रूप से कमजोर वर्ग को दबाने की प्रवृत्ति उपन्यास में दिखाई देती है।


2. जातिगत और वर्गीय भेदभाव


"पर्दा भित्तर" में जातिगत और वर्गीय भेदभाव के कई उदाहरण हैं जो नेपाली समाज की वास्तविकता को दर्शाते हैं। उपन्यास दर्शाता है कि कैसे एक व्यक्ति का जन्म, आर्थिक स्थिति और जाति समाज में उसका स्थान निर्धारित करते हैं।


3. स्वार्थ और सत्ता का केंद्रबिंदु


वर्गीय सोच के कारण, समाज में केवल स्वार्थ और सत्ता ही महत्वपूर्ण हैं। उच्च वर्ग अपने हितों और प्रभाव को बढ़ाने के लिए भ्रष्टाचार और अन्याय को स्वीकार करता है। मध्यम और निम्न वर्ग के पात्र भी कभी-कभी अपने स्वार्थ के लिए वर्गीय दृष्टिकोण में फँसे हुए प्रतीत होते हैं।


4. परिवर्तन की आवश्यकता


उपन्यास वर्गीय सोच और भेदभाव को चुनौती देता है और लोगों से सामाजिक समानता और न्याय के पक्ष में सोचने का आग्रह करता है। पात्रों के माध्यम से यह संदेश दिया गया है कि समाज में ऐसी पुरानी सोच को बदलने की आवश्यकता है।


उपन्यास "इनसाइड द कर्टेन..." का समाजशास्त्रीय अध्ययन


परिचय


गंगा प्रसाद भेटवाल का "इनसाइड द कर्टेन" नेपाली समाज का एक यथार्थवादी चित्रण है, जो समाज के विभिन्न स्तरों और स्तरों के मानवीय संबंधों, सामाजिक संरचना और संस्कृति को उजागर करता है। जब इस उपन्यास का समाजशास्त्रीय दृष्टिकोण से अध्ययन किया जाता है, तो इसका गहरा सामाजिक संदेश, मानव मनोविज्ञान और सांस्कृतिक पृष्ठभूमि स्पष्ट हो जाती है।


1. सामाजिक संरचना और वर्ग विभाजन


उपन्यास में नेपाली समाज का वर्ग विभाजन स्पष्ट रूप से दिखाई देता है। उच्च वर्ग, मध्यम वर्ग और निम्न वर्ग के पात्रों के बीच संबंध और संघर्ष सामाजिक असमानता की वास्तविकता को उजागर करते हैं। सामाजिक स्थिति, धन और जाति के आधार पर भेदभाव ने समाज को ध्रुवीकृत कर दिया है।


यह पाठक को समाज में व्याप्त वर्ग असमानता की आलोचना करने के लिए प्रेरित करता है।


2. पारिवारिक संबंध और सामाजिक दबाव


इनसाइड द कर्टेन में, पारिवारिक सदस्यों के बीच संबंधों, विशेष रूप से सामाजिक और पारिवारिक दबाव से उत्पन्न मनोवैज्ञानिक तनाव को दर्शाया गया है। परिवार में सामाजिक मानदंड किस प्रकार व्यक्तिगत स्वतंत्रता और इच्छाओं को प्रतिबंधित करते हैं, इस पर महत्वपूर्ण रूप से प्रकाश डाला गया है।


3. धर्म, संस्कृति और सामाजिक रूढ़िवादिता


उपन्यास नेपाली समाज में व्याप्त धर्म, संस्कृति और रूढ़िवादी सोच को भी उजागर करता है। कुछ पात्र धर्म और परंपरा को अंधविश्वास मानकर मानते हैं, जबकि कुछ इसे सामाजिक नियंत्रण के साधन के रूप में इस्तेमाल करते हैं। इससे समाज में सुधार और प्रगति में बाधा आती है।


4. मानव मनोविज्ञान और सामाजिक व्यवहार


पात्रों के आंतरिक मनोविज्ञान और सामाजिक व्यवहार में संघर्ष, स्वार्थ, मोह और नैतिक पतन का चित्रण मनुष्य के जटिल मनोवैज्ञानिक पहलुओं को दर्शाता है। समाज में दिखाई देने वाला सतही व्यवहार और आंतरिक संवेदनशीलता के बीच का संघर्ष उपन्यास का मुख्य विषय है।


5. सामाजिक परिवर्तन और चेतना


उपन्यास पाठक को सामाजिक परिवर्तन की आवश्यकता और उसके मार्ग से अवगत कराता है। यह संदेश देता है कि जातीयता, वर्ग भेदभाव और भ्रष्टाचार जैसी विकृतियों को चुनौती देना सामाजिक सुधार की दिशा में पहला कदम है।


नेपाली उपन्यास लेखन परंपरा में "पर्दे के अंदर..." उपन्यास का स्थान


परिचय


नेपाली साहित्य में उपन्यासों ने समाज को प्रतिबिंबित करने, मानव मनोविज्ञान को उजागर करने और सामाजिक परिवर्तन का माध्यम बनने में महत्वपूर्ण भूमिका निभाई है। गंगा प्रसाद भेटवाल के उपन्यास "इनसाइड द कर्टेन" ने नेपाली उपन्यास परंपरा में नई ऊँचाइयाँ और गहराईयाँ जोड़ी हैं।


1. सामाजिक उपन्यासों की श्रेणी में एक विशिष्ट स्थान


"इनसाइड द कर्टेन" उपन्यास एक ऐसे उपन्यास के रूप में जाना जाता है जो समाज की दोहरी प्रवृत्तियों, वर्ग असमानता और नैतिक पतन जैसे वास्तविक मुद्दों को प्रभावी ढंग से उठाता है। इसने नेपाली उपन्यासों में सामाजिक आलोचना की विधा को और मज़बूत किया है।


2. मानव मनोविज्ञान का सूक्ष्म चित्रण


नेपाल में, उपन्यास अक्सर बाहरी घटनाओं पर केंद्रित होते हैं, लेकिन "इनसाइड द कर्टेन" पात्रों के आंतरिक मनोविज्ञान और संघर्ष को जीवंत रूप से दर्शाता है। इसने उपन्यास को पाठक के साथ भावनात्मक और बौद्धिक रूप से जोड़ा है।


3. भाषा और शैली में नवीनता


गंगा प्रसाद भेटवाल की लेखन शैली सरल, प्रवाहपूर्ण और प्रतीकात्मक है। इसने नेपाली उपन्यास लेखन में भाषाई शुद्धता और शैलीगत सौंदर्य को एक नए रूप में प्रस्तुत किया है।


4. आधुनिक नेपाली उपन्यासों में संदेश-प्रधान


"पर्दे के अंदर" उपन्यास ने सामाजिक चेतना और परिवर्तन के मुद्दों को आधुनिक नेपाली उपन्यासों के केंद्र में रखने की परंपरा को और मज़बूत किया है। यह उपन्यास पाठक को चिंतन, आत्म-मूल्यांकन और सामाजिक सुधार में भागीदारी के लिए प्रेरित करता है।


5. साहित्यिक परिप्रेक्ष्य में स्थान


"पर्दे के अंदर" नेपाली साहित्य में आधुनिक उपन्यासों का एक उत्कृष्ट उदाहरण है जो गहन सामाजिक यथार्थ और पात्रों की मनोवैज्ञानिक गहराई को दर्शाता है। इसने नेपाली उपन्यास परंपरा में एक महत्वपूर्ण अध्याय जोड़ा है।


🔷 12. निष्कर्ष


“पर्दे के अंदर...” सिर्फ़ एक उपन्यास नहीं, बल्कि नेपाली समाज का एक आलोचनात्मक दर्पण है। यह पाठक को न सिर्फ़ कहानी से बाँधता है, बल्कि सोचने पर भी मजबूर करता है—


“क्या हम भी पर्दे के पीछे छिपे किरदार हैं...?”

गङ्गाप्रसाद भेटवालको “पर्दाभित्र...” उपन्यासको समीक्षा गर्दा... - (तथ्य सङ्कलक) ।

 किन पढ्ने “पर्दाभित्र...” उपन्यास ?

(गङ्गाप्रसाद भेटवाल द्वारा लिखित)


१. समाजको यथार्थ उजागर गर्ने कृतिः

“पर्दाभित्र...” उपन्यासले हाम्रो समाजमा देखिने बाहिरी रूप र भित्र लुकेका कुराहरूबीचको भिन्नता उजागर गर्छ। समाजमा देखिने आदर्श, धर्म, इमान, प्रतिष्ठा आदि केवल मुखौटा हुन् भन्ने सन्देश उपन्यासले दिन खोजेको छ ।


२. चरित्रको मनोविश्लेषणः

मुख्य पात्र ‘बसन्ते’ को माध्यमबाट मानिसको भित्री द्वन्द्व, स्वार्थ, मोह र परिवर्तनशील सोचलाई लेखकले गहिरो रूपमा चित्रण गरेका छन्। अन्य पात्रहरू पनि समाजका फरक वर्ग र मानसिकताको प्रतिनिधित्व गर्छन् ।


३. युवालाई चेतना दिने सन्देशः

उपन्यासले नयाँ पुस्तालाई देश, समाज र नैतिकताको महत्व बुझ्न प्रेरणा दिन्छ। स्वार्थभन्दा माथि उठेर देश र मानवताका लागि सोच्न आग्रह गर्छ ।


४. प्रभावशाली भाषा र शैलीः

गङ्गाप्रसाद भेटवालको लेखनशैली सरल, व्यावहारिक र भावनात्मक छ। प्रतीकात्मक शैलीमार्फत गहिरा सन्देश दिनु उपन्यासको विशेषता हो ।


५. आत्मपरीक्षण गर्ने अवसरः

पुस्तक पढ्दा पाठकले आफूले बोकेको सामाजिक भूमिकाबारे सोच्न थाल्छ –

“के म पनि केवल देखावटी जीवन बाँचिरहेको छु?“

“के म सत्यको पक्षमा छु, कि केवल मुखौटा लगाएर बाँचिरहेको छु?“


निष्कर्ष,ः “पर्दाभित्र...“ केवल कथा होइन, यो हाम्रो समाज र स्वभावको गहिरो अध्ययन हो ।

जो कोहीले आत्मबोध, सामाजिक चेतना र विचारको खारेज होइन, समृद्धि खोजिरहेका छन्, उनका लागि यो उपन्यास अनिवार्य पठन हो ।

 किन पढ्ने “पर्दाभित्र“ उपन्यास ?

१. ✅ नेपाली समाजको यथार्थ झल्काउने उत्कृष्ट कृति

गङ्गाप्रसाद भेटवालको “पर्दाभित्र“ उपन्यासले नेपाली समाजभित्र लुकेका स्वार्थ, पाखण्ड, नैतिक पतन र संवेदनहीनतालाई गहिरो रूपमा प्रस्तुत गर्छ। उपन्यासले देखाउँछ कि जसरी पर्दाको बाहिर सबथोक सुन्दर देखिन्छ, त्यस्तै समाज पनि बाहिर शिष्ट तर भित्र विग्रिएको छ ।


२. 🧠 पात्रहरूको गहिरो मनोविश्लेषण

उपन्यासमा बसन्ते, खनाल अंकल, ज्योतिषी बाबा आदि पात्रहरूका माध्यमबाट मानिसको आन्तरिक द्वन्द्व, भ्रम, र सामाजिक दबाबलाई प्रभावशाली ढंगले चित्रण गरिएको छ ।


३. 🌍 समाजप्रतिको दृष्टिकोण फराकिलो बनाउने

यो उपन्यासले पाठकलाई समाजप्रति केवल आलोचक होइन, उत्तरदायी नागरिक बन्न सिकाउँछ । समाजमा भएका अन्याय, दोहोरो मापदण्ड र ढोंगलाई चिर्दै पाठकलाई सोच्न बाध्य पार्छ ।


४. 💬 प्रभावशाली भाषा र साहित्यिक शैली

गङ्गाप्रसाद भेटवालको लेखनशैली सशक्त, सरल र भावपूर्ण छ। संवादहरू गहिरा छन्, वर्णनमा यथार्थ र प्रतीकात्मकता दुवै पाइन्छ।


५. 🔍 आफ्नै जीवनसँग तुलना गर्न प्रेरित गर्ने

“पर्दाभित्र..” पढ्दा पाठकले आफूभित्र पनि प्रश्न गर्न थाल्छ —

के म पनि समाजमा देखाउने अनुहार मात्र हुँ ?

के म सत्य, नैतिकता र न्यायप्रति इमानदार छु ?

यसले आत्मपरीक्षण गर्ने अवसर दिन्छ ।


६. 📚 गुणस्तरीय नेपाली साहित्यको अनुभव

यो उपन्यासले तपाईंलाई नेपाली साहित्यको गहिरो र विचारोत्तेजक पक्षसँग परिचित गराउँछ । अध्ययन गर्ने विद्यार्थी, साहित्यप्रेमी वा सामाजिक चासो राख्ने सबैका लागि यो एक अत्यावश्यक पठन हो । 


🗨️ निष्कर्षः, “पर्दाभित्र...“ उपन्यास पढ्नु भनेको केवल कथा पढ्नु होइन, समाज र आफूलाई ऐनामा हेर्नु हो।

पढ्नुहोस् — र बुझ्नुहोस्, तपाईं कुन पर्दाभित्र लुकेका हुनुहुन्छ ।


 “पर्दाभित्र...” उपन्यासबाट समाजलाई सन्देश

“पर्दाभित्र” उपन्यासले हाम्रो समाजको भित्री अवस्था र त्यसका विकृतिहरूलाई प्रस्टसँग देखाउँछ। बाहिरी चमक–धमक र भित्री वास्तविकताको फरकलाई उद्घाटित गर्दै, यो उपन्यास समाजलाई निम्न सन्देश दिन्छः


१. समाजमा देखिने दुईमुखीपन र ढोंगलाई चिनौं

हामी प्रायः मानिसहरूको बाहिरी व्यवहार र अनुहारमा मोहित हुन्छौं, तर उपन्यासले भन्छ– पर्दाभित्र के छ त्यो महत्त्वपूर्ण हुन्छ। समाजमा छुपेका स्वार्थ, भ्रष्टाचार, र नैतिक पतनलाई उजागर गर्नुपर्छ ।


२. सत्य र नैतिकताको महत्व बुझौं

अहंकार, लोभ, र स्वार्थले समाजलाई नष्ट गरिरहेको छ। हामी सबैले सत्यको पक्षमा उभिनु पर्छ र नैतिक मूल्यहरूको रक्षा गर्नुपर्छ ।


३. आत्म–परीक्षण गरौं

हामीले आफूलाई पनि जाँच्न आवश्यक छ—के हामी पनि “पर्दाभित्र” झैँ छुपेका असल मूल्यहरूलाई छोडेर बाहिरी दिखावटी जीवन बिताइरहेका छौं ?


४. देश र समाजप्रति उत्तरदायित्व बोध गरौं

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर, समाज र राष्ट्रको भलाइमा सोचौं। सामूहिक चेतना जगाएर भ्रष्टाचार र अन्याय विरुद्ध आवाज उठाउनुपर्छ ।


५. पारदर्शिता र इमानदारी अपनाऔं

समाजका सबै तहमा पारदर्शिता, इमानदारी र सहकार्य आवश्यक छ, जसले समाजलाई मजबुत र प्रगतिशील बनाउँछ ।

 “पर्दाभित्र...” उपन्यासको भाषा शैली

१. सरल र बोधगम्य भाषा

गङ्गाप्रसाद भेटवालले उपन्यास लेख्दा नेपाली भाषा निकै सरल, सहज र पाठकमैत्री प्रयोग गरेका छन्। जसले गर्दा उपन्यास सबै वर्गका पाठकले सजिलै बुझ्न र अनुभव गर्न सकून् ।


२. जीवन्त संवादहरू

उपन्यासमा पात्रहरूको संवाद यथार्थपरक र प्रवाहमान छन्। पात्रहरूको मनोभाव र सामाजिक परिवेश झल्किने गरी संवाद लेखिएको छ, जसले कथालाई जीवित बनाउँछ ।


३. प्रतीकात्मक र सांकेतिक अभिव्यक्ति

लेखकले कहिलेकाहीं प्रतीकात्मक शब्दावली र सांकेतिक शैली अपनाएर कथाको गहिराइ बढाएका छन्। यसले पाठकलाई सोच्न र विश्लेषण गर्न प्रोत्साहित गर्छ ।


४. सामाजिक र सांस्कृतिक शब्दावली

उपन्यासमा नेपाली समाजका विभिन्न क्षेत्रका शब्द, परम्परा, संस्कार र सामाजिक व्यवहार समेटिएका छन्। यसले स्थानियता र वास्तविकता थप विश्वसनीय बनाउँछ ।


५. भावनात्मक र मनोवैज्ञानिक अभिव्यक्ति

पात्रहरूको मनोवैज्ञानिक अवस्था र भावनालाई व्यक्त गर्न भाषा शैली निकै प्रभावशाली छ। पाठक पात्रसँग भावनात्मक रूपमा जोडिन सकून् भनेर शब्दहरूको चयन गरिएको छ ।


६. सुसंरचित वाक्य र अनुच्छेद

लेखकले वाक्य र अनुच्छेदलाई सुसंगत र बिन्यासपूर्ण बनाएका छन् जसले कथानकको प्रवाहलाई सहज र आकर्षक बनाउँछ । 

“पर्दाभित्र...” उपन्यासमा वर्गीय चिन्तन

गङ्गाप्रसाद भेटवालको “पर्दाभित्र” उपन्यासले नेपाली समाजमा प्रचलित वर्गीय भेदभाव, सामाजिक असमानता र जातीय मनोवृत्तिलाई गहिरो रूपमा चित्रण गरेको छ। उपन्यासका पात्रहरू र कथानकले समाजका विभिन्न वर्गका मानिसहरूको सोच, व्यवहार र सामाजिक संरचनामा रहेको अन्तरदृष्टिलाई स्पष्ट रूपमा देखाउँछ ।


१. सामाजिक वर्गको प्रभाव

उपन्यासमा केही पात्रहरू उच्च वर्ग र सम्पन्न समुदायका छन् भने केही पात्रहरू मध्यम वा निम्न वर्गका छन्। यी वर्गहरूबीचको सम्बन्ध, संघर्ष र द्वन्द्वलाई कथाले उजागर गरेको छ। सम्पन्न वर्गले आफ्नो शक्तिको प्रयोग गरी सामाजिक र आर्थिक रूपले कमजोर वर्गलाई दबाउन खोज्ने प्रवृत्ति उपन्यासमा देखिन्छ ।


२. जातीय र वर्गीय भेदभाव

“पर्दाभित्र” मा जातीय र वर्गीय भेदभावका धेरै उदाहरणहरू छन् जसले नेपाली समाजको वास्तविकता झल्काउँछ। उपन्यासले देखाउँछ कि कसरी व्यक्तिको जन्म, आर्थिक स्थिति र जातले उसको समाजमा स्थान निर्धारण गर्छ ।


३. स्वार्थ र सत्ताको केन्द्रबिन्दु

वर्गीय चिन्तनले गर्दा समाजमा स्वार्थ र सत्ता मात्र महत्वपूर्ण हुन्छन्। उच्च वर्गले आफ्नो स्वार्थ र प्रभाव बढाउनका लागि भ्रष्टाचार र अन्यायलाई स्वीकार्छन्। मध्यम र निम्न वर्गका पात्रहरू पनि कहिलेकाहीं आफ्नो हितका लागि वर्गीय मनोवृत्तिमा फसेका देखिन्छन् ।


४. बदलावको आवश्यकता

उपन्यासले वर्गीय चिन्तन र भेदभावलाई चुनौती दिन्छ र सामाजिक समानता र न्यायको पक्षमा सोच्न आग्रह गर्छ। पात्रहरू मार्फत समाजमा यस्ता पुराना सोचाइलाई परिवर्तन गर्नुपर्ने सन्देश दिइएको छ ।

 

“पर्दाभित्र...” उपन्यासको सामाजिक शास्त्रीय अध्ययन

परिचय

गङ्गाप्रसाद भेटवालको “पर्दाभित्र” नेपाली समाजको एउटा यथार्थपरक चित्रण हो, जसले समाजका विभिन्न तह र तहका मानवीय सम्बन्ध, सामाजिक संरचना, र संस्कृतिलाई उजागर गर्छ ।  यो उपन्यासलाई सामाजिक शास्त्रीय दृष्टिले अध्ययन गर्दा यसको गहिरो सामाजिक सन्देश, मानवीय मनोविज्ञान, र सांस्कृतिक पृष्ठभूमि स्पष्ट हुन्छ ।


१. समाजिक संरचना र वर्गीय विभाजन

उपन्यासमा नेपाली समाजको वर्गीय विभाजन स्पष्ट देखिन्छ। उच्च वर्ग, मध्यम वर्ग र निम्न वर्गका पात्रहरूको सम्बन्ध र द्वन्द्वले सामाजिक असमानताको वास्तविकता उजागर गर्छ। सामाजिक पद, सम्पत्ति र जातीय आधारमा भएको भेदभावले समाजलाई दुईध्रुवी बनाएको देखिन्छ ।


यसले पाठकलाई समाजमा व्याप्त वर्गीय असमानताको आलोचना गर्न प्रेरित गर्छ ।


२. पारिवारिक सम्बन्ध र सामाजिक दबाब

“पर्दाभित्र” मा परिवारका सदस्यहरू बीचको सम्बन्ध, विशेष गरी सामाजिक र पारिवारिक दबाबका कारण उत्पन्न मनोवैज्ञानिक तनावलाई देखाइएको छ। परिवारमा सामाजिक मान्यताले कसरी व्यक्तिगत स्वतन्त्रता र चाहनामा प्रतिबन्ध लगाउँछ भन्ने कुरा महत्वपूर्ण रूपमा उठाइएको छ ।


३. धर्म, संस्कार र सामाजिक रूढीवाद

उपन्यासले नेपाली समाजमा व्याप्त धर्म, संस्कार र रूढिवादी सोचलाई पनि उजागर गर्छ। केही पात्रहरू धर्म र परम्परालाई अन्ध विश्वासको रूपमा पालन गर्छन् भने केहीले यसलाई सामाजिक नियन्त्रणको उपकरणका रूपमा उपयोग गर्छन्। यसले समाजमा सुधार र प्रगतिमा बाधा पु¥याउँछ ।


४. मानव मनोविज्ञान र सामाजिक व्यवहार

पात्रहरूको आन्तरिक मनोविज्ञान र सामाजिक व्यवहारमा द्वन्द्व, स्वार्थ, मोह, र नैतिक पतनका चित्रणले मानिसको जटिल मनोवैज्ञानिक पक्षलाई देखाउँछ। समाजमा देखिने सतही व्यवहार र भित्री संवेदनशीलता बीचको द्वन्द्व उपन्यासको मुख्य थिम हो ।


५. सामाजिक परिवर्तन र चेतना

उपन्यासले पाठकलाई सामाजिक परिवर्तनको आवश्यकता र यसको मार्गप्रति सचेत बनाउँछ। जातीयता, वर्गीय भेदभाव र भ्रष्टाचार जस्ता विकृतिहरूलाई चुनौती दिनु नै समाज सुधारको पहिलो कदम हो भन्ने सन्देश दिन्छ ।

नेपाली उपन्यास लेखन परम्परामा “पर्दाभित्र...” उपन्यासको स्थान

परिचय

नेपाली साहित्यमा उपन्यासले समाजको झल्को देखाउने, मानव मनोविज्ञान उजागर गर्ने र सामाजिक परिवर्तनको माध्यम बन्ने महत्वपूर्ण भूमिका खेलेको छ। गङ्गाप्रसाद भेटवालको “पर्दाभित्र” उपन्यासले नेपाली उपन्यास परम्परामा नयाँ उचाइ र गहिराइ थपेको छ ।


१. समाजपरक उपन्यासको श्रेणीमा विशिष्ट स्थान

“पर्दाभित्र” उपन्यास समाजका दुईमुखी प्रवृत्ति, वर्गीय असमानता, र नैतिक पतनजस्ता यथार्थ विषयलाई प्रभावकारी रूपमा उठाउने उपन्यासको रूपमा परिचित छ। यसले नेपाली उपन्यासमा सामाजिक आलोचना गर्ने विधालाई बलियो बनाएको छ ।


२. मानव मनोविज्ञानको सूक्ष्म चित्रण

नेपालमा उपन्यासले प्रायः बाह्य घटनाक्रममा केन्द्रित हुने गर्दथ्यो, तर “पर्दाभित्र” ले पात्रहरूको आन्तरिक मनोविज्ञान र द्वन्द्वलाई सजीव रूपमा देखाएको छ। यसले उपन्यासलाई पाठकसँग भावनात्मक र बौद्धिक रूपमा जोड्ने काम गरेको छ ।


३. भाषा र शैलीमा नवीनता

गङ्गाप्रसाद भेटवालको लेखनशैली सरल, प्रवाहमान र सांकेतिक छ। यसले नेपाली उपन्यास लेखनमा भाषिक शुद्धता र शैलीगत सौन्दर्यलाई नयाँ ढङ्गले प्रस्तुत गरेको छ ।


४. आधुनिक नेपाली उपन्यासमा सन्देशमुखीता

“पर्दाभित्र” उपन्यासले आधुनिक नेपाली उपन्यासमा सामाजिक चेतना र परिवर्तनका मुद्दाहरूलाई केन्द्रमा राख्ने परम्परालाई मजबुत पारेको छ। यो उपन्यासले पाठकलाई सोच्न, आत्ममूल्यांकन गर्न र समाज सुधारमा सहभागी हुन प्रेरित गर्छ ।


५. साहित्यिक परिप्रेक्ष्यमा स्थान

“पर्दाभित्र” नेपाली साहित्यमा तीव्र सामाजिक यथार्थ र पात्रहरूको मनोवैज्ञानिक गहिराई समेट्ने आधुनिक उपन्यासहरूको उत्कृष्ट उदाहरण हो। यसले नेपाली उपन्यास परम्परामा एक महत्त्वपूर्ण अध्याय थपेको छ ।


निष्कर्ष

नेपाली उपन्यास लेखन परम्परामा गङ्गाप्रसाद भेटवालको “पर्दाभित्र...” उपन्यासले सामाजिक यथार्थ, मानव मनोविज्ञान र भाषिक सौन्दर्यलाई समेटेर विशिष्ट स्थान पाएको छ । यो उपन्यास नेपाली साहित्यमा समाज–आधारित उपन्यासको प्रवृत्तिलाई सशक्त बनाउने कृति हो ।


गङ्गाप्रसाद भेटवालको “पर्दाभित्र...” उपन्यासको समीक्षा गर्दा...

 “पर्दाभित्र...” उपन्यास — विस्तृत तथ्यहरूमा अध्ययन 

🔷 १. उपन्यासको परिचय

“पर्दाभित्र...” गङ्गाप्रसाद भेटवाल द्वारा लिखित एक चर्चित नेपाली सामाजिक यथार्थवादी उपन्यास हो। यो उपन्यासले व्यक्तिको बाहिरी व्यवहार र भित्री सत्यबीचको द्वन्द्वलाई गहिरो रूपमा प्रस्तुत गर्छ। ‘पर्दाभित्र’ भन्ने शीर्षकले नै संकेत गर्छ कि मानिसले देखाउने अनुहार र उसको वास्तविक स्वभावबीच ठूलो अन्तर हुन्छ ।


🔷 २. लेखकको जीवन र शैलीको प्रभाव

गङ्गाप्रसाद भेटवाल नेपाली साहित्यमा गहिरो सामाजिक चिन्तन गर्ने लेखकका रूपमा परिचित छन्। उनले समाजका पाखण्ड, भ्रष्टाचार, वर्गीय भेदभाव, धार्मिक अन्धविश्वास, र मानव स्वार्थलाई निर्भीकतापूर्वक लेखनमा उतारेका छन्।


उनको लेखनशैलीः


प्रतीकात्मक र सन्देशमुखी


सरल, तर गहिरो


पात्र–केन्द्रित मनोविश्लेषणमा आधारित


🔷 ३. कथावस्तु र मुख्य पात्रहरू

कथावस्तु मुख्यतः एउटा मध्यमवर्गीय परिवार वरिपरि घुमेको छ, जसमाः


बसन्ते (मुख्य पात्र) – चिन्तनशील, द्वन्द्वग्रस्त व्यक्ति


खनाल अंकल – समाजमा देखावटी आदर्श प्रस्तुत गर्ने पात्र


ज्योतिषी बाबा – अन्धविश्वासको प्रतिनिधित्व गर्ने


परिवार र छिमेकीहरू – विभिन्न वर्ग र सोचका प्रतिनिधि


विषयवस्तुः

समाजमा व्याप्त ढोंग


व्यक्तिको स्वार्थ


यथार्थ र देखावटीपनबीचको अन्तर


🔷 ४. सामाजिक यथार्थको चित्रण

“पर्दाभित्र” उपन्यासले नेपाली समाजमा व्याप्तः


दुईमुखी चरित्र


अन्धविश्वास र धार्मिक पाखण्ड


आर्थिक असमानता र वर्ग संघर्ष


नैतिक पतन र अवसरवादिता

जस्ता विषयलाई सशक्त रूपमा प्रस्तुत गर्छ।


🔷 ५. उपन्यासको भाषा र शैली

भाषा सरल, स्पष्ट र प्रभावशाली छ।


शैली प्रतीकात्मक छ—“पर्दा” शब्दले भित्र लुकेको वास्तविकता दर्शाउँछ।


संवादहरू यथार्थपरक र पात्रअनुसार फरक छन्।


लेखकले उपमा, रूपक र संकेतको राम्रो प्रयोग गरेका छन्।


🔷 ६. मनोवैज्ञानिक विश्लेषण

पात्रहरू विशेष गरी बसन्ते को मनोदशा गहिरो रूपमा वर्णन गरिएको छ।


ऊभित्र द्वन्द्व छ – ‘म के हुँ? समाज के देख्छ?’


ऊ बाह्यरूपमा संयमी देखिए पनि भित्र गहिरो आलोचक छ।


आत्मपरीक्षण र समाजप्रतिको निराशाले उसको चरित्रलाई गहिरो बनाएको छ।


🔷 ७. पात्रहरूको वर्गीय स्थिति र सामाजिक भूमिका

खनाल अंकल – उच्च वर्गको पाखण्डी प्रतिनिधि


बसन्ते – सचेत मध्यम वर्ग


अन्य पात्रहरू – अन्धअनुयायी, मौन समाज


उपन्यासमा वर्गीय भेद र त्यसको सामाजिक प्रभाव पनि देखिन्छ। उच्च वर्गको प्रभुत्व र निम्न वर्गको मौनता दुवैलाई आलोचना गरिएको छ।


🔷 ८. स्त्री पात्रहरूको स्थान

यद्यपि उपन्यासको मुख्य केन्द्र पुरुष पात्रहरू हुन्, स्त्री पात्रहरू पनि समाजको भोगाइलाई देखाउने माध्यम बनेका छन्ः


उनीहरूमा स्वतन्त्र निर्णय लिने अवसर कम छ।


पारिवारिक, धार्मिक र सामाजिक संरचनाले बाँधिएका छन्।


🔷 ९. साहित्यिक मूल्य

सामाजिक चेतना जागृत गर्ने


नेपाली यथार्थता प्रस्तुत गर्ने


आधुनिक उपन्यासको राम्रो उदाहरण


पाठकलाई आत्मपरीक्षण गराउने शक्ति भएको कृति


🔷 १०. उपन्यासको सन्देश

देखिने कुरा सधैं सत्य हुँदैन।


समाज परिवर्तनका लागि व्यक्तिको चेतना आवश्यक छ।


स्वार्थ, ढोंग र पाखण्डले समाजलाई बिगार्छ।


परिवर्तनको सुरुवात व्यक्तिको अन्तरबाट हुनुपर्छ।


🔷 ११. “पर्दाभित्र” को नेपाली उपन्यास परम्परामा स्थान

सामाजिक यथार्थ प्रस्तुत गर्ने परम्परा (मोतीराम, गुरुखाँ, पारिजात) को सशक्त उत्तराधिकारी


यथार्थवाद, मनोविश्लेषण र प्रतीकात्मकता तीनवटै पक्ष बलियो


पाठकलाई आलोचनात्मक सोचमा ल्याउने 


🔷 १२. निष्कर्ष

“पर्दाभित्र...” केवल उपन्यास होइन, यो नेपाली समाजको एउटा आलोचनात्मक ऐना हो। यसले पाठकलाई न केवल कथासँग बाँध्छ, तर सोच्न पनि बाध्य पार्छ—

“के हामी पनि पर्दाभित्र... लुकेका पात्र हौं ?”




Tuesday, July 8, 2025

पर्दाभित्र...बाट समाज नियाल्दा -रुबि सत्याल

 -रुबि सत्याल     

                                                                                   


भनिन्छ पुरानो कोट लगाउ नयाँ किताब पढ, किताब आफैंमा ज्ञानको भण्डार हो । धमिराले किताब धेरै खान्छ तर उ कहिल्यै बिद्वान हुँदैन । त्यस्तै समाजमा किताब धेरै पढेका पद र प्रतिष्ठा कमाएका मनुवाहरुको वास्तविक रहस्योद्घाटन गर्ने क्रममा साहित्यकार तथा कानुन ब्यवसायी गङ्गाप्रसाद भेटवालको उपन्यास पर्दाभित्र समाजका विकृति विसंङ्गति र समाजिक यथार्थतालाई चिरफार गर्दै लेखिएको उपन्यास हो ।

उपन्यासमा विभिन्न पात्रहरू मार्फत समाजको यथार्थ चित्रण गरिएको छ। आर्थिक र सामाजिक स्तर बृद्धिका लागि गाउँबाट शहर पसेका बसन्ते पात्रले शहरमा भोगेको तिता मिठा अनुभवलाई उपन्यासमा विभिन्न पात्रहरू मार्फत समाजको यथार्थ ऐना जस्तै छर्लङ्ग देखाउने प्रयास गरिएको छ । पण्डित बा कहाँ आएका विभिन्न पात्रहरू कोही कानुन व्यवसायी, कोही डाक्टर , कोही देशका उच्च पदस्त कर्मचारी लगायत अन्य पेशामा संलग्न व्यक्तिहरुको जीवन भोगाईलाई समेट्दै आफ्नो जिन्दगीको पर्दा भित्रका कालो कर्तुतलाई,अनैतिक कुकर्मलाई पर्दाले छोपेर समाजमा प्रतिष्ठित बन्न खोज्ने ढोंगीहरुको धुलिसात पार्न लेखकले अत्यंत सुक्ष्म रुपमा आफ्नो लेखन कौशल मार्फत सफल भएका छन्। मान्छेले आफ्नो लक्ष बिर्सेर धनको लालचमा गर्ने अनैतिक कार्यबाट मान्छे कसरी पीडित भएका छन् भन्ने कुरा पर्दा भित्र उपन्यासमा उपन्यासकारले चिरफार गर्ने काम गरेका छन् ।बसन्ते पात्रले शहरमा आएपछि यिनै अनुभूतिका आधारमा आफुलाई देशको सबल र सक्षम न्याय मूर्ति बनेर देश को सेवा गर्ने प्रण लिएको छ । एक सच्चा ईमान्दार मान्छे बन्न खोज्दाखोज्दै पनि आर्थिक अवस्थाले मानिस कसरी दलदलमा फस्दै जान्छ र जिन्दगीको उत्तरार्द्धमा कसरी पीडित बन्न पुग्छ अनि पापमोचनका लागि उस्ले के मात्रै गर्दैन र चैनको निन्द्रा प्राप्तिका लागि के मात्रै गर्दैन भन्ने कुरा उपन्यासका पात्रहरू मार्फत समाजको यथार्थ बुझ्न धेरै बेर लाग्दैन ।उपन्यास मध्ये पर्दाभित्र उपन्यास समाजको यथार्थ चित्रण गरिएको दस्तावेज भन्न सकिन्छ ।


उखान टुक्का लाई समय सन्दर्भ अनुसार जोडेर राख्नाले उपन्यास स्वादिलो बनेको छ । उपन्यासमा पुरुष पात्रले नारी पात्रलाई यौन शोषण गरेको र अनावश्यक रूपमा नाजायज सम्बन्ध राख्नाले आएका विभिन्न समस्यालाई उजागर गरेको छ । ज्ञानको ज्योती बाल्नु पर्ने शिक्षक जस्तो मर्यादित पेशामा संलग्न व्यक्तिले आफ्नै विद्यार्थी माथिको कुदृष्टि लगायत यौन शोषणको दर्दनाक कथाव्यथा,विद्यालय जस्तो ज्ञानमन्दिरमा रहेर गरिएका कुकृत्यलाई उजागर गरेको देखिन्छ । समाजका यस्ता नैतिकपतन भएका शिक्षक बाट हाम्रा बालबालिका माथिको भविष्य कसरी सुरक्षित रहन सक्ला भन्ने चिन्तालाई उपन्यासले स्पष्ट गरेको पाइन्छ । यसले पुरुष पात्र बलियो र महिला पात्र निरीह बनाइएको हो कि भन्ने भान पार्छ । महिलालाई यौन संग जोड्दै उनीहरू निरीह र पुरुषका खेलौना पो हुन् की जस्तो देखाउनाले के नारी कमजोर नै हुन् त भन्ने प्रश्न खडा हुन सक्छ । आजका नारी पुरुषका दास मात्र नभै आफैंमा आत्मनिर्भर र पुरुषसंग काँधमा काँध मिलाएर अगाडि बढ्दै स्वावलंबी बनेका उदारहण कहीं कतै उपन्यासमा राखेको भए अझै मिठास हुन्थ्यो कि जस्तो पनि नलाग्ने चाहिं होइन ।


गाउँका पुरुष पात्र विदेशिनु र महिला पात्रहरू चाहिं आफैलाई पढाउन आएका शिक्षक संग शारीरिक सम्बन्ध राख्नाले समाजमा विकृति विसंगति मौलाउँदै गएको हो कि भन्न सकिन्छ। महिलालाई आफ्नो खुशीको लागि प्रयोग गर्ने र उनीहरूको आँखा छलेर भिडियो बनाएपछि ब्लेक मेलिङ्ग गर्ने पैसा कमाउने नाउँमा उनीहरूको अस्मिता माथि धावा बोल्ने पुरुष पात्र को मानसिकता देखेर घृणा लाग्नु अस्वाभाविक होइन । समाजका दुर्बल पक्षलाई उजागार गर्दै गर्दा ज्वतिषले मान्छेको वर्ग अनुसार शुल्क लिने र कमजोर आर्थिक अवस्था भएकी महिलालाई कम शुल्कमा काम गरिदिनाले ज्वतिष को राम्रो पक्ष देखाउन खोजिए पनि गलत व्यक्ति अनि वर्गको सम्पूर्ण कर्तुत लुकाउने प्रयास गरिएको र उनीहरूकै समर्थनमा काम गरिदिएको देखिन्छ। के समाजमा धर्म संस्कृतिको जगेर्ना गर्ने गुरु पुरोहित हरुले पैसाकै लागि जघन्य अपराधलाई प्रोत्साहन त दिएका छैनन भन्ने प्रश्न उपन्यासकारले गरेका छन् ।

आफ्नै श्रीमती र आफ्नै सन्तानलाई आफैले जानाजान मार्ने अपराधी कसरी समाजमा पैसाकै आडमा खुलेआम हिँडेका छन् भन्ने कुरालाई मार्मिक रुपमा देखाइएको पाइन्छ, जुन गम्भीर विषय पनि हो । समाजको यथार्थ चित्रण लाई विभिन्न पात्रहरू मार्फत बाहिर ल्याउनु उपन्यासको सबल पक्ष मान्न सकिन्छ । मानिसले आफ्नो व्यावहार धान्नको लागि के गलत सम्बन्ध राख्नै पर्छ र ? प्रश्न गम्भीर छ , अझै महिला पात्र यसको विरुद्ध खरो रुपमा उत्रिएको नभेटिनुले महिलाहरु साँच्चैनै कमजोर पात्र नै हुन् त ? भन्ने कुरा अनुत्तरित छ । उनीहरू आफ्नो अस्तित्त्व जोगाउन सक्षम नभएका त होईनन् जस्तो उपन्यास पढ्दै जाँदा अनुभूति गर्न सकिन्छ । देशमा कानुन नै नभएको र उनीहरू आफ्नो रक्षार्थ नउभिएको हो कि वा समाज अझै पनि यही र यस्तै जंजाल छ कि ? भनेझैं उपन्यासको घटनाक्रम बाट बुझ्न सकिन्छ । पैसाका लागि समाजमा बलियो देखिने पुरुष पात्रले जस्तो पनि अपराध गर्न नहिचकिचाउने र कानुन आफ्नो हातमा लिएका अपराधीहरू हाम्रा वरिपरी ब्याप्त त छैनन् भन्ने आभाष दिलाउनु उपन्यासको अर्को पक्ष हो ।


समाज अझै पनि पुरुषवादी र महिला अझै पनि उत्पीडनमै बाँच्न बाध्य भएको तितो यथार्थ उपन्यासमा विभिन्न पात्रहरू मार्फत चित्रण गरिएको छ । उपन्यास पढिरहँदा यी पात्रहरू जीवन्त बनेर आँखा वरिपरि घुम्छन् । उपन्यासको मुख्य र बलियो पक्ष भन्नु नै पात्रहरू सशक्त र क्रियाशील हुनु हो । त्यहाँ पात्रहरू हाँस्छन्, रुन्छन्, आफ्नो गल्तीको प्रायश्चित गर्छन् यो उपन्यासको मुख्य सौंदर्य हों ।गाउँले अनि शहरी परिवेशमा उपन्यास घुमेको पाइन्छ । पात्रहरू विभिन्न जात धर्म र संस्कृतिको भएपनि आर्थिक रुपमा सम्पन्न हुन गलत सम्बन्ध राख्नै पर्छ र अपराधको बाटो खोज्दै हिँडेको तितो तर कटु यथार्थलाई उपन्यासमा प्रस्तुत गरिएको छ । कानूनको आँखामा धूलो छरेर आर्जन गरिएका अकुत सम्पतिलाई शुद्धिकरण गर्न पूजा पाठ गर्ने दान दक्षिणाले जघन्य अपराधलाई छोप्न अनि समाजमा फोस्रो रवाफ बढाउन प्रोत्साहन दिने ढोंगी संस्कार संस्कृति माथी व्यङ्ग्य गर्नु उपन्यासको अर्को सबल पक्ष हो ।


उपन्यासमा एक पछि अर्को घटना क्रम ले उपन्यास रोचक बनेको छ । घटना क्रमको बर्णन गर्दै जाँदा पात्रहरू धेरै देखिन्छन् र मुख्य पात्र ओझेलमा परेको हो कि जस्तो पनि लाग्छ । समग्रमा भन्नुपर्दा उपन्यास समाजको सामाजिक ,आर्थिक, राजनैतिक, भौगोलिक, संस्कार संस्कृति , विकृति विसंगती को यथार्थ चित्रण गरिएको शसक्त उपन्यासको रुपमा आएको देखिन्छ । गाउँबाट विभिन्न पात्रहरू शहर आएका र नैतिकवान पात्रहरू सम्पति आर्जन गर्न कसरी अनैतिक कार्य गर्न बाध्य छन् र जिन्दगीको उत्तरार्द्धमा कसरी आत्मग्लानि गर्न पुगेका छन् भन्ने बोध गर्न सकिन्छ। प्रेम जस्तो पवित्र भावलाई शारीरिक सुख मात्र ठानेर गलत सम्बन्ध राख्दै त्यसैलाई पैसा कमाउने भाडो बनाउने गलत प्रवृत्तिको चिरफार गर्नु उपन्यासको दरिलो पक्ष हो।


उपन्यासको शीर्षक अनुरूप मान्छेले पर्दाभित्र गर्ने अनैतिक कुकृत्यको पर्दाफास गर्नुले पनि उपन्यासको शीर्षक सार्थक बनेको छ ।देश प्रेमले ओतप्रोत देखिएका उपन्यासकारले समाजको विकृति र विसंगतिमाथी औला उठाएका छन् ।

सामाज कतातिर जाँदैछ र हामीले आफ्नो तर्फबाट कस्तो योगदान दिनु पर्छ भन्ने चेत प्रचुर मात्रामा उपन्यासमा देख्न सकिन्छ । देश विकासका निम्ति निर्वाचन जितेर गएका व्यक्तिले आफ्नो निहित स्वार्थको निम्ति देशलाई कसरी खोक्रो पार्न धमिरा बनेर पसेका छन् र ती गलत व्यक्ति को हातबाट भएको कुकृत्यलाई उपन्यासकारले पर्दाफास गर्दै चिरफार गर्न सफल भएका छन् ।अबको समय सक्षम युवा पुस्तालाई देशको सम्पूर्ण जिम्मेवारी सुम्पेर देशको आर्थिक सामाजिक राजनीति क्षेत्रमा आमूल परिवर्तन ल्याउनु पर्ने टड्कारो आवश्यकतालाई सुन्दर रुपमा प्रस्तुत गरिनु अर्को सवल पक्ष रहेको छ । केही काल्पनिक पात्र र केही यथार्थ पात्रलाई काव्यि रङ्गमा सिंगारिएको उपन्यासमा बौद्धिक र काल्पनिकताको सङ्गम बन्न सक्षम भएको छ । उपन्यास पर्दाभित्र सामाजिक विकृति विसंगतिको दस्तावेज बन्न सफल उपन्यास हों । ( source २०८० फाल्गुन १२)

    full Novel Audio Pardabhitra... By Ganga Prasad Bhetwal. पर्दाभित्र... उपन्यास

                                            


९७ औं स्रष्टा पदयात्रा २०८२ भाद्र ७ गते शनिवार कार्यक्रम डाँछी, भद्रवास, आलापोट

  ९७ औं स्रष्टा पदयात्रा २०८२ भाद्र ७ गते शनिवार डाँछी ९यस ठाउँमा जानको लागि चाबेलबाट बसको सुविधा छ, यो स्थान साँखु जाने बाटोमा पर्छ०मा सो द...