Sunday, April 13, 2025

गोरखा बुझेर आऊ - गङ्गाप्रसाद भेटवाल

   गोरखा बुझेर आऊ                                          

                                                                                  गङ्गाप्रसाद भेटवाल 

                

आमाले सोध्नुभयो 

कहाँ जाँदैछौ छोरा ? 

छोराले उत्तर दियो

आमा ! म गोरखा जाँदै छु ।

 आमाले फेरि भन्नुभयो

ए ! तिमी गारेखा जाँदै रहेछौ 

गोर्खाको अवस्था 

राम्रोसँग बुझेर आऊ 

त्यहाँका मानिस बहादुर थिए 

त्यहाँका मानिस इमान्दार थिए 

तिनीहरुको बहादुरी देख्दा 

संसार डराउँथ्यो 

तिनीहरुको इमान्दारितामा 

संसार झुक्थ्यो

छोरा तिमी

 गोरखालाई राम्रोसँग बुझेर आऊ

 पृथ्वीनारायण शाह 

जन्मेको घर 

खेलेको गाउँ 

पानी पधेरा 

वनजङ्गल 

मठ मन्दिर 

 गाउँ बस्ती 

भाषा संस्कृति 

आपसी सद्भाव 

यी सबै यकिन गरेर आऊ 

किन आमा यति धेरै 

आमा भन्नुहुन्छ–

गोरखा नेपालको जग हो

 गोरखा संस्कृतिको केन्द्र हो 

गोरखा भाषाको भण्डार हो 

गोरखा एकताको प्रतिक हो

गोरखा सबै जातिको फूलबारी हो

 गोरखा कमजोर भए हामी कमजोर हुन्छौं

हामी कमजोर भए राष्ट्र कमजोर हुन्छ 

त्यसैले छोरा गोरखालाई कमजोर हुन दिनुहुन्न 

गोरखाको इतिहास डगमगाउनु हुन्न 

गोरखा सधैं प्रष्ट हुनुपर्छ 

गोरखा सधैं अटल रहनुपर्छ

गोरखा सधैँ प्रेरणाको केन्द्र बन्नुपर्छ

 यी सबै कुरा मध्यनजर गर्दै 

गोरखा बुझेर आऊ

 हुन्छ आमा ! 

म गोरखाबाट फर्किएपछि 

सबै यथार्थ जाहेर गर्नेछु । 

             धन्यवाद ।

       गङ्गा प्रसाद भेटवाल 

कीर्तिपुर नगरपालिका वार्ड नं ४ काठमाडौँ ,  फोन 

९८४९ ७१४८ ६७ । 



No comments:

Post a Comment

९७ औं स्रष्टा पदयात्रा २०८२ भाद्र ७ गते शनिवार कार्यक्रम डाँछी, भद्रवास, आलापोट

  ९७ औं स्रष्टा पदयात्रा २०८२ भाद्र ७ गते शनिवार डाँछी ९यस ठाउँमा जानको लागि चाबेलबाट बसको सुविधा छ, यो स्थान साँखु जाने बाटोमा पर्छ०मा सो द...