(नियात्रा)
मेरो डुवर्सको साहित्यिक यात्रा अनि उपलब्धि
डुवर्स नेपाली साहित्य सभाको निम्तो स्विकार्दै विगत 11 may 2024का दिन म घरबाट रवाना भएँ। रङ्गिया रेलवे स्टेसनबाट “कामरूप एक्सप्रेस“मा दिउँसो 2.45 बजे न्यू आलिपुर पुगेर टेम्पो चडी आलिपुरद्वारा स्टेसनसम्म गएँ।त्यहाँबाट कञ्चनकन्या एक्सप्रेसमा मदारीहाटसम्म गएँ।मदारीहाट स्टेसनमा मलाई लिन डुवर्स नेपाली साहित्य सभाका मूलसचिव किरण उपाध्यायज्यू आइपुग्नु भएको रहेछ।उहाँसँग त्यहाँको एउटा होटलमा गएर खानपिन गरें।त्यही होटलको सामुन्ने भानुभक्त आचार्यको सालिक निर्माण भएको देखेर हर्षविभोर भएँ।सालिकमा गएर भानुबाजेलाई मनबाटै श्रद्धा चढाएर त्यहाँको स्मृति राख्न भनेर फोटो लिएँ।त्यसपछि उपाध्यायज्यूले मलाई त्यहाँको “इको टुरिजम“को अतिथिशालामा पु¥याउनुभयो।मेरो त्यसदिनको भोजन र विश्रामको व्यवस्थापन त्यहीँ मिलाइएको रहेछ।त्यहाँको प्राकृतिक सुन्दरता मनमोहक थियोे।
राति नौबजे भोजन गरेर विश्राम गर्नलागेको थिएँ,असम गोर्खा सम्मेलनका मूल सचिव भाइ सञ्जीव दाहालले फोन गर्नुभयो उहाँ पनि बङ्गाइगाउँ जिल्ला समिति,गोर्खा सम्मेलनका तीनजना पदाधिकारीसहित त्यहाँ जाँदै हुनुहुन्छ भनेर।सुनेर धेरै खुसी लाग्यो।राति 12.30 बजे उहाँहरू त्यहाँ पुग्नुभयो।त्यस टोलीमा अगोसका मूलसचिल भाइ सञ्जीव दाहाल, बङ्गाइगाउँ जिल्ला समितिका सभापति श्रीमान श्याम उपाध्याय,मूलुसचिव श्रीमान पुष्प नेपाल र उप सभापति श्रीमान् दीपक सिटौला हुनुहुँदोरहेछ।
भोलिपल्ट बिहानको खाजा किरणज्यूको घरमा ग्रहण गरी उहाँ र उहाँकै विद्यालयकी शिक्षिका लक्ष्मी मोक्तानसहित वीरपाडा नेपाली हाइस्कुलमा पुग्यौं।त्यहाँको नेपाली माध्यमको विद्यालय देखेपछि केही समय म भावविह्वल भएँ,किनभने आफू बसेको ठाउँमा अहिलेसम्म पनि दुःखले एउटा विषयमात्र आफ्नो मातृभाषामा पढाइ हुन्छ। त्यहाँ केही अतिथिवर्गको आगमन हुँनथालेको थियो।त्यहाँ उपस्थित अतिथिहरूसँग चिनजान र भाव विनिमय गर्दैगर्दा दुईजना स्रष्टाबाट उपहारस्वरूप पुस्तक पनि ग्रहण गरें।विस्तारै सभाको समय पनि हुनलागेको थियोे।
दिउँसो एघार बजे श्रीमान् सितम मोक्तानज्यूको सभापतित्वमा आमसभा सुरु भयो। सभालाई अति नै सहीढङ्गबाट उद्घोषण गर्ने स्थानीय शिक्षक दिलीप घिमिरेज्यूको वाकशैली अति नै मनमोहक थियो। सभामा प्रमुख अतिथिको आसनमा विराजमान हुनुहुन्थ्यो दार्जिलिङबाट पाल्नुभएकी डड्ड साङमो लेप्चाज्यू र आसाम गोर्खा सम्मेलनका आदरणीय सभापति कृष्ण भुजेलज्यू। विशिष्ट अतिथिको रूपमा असम नेपाली साहित्य सभालाई प्रतिनिधित्व गर्दै म, साथै अगोस,मूल सचिव भाइ सञ्जीव दाहालको पनि उपस्थिति थियो।स्थानीय धेरैवटा साहित्यिक संस्थाका माननीय पदाधिकारीवर्वको उपस्थितिले सभाको रौनक बढाएको थियो।
डुवर्स नेपाली साहित्य सभाद्वारा दुईजना स्रष्टालाई पुरस्कार अलङ्करण गराइयो। उहाँहरू हुनुहुन्थ्यो सिलगढीका साहित्यकार श्रीमान् वेगवसन्त थापा र डुवर्स सामसिङकी कवि प्रशान्ती राई। डुवर्स नेपाली साहित्य सभाद्वारा प्रकाशित कथाप्रधान पत्रिका “यात्री“जसमा अतिथि सम्पादकका रूपमा मेरो पनि सहभागीता थियो,त्यसको विमोचन कार्यसूचीमा उपस्थित रहेको क्षण मेरा लागि चिरस्मरणीय भएर रहनेछ।
दिउँसो तीनबजे कार्यसूची समापनपछि स्वादिष्ट भोजन ग्रहण गरी डुवर्स नेपाली साहित्य सभाद्वारा दिइएको असीमित मायालाई मनमुटुमा संगालेर कार्यकर्तावृन्दबाट विदा लिँदै घरतर्फ रवाना भएँ।
अशेष धन्यवाद,डुवर्स नेपाली साहित्य सभाका मूल सचिव आदरणीय किरण उपाध्याय तथा जम्मै पदाधिकारीवर्गमा।
जिउँदो जातिको जिउँदो भाषा
नेपाली हाम्रो मातृभाषा।
तिलक ओली
भोलाझार,तामुलपुर,असम।
सदस्य,असम नेपाली साहित्य सभा,केन्द्रीय समिति।
No comments:
Post a Comment