Monday, May 27, 2024

"सुसेलि" गणतन्त्र यो" - सुमित्रा श्रेष्ठ

 "सुसेलि" गणतन्त्र यो"



१)"हामी सबैको
त्यागले आएको हो
गणतन्त्र यो।
२)हाम्रो चाहना
जनताको सासन
सुभकामना
३) जनजनमा
खुल्नु पर्छ चेतना
हाम्रो मनमा
४) देसै उध्रीए
सिउने टाल्ने गर्दथे
नेता सुध्रीए
5) दुखै बढेको
झै झगडा के हेर्नु
आफै लडेको
6) बन्छ जुटेमा
अरुले दाउमार्छ
भाइ फुटेमा
7)हुन्न लौ हेर
समय खेरा गयो
कुरा काटेर
8)धामी बोक्सी झै
चोर औलो तेर्साए
आफू आफुमै ।
सुमित्रा श्रेष्ठ
तल लिङ्कमा सिर्जनाको चौतारीको लिङ्क छ च्यानल सब्स्क्राइव गर्नु ल ।





अनि केही नेपाली उपन्यासका अडियो नि छन् सुन्न नभुल्नु होला ।



Like
Comment
Share

No comments:

Post a Comment

स्रष्टा पदयात्रा नेपाल - कार्यक्रम सम्पन्न - शीतल गिरी

स्रष्टा पदयात्रा नेपालले २०८३।०१।१३ गते भैरव स्मृति भवन,नयाँ वस्ती गोकर्णेश्वर नपा, जोरपाटीमा वार्षिकोत्सव २०८३ तथा पुस्तक लोकार्पण कार्यक्र...