Sunday, December 14, 2025
कवि खोलाघरे साहिंलोलाई छन्दकवि पुरस्कार अर्पण र कृति विमोचन
छन्दकवि पुरस्कार अर्पण तथा कृति विमोचन
अभिनव साहित्य समाजको २८६ अौं शृङ्खला आज शिव पाञ्चायन मन्दिर ग्रीन हिलसिटी गेट कागेश्वरी मनोहरा(६ मा सम्पन्न भएको छ । कार्यक्रमका सहजकर्ता अभिनवका सहकोषाध्यक्ष शारदा पराजुली ,अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणि सभानायक,वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल प्रमुख आमन्त्रित ,स्रष्टा पदयात्रा नेपालका अध्यक्ष शीतल गिरि,पुरुषोत्तम श्रेष्ठ ,रघुनाथ आचार्य ,शर्मिला तिमिल्सिना,खोलाघरे साहिंलो ,गुणराज आचार्य लगायत विशेष आमन्त्रित रहनुभएको कार्यक्रममा छन्द कवि खोलाघरे साहिंलोलाई नगद रु। १० हजारसहित सम्मानित गरिनुका साथै शर्मिला तिमल्सिनाको गजलसङ्ग्रह ूरहर जिन्दगीकोू को सामुहिक लोकार्पण गरिएको थियो । लोकार्पित कृतिमाथि परशुराम पराशरले छोटो टिप्पणी र केही गजल वाचन गर्नुभयो । शर्मिला तिम्सिनाले धन्यवाद मन्तव्यका साथ सङ्ग्रहभित्रबाट केही गजल वाचन गरेर सुनाउनु भएको थियोे ।
अभिनव साहित्य समाज तथा स्रष्टा पदयात्राका उपाध्यक्ष विमल अर्यालले खोलाघरे साहिंलाको संक्षिप्त परिचय प्रस्तुत गर्नुभयो । पुरस्कृत कवि खोलाघरेले आफ्नो मन्तव्यमा यो पुरस्कारको कदर गर्न प्रयासरत रहिरहने बताउँदै एउटा छन्दोबद्ध कविता सुनाउनुभयो । पुरस्कार कोषका संस्थापक रघुनाथले बधाइ तथा धन्यवाद मन्तव्य दिनुभएको थियो । स्रष्टा पदयात्राका अध्यक्ष शीतल गिरि र गुणराज आचार्यले छोटो शुभकामना मन्तव्य दिनुभयो ।प्रमुख आमन्त्रित पुरुषोत्तम दाहालले धेरै सारगर्भित कुरा गर्दै कवि लेखक साहित्यकारहरूले अब देश खोज्ने,देश लेख्ने बेला आएको छ भन्नुभयो ।
सभानायक गोविन्द घिमिरे वेदमणिले पुरस्कार कोष सार्वजनिक श्राद्ध हो यो कोषबाट बद्रीनाथ आचार्यलाई धेरैले चिन्न पाएको र रघुनाथ आचार्य ,विमल अर्यालजस्ता कोष व्यवस्थापकहरूको साहित्य प्रवर्द्धनमा ठूलो योगदान रहेको बताउनुभयो ।
कार्यक्रममा कृष्णप्रसाद जस्ताघरे, ध्रुव गजुरेल ,सुरेशचन्द्र घिमिरे ,सरिता दुलाल घिमिरे ,प्रनिशा तामाङ ,विजया बस्नेत ,मेनका पोख्रेल आचार्य ,दिवाकर नेउपाने ( ९बद्रीनाथ आचार्यको रचना० ,रत्ननिधि रेग्मी ,पुरुषोत्तम श्रेष्ठ ९ गीतिकविता ०,शान्ति रिसाल ,भानुभक्त नेउपाने,घनश्याम प्रसाईं ,श्रीकृष्ण सिम्खडा,उत्तम विचार,पूनम घिमिरे आदि स्रष्टाले कविता,गजल,मुक्तक,भजन वाचन गर्नुभएको थियो । कवि वासुदेव पौडेलले खोलाघरेलाई दिएको कवितात्मक शुभकामना वाचन गर्नुभएको थियो ।
जय साहित्य १ २०८२/०८/२७
खोलाघरे साहिलोका कविता ---
Friday, December 5, 2025
सुभाषचन्द्र पौडेल भीमफेदीयाको प्यारो गाउँ भीमफेदी गीत सार्वजनिक ।
सुभाषचन्द्र पौडेल भीमफेदीयाको प्यारो गाउँ भीमफेदी गीत सार्वजनिक ।
भीमफेदीयाको गीत सार्वजनिक कार्यक्रम साहित्यिक पत्रकार सङ्घको आयोजनामा राधृश्याम लेकालीको अध्यक्षतामा सम्पन्न गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि परराष्ट्रविद एवं राजनीतिज्ञ हिरण्यलाल श्रेष्ठ विशेष अतिथि साझा प्रकाशनका अध्यक्ष शेखर गिरी अतिथिहरूमा अन्य युवराज मैनाली लगायतका साहित्यकार, संगीतकार सर्जकहरू रहनुभएको थियो । कार्यक्रममा गीतकार सुभाषचन्द्र पौडेल भीमफेदिया गायक संगीतकारको टोलीहरूमध्ये गायिका तृप्ति खड्का गुरुङ गायक संगीतकार विजय गुरुङ गीतको एरेन्जर नरेश पाण्डे संयोजनकर्ता प्र्रमोद नेपालसमेत उपस्थित हुनुहुन्थ्यो । प्रमुख अतिथि, विशेष अतिथि, सर्जकहरूलाई रुद्राक्षको माला लगाएर उषा केसी र अन्य साथीहरूले आसनग्रहण गराउन सहजीकरण गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन दिप प्रज्वलन गरेर प्रमुख अतिथिको हातबाट गरियो । तत्पश्चात सुभाषचन्द्र पौडेल भीमफेदीयाको गीत प्रसारण गरियो । कार्यक्रममा आज प्रसारित गीतकी गायिका तृप्ती खड्का गुरुङ र संगीतकार विजय गुरुङले गायन, संगीतका विभिन्न पक्षहरूको बारेमा चर्चा गर्नुभएको थियो । उहाँहरूले स्रष्टासँगका अन्तरंग संवादहरूलाई पनि राख्नुभएको थियो । तत्पश्चात गीतकार र गीतको बारेमा समीक्षा युवराज मैनालीले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो भने अर्का वक्ता उपन्यासकार किशोर पहाडीले तीसको दशकबाट लेख्न थालेका पौडेलको लेखनका विभिन्न पाटाहरूको उजागर गर्नुभएको थियो । कार्यक्रममा साझा प्रकाशनका अध्यक्ष शेखर गिरीले समग्रमा नेपाली साहित्यलाई व्यवस्थित गर्न सबै पक्ष सक्रिय हुनुपर्ने कुरा राख्नुभयो । कार्यक्रमका आकर्षक व्यक्तित्व प्रमुख अतिथि हिरण्यलाल श्रेष्ठले यहाँ बसिरहँदा र गीत सुनिरहँदा आफू मकवानपुरको भीमफेदी पुगेको प्रसङ्गलाई उजागर गर्नुभएको थियो । आज बोल्नुहुने सबैले गीतको माध्यमबाट आफूहरू भीमफेदी पुगेको र यो कार्यक्रमलाई भीमफेदीमै सम्पन्न गर्न सकेको भए अझ राम्रो हुने विचार राख्नुभएको थियो । कार्यक्रमका सभापति लेकालीले सुभाषचन्द्र पौडेल भीमफेदीयालगायत पुराना सर्जकहरूका धेरै पक्षहरूलाई उद्धृत गर्नुभएको थियो । कार्यक्रम अनामनगरको डालो रेस्टुरेन्टमा सम्पन्न भएको र सञ्चालन श्रीराम बस्नेतले गर्नुभएको थियो । समीक्षकहरूले भीमफेदियाको गीति लेखन देशप्रेमले ओतप्रोत भएको र उनलाई सिद्धिचरण श्रेष्ठ जस्ता कविहरूसँग समेत तुलना गरिएको थियो । गीतले भीमफेदीका विभिन्न ऐतिहासिक सांस्कृतिक पर्यटकीय पक्षहरूलाई श्रोताको माझमा प्रस्तुत गर्न सफल भएको देखिन्थ्यो ।
लैनसिंह बाङदेलको उपन्यास मुलुक बाहिर muluk bahira #novel Lain Sing Bangdel
को हुन् प्रा. डा. खगेन्द्रप्रसाद लुइटेल ? Dr. Khagendra Prasad Luitel Yubaraj Mainali #gangabhetwal
Wednesday, December 3, 2025
नेपाली भाषाका केही महत्त्वपूर्ण उपन्यासहरू - गङ्गाप्रसाद भेटवाल
नेपाली भाषाका केही महत्त्वपूर्ण उपन्यासहरू
के तपाईहरू नेपाली भाषाका महत्त्वपूर्ण उपन्यासहरू बारे जानकारी लिँदै हुनुहुन्छ ? मैले विद्यावारिधीको अध्ययनका क्रममा अध्ययन गरेका केही नेपाली उपन्यासहरूका अडियोलाई पछिल्लो पुस्तासम्म सुन्न सकिने गरी केही उत्कृष्ट उपन्यासहरू रेकर्ड समेत गरेको छु । जो धेरै टाढा रहनुभएको छ बर्मा, मणिपुर हुँदै संसारका विभिन्न मुलुकहरूमा पुग्नुभएको छ । हजुरहरू समक्ष पुस्तकका प्रतिहरू पुग्न नसकिरहेको अवस्थामा नेपाली समाज विभिन्न समयमा कस्तो थियो र त्यो समाजको प्रतिबिम्बलाई नेपाली उपन्यासकारहरूले कसरी चित्रित गर्नुभएको छ ? त्यो बुझ्न यी उपन्यासका अडियोहरू निश्चय नै सहयोगी हुनेछन् हजुरहरूले यी उपन्यास सुनिसकेपछि आफ्ना नयाँ पुस्ताहरूलाई र आफ्ना छरछिमेकी साथीभाइहरूलाई पनि सुन्न मिल्ने गरी सेयर गरिदिनुहोला । विभिन्न समयका नेपाली समाजको र गोरखा समाजको यथार्थ चित्रण यी उपन्यासहरूमा छन् ।
उपन्यास विक्रम र नौलो ग्रह रमेश विकल
Subscribe to:
Comments (Atom)
कवि खोलाघरे साहिंलोलाई छन्दकवि पुरस्कार अर्पण र कृति विमोचन
छन्दकवि पुरस्कार अर्पण तथा कृति विमोचन अभिनव साहित्य समाजको २८६ अौं शृङ्खला आज शिव पाञ्चायन मन्दिर ग्रीन हिलसिटी गेट कागेश्वरी मनोहरा(६...
-
मेरो पदयात्रा एन्जल निलू म मिथिला (सप्तरी) मा जन्मेकी मिथिलाकी छोरी स्रष्टा पदयात्रा नेपालको कार्यक्रममार्फत धेरै पटक ...
-
नेपाली साहित्यका कीर्तिशेष व्यक्तित्व साहित्यकार विजय चालिसेले यस धरातलबाट विदा लिएको द्वैमासिक तिथिको पुण्य अवसरमा स्मृति तथा सम्मानसहितक...
-
राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाह स्मृतिपार्क र शालिक निर्माण एवं व्यवस्थापन ...
