Tuesday, May 14, 2024

गोपाल अश्कद्वारा लिखित कालो गुलाफ शीर्षकको कथा सङ्ग्रह बजारमा

 


साहित्यकार गोपाल अश्कद्वारा लिखित कालो गुलाफ   शीर्षकको कथा सङ्ग्रह बजारमा आएको छ । यो सङ्ग्रहलाई ओरिएन्टल पब्लिकेसन हाउसले बजारमा ल्याएको र प्रथम पटक २०८० सालमा प्रकाशनमा आएको हो ।  प्रस्तुत कृतिको बजार मूल्य ४०० कायम गरिएको छ । कृतिमा भूमिका चर्चित साहित्यकार समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतमले लेख्नुभएको छ, तत्पश्चात स्रष्टाको आफ्ना कुराहरू र प्रकाशकीय रहेको छ ।  यो कृतिले १५ वटा कथाहरूलाई समेटेर पाठकको बीचमा उपस्थित भएको छ । पहिलो कथा कालो गुलाफ रहेको छ । कथाका अन्य शीर्षकहरूमा एउटा लेखकको आत्मकथा, प्रेमको मृत्यु, सम्पादक नचिताएको कुरा, डा. दिलवार दिल,  मत्स्यगन्धा, वेदनाको फूल, पलायन, बुबा ! हजुरबा खोइ ? भैया !, अनुँगूज, अन्तर्संवाद, जन्मकुण्डली र आजभोलि रहेका छन् । पहिलो कथाको नामबाट समग्र कथासङ्ग्रहले कृतिको नाम धारण गरेको छ । कृतिको कभर पेजको अन्तिम खण्डमा गोपाल अश्क, जो कालो गुलाफका सर्जक हुनुहुन्छ उहाँको संक्षिप्त परिचय उल्लिखित छ साथै प्रा. डा. दयाराम श्रेष्ठ र प्रा. राजेन्द्र सुवेदीको केही भनाइ उल्लेख भएको छ ।समग्रमा कालो गुलाफ   कथा सङ्ग्रह नेपाली साहित्यका पाठकका नजरले र आम पाठकका नजरले आश्वद्य बनेको देखिन्छ । यहाँहरूले पनि यो कृति अध्ययन गरी रसास्वादन गर्न सक्नुहुनेछ  ।......लिङ्कमा पर्दाभित्र उपन्यास छ सुन्न नभुल्नुहोला  !



No comments:

Post a Comment

९७ औं स्रष्टा पदयात्रा २०८२ भाद्र ७ गते शनिवार कार्यक्रम डाँछी, भद्रवास, आलापोट

  ९७ औं स्रष्टा पदयात्रा २०८२ भाद्र ७ गते शनिवार डाँछी ९यस ठाउँमा जानको लागि चाबेलबाट बसको सुविधा छ, यो स्थान साँखु जाने बाटोमा पर्छ०मा सो द...