Saturday, August 16, 2025

९७ औं स्रष्टा पदयात्रा २०८२ भाद्र ७ गते शनिवार कार्यक्रम डाँछी, भद्रवास, आलापोट

 


९७ औं स्रष्टा पदयात्रा २०८२ भाद्र ७ गते शनिवार डाँछी ९यस ठाउँमा जानको लागि चाबेलबाट बसको सुविधा छ, यो स्थान साँखु जाने बाटोमा पर्छ०मा सो दिन बिहान ९। बजे आइपुग्न अनुरोध छ । यस यात्राका संयोजक वासुदेव पौड्याल हुनुहुन्छ । स्रष्टा पदयात्राले तोकेको पोसाक लगाएर यात्रामा सहभागी हुने गरौं । खानाको ब्यावस्थापन यात्रा सम्योजकको तर्फबाट हुने भएको हुदा, पानी र हल्का खाजा मात्र पदयात्रीले बोकेर सहभागी हुन सकिन्छ, बासुदेव पौडेलको फोन ९८४१५२१९६४, धन्यवाद ।

पहिलो रचनावाचन कार्यक्रम वडा नं। ४, डाँछीमा

संयोजक— डा।यादेवी ढकाल

सहभागी— १। शीतल गिरी, २। मन्दिरा मधुश्री, ३। घनश्याम प्रसाई, ४। एनबी जनकपुरी, ५। वीमल अर्याल, ६। संजय सोती, ७। खुश्बू रिजाल, ८। आल्फिफोहेन फाक्लुप्पा, ९। प्रतीक घिमिरे ।  

दोस्रो रचनावाचन कार्यक्रम भद्रवास रेडक्रस भवन

संयोजक— शोभा पोखरेल


सहभागी— १। शारदा पराजुली, २। परशुराम पराशर, ३। नवराज रिजाल, ४। डा।बालचन्द्र मिश्र, ५। वासुदेव पौडेल, ६। चिरञ्जिवी नेपाल ।  

तेस्रो रचना वाचन आलापोट

संयोजक— बासुदेव ठकुरी

सहभागी— १। एञ्जल निलु, २। हरिबोल काफ्ले, ३। डिल्लीराज अर्याल, ४। शोभा पोखरेल, ५। गंगाप्रसाद भेटवाल, ६। दुर्गा भवानी भट्ट, ७। शम्भु गजुरेल, ८। राजन पुडासैनी, 

चौथो रचनावाचन कार्यक्रम आलापोट फुयाल चौरको कागेश्वरी पुस्तकालय

संयोजक दुर्गाभवानी भट्ट

सहभागी— १। तारा लामा, २। रुवी सत्याल, ३। जयराम बिडारी, ४। शुभाष ढुंगेल, ५। अप्सरा ढकाल, ६। वासुदेव ठकुरी, ७। डा।यादेवी ढकाल, ८। बुद्धिसागर पौड्याल,

















Friday, August 1, 2025

कीर्तिशेष व्यक्तित्व साहित्यकार विजय चालिसेको द्वैमासिक तिथिको पुण्य अवसरमा स्मृति तथा सम्मानसहितको श्रद्धाञ्जलि सभा सम्पन्न

 



नेपाली साहित्यका कीर्तिशेष व्यक्तित्व साहित्यकार विजय चालिसेले यस धरातलबाट विदा लिएको द्वैमासिक तिथिको पुण्य अवसरमा स्मृति तथा सम्मानसहितको श्रद्धाञ्जलि सभा सम्पन्न भएको छ ।

( old memory - Ram Kumar Pande र Raja ram poudel ले पाए भैरव गुठी पुरस्कार -2077 जानकारी दिदै - Bijaya Chalise .)


अमर साहित्यकार विजय चालिसेलाई स्मरण गर्दै प्रमुख अतिथि लगायत सम्पूर्ण अतिथिगणले उनको तस्बिरमा माल्यापर्ण गरेर मौनधारण सहितको भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गरिएको थियो ।  ।

                                                                            old memory 

प्रा.डा. हेमनाथ पौडेलको सभा अध्यक्षतामा काठमाडौंको कपनस्थित साहित्य सदनको सभाहलमा आयोजित सो स्मृतिसभा साहित्य सदन नेपालको संयोजनमा २१ वटा शैक्षिक संस्थाहरूद्वारा आयोजना गरिएको हो ।  

प्रमुख अतिथि रमेश विकल साहित्य प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरे रहेको उक्त स्मृति तथा सम्मान कार्यक्रममा विशेष अतिथि गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दिपक रिसाल रहेका थिए भने अतिथिको रूपमा वरिष्ठ कलाकार एवम् नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति के।के। कर्माचार्य लगायत स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो । हलमा विजय चालिसेको सबैले सम्झना गर्दै उहाको योगदानबारे मन्थन गरेका थिए । 


द्रष्टा दुष्टिमा स्रष्टा विजय चालिसेका सम्पादक ठाकुर शर्माद्वारा निकै नै भावुक मुद्रामा साहित्यकार चालिसेको अतीतदेखि अन्तिम कीर्ति ‘युगसन्धी’ उपन्याससम्मको यात्रा विवेचना प्रस्तुत गरी कार्यक्रम अगाडि बढाइएको थियो ।  


श्रद्धाञ्जलि सहितको स्मृति सभामा सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेल, कवि तथा साहित्यकार गोविन्द घिमिरे ‘वेदमणि’, पोषण–तीथै सदनकी महासचिव रञ्जु पाण्डेले चालिसेको अतीतलाई स्मरण गर्दै श्रद्धाभावका कविता सहितको धारणा व्यक्त गरेका थिए ।



पुत्र आलोक चालिसेले पिताका कीर्ति र कृतिले पुस्तेनी पहिचान दिलाएको र पिताको शेष रहेको इच्छालाई परिपूर्ति गर्न भावी सन्तति समेत लागिपर्ने धारणा व्यक्त गरेका छन् । साहित्य सदनका सचिव प्रल्हाद पोखरेलद्वारा सञ्चालित सो कार्यक्रममा वरिष्ठ साहित्यकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।







९७ औं स्रष्टा पदयात्रा २०८२ भाद्र ७ गते शनिवार कार्यक्रम डाँछी, भद्रवास, आलापोट

  ९७ औं स्रष्टा पदयात्रा २०८२ भाद्र ७ गते शनिवार डाँछी ९यस ठाउँमा जानको लागि चाबेलबाट बसको सुविधा छ, यो स्थान साँखु जाने बाटोमा पर्छ०मा सो द...