भेट्नुपर्छ ! (कविता )
सायद भेट्नुको द्वैध अर्थमा
कहाँ गएर बुझिन्छ शरीर स्वार्थ
म जान्दिन शब्दको जालझेल
सोझो अर्थमा केही दिनु छ
परिचय आदानप्रदान
भलाकुसारी र शुभकामना
भेट्नुको अर्थ केही लिनु हुन्छ र !
के छ हामीसंग जो स्वइच्छाले दिन सकिन्छ
के छ हाँसीखुशी सहजै दिन सकिने
सायद !आत्मीयता आफ्नोपन
सम्बन्धको पर्खालमा बाँधिएका हामी
स्वच्छन्द आफ्नै स्वतन्त्रता
उपभोग गर्न सक्छौ र ?
अहँ ! म देख्दिन
अनि आफैंभित्र दोहोरो अर्थबोधमा
शसङ्कित हुनुको मतलब
अविश्वास, घात वा डर छ
म बुझ्दिन भेट्नुपर्छको मतलब !
भेट्नु र भेट्न खोज्नुमा
कुनै स्वार्थ नै हुनुपर्छ भन्ने छ र ?
जीवनका कुनै दिन र पलमा
मित्रताको दुरी घटाउन पनि
भेटिन्छन् अनजान मान्छे !
🖉 बद्रीप्रसाद ढकाल
No comments:
Post a Comment