Friday, May 23, 2025

चार पुस्ताले गरे अभ्युदयको लोकार्पण - कवि सुमन थापा सङ्गम

                                            



चार पुस्ताले गरे अभ्युदयको लोकार्पण

काठमाडौं । कवि सुमन थापा सङ्गमको कविता सङ्ग्रह अभ्युदय लोकार्पित भएको छ। राजधानीमा आयोजित एक कार्यक्रममा कविका ८४ वर्षका पितासहित छोरी र नातिनातिनीहरूसमेतले उक्त कृतिको लोकार्पण गरे । अभ्युदयकी कवि सङ्गम आफैैले सञ्चालन गरेको उक्त कार्यक्रममा आफ्ना चार पुस्तालाई संगै राखेर साहित्यका केही प्रतिनिधीमूलक महानुभावहरूको समुपस्थितिमा कृति सार्वजनिक गर्न पाएकोमा आफ्नो लागि खुशी मिलेको बताइन् । यो भन्दा खुशी मेरो लागि के छ र उनले भनिन्।

चर्चित कवि र साहित्यकारहरूको उपस्थितिमा भएको उक्त कार्यक्रममा डा.शेखर कुमार श्रेष्ठले कृति माथि चर्चा गरेका थिए । श्रेष्ठले अभ्युदयमा प्रेम विषयका कविताहरू बढी भएको बताए । उनले भने प्रेमका अनेकानेक आयाम बाबुआमा प्रतिको प्रेम, प्रेमीप्रेमिकाको प्रेम, देशप्रेम,पशु र प्राकृतिक चिजवस्तुहरू माथिको प्रेम कविताहरूमा छरिएका छन् । कविका कविताहरूमा उनका मनका पीडाहरू आएका छन् भन्दै डा.श्रेष्ठले कविताहरू स्वच्छन्दवाद,नीजात्मक,आशा र निराशाहरू पोखिएका प्रतिकात्मक चेतका भएको आफूले पाएको बताए । उनले अगाडि भने सुन्दर र मिहिन ढंगले कवितले प्रतिक र बिम्बहरु खेलाउनुभएको छ । सुख दुख अभिव्यक्तिको माध्यम कवितालाई बनाएर कविता लेख्नुभएको छ । कविता मनदेखि पढ्यो भने पाठकलाई भावुक बनाउँछ । यसअघि कवि सङ्गमकी छोरी समीक्षा के.सी.ले उपस्थित सबैलाई स्वागत गर्दै भनिन्- ममिको खुशी शेयर गर्न उपस्थित हुनुभएका सबै आदरणीयजनहरूप्रति हार्दिक आभारी छु । सबैको माया,साथ र सहयोग पाइरहेकोमा खुशी व्यक्त गर्दछु । अनौपचारिक रूपमा गरिएको उक्त कार्यक्रममा कवि श्रीबाबु कार्की, रमी प्रिया, विश्व सिग्देल र प्रोल्लास सिन्धुलीयले अभ्युदयभित्रका कविताहरू वाचन गरे । कवि सङ्गमले आफ्ना केही थान कविता सुनाएर कार्यक्रमको समापन गरिन् । यस अघि उनका माइतीघरको फूल(कवितासङ्ग्रह) र प्रेमको आदिम गीत (संयुक्त कवितासङ्ग्रह) प्रकाशित भैसकेका छन् । कवि थापाले नेपाली साहित्यका विविध विधामा कलम चलाएको देखिन्छ । साथै उनका रचनामा राष्ट्रीय र अन्तराष्ट्रीय अनुभवसमेतका विषय आएका छन् ।








No comments:

Post a Comment

९७ औं स्रष्टा पदयात्रा २०८२ भाद्र ७ गते शनिवार कार्यक्रम डाँछी, भद्रवास, आलापोट

  ९७ औं स्रष्टा पदयात्रा २०८२ भाद्र ७ गते शनिवार डाँछी ९यस ठाउँमा जानको लागि चाबेलबाट बसको सुविधा छ, यो स्थान साँखु जाने बाटोमा पर्छ०मा सो द...