Tuesday, May 13, 2025

वसन्त विदाइ - खोलाघरे साहिंलो

                  वसन्त विदाइ


   आयो किशोरपन पल्लवमा चढेर झन् जोशिला तरु भए तन कस्सिएर गाढा भयो चहुरको तन छिप्पिएको तन्ना बनी प्रकृतिको तनमा मिलेको ।

के खोज्न डुल्छ भुँवरो अझ बागभित्र ? आफैं चुसेर रस बिर्सिनु लौ विचित्र !

मौरीहरू पनि छिटो गतिमा दगुर्छन्

नाघेर बाग,वन ,दूर तुरुन्त पुग्छन् ।

ऐसेलु झर्छ अनि कोकिल रोज्छ शान्ति खेल्दैन वायु गहुँका तनमा बयेली पाकेर काफल सकिन्छ भएर कालो हाल्छन् लता तरुसँगै कसिलो अँगालो ।

हामी सबैभरि सधैं शुभभाव आऊन् होस् प्रीतिपूर्ण मन,कल्मष दूर जाऊन् आत्मीयता र ममता चुलियोस् अनन्त गाढा बनोस् हृदयमा रसिलो “वसन्त “ ।

उद्दाम बैँस जब पुग्दछ पूर्णतामा देखिन्छ पूर्णपन यी तरुमा,लतामा देओ विदाइ तरु हो ! ऋतुराजलाई अम्लान मात्र मृदु फूलहरू सजाई ।

मस्क्यो पराग अब यौवन छिप्पिएर लागून् सबै सृजनमा दृढ भै डटेर जा जा वसन्त अब जा खुश,हर्ष छोडी आउन्न भाइ तँ नगैकन घाम ओढी ।

यो रम्य बैँस बटुलीकन छर्न आएस् ! तिर्खाउली प्रकृति यो रस भर्न आएस् ! बस्नू बनेर ऋषिझैं दश मासलाई लौ जा वसन्त ऋतुराज विदा तँलाई !


स्रष्टा पदयात्रा नेपालको ९३औं शृङ्खला सम्पन्न २०८२ वैशाख ६

स्रष्टा खोलाघरे साहिंला - सम्मानित
स्रष्टा पदयात्रा नेपालको 92औं शृङ्खला
स्रष्टा पदयात्रा नेपालको 91औं शृङ्खला


                                        स्रष्टा पदयात्रा नेपालको 90औं शृङ्खला

All reactions:
3

All reactions
3


No comments:

Post a Comment

९७ औं स्रष्टा पदयात्रा २०८२ भाद्र ७ गते शनिवार कार्यक्रम डाँछी, भद्रवास, आलापोट

  ९७ औं स्रष्टा पदयात्रा २०८२ भाद्र ७ गते शनिवार डाँछी ९यस ठाउँमा जानको लागि चाबेलबाट बसको सुविधा छ, यो स्थान साँखु जाने बाटोमा पर्छ०मा सो द...