Thursday, May 16, 2024

गौना उपन्यास - माधव प्याकुरेलद्वारा लिखित उपन्यास - एक चर्चा

गौना उपन्यास  


गौना उपन्यास माधव प्याकुरेलद्वारा लिखित उपन्यास हो । प्रकाशक ओरिएन्टल पब्लिकेसन हाउस रहेको छ ।  प्रकाशन मिति २०८० रहेको छ । यसभन्दा अगाडि उपन्यासकार प्याकुरेलले गुलरको फूल शीर्षकको उपन्यास पनि रचना गरिसक्नुभएको छ । मुख्य पात्रको रूपमा कलौतिया रहेको छ यो उपन्यासमा ।गौना उपन्यास त्यही गुलरको फूल उपन्यासको दोस्रो भागको रुपमा उहाँले प्रस्तुत गर्नु भएको छ । गौना उपन्यासले मूलत तराईको विषयवस्तुलाई प्रस्तुत गरेको छ । नेपाल र भारतका विभिन्न ठाउँहरु परिवेशको रुपमा आएका छन् । पात्रहरू नेपाली पात्र पनि छन्, भारतीय पात्रहरु पनि छन् र कुनै अवस्थामा उपन्यासमा आएका पात्र अनागरिक पात्रको रुपमा समेत रहेका छन् । उपन्यासले तराईको भूगोलको सम्बन्धमा, नागरिकता समस्याको सम्बन्धमा, तराईको वैवाहिक रीतिरिवाजको सम्बन्धमा धेरै कुराको झलक दिएको छ । उपन्यासले तराईको चरम आर्थिक दुरावस्थाको नमुना पनि पेश गरेको छ । विवाह गर्नलाई धेरै रकम आवश्यकता पर्ने भएको हुनाले युवाहरु विवाह गर्नुभन्दा अगाडि पैसा कमाउन विभिन्न ठाउँमा जानुपर्ने बाध्यता छ। यसैगरी उपन्यासमा व्यक्त पात्र रोजगारीको सिलसिलामा भौतारिदै जाँदा पाकिस्तानी सुरक्षाकर्मीको नियन्त्रणमा पुग्नुपर्ने अवस्था पनि आएको छ । यसमा तराईका रामाज्ञा, रुदल, भुलुवा, चाचा लगायतका पात्रहरु अनि पहाडका पण्डित बाजेहरु पनि पात्रको रुपमा आएका छन् । उपन्यासको कथानक सलल अगाडि बढेको छ। यसमा भोजपुरी भाषा हिन्दी भाषा पनि भाषिक शिल्पको रुपमा प्रयोग गरिएको छ स्थानीय लवजलाई स्थानीय भाषामा पछ्याउने काम भएको छ । मुख्य गरी उपन्यासले विवाह संस्कार, गौनाको परम्परालाई आम पाठकको बीचमा प्रस्तुत गरेको छ । यसभित्र धार्मिक रीवाजका कुराहरू पनि आएका छन् । मठ मन्दिर आस्थाका कुरा आएका छन् ,काश्मिर आएको छ,  झारखण्ड आएको छ, बिहार आएको छ, बीरगञ्ज आएको छ, त्रिवेणी आएको छ । काठमाडौँका सन्दर्भहरू पनि आएका छन् । राजनीतिको कुरा आएको छ । भूकम्प, कोरोना, संसदको कुराआएको छ ।  विधान जारी भएका कुरा, त्यसका सकारात्मक पाटो, विरोधका पाटाको कुराहरू पनि आएको छ । यी सबै विषयहरु आइरहँदा पनि विवाह पद्धति र गौना संस्कार व्यावहारिक पाटो मुख्य रूपमा अगाडि आएको छ । तराईको प्रमुख समस्या मध्ये विवाह तथा गौनाको समस्या रहेको छ । त्यो उपन्यासमा व्यक्त भएको छ । यस्तै यस्तै धेरै विषयवस्तुहरूको नमुना झलक यो उपन्यासमा हेर्न पाइन्छ । उपन्यासकारले उपन्यासको माध्यमबाट तत्कालीन समाज र त्यहाँका मानिसहरूको वास्तविक झल्को पेश गरेर उपन्यास लेखनमा सफलता पाउनु भएको छ । उपन्यासको व्यापारिक सफलता र वैचारिक सफलताको लागि अग्रिम शुभकामना व्यक्त गर्दछु ।  उपन्यासकार माधव प्याकुरेलज्यूको अर्को पनि उपन्यास छिटै पढ्न पाइनेछ भन्ने आशा राख्दै निरन्तर सफलताको कामना गर्दछु ।  

                                                  गङ्गा प्रसाद भेटवाल,  कीर्तिपुर ४ 

                                                 काठमाडौँ, फोन ९८४९ ७१४८६७ । 

                            


1 comment:

  1. गौना उपन्यासको छोटोमीठो समीक्षा पढ्न पाइयो । स्रष्टा र समीक्षक
    दुवैलाई बधाई छ।

    ReplyDelete

९७ औं स्रष्टा पदयात्रा २०८२ भाद्र ७ गते शनिवार कार्यक्रम डाँछी, भद्रवास, आलापोट

  ९७ औं स्रष्टा पदयात्रा २०८२ भाद्र ७ गते शनिवार डाँछी ९यस ठाउँमा जानको लागि चाबेलबाट बसको सुविधा छ, यो स्थान साँखु जाने बाटोमा पर्छ०मा सो द...