Tuesday, January 20, 2026

तादीको सुसाइ र दुप्चेश्वरको मौन सानिध्य - एक आध्यात्मिक पदयात्रा - रुवि सत्याल 2082.10.07

तादीको सुसाइ र दुप्चेश्वरको मौन सानिध्य एक आध्यात्मिक पदयात्रा पुसको ठिही, बिहानीको कुहिरो र निद्राको तन्द्राबीच एउटा नाम मनमा गुन्जिरहेछ— दुप्चेश्वर । यो केवल एउटा स्थानको नाम होइन, यो त एउटा विश्वास हो, एउटा समर्पण हो । पुसको जाडोमा जब सिरकको न्यानोपनभन्दा महादेवको दर्शनको तिर्सना गाढा हुन्छ, तब बुझ्नुपर्छ— यात्राको साइत ईश्वरीय सत्ताले नै जुराएको छ । पुसको जाडो निद्रा त्यही पुग्नु छ दुप्चेश्वर, प्राण प्रिय सबैका स्वामी हे प्यारा महेश्वर। पूर्णमा पूर्ण सम्पूर्ण तिमी बस यो मनमा, अधम छु अञ्जान छु कल्याण गर हे परमेश्वर ।। यो यात्राको संकल्प गर्दै गर्दा मलाई सय वर्ष पुगेकी मेरी दिवंगत हजुरआमाको याद आयो । उहाँ भन्नुहुन्थ्यो— ूमहादेव त भोला हुन् बाबै, भक्तको पुकार छिटो सुन्छन् । उनी अर्धनारीश्वर हुन्, त्यसैले नारीको हृदयको व्यथा उनले झन् छिटो बुझ्छन् । मैले बालसुलभ जिज्ञासा राखेकी थिएँ— ूहजुरआमा, के मेरो पुकार पनि सुन्नुहुन्छ त ? म त न सती हुँ, न गंगा न त पार्वती π उहाँले मलाई ममतामयी छातीमा टाँसेर भन्नुभएको थियो— मन चंगा भए लोटामा गंगा नानी π ईश्वर बाहिर होइन, तिम्रो पवित्र कर्म र असल कृतिमा बाँच्छन् । आज त्यही आशिषको प्रसाद बोकेर म दुप्चेश्वरतर्फ पाइला चाल्दै छु । जीवन कति अनौठो छ π केही वर्षअगाडि मैले पुरु लम्सालको नाटक ुनौगेडीमा एक महिनासम्म सर्वनाम थिएटरको मञ्चमा अभिनय गरेकी थिएँ । एउटी प्रौढ महिलाको भूमिकामा मैले संवाद बोल्नुपथ्र्यो— दुप्चेश्वर महादेवको दर्शन गरे मनोकांक्षा पूरा हुन्छ, सन्तान नहुनेलाई सन्तान सुख मिल्छ । त्यतिबेला मलाई दुप्चेश्वरको भूगोल थाहा थिएन, न त ती महादेवको साक्षात् स्वरूपको ज्ञान नै थियो तर, हरेक दिन मञ्चमा ती महादेवको नाम लिँदा–लिँदै मेरो अवचेतन मनमा एउटा सम्बन्ध स्थापना भइसकेको रहेछ । आज ुस्रष्टा पदयात्राको १०१औँ शृङ्खलाले मलाई त्यही नाटकको पात्रबाट वास्तविक भक्त र नियात्राकारको भूमिकामा उभ्याइदिएको छ । वि.सं. २०८२ पुस ५ गतेको त्यो बिहानी, मेरो लागि एउटा आध्यात्मिक जागरणको बिहानी थियो । बिहानको ६ः३० बजे, टोखाको मोडमा ४९ जना स्रष्टाहरूको एउटा टोली जम्मा भयौँ । झोरको बाटो हुँदै गाडी अगाडि बढ्दै गर्दा शिवपुरीको काखले हामीलाई स्वागत ग¥यो । बाटोमा थानाभञ्ज्याङ, गुरुङ गाउँ, काफलडाँडा र छहरेका बस्तीहरू बिस्तारै पछाडि छुट्दै गए । लिखु र तादी नदीको तिरैतिर अगाडि बढ्दै गर्दा पहाडका तरेलीहरूले मानौँ प्रकृतिको एउटा महाकाव्य लेखिरहेका थिए । यद्यपि यो ुपदयात्रा थियो, तर दूरी र समयका कारण हामी बसयात्रामा थियौँ तर, त्यो बस कुनै मेसिन मात्र थिएन, त्यो त एउटा गुड्ने पाठशाला जस्तो भएको थियो । स्रष्टा पदयात्राका अध्यक्ष शीतल गिरीको ुवसन्त र म शीर्षकको कविताबाट सुरु भएको रचना वाचनको शृङ्खलाले बसभित्रको वातावरणलाई नै काव्यमय बनाइदियो । मन्दिरा मधुश्रीका गजल, वसन्त रिजालका कविता, विजया बस्नेतको चाहन्छु मुक्ति आमाु जस्ता सिर्जनाहरूले बाहिरको चिसो हावालाई पनि न्यानो बनाइदिए । यसपछि पालै पालो गरी २. मन्दिरा मधुश्री–गजल, ३ वसन्त रिजाल–कविता ४.विजया बस्नेत–चाहन्छु मुक्ति आामा दिक्पाल ५.परशुराम पराशर–आमा सुत्नुभयो–शार्दूल ६. एञ्जल निलू एउटा मुक्तक र एउटा गीत मैथिलीमा ,७. संजय सोती आजको कविता गद्यकविता, ८. डा. सावित्री अनुहारपछाडिको अनुहारू–गद्यकविता ९. वासुदेव पौड्याल–दुप्चेश्वर महिमाू–शार्दूल १०. हरिबोल काफ्ले–टुप्पोमा फल्नेहरूलाईू । बसका चालक र सहचालकले पनि ठूलो ध्यान दिएर हाम्रा कविता सुनिरहनुभएको थियो । साहित्यको शक्ति यही त हो— यसले दरबार र झुपडी, विद्वान् र श्रमजिवी सबैलाई एउटै भावधारामा ल्याएर मिसाइदिन्छ । तादी ९ सूर्यमती०स् कञ्चन प्रवाह र मनको शुद्धता भित्र हामी लहरिँदै थियौ । जब हामी दुप्चेश्वरको आधार शिविर अर्थात् तादी नदीको किनारमा पुग्यौँ, तब एउटा अलौकिक शान्ति महसुस भयो । काठमाडौँको पशुपति क्षेत्रमा बग्ने बागमतीको प्रदूषित स्वरूप देखेकी मलाई तादीको त्यो कञ्चन र निर्मल प्रवाह देख्दा आँखा नै शितल भए । सूर्यकुण्डबाट बहँदै आएकी यी सूर्यमती ९ तादी आफैँमा एउटा तीर्थ हुन् । महादेवको शिरमा जलधारा बनेर बग्ने यी नदीको आवाजमा एउटा संगीत छ । मैले तादीको जलले हातमुख धोएँ, मानौँ मेरो काठमाडौँको कोलाहल र मानसिक क्लेश त्यही जलले पखालिदियो । त्यहाँ उभिएर हेर्दा देखिने अग्लो चट्टान, जुन एउटा घोप्टिएको डालो जस्तो देखिन्छ, त्यहीँभित्र लुकेका छन्— दुप्चेश्वर महादेव । ३५० खुड्किला र प्राकृतिक ुथेरापीु झै लाग्यो मलाई दुप्चेश्वरको भूगोल । नदी किनारबाट मन्दिर पुग्न करिब ३५० खुड्किला उक्लनुपर्ने रहेछ । ३०० मिटरको त्यो ठाडो उचाइमा रेलिङ समाउँदै हामी सुस्त–सुस्त उक्लियौँ । बाटोमा नाग देवता र गणेशजीको दर्शन गर्दै अगाडि बढ्दा एउटा अनौठो ठाउँ आइपुग्यो । एउटा विशाल ढुङ्गाको साँगुरो काप, जहाँबाट निहुरिएर छिर्नुपर्ने रहेछ । स्थानीय मान्यता छ कि त्यहाँबाट छिर्दा ढाड र कम्मरको दुखाइ निको हुन्छ । वैज्ञानिक रूपमा हेर्दा पनि, त्यो साँगुरो ठाउँबाट विशेष मुद्रामा छिर्दा शरीरका नसाहरू तन्किने र ुअकुप्रेसरु हुने देखिन्छ । हाम्रो धर्म र संस्कृतिले स्वास्थ्यलाई कसरी प्रकृतिको काखमा जोडेको छ भन्ने यो एउटा उत्कृष्ट उदाहरण थियो । त्यही ढुङ्गाको कापबाट तप्प–तप्प पानी चुहिरहेको थियो— मानौँ पहाडले भक्तहरूका लागि अमृतको थोपा अर्पण गरिरहेको छ । दुप्चेश्वरको प्राकट्यस् किंवदन्ती र विश्वास अनौठो थियो । मन्दिरभित्र प्रवेश गर्दा मन चकित भयो । एउटा प्राकृतिक गुफा जस्तो संरचना, जहाँ कुनै सिमेन्ट वा डण्डीको प्रयोग नगरी प्रकृतिले आफैँलाई एउटा भव्य मन्दिरको रूपमा ढालेकी छिन् । चिल्लो प्राकृतिक शिलामा विराजमान महादेवको दर्शन गर्दा हृदयमा भक्तिको एउटा नयाँ लहर उत्पन्न भयो । पुजारीका अनुसार, यहाँको कथा निकै रोचक छ । धेरै वर्ष पहिले एक गोठालाको गाई हराएछ । सपनामा महादेवले दर्शन दिएर ुम यहीँ छुु भनेपछि खोज्दै जाँदा एउटा अनकन्टार पहरोभित्र गाईले आफ्नो कल्चौँडाबाट महादेवको शिलामा दूधको धारा बगाइरहेको भेटिइन् रे । मानिस छिर्नै नसक्ने त्यो पहरोभित्र गाई कसरी पुगिन् र फेरि क्षणभरमै कसरी गोठमा आइपुगिन् भन्ने कुरा अझै पनि एउटा ईश्वरीय चमत्कार मानिन्छ । यसैले सन्तान नभएकाहरू यहाँ आएर ुदुप्चेश्वरलाई दूध चढाउने र ईश्वरलाई पुकारेपछि सन्तान प्राप्ति हुने जनविश्वास छ । अर्को किम्बदन्ती अनुसार श्री कृष्ण भगवानले स्थापना गर्नु भएकोले गोपालेश्वर महादेव भनेर पनि चिनिन्छ भने अर्को किंवदन्ती अनुसार अश्विनी कुमारहरुले स्थापना गरिएको मानिन्छ । । जे भए पनि आजको प्राकट स्वरूप दुप्चेश्वर महादेवको नामले प्रसिद्ध रहेको छ । स्रष्टाहरूको सहभोजन र दम्पती परिचयमा लाग्यौं । हामी सष्ट्रा पदयात्रीको सह भोजनपछि पुन मन्दिरकै सत्सङ्ग हलमा कार्यक्रम गरियो । ‎दोस्रो रचनावाचन कार्यक्रम अन्तर्गत ‎संयोजक ध्रुवराज थापा पुरुष – सत्सङ्ग हलमा ‎सहभागी— १. खोलाघरे साहिलो, दाह्री कविता २. जयराम विडारी र रुवि सत्याल–युगलवाचन ३. प्रतीक घिमिरे,मुक्तकहरू,३ वासुदेव गुरागाई–ूदुप्चेश्वरको कविता–गद्यकविता ४ शारदा पराजुली ूदुप्चेश्वर दर्शन–लोकलय ५ शुकदेव उपाध्याय–हिन्दीमा शेरहरू ६. रता खत्री ूमेरा बाू गद्यकविता ७.राजन पुडासैनी–जीवन–गद्यकविता ८ अनिता कोइरालाू–भ्रमको पुलिन्दा–गद्यकविता पछिको समयमा ‎युग्म परिचय र धारणा पनि मन्दिरा मधु श्रीको संयोजकत्वमा सम्पन्न भएको थियो । जसमा– शीतल कमला गिरी, वसन्त–मीना रिजाल, परशुराम–शारदा पराजुली, राजन–सविना पुडासैनी,–सुवासचन्द्र ढुङ्गेल– अनिता कोइराला, ध्रुवराज थापा–शशी गौतम, शुकदेव उपाध्याय–इन्दिरा, विष्णुप्रसाद रुपाखेती–यशोदा पौडेल ,मन्दिरा मधुश्री–केशव पाण्डे, जयराम बिडारी–रुबी सत्याल, प्रतीक घिमिरे–सम्झना भट्टराई दम्पती हुनुहुन्थ्यो । यसपटकको यात्राको एउटा सुन्दर पक्ष भनेको धेरैजसो स्रष्टाहरू आफ्ना जीवनसाथीसहित सहभागी हुनुभएको थियो । जोडीहरूको उपस्थितिले यात्रालाई ुशिव र शक्तिुको मिलनझैँ अर्थपूर्ण बनाएको थियो । ध्रुवराज थापा ुपुरुषुको संयोजनमा भएको कार्यक्रममा हामीले आफ्ना जीवनसाथीको बारेमा पनि अनुभव साट्यौँ । साहित्यको यात्रामा जीवनसाथीको साथ हुनु भनेको एउटा पंक्षीलाई दुवै पखेटा मिलेजस्तै रहेछ । रित्तो हृदयलाई पूर्णता मिले झैँ भएको थियो । दुप्चेश्वर महादेवको दर्शनले दिव्यनन्दा मिलेको थियो । सूर्य बिस्तारै पश्चिमको पहाडतिर ओर्लिँदै थियो । दुप्चेश्वरको त्यो अग्लो टाकुराबाट तल हेर्दा तादी नदी एउटा चाँदीको घेरा जस्तो देखिन्थ्यो । शिखरबेसीको फाँटमा झुलेका समुद्रफिनि धानका बालाहरू र सुन्तलाका रुखहरूले नेपालको ग्रामीण समृद्धिको कथा भनिरहेका थिए । यात्राको आनन्द सबैले लिएकै थियौ । परिस्थिति अनुकूल नहुनुले बाँकी सष्ट्रा पदयात्रीको रचना वाचन भने पा्रविधिक गडबडी रह्यो । जसमा १. ध्रुवराज थापा पुरुष, २. सञ्जय सोती ३. सुभाष ढुङ्गेल, ४. शोभा पोख्रेल, ५बिष्णु प्रसाद रुपाखेती, ९ साउण्ड सिष्टम नभएर तेस्रो चनावाचन हुन सकेन । मैले दुप्चेश्वरसँग केही मागिनँ । किनकि भरिएको भाँडोमा थप जल अट्दैन । ईश्वरको सानिध्यमा त केवल रित्तो भएर पुग्नुपर्छ, ताकि उनको सकारात्मक ऊर्जाले आफूलाई भर्न सकियोस् । मन्दिरको त्यो आध्यात्मिक ुभाइब्रेसनु र तादीको संगीत लिएर म फर्किँदै गर्दा मेरो मनमा एउटै विचार थियो— ूदुप्चेश्वर केवल एउटा ढुङ्गाको शिला होइन, यो त मानिसको अटुट विश्वास र प्रकृतिको अपार शक्तिको संगम हो । काठमाडौँको धूलो र धुवाँमा फर्किँदै गर्दा पनि मेरो मनमा दुप्चेश्वरको त्यो शीतल स्पर्श र हजुरआमाको त्यो वाणी गुन्जिरहेको थियो— ूअसल काम गर्नु है नानी, कृति कहिल्यै मर्दैन । दुप्चेश्वरको यो यात्रा मेरो साहित्यिक जीवनको एउटा यस्तो कृति बन्यो, जसले मलाई सधैँ मानवता र प्रकृतिको सेवा गर्न प्रेरित गरिरहनेछ । रुवि सत्याल थानकोट ६

Sunday, January 11, 2026

साहित्यकार बद्रीप्रसाद ढकालद्वारा लिखित अनुसन्धानमूलक दुई कृति विमोचित

साहित्यकार बद्रीप्रसाद ढकालद्वारा लिखित अनुसन्धानमूलक दुई कृति आज मिति २०८२ साल पौष महिनाको २७ गते राष्ट्रिय एकता दिवस पृथ्वी जयन्तीका अवसरमा विमोचित भए । ढकालद्वारा लिखित अनुसन्धानमूलक कृतिहरूमा आधुनिक नेपाली कथामा मिथक र साहित्यमा संस्कृति शीर्षकका रहेका छन् । यी कुतिको प्रकाशक अनुसन्धान विमर्श नेपाल रहेको र र वितरणमा भुँडी पुराण प्रकाशनले साथ दिएको छ । आजको विमोचन कार्यक्रम सार्वजनिक रूपमा अनुसन्धान विमर्शले आफ्नै स्टल अगाडि गरेको र प्रमुख अतिथिमा प्रा. डा. सुरेन्द्र केसी रहनुभएको थियो । करिब दुई दर्जनभन्दा बढी साहित्यकारहरूको उपस्थितिमा सडकमै कृतिहरू सार्वजनिक रूपमा विमोचित गर्ने परम्परा अनुसन्धान विमर्श नेपालले अगाडि सारेको र यसबाट विमोचनमा हुने खर्चमा समेत बचत हुने गरेको पाइयो । आजको विमोचनको कार्यक्रममो प्रमुख अतिथि केसीले बद्रीप्रसाद ढकालको अनुसन्धानमूलक कामको खुलेर प्रशंसा गर्दै उहाँ जस्तो व्यक्ति विश्वविद्यालयमा पढाउने काममा संलग्न हुनुपर्ने तर त्यो हुन नसकेकोमा आफूलाई पीडाबोध हुने गरेको समेत बताउनुभयो । कार्यक्रममा डा.शैलेन्दुप्रकाश नेपाल लगायतका साहित्यकारहरूले ढकालको अनुसन्धानमूलक कार्यको प्रशंसा गर्दै यी कृतिहरू नेपाली साहित्यमा महत्वपूर्ण भएको बताउनुभएको थियो । विमोचन कार्यक्रममा उपस्थित हुनुभएका सबै श्रष्टाहरूले यस किसिमबाट कृतिहरू विमोचन गर्न सके स्रष्टाहरूलाई राहत पुग्ने र कार्यक्रम पनि सजिलो हुने कुरा व्यक्त गर्नुभएको थियो । साहित्यकार ढकालका सिर्जनात्मक र समालोचनात्मक प्रकारका कृतिहरू डेढ दर्जनभन्दा माथि रहेका छन् । समग्रमा ढकालको योगदान नेपाली साहित्यमा उल्लेखनीय रहेको देखिन्छ ।
watch more

तादीको सुसाइ र दुप्चेश्वरको मौन सानिध्य - एक आध्यात्मिक पदयात्रा - रुवि सत्याल 2082.10.07

तादीको सुसाइ र दुप्चेश्वरको मौन सानिध्य एक आध्यात्मिक पदयात्रा पुसको ठिही, बिहानीको कुहिरो र निद्राको तन्द्राबीच एउटा नाम मनमा गुन्जिरहेछ—...