लोकलयमा आधारित लोकगीत (बालकविता )
साना साना बाबु नानी स्कुल पढ्न पाई
साथीसँग कुरा गर्छन् साह्रै रमाई रमाई
हाम्रो स्कुल साह्रै राम्रो टोलको माझैमा छ
गाउँका सबै साथीहरूले त्यहाँ पढ्न पाछ
हाम्रो धेरै साथी छन् अति मिल्ने मन
कुरा सुन्दा रमाइलो छ कि छैन भन
खेल पनि खेलाइन्छ पढ्न पनि पाइन्छ
दिउँसो टिपिन ब्रेक हुँदा खाजा पनि खाइन्छ
हेर साथी बुझ्नुपर्छ बाल अधिकार
सबैलाई बुझाउनु छ कर्तव्यको सार
पढ्न जानुपर्छ साथी बैंक नहानेर
स्कुल आउन छोड्नु हुन्न पढ्न नमानेर
त्यसैले त सबै साथी लहै स्कुल आऊ
राम्रोसँग पढी लेखी भविष्य बनाऊ । .
...🖉 सुशील आचार्य
No comments:
Post a Comment